Showing posts with label अतिथि लेखहरु. Show all posts
Showing posts with label अतिथि लेखहरु. Show all posts

रश्मी रोदनको प्रेम पत्र (2015-09-07)

NepaliTalim | 5:17:00 PM | 0 comments
Rasmi Rodan
विषय -प्रेम पत्र (Love Letter)
लेखिका -रश्मी रोदन  (Rasmi Rodan)
मिति -२०६४/१२/२२

निष्ठुरी,
ज्वालामुखी विस्फोट भएसरी विस्फोट भइरहेको यो प्यासी र घायल हृदयबाट मीठो सम्झना र न्यानो माया तिमीलाई। यो असान्त र जलिरहेको मुटुबाट तिमीलाई अबिरल शुभकामनाका पुष्पगुच्छाहरु समर्पित गरेकी छु, सायद यहि नै मेरो तर्फबाट पहिलो अनि यहि नै अन्तिम सौगात हुन सक्छ। मन त थिएन यी सबै कुरा लेखेर तिम्रो ब्याक्तिगत जिवनमा आघात पुर्याउने तर पनि हेरन, उठिसकेको यो कलम ब्याकुल छन् मनभित्रका ओझिला र चोटिला भावनाहरु कागजको पानामाथी पोखिन। अब त बाकी नै पनि रह्यो र? सेतो कागजमा मनको भावना पोख्नु सिवाय! यति अधिकार त मलाई दिन्छौ होला नि हैन?

समयको दौरान पछि आज अनायस मायाको भेग थाम्न नसकिने भेल बनेर उर्लिएका छन्। सायद आजसम्म तिमीले त मलाई बिर्सी सक्यौ होला र र म पनि तिम्रो झुठो मायालाई बिर्सने चेष्ठा गर्दै थिएं तर आज तिम्रो नाटकिय मायाको खाकहरु मेरो स्मृतिको पानामा प्रतिबिम्ब बनेर आए र त्यही नशालु नयन, मन्ध मुस्कानले मलाई नै जिस्काइ रहेको भान हुन्छ।ती रंगिन गोधुली साझहरु तिम्रो स्मृतिको तहमा छन् वा छैनन् त्यो त म भन्न सक्दिन तर मेरा यी मानसपटलमा भने हरपल छाया बनेर पछ्याइ रहेका छन्। तिमिले दिएका हरेक अमूल्य सुझाबहरु मेरा लागि उपहार थिए, तिम्रो त्यही सुझाबमा नै मैले आफ्नो भविस्य खोज्थें अन्तत: तिम्रो त्यो पापी नयनको गहिराई भित्र डुबेर।

अझै पनि पुर्णिामाको रातहरुमा जूनको शितलता ओढि सपना बुन्न खोज्छु, कतै मेरो अँध्यारो जिवनमा तिमी रोशनी बोकि आउछौ कि भनी, बर्षातको भेलमा पानीसंगै बग्न खोज्छु, कतै तिमी समुन्द्रको किनारमा मेरो माया लिएर तैरिन्छौ कि भनी। अध्यारो रातहरुमा चम्किला ती ताराहरुलाई हेर्छु, कतै तिमी यसरी नै मेरो यो मायालाई चिह्याई रहेका छौ कि भनी। तर मलाई राम्रोसंग थाह छ यो सब मेरो निरर्थक प्रयास मात्र हुन्। जबकी तिमी टाढा क्षितिज पारिको बिलकुलै नौलो संसारमा रमाई रहेकाछौ तिम्रो नितान्त ब्याक्तिगत दुनियामा।

जलाउन सक्दिन म तिम्रो तस्बिरहरु जुन मएरो मन मस्तिष्कमा सजिएका छन्। बिर्सन सक्दिन तिम्रा मिठा सुझाबका कोसेलीहरु जहाँ मेरो भविस्य कोरिएको छ, भुल्न सक्दिन ती प्रेमका चौतारीहरु जहाँ मैले आफ्नो बियोगको पिडाहरु बिसाउनु छ, न त बिर्सन सक्छु तिम्रो त्यो चुम्बनको छहराहरु जहा मैले जलनको आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न सक्दिन तिम्रो नाम जुन मेरो नामसंग जोडिएको छ (...........) तर पनि के गर्नु सअमय दहएरै अघि बढिसकेको छ, बस् अब त बिगतका मिठा स्मृतिहरुमा अँध्यारो भविस्य सजाउनु बाहेक अन्य बिकल्प नै रहेन।

अन्ततः
तिम्रो जिन्दगीले सधैं सफलताको शिखरताको चुमुन्, कुनै पनि अवस्थामा तिमीलाई मआयाको अभाव महशुस गर्नु नपरोस्, यदि म भिक्षा माग्दै तिम्रो दैलोमा पदारो पर्न आएछु भने "सेवा नै धर्म हो" भन्ने भावनाले तिम्रो महल भित्रबाट एक मुठी चामल भिक्षा दिनु........ 
तिम्रो सुन्दर भविस्यमा कुनै पनि अवस्थामा म तगारो बनेर तिम्रो जिन्दगीलाई अवरोध पुर्याउन आउने छैन.......... बिदा........ बिदा......... बिदा .........तिमीबाट सदा सदाको लागि बिदा।
-उहीँ तिम्रो खुशीमा रमाउने 
रश्मि रोदन
नलान ९ धादिङ

भूकम्प के हो ? भूकम्पको भविष्यबाणी हुँदैन : नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ

NepaliTalim | 3:06:00 PM | 0 comments
citations
-डा. दीपकराज भाट
भूकम्प के हो ?
भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति हो । पृथ्वीमा सातवटा मुख्य प्लेट हुन्छ । सातैवटा प्लेट सँगै हिंडिरहेका हुन्छन् । जब तिनीहरु एक आपसमा ठोक्किन्छन् तब भूकम्प जान्छ । यो तीनथरिको हुन्छ । पृथ्वीको सतहभन्दा ३० किमी माथिको दूरीबाट आउनेलाई स्यालो, ३० देखि ७० किमीसम्मकोलाई मिडियम र ३० देखि ३ सय किमीसम्मकोलाई डिप भनिन्छ ।

बढी क्षति गर्ने ३० किमीसम्मकोले हो । नेपालमा १२ वैशाख २०७२ मा गएको भूकम्प स्यालो हो । भूकम्प जति माथिबाट आयो, त्यसले त्यत्ति नै बढी असर गर्छ । भूकम्पको दुईवटा वेभ हुन्छ । एउटा बडी वेभ र अर्को सर्फिस वेभ । बडी वेभमा प्राइमरी र सेकेण्डरी तथा सर्फिस वेभमा रेली र लव भन्ने दुई फरकफरक प्रकार हुन्छ । बडी वेभले कम र सर्फिसले बढी क्षति गर्छ । सिद्धान्ततः भूकम्प होरिजेण्टल र भर्टिकल वेमा जान्छ । तर कहिले काहीँ दुवै मिलेर आइदियो भने खतरनाक हुन्छ, नेपालमा अहिले भएको त्यही हो ।

भूकम्प दैनिकजसो गइरहेको हुन्छ । तर हामीले पत्तो पाउँदैनौं । १ देखि ४ रेक्टर स्केलसम्मको भूकम्पले क्षति गर्दैन । ५ रेक्टर स्केलभन्दा माथिको भूकम्पले माग क्षति हुन्छ । सामान्य भूकम्पको मापन गरिँदैन । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी ।

स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । यो धेरै आधिकारिक र विश्वशनीय हुँदैन । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मात्र मापन हुन्छ ।

हालसम्म संसारमा सर्वाधिक ९.५ रेक्टर स्केलको भूकम्प गएको छ । चिलीमा गएको बिनासकारी भूकम्प नै अहिलेसम्मको ठूलो हो । यस्तै इण्डोनेसियामा ९.३ र जापानमा सन् २०११ मा ९.५ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा विक्रम सम्वत १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको इतिहास हेर्दा हरेक ८० देखि १ सय वर्षमा ठूलो भूकम्प आउने गरेको छ । ९० सालपछि अहिलेको भूकम्प सबैभन्दा ठूलो हो ।
यसलाई रिटर्न पिरियड भनिन्छ ।

भूकम्पको भविष्यबाणी हुँदैन
अहिलेसम्म संसारमा भूकम्पकोभविष्यबाणी कसैले गर्न सकेको छैन । यो गर्न पनि सकिँदैन । सिद्धान्ततः विज्ञानले भविष्यबाणीलाई अस्वीकार गर्छ । भूकम्पको भविष्यबाणी गर्ने कुनै प्रविधिको विकास भएको छैन ।

सायद अब हुन पनि कठिन छ । अनुमानसम्म गर्न सकिएला । जापान र चीनमा सर्पहरु एकैपटक दुलाबाहिर आए भने, आकाशमा ठूलो संख्यामा चरा उडे भने, कुकुर भुक्यो भने, गाइवस्तु करायो भने भूकम्प आउन लागेको अन्ुमान गरिन्छ । तर विज्ञानले ती घटनालाई भूकम्प आउने संकेतका रुपमा स्वीकार गर्न सक्दैन र होइन पनि । कुनैबेला संयोग परेको भए बेग्लै कुरा हो ।

अहिले जसरी भूकम्पका विभिन्न भविष्यबाणी भइरहेका छन्, ती सबै निराधार हल्ला हुन् । यस्तो गलत हल्लाको पछि लाग्न जरुरी छैन । भूकम्प कहिले आउँछ र कति क्षमताको आउँछ भन्ने कुरा संसारमा मै हुँ भन्ने वैज्ञानिकले समेत गर्न सकेका छैनन् । भूकम्प तीन चरणमा आउँछ । पहिला पूर्वसंकेतका रुपमा सानो आउँछ । त्यसको झड्का महसुस गर्न सकिँदैन ।

दोश्रो चरणमा आउने मुख्य झड्का हो । शनिबार आएको ७. ६ रेक्टर स्केलको भूकम्प मुख्य झड्का थियो । त्यसपछि आउने सहायक भूकम्प हो । अहिले पटकपटक आइरहेको भूकम्प सहायक भूकम्प हो । यसलाई आफ्टर सक भनिन्छ । मुख्य धक्का महसुस भएको ७२ घण्टासम्म सहायक धक्का आइरहन सक्छन् । तर एउटा कुरा के पक्का हो भने सहायक धक्का मुख्य धक्का जत्रो वा त्यो भन्दा ठूलो कहिल्यै आएको पनि छैन र आउन पनि सक्दैन ।

मैले भूकम्प विषयमा जापानबाट पिएचडी गरेको छु । मेरो अध्ययनका आधारमा शतप्रतिशत दाबीका साथ भन्न सक्छु कि अब ७. ६ रेक्टर स्केल वा त्योभन्दा बढी क्षमताको भूकम्प आउँदैन । अहिले क्रमसः भूकम्पको संख्या र क्षमता घट्दै गएको छ । भएको त्यही नै हो । अब आउने भूकम्पले त्यति क्षति पनि गर्न सक्दैन । तर सुरुआती झड्काले कमजोर भएका भौतिक संरचना भत्किन सक्छन् ।

धेरै नै क्षति भएको घरमा नबस्नु ठीकै हो । तर सामान्य क्षति पुगेको घर छ भने मज्जाले घरमै सुते केही फरक पर्दैन । किन भने भूकम्प आफैंले मानिस मार्दैन । भूकम्प जाँदा भत्किने मानव निर्मित भौतिक संरचनाले गर्दा मानिसको ज्यान जाने हो । बरु सचेत के मा हुन जरुरी छ भने स्वास्थ्यका बारेमा । मरेका मानिसका शवहरु अझै घटनास्थल वा अस्पतालहरुमा बेवारिसे अवस्थामा छन् ।

तिनीहरु गन्हाउन थालेका छन् । हजारौं मानिस घरबाहिर बस्दा वातावरण प्रदूषित भएको छ । मानिसहरुमा रुघा, खोकी, ज्वरो, निमोनिया जस्ता रोगका संक्रमण फैलन सक्छ ।

नेपालमा ज्वालामुखी विस्फोट हुँदैन, काठमाण्डु भासिँदैन
नेपालमा ज्वालामुखी विस्फोट हुँदैछ भन्ने हल्ला चलाइएको छ । त्यसको सम्भावना शून्य प्रतिशत मात्र छ । ज्वालामुखी विस्फोट र सुनामी सामुन्द्रिक मुलुकहरुमा मात्र हुने घटना हुन् । हाम्रोजस्तो पहाडी मुलुकमा त्यस्तो हुनै सक्दैन । नेपाल ७२ देखि ८ हजार ८ सय ४८ मिटरसम्म उचाइ भएको मुलुक हो । यति उचाई भएको स्थानमा ज्वालामुखी विस्फोट हुँदैन ।
यी सबै हावा कुरा हुन् । खास गरी विदेशमा बसेका नेपालीले त्यस्तो हल्ला चलाइरहेका छन् । इण्डोनेसिया र चिलीमा गएको भूकम्पको दृश्य मिक्स गरेर युट्युबमा अपलोड गर्ने र नेपालमा पनि यस्तै हुँदैछ भन्ने हल्ला फिँजाएको पनि देखियो । मेरो बिनम्र अनुरोध छ कृपया ती सबै निरनधार हल्ला हुन् । हल्लाका पछि दर्गुन जरुरी छ्रैन । संसारमा ज्वालामुखी विस्फोटनको अधिक खतरा रहेका मुलुक अमेरिका, इण्डोनेसिया र ब्राजिल हुन् ।

अर्को हल्ला काठमाण्डु भासिँदैछ भन्ने पनि चलेको छ । त्यो पनि हावादारी नै हो । भूकम्कले केही मिटर जमिन भासिन सक्छ । जस्तो सातदोबाटो, अन्तर्राष्ट्यि विमानस्थल आसपास, सल्लाघारी कोटेश्वर सडक खण्डमा केही जमिन भासिएको छ । भासियो भने कतैकतै त्यति नै भासिएला । तर त्यो भन्दा तल सबका सब काठमाण्डु भासिन्छ भन्ने निराधार हल्ला हो ।
(लेखकले जापानबाट भूकम्प विषयमा विद्यावारिधि गरेका छन् )
News Source : http://kathmandutoday.com/2015/04/97285.html

महेन्द्र ओझाको आत्मकथा

NepaliTalim | 2:40:00 PM | 0 comments
लेखक :-  महेन्द्र ओझा      
२०७२-०१-०८
         उज्यालो हुनु अघि खै कति बेला देखी नै हो म उनको सन्तापमा खाट माथी निराकार चिन्तन मै मस्त रहेछु । कति बेला देखि उनका हरेक चिन्तन योग्य स्मृतिहरुले म आफै लाई बिस्मृत गराईरहेको रहेछु । एकाएक श्रीमतीको झस्काई बाट बिउँझन पुगेँ । आफुलाई फेरि सामान्य रूपमा ल्याएझैँ गरि श्रीमतीले मेरो एकोहोरो पना माथी गरिने प्रशन म प्रती गरिने बिरोधाभाष लाई हुन न दिई सिधै झन उनलाईनै मेरो सम्मुख बाट ओझेल पार्न खोजेँ  सानु , चिया पकाईनौ  ? मिठो चिया खुवाउन श्रीमती हुन्छ भन्ने स्पस्टयुक्ति संगै भान्सा तिर गईन । आफुलाई फेरि पुर्ण सुरक्षित महसुस गर्दै पुन चिन्तन को क्षेत्र मै आफुलाई केन्द्रित बनाई रहेँ मानव हिर्दय भित्र कति भाब हरु कुन्ठित हुन्छन । ती भाब हरु कति ब्यक्त हुन्छन कति भाबहरु अब्यक्त हुन्छन । तेस्ता भाब हरु ले समग्र जीवन लाई नजिकै बाट नियालेर अध्यन तथा निचोड पनि दिन्छन् । साथै समस्त जीवनकाल का घटना परिघटना हरु स्वत ब्यक्त गर्छन । निस्चित समको काल चक्रमा जसरी हामी पुर्णता को खोजिमा गरिएका हरेक प्रयत्न हरुले पनि स्वत आफुलाई प्रलयकारी भाबुकताले थिचिरहेको भान हुन्छ । तेस्ता भाब हरुले हाम्रो सम्पुर्ण जीवन लाई फरक रुपमा गर्भधारण भने गरिरहेको हुन्छ । मानव हिर्दय मा जिउने जीवन शैली र चिन्तन गर्ने शैली कहिल्यै न थाक्ने यथार्थ पाटो हो । जस्को स्व-अध्यन गर्ने हो भने हाम्रो समाजमा खिचिएका बिस्तृत परिधीहरु नै समग्र जीवन को सुचना बोध गराउने नाला हरु हुन ।

            म को हुँ कस्को छोरा कस्को नाती साथै कस्तो खालको ब्याक्ती हरेक किसिमका म प्रति उठेका प्रशन चिन्ह हरुमा फेरि यसै समाजले दिएको परिचय हरुमा म तोरण बहादुर ओझा को छोरा धर्म दत्त ओझा को नाति उ सामान्य पुरुष महेन्द्र ओझा जस्ता उत्तर हरु नै मेरो समाज ले मलाई चिनाउने एक मात्र परिचय प्रयत्न हो । बास्तबिक सत्य हरु लाई नजिकै बाट केलाएर हेर्नेहो भने वास्तविकतामा म आफैलाई भुली रहेछु अफ्नो अस्तित्व समजका हरेक मानवीय संबेग भित्र उठेका उहाँहरूले काटेको अड्कल उहाँहरू ले नै गरेको खण्डन र बिखण्ड्न भित्र खोजी रहेछु । उनिहरुको ढुकढुकी मा गनिरहेछु के यो नै मेरो बस्तब मा मैले बाँचेर हेरेको मेरो जीवन हो त ? मन भित्र उठेका हरेक भाब जस्मा आफुलाई नै चिन्न न सक्नु आज आफ्नै शरीरको कोष-कोष हरुमा खिल बनेर गडिरहेछन । त्यसको मनोबैज्ञानिक उपचार के होला यसरी आफुलाई कति दिन अफ्नै चिन्तनको पिजडा भित्र भुलाई राख्नु भन्ने तर्क का ज्वारा भाट हरु एकाएक म भित्र खचमच्च गरि कुनै अव्यवस्थित कार्यलय को फाईलिङ सिस्टम जस्तो एक पछि अर्को थुप्रो माथी थुप्रो खात माथी खात भएर आउँछ । कुन प्रथम कुन अन्तिम छुट्टयाउन आफैंलाई हम्मे-हम्मे पर्छ । चिन्तन को मेरो साँघुरो पना माथिको यत्रो प्रलय भने आज पहिलोपटक होइन मेरो जिबन मा तर, किन आज बेग्लै लागिरहेको छ । म माथी उठेका हरेक मनोभाबको उत्तर भने समयकै गर्भ मा थियो ।

      एकाएक काहानी ले बेग्लै मोड लिन्छ । लामो समय पछि को प्रशब पीडा भुलेर जसरी एउटा कुमारी आमाले सन्तान जन्माउँछिन । आफ्नो सम्पुर्ण सहस्री को भेद खुलेको जस्तो । भान भै रहेको थियो लामो समय देखी जो कलात्मक ढंग ले म संग अन्तरंग भावनामा सहयात्री को भुमिका निर्बाह गरिरहेकी उनी मेरी सहायक को रहस्यमय भेद खुलेको थियो । एकाएक मेरो शरीरको हरेक नशा-नशामा यसरी रक्त संन्चार भयो कि म व्यक्त गर्न नै सक्दिन एकै चोटि शरीर कंम्पाएमान भयो भन्न रिङ्गाटा जस्तो लाग्यो मुटुनै फुट्ला जसरि रक्तस्राव शरीरभरि का कोष-कोष मा बाँडिन थाले पुर्ण शरीर छिन-छिनमा तातो चिसो भएजस्तो भान भै रहेको थियो । पुर्ण शरीर मेरो आफ्नै  नियन्त्रण बाट बाहिर थियो । म छिन-छिन मा लगलग काँपिरहेको थिएँ । ओठ मुख सुकिरहेको भान भै रहेको थियो । म भाब मा व्यक्त गर्न सक्दिन लामो समय देखी मेरो भाबनात्म सहयात्रा मा सामेल भै रहेकी मेरि प्राण पिय, जस्लाई म हरेक भाब मा निकै निकट बाट व्यक्त गरिएको थिएँ । उनी यसरी आफै खुलिन कि मैले कुनै अड्कल काट्नै सकिन । के सत्य के असत्य म मा प्रशन चिन्ह को ठुलो अंगिकार तेर्सियो । कुनै समय उनले गरेका बेदान्तक भाबहरु मा म जसरी नजिकिदै थिएँ उनको भावना हरुमा बहकिदै म आफैमा उनको प्रत्यक्ष प्रभावको अनुभव गर्दै थिएँ ।

     उनले अप्लोड गरेको भिडियो मा उनी यसरी अप्रत्यक्ष सार्बजनिक भईन जुन भिडियोमा उनी पर नच्दै थिईन र भिडियो खिचेर बोल्दै पनि थिइन् । त्यसलाई  देखेपछी म मा एकाएक सबै किसिमको भाब हरु एकै पटक आए म आफैंलाई त्यो भन्दा भाबको बिछित्ता को जंजाल बाट  कसरी मुक्त गराउँ भन्ने भाब ले छपक्कै छोप्यो । सम्पुर्ण पूर्णताको प्राप्ति आज म मा कसरी आफ्नै शारीरलाई कमाउने गरि तातो हुने गरि प्रस्तुत भयो । फेरि शरीर एकाएक चिसो पनि भयो । केही बेर तेसै बसेँ शुन्य भएर अनि शुन्यतामा उनको पुरानो मेसेज हेरेँ भाब उस्तै थियो तर म संग बोलेको ती पात्र र भिडियोमा सर्बजनिक पात्रको स्वर शब्द संयोजन उस्तै थियो । बोलीको लबज मिठास पुर्ण तर्क शैली र स्वरको निर्मलता एक पटक यसरी बिझ्यो कि म यहाँ शब्दमा व्यक्त गर्न नै सक्दिन । मनोभावना मा बिछिप्त्त रूपमा एउटा मात्रै कुरा खेलिरहयो । उनी कसरी दुबै तिर हुन सक्छिन । मैले फोटोमा देखेको नारी त नाचिरहेको थिईन भने फोनमा कुरा गरेको स्वररुपि परिचीत आवाज भिडियो खिच्दै थिईन । के म यहाँ नीर गलत थिएँ त ? मैले यत्रो समय साटेको भाब हरु अपरिचित अनुहार नै थिए त ? लामो समयदेखि भावना मा साटिएकी त्यो मेरो भावना उनै तस्वीर मा देखिएकी नारी नभई पृष्ठभुमि को कुनै अपरिचित नाईका नै थिइन त ? थुप्रै प्रशन हरुले एकातिर मलाई आफ्नै मनोभावना हरुमा बिचलित हुनेगरी खेदिरहेको थियो ।

        भने अर्कोतिर आफै संग पनि बोझिलो प्रशन ले गलह्त्याई रहेको थियो । थुप्रै मनोभावना ले आक्रान्त भै रहेँ आफैभित्र कयौं बेर चिन्तन शिल भएँ । आफै हाँसेँ आफै रोएँ । कसरी त्यो भुमरी बाट आफुलाई मुक्त गराउँ हे भगवान म यो नर्ग कुण्डमा जलिरहेछु । बिचलित अन्तर हिर्दय बोल्यो ईश्वर मा शान्तिको अनुभुती खोज्यो । आफ्नो आत्माको सबै किसिमको भाब लाई शान्त पार्न कुनै ठोस निस्कर्ष प्राप्त गर्न न सकिरहेको अवस्थामा मेरो अदोलित मनले कुनै धैर्य धारण गर्ने प्रण खोज्दै थियो । कुनै बिरान खण्डर तिर लगातार  भासिदैगएको मेरो मनोभाव आज कुनै लगातार लामो मानशिक आघात खपिसके पछि ठोस तर्कलाई अफ्नो मुक्तिको सधान बनाउने तिर थोरै आश जागृत हुँदै थियो । उनको चोरी पक्राउ परेको थियो । अब उनलाई व्यक्त गर्न मात्रै बाँकी रहँदा उनका प्रेम पुर्ण मेसेज हरुलाई हेरेँ मेरो सबै मनोभावना हरुलाई उनले सगुण भक्तिपुर्बक स्वीकार भरिएका उत्तर हरुले रात भरी सजाई रहेँ एकाएक अत्मा बाट लभालभ झरेको भाब हरुलाई शब्द संञ्जाल ले सिंङगार्दै सार्थकताको भाबमा उसलाई म प्रती गरेको अगाड भक्ती पुर्बको प्रेम पुर्ण प्रस्तुति को बधाई दिने क्रममा उनको मोबाईल बन्द हुन्छ ।

          म झस्कन्छु । कतै म भित्र गरिएको हरेक बिस्वाशको खाडल मा त परिन्न् आफै लाई फेरि सँम्हाल्दै उनी सामु आत्मा पुर्‍याएर उनको शिर झुक्याएर उन लाई सुम्सुमयाउँदै आफ्नो बहाब हरु ब्यक्त गर्ने मेरो अभिचेस्टा एकाएक सानो नदि समुन्द्र मा समाबिस्ट भएझै आफै भित्र बिलायो । कता बाट सुरु गरौ नजिकै रहेको डायरी का पाना हरु पल्टाएँ शब्द हरु लेख्ने प्रयस गरे कता-कता हरेक शब्द हरुमा पनि उनको आभाष महशुष पाएँ प्रतेक सुन्यता मा उनको कन्तिमए रुप नाच्न थाले । उनका  सरल भावना हरु मेरो मानश्पट्ल मा यसरी नाच्न थाले मानौ उनी मेरो प्रत्यक्ष अगाडि नै उभिएर मलाई सम्मोहित गराई रहेकी छिन । उनको रुपले छुट्टै नासो गरे सौन्दर्य ले छुट्टै तर उनी ब्यक्ति नै छुट्टै भएको यो अन्तिम क्षेणमा म आफुलाई कसरी कुन स्थान मा राखौ आफै मा असजिलो महसुस गर्न थालेँ । जो मेरो भाबमा छुट्टै थिइन् तस्बिरमा छुट्टै भावना र उस्को मेसेज मा उ नै भएपनि बास्तबिकता मा उ अर्कै नारी थिइन् । म झस्किएँ यत्रो समय मलाई उनले त्यै अपरिचित भाब मा नै कसरी प्राप्त गरिरहिन जस्को सामान्य सुईको सम्म मलाई दिईनन्न्  । म भने उनको तस्वीर संग आफुलाई दाँजेर उनकै कल्पनामा उनलाई बुन्दै हरेक कार्यहरुमा उनको समुप्स्थीती महशुस गरिरहेको हुन्थेँ । उनी मलाई बस्तुगत मायामा नजिकै बाट नियालेर पनि आफ्नो पुर्ण परिचय लुकाउँदै अदृश्य रुपैमा मलाई प्राप्त गरिरहिन ।

   आफुलाई निकै समय चिन्तन बाट आक्रान्त राखेर अब सोचेँ हरेक चिन्ता बाट अब मुक्ति खोजेँ । एकाएक मोबाईल मा उनको नंम्बर डायल गरेँ । सुरुमा फोन उठेन लगातार थुप्रैपटक गरेँ । अन्त्यमा हार मानेर उनले फोन उठाईन निकै बर्ष देखिको मनको ताप जसरी मैले उनको हेल्लो शब्दको पनि बेवास्ता गर्दै शब्द माथी शब्द ले नै क्रम भंग गर्ने गरि सम्पुर्ण मनका भाब हरु कुनै समाचार बाचक ले समाचार बाचक गरेझै सुनाएँ । अब म मा कुनै भाब शोक सन्ताप थिएन आफुलाई निकै हलुका महसुस गरेँ मेरा पिर हरु उनि माथी सारेर कुनै अनन्त बिजयको शंख बजाएझै गरि एकाएक म प्रफुल्ल मुद्रा मा देखिएँ । मेरो आफैंमा बहकिएको प्रफुल्लता धेरै बेर टिकेन  मेरो आत्मामा तिमिले गहिरो चोट दियौ । म फेरि झस्किएँ उनको त्यो बिना बिरोध को तर्क मेरो उनिलाई दिएको आवेश पुर्ण लामो भाषण ले उनको अन्तर आत्मा मा निकै ठूलो आघात पुर्‍याएछ । उनै बोल्दै गईन म सुन्दै गएँ ''बुझ्यौ तिमिले मेरो आत्मा मा कहिल्यै न मेटिने ठुलो खाडल खन्यौ । तिमी त्यस्तो पुरुष नै हौ जो समग्र पुरुषजातिकै प्रतिनिधित्व गर्ने छौ भन्ने मलाई संधै भान हुन्थ्यो । तिमी प्राकृतिको गर्भाशय बाट शरीर धारण गरेको उत्कृष्ट सिर्जना लाग्थ्यो । तर, आज एकाएक आएको तिम्रो तर्के हिन कुराले मेरो जिबन लाई तिम्रो अघोषित प्रेमिका कै दर्जाबाट च्युत गराउने चेस्टा गर्‍यो । रात भरिको तिम्रो पुर्ण चिन्तन को उपज हो यो तर्क । तिम्रो कुशलता पुर्बक गरिएको राजनीतिक चक्र मा कसरी परुँ आजमेरो चरीत्र तथा मेरो चोखो प्रेम को ठाडो अबमुल्यांकन भएको छ । तिम्ले आफ्नो रुप देखायौ " म चुर-चुर भएँ । "त्यो केटि म थिईन म जस्तै स्वर भएकी मेरो साथी थिईन । आज मेरो प्रेम को गतिलो मूल्य र त्यसको वास्तविक रुप मलाई छर्लङ्ग ऐना जस्तो देखायौ । सम्पुर्ण संसार त्यागेर तिम्रो प्रेम पुर्ण साहारा को लागि तिमिमै घुलिन आएको थिएँ " ।

    म उनको त्यो रोदन पुर्ण अभिव्यक्ति ले आफू लाई पुन अफ्नो चरीत्र माथिको प्रतीप्रशन ले फेरि मानशिक आघातमा अन्त्यरहित तबर ले यसरी घेरिरएको पाएँ  । हुन पनि आज मैल्र एकै पटक आफ्नै हातले अफ्नो प्रेम को हत्या गरेँ त्यो एकै छिन मा मैले दुई जीवन को अर्थ हिन मृत्यु शोक बोकेको थिएँ । एक आफ्नो र एक उनको । साथै आफ्नो चरीत्र को पनि बलात्कार पछि हत्या गरेको थिएँ  । पछि एकाएक लामो स्वस फेर्दै मैले कड्किदै उ माथी को प्रशन माथिको प्रतीप्रशन राखेको थिएँ । र उनको उत्तर ले म पानी पानी भएँ । मानौ उनको उतर मेरो कान हुँदै मेरोकानको पर्दा फाटेर मेरो नजिकै रहेका अन्यको कानमा पनि प्रतिधोनीत भै रहेछ । फेरि आफुलाई सम्झेँ अब मेरो घिनलाग्दो रुप देखि आफैलाई घिन लाग्यो । एकैचोटि आफुलाई असहज महसुस गरेँ छामेँ आफू उनको भाब मा नत मस्तक भैरहेछु खै कति बेला देखि हो आँखामा पानीजस्तो केही चिसो तरल पदर्थ झरी रहेछ । म आज सबै भाब त्यसै तरलतामा बगाएर आफुलाई रित्तो बनाउने चेस्टा गरिरहेको छु जस्तो लाग्यो । आफुलाई संम्हालिन त्यसलाई धेरै बेर त्यतिकै बग्न दिएँ । र मन मनै कल्पनामा उनलाई लाई मेरो सम्मुख उभ्याएर संम्झाउन थालेँ । म तिमिलाई धक फुकाएर रुवाउन पनि सक्दिन धक फुकाएर मायाँ गर्न पनि सक्दिन अफ्नो अंगालो बेरि राखेर सुम्सुमाउन पनि सक्दिन । आज अफै भित्र को पासदिक पसो भित्र पिल्सिनु शिबाय कुनै सार्थक प्रयात्न पाई रखेको छैन । यो कति लाचार युक्त छ तिमी आफुले स्वंम कल्पना पनि गर्न सक्दिनौ ।

              मेरो आफ्नै घमण्ड स्वोभाब आफैलाई आज घाँडो भै रहेछ । मेरो प्रेम मा अंन्धो भएकी मेरि राधा यो अफै भित्र म आफै लाई सिद्ययाउने मेरो प्रयत्न हो कि जस्तो पनि लागिरहेछ । माछी पनि पानिमा रोएको जस्तो भान भै रहेछ । दुनियाँ ले मलाई गरेको कसैको औपचारिकता माथिको प्रशन भन्दा पनि तिम्रो बिचार मा निजिकिनु योग्य लागिरहेको छ मलाई मार्ग देखाउ मेरि राधा । धेरै बेर पछि आफुलाई सम्हालेर उनको शालिन रुपलाई संझदै यत्रो समय मलाई भगवानको दर्जामा रख्ने नारी प्रती मैले गरेको शब्द बाण हरु आज उन्को र आफ्नै हिर्दय लाई क्षण-क्षण गरि भेदन गरि रहेछ । म पुर्ण पापमा भासिएको पतित पुरुष जो आफ्नो स्वार्थ त्यागेर म मा त्यो पुर्णता खोज्दै कष्टकर जीवन यात्रा ब्यथित गर्न भनी घर बाट निस्किन सम्पुर्ण बन्धन त्यगी आईन उसै लाई अबिस्वास को बन्दी बनाएँ उ आफै लाई अफ्नो नजरमा नअट्ने गरि गिराएँ । उनी लाई मैले मन बाट होइन दिमाग बाट प्रेम गरेछु अब म संग पशचाताप शिबाय केही बाँकी थिएन । आफुलाई नपुंसक आफै ले बनाएको थिएँ । यो भुल मेरो मलाई नै जीवन बाट भाग्ने मुख्य तथा अति मुख्य नपुंसक हतियार बनोस भन्ने फितलो तर्क आघी सारेँ । सम्पुर्ण व्यवहारिकता ले छपक्कै छोपेको म बिबाहित पुरुष जस्को सन्तान को मर्म चाप र जिम्मेवारी को हरेक ताप ले गलाई रहयो । जस्को शब्द हरु आफै सत्य बनी भोगिरहेछु ।

       म कुन पाटोमा आफुलाई अब्यक्त गराउँ जस्को कुनै खण्ड छैन । उस्को पनि कुनै ताप चाप प्रेम पुर्ण साहराको कुनै मूल्य स्विकार्दैन मेरो शरीर अब्यआत्मा बाट बशिभुत म आफै कुन स्थानमा आफुलाई बिसर्जित गराउँ एस्तो भयङंकर खण्डर बाट आफुलाई कसरी पार लगाउँ चिन्ता र चिन्तन हरु सब भाग्य कै पोल्टा मा परुन । उनले फोन बन्द गरिन म भने लगातार मानशिक आघात तिर दबिदै थिएँ । केही समयमै भान्साबाट खना खान आमन्त्रण आयो । हात धोएर खाना खान गएँ हातमा खाना खेलाउँदै फेरि उनैको रुप आँखामा नाच्न थाले उनको रोदन पुणको कारुणिक भाबहरुमा म मिसिएको थिएँ म प्रती गरिएको त्यो प्रेम स-भक्तिपुर्ण प्रेम थियो । त्यो जस्को केही समय अगाडी मैले पाशदिक हत्या गरेको थिएँ । उनले झारेको हरेक आँशुको तप्कामा म आफै मेरै मायाको भाब मा झरिरहेको थिएँ । फेरि मेरो बलात्कारि आत्मा बोल्यो मेरा सतक चेतनामा बीष रुपि चिन्ताको बिजाणु रोपण भयो । कतै उस्को म प्रति को लागाब प्रेम मलाई गरिएको प्रेम न भै एक किशोरी को बिपरित लिङ्ग प्रतिको आकर्षण मात्रै त होइन । बचाउमा मैले फितलो तर्क आघी सारेँ उनको प्रेम लाई मैले हत्या गरेँ अब झन् मेरो शरीरमा उनको मात्र स्मरणका झंन्कार हरु नाच्न थाले उनले गरेको तप्स्या पुर्ण सगुण भक्तिको प्रेम मा मैले बदनामको औठाछाप यसरी लगाईदिएँ कि उनले प्रतिबाद सम्म गर्न पाईनन् लाचार हुँदै मैले पटक-पटक गरेको फोन को उतर समन्य नारी भित्रको रहस्यमय प्रेम अनि आश मात्रै हो । भन्ने तर्क अघि सारेँ मानौ त्यो मेरो जिबन्त तर्क नै हो । सोचेँ अब म प्रती उस्को कुनै गुनसो छैन ।

        तर, म भित्र भने कति बेला देखि आफुलाई नै खरानी बनाउने फिल्को छिरी सकेको थियो । आफै मा साहास छैन नारीको प्रयोग लाई मनोरञ्जन को साधन मात्रै ठान्ने मेरो चेतना मा सत्यता बोध भै सकेको थियो । ठिक त्यो समय मैले आफ्नो गल्ती महसुस गरेँ । अब ढिलोभैसकेको थियो । आफैमा सतक प्रयत्न हरुको फित्ते अशक्त हरुलाई जगाउनको निम्ति कोहि हो आबशयकता खडकिरहेको मेरो त्यो बिगतको हालतमा उनी मेरो शब्द र चेतनामा एकै चोटि हाबिहुन आई रहेकी थिईन । आफै भित्र उस्को पुर्ण प्रेबेश र समित्यता उस्को प्रभाब महसुस गरिरहेको मैले सम्पुर्ण मलाई नजिकै बाट नियाल्ने हरुलाई भने आफू सामान्य नै रहेको भान पारिरहेको थिएँ । तर आत्मा र चिन्तन मा दुई भिन्न भिन्न पुरुष निरन्तर अग्रसर भै रहेका थिए । एक तर्फ आफुलाई जति सामान्य बनाउँदै लैजान्थेँ । म भित्रको अर्को प्रेमी भाबको पुरुष भने मलाई निरन्तर म बाट बाहिर आएर आफ्नो स्वेच्छिक स्वरुप धारण गर्न उद्दत हुँदै थियो । कसै गरि पनि बाहिर ल्याउन न चाहाने मरो त्यो प्रमी पुरुष तिम प्रती आश्क्त महिला प्रती भने पुर्ण रुपमा प्रेमिको नै भाबमा ग्रहण गरिरहेको पाउँथे । फेरि बिचलित मन लाई त्यो ठूलो द्वन्द्व बाट मुक्त गराउने विकल्पको रुपमा घटना र अफ्नो नजिकै बिध्यमान प्राकृति साधन प्रयोगित हरेक बस्तुहरु लाई उस्को पुर्ण स्पर्श रुपि चिन्तन चरीत्र बाट व्यक्त गराउदै आफैमा सम्होहित बनाउने प्रयत्न मा जुटेँ ।

         अधैर्य मनले पनि मानवीय चिन्तन लाई कति सम्म बिपरित तर्क तर्फ लैजान्छ त्यसको म यहाँ कुनै शब्द भाब छन्द त तथ्य गत रुपमा खण्डन तथा व्यक्त गर्न सक्दिन । जति म उनी बाट अव्यक्त हुँदै थिएँ सायद लामो काल खण्ड समय चक्रहरु पुर्ण रुपमा पछि हटिदिए । आजको यो सम्पुर्ण वास्तविकता लाई बदलेर मेरो अन्तरंग मा उनकै आभाष खेलाउने थिएँ कतै एकान्तमा फेरि आफै भित्र । फेरि उनको भाब हरु आए आफू निकै कम्जोर भएको अब शब्दको कुनै प्रयोग छैन । निराकार भएर म उनको मेसेज पढ्न थालेँ । हरेक शब्दमा म आफै अंगिकार थिएँ । उनले मेसेजमा लेखेका हरेक भाबुक भाब मा म आफै पात्रको रूपमा आफै एक काहानिको मुख्य पात्रको रूपमा गमन गर्दै थिएँ । लामो समय लागाएर उनका मनोभावना हरु अध्यन गरे जस्का शब्द संयोजन हरु एक पछि अर्को लगातार यसरी थिए ।

 "सब मेरो भुल हो । तपाईको कुनै दोष छैन । म अब धेरै कमजोर भै सकेँ अब मेरो आफन्तले जे भन्छन् मैले त्यै मान्नु पर्छ । आज बाट तपाईले मलाई भुलेर पनि नसंझनु तपाईले मेरो मायाँमा धेरै प्रशन उठाउनु भयो । मैले माया गरेको त्यो मेरो प्रेमी तपाई होईन । म आज सम्म धेरै भ्रम मा रहेछु । मेरो प्रेमी त एस्तो छैन उस्ले मलाई धेरै मायाँ गर्छ । तर तपाई को हो ? उनले प्रशन गरिन । म तपाई लाई चिन्दिन आज बाट यो बिस्वाश हिन मान्छे संग मेरो कुनै सम्बन्ध कुनै मायाँ सदभाब केही छैन । म तपाईलाई  चिन्दिन । म मेरो त्यो पुरानो प्रेमी लाई मात्रै चिन्छु र माया गर्छु । त्यो मेरो मन दुखाउने बिस्वाशघाती लाई होईन । म अब त्यो मान्छे को जिबनमा कहिल्यै आउँदिन । तपाईं संग अब मेरो कुनै नाता छैन म उस्लाई आज बाट कहिल्यै चिन्दिन कहिल्यै सम्झिंन्न उस्को अब मेरो जीवन मा कुनै महत्त्व छैन । उस्लाई म कति पनि मायाँ गर्दिन जस्ले अशल र खराब छुट्टयाउन सक्दैन । यस्तो मान्छे मेरो घृणा को पनि लाएक छैन । म उस्लाई मायाँ त के घृणा को पनि लाएक सम्झिन्न । हिजो सम्म मैले जस्लाई देवता सम्झेर पुजेँ । जस्को लागि मेरो हिर्दय मा अथाक मायाँका भाबहरु थिए आज उस्को लागि मेरो मन मुटुमा थोरै मायाँ पनि बाँकी छैन यो संसारमा मलाई उ एकदमै भिन्न पुरुष लागेको थियो । तर के गर्नु उनी त झनमाहाँ बिस्वाशघाती मेरो मन दुखाउने आतिनै झुट मन्छे रहेछन । मलाई फोन पनि न गर्नु म संग पनि न बोल्नु म तपाईंको मायाँ त के शत्रु पनि हुन योग्य सँम्झन्न आज मलाई धेरै पछुतो लागिरहेछ । मैले कस्तो बिस्वश हिन मन्छे संग प्रेम गर्न पुगेछु हे भगवान मलाई मेरो बिशल हिर्दय भएको मेरो पुरनो प्रेमी लाई सदाको लागि बिर्सने शक्ति देउ । कि त मेरो यो भौतिक शरीर उसैको नाम मा त्यग गर्ने शक्ति देउ अब न चाहाने लाई अफ्नो जीवन समर्पित गर्न लागि रहेछु मेरो जीवन मेरो प्रेमी मलाई माफ गरिदेउ मैले सोचेको सारा सपना तपाईंको एक वचन ले चकनाचुर भयो । अब हामी कहिल्यै भेट्ने छैनौ मेरो मायाँमा शंका गर्ने मलाई यति घटिया सोच्ने मलाई सदा रुहाउने मेरो प्रेमी अब कुनै जुनिमा पनि चाहिँदैन । मेरो प्रेमी लाई सदा सुखी खुसी राख्नु यदि यो संसारमा भगवान छन भने । आज बाट मेरो गंगा जस्तो पबित्र प्रेमिको लागि योग्य रहिन मलाई मायाँ होईन घृणा गर । अब म तपाई बाट मायाँ होइन घृणा कठोर बर्गपातका पतित बद पुर्णभाब हरु सुन्न चाहान्छु । हिजो सम्म म तपाईंको लागि अति पबित्र थिएँ । तर आज बाट म अर्कै भएको छु । तपाई अब मलाई भुल्नु पिय तपाईले मलाई धेरै भन्नुभयो । अब मसंग तपाई लाई भन्ने कुनै शब्द छैन । यति भनेर उनले मोबाईल मेसेज बन्द गरिन ।

       अब म चारैतिर बाट घेरिएको बिचलित शुन्य पुरुष मात्र बाँकी थिएँ । उनी मेरो अफ्नो आँखा अगाडि बिम्ब त प्रतिबिम्ब भै नाच्न थालिन म भने खाली खाली थिएँ । अगाडि प्रचण्ड तेजोमय सुर्य थियो । तर मेरो आँखामा भने पुर्ण औशिको कालो रात कै बिचरण मा थियो । एकाएक आँखा आगाडी ताराहरु नाच्न थाले । प्रतिरोध जसरी पुन मैले पनि मेसेज लेख्ने थालेँ । "मलाई बुझ सानु म शुन्य पुरुष तिम्रो अशक्ततामा आफुलाई आफैबाट रिक्त गराई खाली शुन्य पुरुष आफु भित्रकै अन्य ब्याक्तित्व बाट म कसरी छुट्टै प्रेमी पुरुष  अलग्याउँ म हिजो पनि त्यै प्रेमी थिएँ आज पनि पुरानै प्रेमी तिम्रो सामु मेसेज कोर्दै भाब हरुमा तिमिलाई भेट्दैछ । तिमिलाई अफ्नो कला पुर्ण शब्दबाट आकर्षित गराउने चेस्टामा ब्यप्त छ । कसरी तिमिलाई सम्झाउनु । एकएक आत्मा बोल्यो । शुन्य पुरुष तिम्रो अशक्ततामा कति आफुलाई जलाउँ अनि कुन सत्यता को पर्दाले मायाँ गरि तिमिलाई बुझाउँ म कुनै जादुले भरिएको जादुगर जमुडा होइन । कुनै रहस्यमय जीवन धारण गरेको देब अंग धारण गरेको देब कृपालु मनुष्य पनि होइन सत्य अतिनै तितो छ । पिय म आफै भित्र पल-पल गलि रहेछु । तिमी मेरि अर्धिङ्गिनी हुदैमा मैले तिम्रो शरीरभोग गर्दैमा तिमी आफुलाई तृप्त नसंम्झ पिय तिमी उ बेलाको कृष्ण कि राधा जस्ती मेरो पनि यो युग सुहाउँदी राधा नै हौ । जो मेरो आत्माले हरेक नारिमा तिम्रो आभाष को संभाब्यता खोजिरहेको छ । तिमी आफूलाई सामान्य नारीकै रूपमा हल्का तराजुमा नतौल तिम्रो हरेक आँशुको मुल्य भबिस्यमा हरेक प्रेमपुर्ण भाबले ग्रसित नारी हिर्दयमा खोजी रहने छ । तिमी कालन्तर को त्यो प्राकृति पात्र हौ जस्को कान्तिमय प्रेम भाब हरु चिनमय भएर पुर्ण रुप सौर्न्दर्य आफ्नै काल्पनामा बिम्ब खडागर्दै हरेक प्रेमि प्रेमिका ले आफुलाई सगुण भक्तिले तिम्रै रूपमा महसुस गर्ने छन । तिमी मेरो जीवन को अन्त्यमा भेटिएकी  तर मेरो शिर्जनशिल मुलत मुख्य प्रेरणा पात्र हौ । पिय तिमी नरोउ आफुलाई सम्हाल तिम्रो मन त्यति कमजोर छैन"

    उस्ले एकाएक लेखी :-  "अब तपाईंको जीवन मा मेरो कुनै मूल्य छैन । यो विशाल आकाशमा मलाई ओत लाग्ने कुनै रिक्तठाउँ छैन न त ? मैले तपाईं लाई धेरै नजिकैबाट नियालेर बुझेँ पनि अब तपाईंको पुर्ण जिबनमा मेरो कुनै मुल्य छैन त प्राण ? उ रुदै यी भाबहरु लाई सजिब चितले सजाउँदै थिई जस्को प्रत्यक्ष प्रभाब को महसुस म उनको मेसेज हरुमा अनुभुती गरिरहेको थिएँ । उनको भाब हरु एक पछि अर्को गर्दै यसरी आए मानौ कुनै ढुङ्गामा कोरिएको कुनै पुरनो लिपि जसरी मेरो मस्तिष्कमा र आत्मामा गडिदैथिए । उ भने आफू बिरनो यात्रामा निस्केको एकतर्फी शंखधोज गर्दै थिई । साथै आफू निकै कमजोर भएको र मेरो प्रत्यक्ष जीवनमा अफ्नो स्थान खोज्दै थिई । म भने सम्पुर्ण बास्तबिकताको फितलो तर्क पुन आघी सार्दै आफुलाई उहि राधाकी कृष्ण जस्तै अरु अनेक नारिमा राधा खोजी रहेको थिएँ । कसरी पाउँथे थुप्रैमा एक राधा म पनि त प्राकृति ले नै जन्म दिएको एक पुरुष बर्गकै चेतनाभएको प्रणी नै थिएँ । हरेक को जस्तो मेरो मा पनि सम्भावित अर्थ पुर्ण जीवन भडकिरहेको थियो । हरेक को जस्तो भाब हरेक मा बग्ने इच्छा सिङ्गो जीवन रहर इच्छा आकांक्षा बाध्यता का खाडल हरु तर्क पुर्ण अभिव्यक्ति का बन्धन हरु सम्पुर्ण त विध्येमान थिए नि । कसरी उस्को निम्ति छुट्टै प्रेमी रोज्न सक्ने थिएँ ।

    आफू ले आफुलाई टुक्राएर दुई भिन्नै पुरुष बानाउनु आफैमा प्रयोग गरिने मेरो लागि पनि त ठुलै संकट थियो । आफ्नै सम्पुर्ण आत्मा बोधहरु ले ग्रशित छु । जसरी निर्मल गंगा ले तिर्खाएको प्राणी लाई अमृत रुपि जलले तृप्त गराउँछिन जसरी बृक्षेले आफू सम्पुर्ण ताप खपेर अरुलाई शितलता प्रदान गर्छन् । त्यै प्राकृति तिमिले यो धारण शक्ति मनुष्य लाई किन दिईनौ आफुमै कुनै खोट् छ । अपितु म तिम्रो  प्रेमको लाएक हुँ ला । या न हुँ ला त्यो पनि तिम्रो र मेरो सारा ब्याक्तित्व व्यबहार र जिबनमा प्रत्यक्ष अध्यन गर्ने मुख्य पाटा पक्ष हरु होलान । कसैले मेरो जिबनको नजिकैबाट अध्यन गर्ने इच्छा राख्यो भने सरल तथा खुल्ल कितब जस्तो बनाउने चाहाना हो । कहिलेकाही अफ्नै दाँत ले पनि जिब्रो टोकिन्छ त्यो के नजानेर गरिएको भुल होईन ? नत्र कस्ले जानी-जानी अफ्नो जिब्रो  टोक्छ कस्ले अफ्नो जिबनमा आगो सल्काउँछ । अनियन्त्रित चित हरु लाई संहालेर एउटा मोतिको मालामा सम्पुर्ण जीवन सजाउने मेरो प्रण नै भयो । अब कसरी अघि बढाउने जीवन को एथेस्ट पाटा र त्यसको बाटा हरु लाई आफै जिब्रो टोक्दै आफै रुदै आफै कसरी अन्तिम बिन्दुको लक्ष्य तय गरौ । मन ससंङ्कित भयो

        अंन्धकार मा जुनकीरी को धिप-धिप तेज जसरि उस्को लक्ष्यित लक्ष्य को साहयक नायक हुन्छ । म भित्र तेस्तो कुनै बति छैन लक्ष्य छैन कसरी यो अन्धंकारको लक्ष्य सांधौ । सामान्य औपचारिकता बिना नै क्रमशः प्रेमिक लहर मा हामी थाहै नपाई एक पछि अर्को लहर मा बिलिन हुँदै गयौ । बगेको पानीमा मात्रै लहर देखिन्छ भन्ने तथ्य बाट बिमुख म शुन्य तलाउमा पनि लहरको सँम्भाब्यता ग्रहण गरिरहेको थिएँ । उसैमा सम्पूर्ण प्रेम लुटाई रहे जस्तो लाग्यो । जसरी समन्य रोग शोक भोग ले अशक्त प्राणी धेरै क्रियाशीलता बाट प्रताडित हुन्छ । यो सम्पुर्ण ब्यबहारिकता प्रती को मलाई गरिएको प्रशन चिन्ह थियो । यो कस्तो प्रेम चाहेर पनि समर्पण वाद लादेर पनि लादिन न सक्ने उ प्रती म लिप्त हुने इच्छा जागेर पनि आफू बेग्लै पारिनुपर्ने यस्तै भाब हरु ले एक पछि अर्को गर्दै म माथी लगातार थिचिनैरह्यो । म एक आज्ञाकारी भरिया जस्तो उसैको तर्क पुर्न शब्दमा बहकिएर नै पछि परि रहेँ के गरौ के नगरौ लक्ष्य बिहिन भएर टोलाएर बसि रहेँ । लागातार उस्को मेसेज एक पछि अर्को आईरहे मैले प्रती उत्तर दिई रहेँ थोरै आशक्ती पुर्न वचनहरु पोखिरहेँ आजको उनको प्रेम पुर्ण वचन मा ठूलो विभेद पाएँ ।

जीवन को परीधी एक ईशवरको देन हो । तिमी र म बांचेको साशव्त संसार हाम्रो परिकल्पना भन्दा निकै पर छ । अबिस्वस्निय र अकल्पनीय घटनाहरूले मेरो जिबन लाई संधै काहालिलाग्दो खोला को मझेधार मा ल्याएर छोडछ । जीवित जीवनकालमा कुनै सार्थक प्रयोग सामाजिक सुकर्म केन्दृत बिन्दु मा चुल्याएर छाड्ने । मेरो सार्थक प्रयास किन किन निरार्‍र्थक धुमलिदै गएको देख्छु । मेरो तिमी प्रतिको प्रेम प्रप्ती मात्र होइन परित्याग पनि हो जुन एक गौरब पुर्ण गरिने ईशवरको बन्दना हो । जो माथी पंन्च तत्त्व को यो शरीर धारण पुर्ब नै लेखिएको हुन्छ । तिम्रो र मेरो प्रेम संयोग नहोला । यधपी म सहर्ष मान्छु कुनै जन्म मा हामी पति पत्नी नै थियौ होला । तर यो जन्म हाम्रो एक अर्को को निम्ति होइन । छैटौ को दिन मा निधार मा जस्को प्राप्ती कोरेको हुन्छ कालन्तर मा उ नै यो जन्म को जीवन भरिको साहयक हुन आउँछ । तिम्रो र मेरो प्रेम यो जन्म संयोग मात्र हो । किन भने संगै बस्न त के एक झलक देख्न नि दैब लाई स्वीकार छैन । यो नै हो वास्तविक धुर्ब सत्य हो । यधपी कि म बीस बर्ष पहिले जन्मनु थियो कि बीस बर्ष पछि । यो त एक तरलता मा बग्ने हाम्रो माया कहिले समुन्द्र कहिले हिमाल । निरार्थक साशव्त अनि अबिरल । माथी को मेरो शब्द ले तिम्रो हिर्दय लाई आघात पुग्न गएको छ त्यसमा म क्षामा चाहन्छु । मेरो हरेक कुरा ले तिमिलाइ निकै दुखित बनाएको छ । म बुझ्छु नारी अस्मिता के हो भनेर पनि म कुनै हिम्श्रक नर पशु पनि होइन । मैले तिमि लाइ अफ्नो अस्मिता माथी कसैले खेलवाड न गरोस भनेर संम्झाउनु खोजेको मात्र हो । म कुनै केटि लाई अकल्पनीय रुप मा देख्न चाहान्न किमर्थ तिम्रो अन्तर आत्म ले ठानेको म तिम्रो पति । तेसैले म प्रती कति बिस्वस झल्किन्छ भनेर परिक्षा लिने प्रयास थियो । म पनि कुनै हबस को पुजारी होइन । फेरि कसरी प्रेम खोज्दै जाउँ  कुनै पर पुरुष ले सामाजिक संजाल मा तिमी लाई म बिबाहित हु भन्छ । म आफू लाई पानी माथी को ओभानो बनाउन पनि खोजेको होइन । किमार्थ तेस्तो कुनै मान्छे उदाहरण देउ मलाइ । मेरो ठाउँ मा कोहि भएको भए आफ्नो जाल मा पारी सक्ने थियो होला । तिमी चतुर छौ तर तिम्रो ठाउँमा अर्कै नारी हुन्थिन । तिम्रो अन्तर हिर्दय मा म प्रती कुनै तुस छ भने निर्धक्क भएर भन्दा हुन्छ । मेरो कुनै चेतना ले तिमी मा खोट देख्दैन । न तिम्रो शालीनता प्रती कुनै खोट देख्छ । दैब संग गरिएको अगाड भक्ती को के हामिले कुनै दिन सांवा ब्याज असुलेका छौ र ? नि-स्वार्थ निर्मल गंगा को जल ले हामी संग कुनै मोल मांगेको छ र शितल दिने बृक्षेले शितलता को उपहार खोजेको छ र । अतह म प्रती तिम्रो निर्मल सोछन्दता प्रेम स्वीकार योग्य छ । तर म एक जिम्मेवारि ले थिचेको सामाजिक परिबन्धले जगडिएको थकित । मानव आकृती कुनै चिर स्थाइ बाटो को खोजीमा दिन रात भौतारिने एक गन्तव्य बिहिन परिभाजक । तिमी प्रेम प्राप्ती को बाटो मा सदैब आगाडी लागि राख । तिमी एक सदिच्छा पुर्बक पुज्न पर्ने नारी हौ । माहान प्रेम आत्मा हरु को करोडौं प्रेम पुन्ज बाट मानव योनिमा प्रकट भएकी तिमी लाई मेरो प्रती गरिएको सगुण भक्ति प्रेम र आघाड स्नेह तप्काई दिएको मा हार्दिक नमन । 

अन्तिममा... जीवन भोगाई हो जस्को बिधिबत सञ्चालन भाबिले गर्छ अनुभव र अनुभुति हामिले ।

नुवाकोट फिकुरी ४ सातदोबाटे,सम्पर्क मोबाइल नम्बर :- ९८५११७७३८९,९८४१९५७३८९,

Facebook :- dashin_0284@yahoo.com
Blog :- http://ojha0284.blogspot.com

"स्वर्णिमाले मन पराएको पेन्टिङ" -बिक्रम गिरी "अपरिचित" : (12-07-2013)

NepaliTalim | 4:04:00 PM | 0 comments
नोट:सर्वाधिकार लेखकमा निहित  
बिक्रम गिरी "अपरिचित"

-BIKRAM GIRI "APARICHIT"

"स्वर्णिमाले मन पराएको पेन्टिङ"

एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो महसुस गर्दथे!उ म बसेको नजीक आएर बस्दथि र भन्थी "खै त मेरो लागी पेन्टिङ"!

उ बच्चा जस्तो कराउन थाल्दथी,भन्थी मान्छेले आफ्नैलाई हो आफ्नोलाई नै पराई ठान्दछ!उ उदास भएर फर्कन्थी! म किन हो किन केवल एक मुर्ति सरह उसलाई हेर्नु बाहेक केहि गर्न सक्दिनथे,उ सधै म बाट रिसाएर जान्थी तर मैले उसको लागी एउटा यस्तो पेन्टिङ बनाउने निर्णय गरेको थिए जो अलग होस,र केवल स्वर्णिमालाई नै पहिला देखाउने प्रण गरेको थिए!म त्यो पेन्टिङमा हेरेक रितुको आर्कषण,हेरेक खुसीको मिषरण र हरेक रङ्ग मिसाउन चाहन्थे!

स्वर्णिमा आफ्नो प्राय जस्तो समय मेरो अरु पेन्टिङ हेरेर बिताउदथी!उसका साथिहरु आएर बोलाउदा नि उ पटक्क सुन्दिनथी,मान्दिन्थी!अन्तिममा मलाई नै केहि गरिदिनु पर्थयो र उ बल्ल जानलाई राजी हुन्थी तर उसका साथिहरु मलाई छडके ईशाराले जिस्काउदथे!मैले धत लाटिहरु भनेर भगाईदिन्थे र आफै मनमनै हर्षित हुन्थे,लज्जीत  हुन्थे!कता कता स्वर्णिमा भनेपछि मलाई काम गर्न रुचि जाग्दैन्थ्यो,मेरो मन कता कता टोलाउन पो थाल्दथ्यो,एक दिनको कुरा हो मेरो नाम सोध्दै कुन अपरिचित केटि मेरो घरमा आएको रहेछ तर त्यो दिन म नभएकाले,अर्को दिन स्वर्णिमाले नै केटिलाई मेरो घरसम्म पुराईदिएको थिई,उसको नाम "राधा" रहेछ!

उसले मेरो एउटा पेन्टिङ कहा देखेकाले मेरो नाम र ठेगाना सोधि म कहा आएकि रहेछ, बुझ्दै जादा उ पल्लो गाउकि रहिछ, सहरमा बसेर पढने रहेछ! म उसँग गफ गर्दा स्वर्णिमा अलिक पर उभिरहेकि थिई र उसको अनुहारमा त्यो रङ्ग थिएन त्यो चमक थिएन जुन अरुबेला हुन्थ्यो!उसमा एक किसिमको ईर्ष्या,डाहा पलाईरहेको देखिन्थ्यो,मैले स्वर्णिमालाई आखाँ चार गर्न सकिरहेको थिएन र राधा लाई जाउ पनि भन्न सक्दिनथे!म दोधारमा परे स्वर्णिमा त आफ्नै परी पहिले राधालाई नै प्राथमिकता दिए!राधाको अनुसार उसलाई एउटा यस्तो पेन्टिङ चाहिएको थियो जसमा उ आफुलाई हराएको देख्न पाओस र आन्न्दित होस! मलाई झन गाह्रो काम थपियो उता स्वर्णिमाको पेन्टिङ पुरा त के सुरु पनि भाको छैन र यता राधाको त्यसतो पेन्टिङको माग मैले हुन्छ भनिदिए र केहि समय लाग्छ भनिदिए, उसले म एक दुई महिना छुट्टिमा छु जहिले बनाए पनि हुन्छ भनि र धन्यवाद भनेर गई!राधा गएको केहि क्षणमा नै स्वर्णिमा पनि मुख फुलाएर गई, म उसलाई रोक्न सकिन, म जान्दिनथे यो उसको प्रेम हो कि के हो? हुन त म उसलाई चाहन्थे र चाहनु नै प्रेम हो! यथार्थ त यो थियो कि उ यो प्रेमबाट बन्चीत थिई मैले गर्दा र कारण म मौन थिए उसको प्रेम देखी!  

त्यो दिन देखी स्वर्णिमा म सँग भेटन पनि आएको थिईन बरु तिन चार दिन पछि राधा टुपलुक्क आईपुगी!मैले उसको हाल सोधे उसले ठिकै छ र यो कसैको जादु हुनुपर्छ भनी,मैले बुझिन भने,उसले नबुझेकै जाती भनी र पेन्टिङ बनाउने काम सुरु गर्नुभयो भनेर प्रश्न गरी!मैले अह गरेको छैन भने मन नै लागेको छैन भने,उसले कसैले मन त चोरेन भनेर भनी र मुसुक्क मुस्कान दिई,म पनी के थाहा हुनसक्छ भनेर हासिदिए!उसले अस्तिको साथी खै त भनेर सोधि,सायद उ स्वर्णिमाको कुरा गर्दैथी,मैले उ आको छैन भने उसले नाम सोधि,मैले स्वर्णिमा भनिदिए र राम्रो नाम छ भनीन उनले मैले पनी तिम्रो नाम पनी नराम्रो त छैन नी भने,सुन्दा नै आन्नद हुने "राधा"!  

उसले सायद मसँग नजीकिएको आभास गर्न थालेको थिई र उसले मेरो एउटा फोटो मागी, मलाई के गरु र के नगरु भयो, मैले फोटो दिए र उसले यो साथीको चिनो हुनेछ भनी र उ त्यहा बाट गई! सायद उ त्यहाबाट गएको स्वर्णिमाले देखेको रहेछ र मसँग आएर झर्केर बोली, अर्काको लागी फुर्सदै फुर्सद छ हामि त पराई हामिसँग  त बोल्न पनी समय हुदैन है भनी आएर मख्ख पारेर गई अब पेन्टिङ त उसकै बन्छ होला नि भनी! उ अचानक मलाई तानी र आफ्नो अगाँलोमा च्यापी, उ मलाई चुम्न थाली सायद स्वर्णिमाले गुम्साएर राखेको प्रेम आज सबथोक सुम्पिदै थिई, म अवाक भए, मैले केहि पनि गरिन! उ मलाई अगाँलोबाट फुकाली र त्यहा बाट हिडि रिसको झोकमा! म बुझ्न सकीन यो कस्तो रीस हो या फिर यो कस्तो प्रेम हो? हुन त यो प्रेम हुनुपर्छ यसमा म जलन देखीरहेको थिए, पिडा देखीरहेको थिए! स्वर्णिमाको पेन्टिङ लगभग आधा बनीसकेको थियो र लाग्थ्यो त्यो आधा पेन्टिङमानै सारा सृष्टि समावेश छ,ईन्द्रेणिको हर रङ्ग समावेश छ,आधा चित्रमानै आर्श्चय थियो!उता राधाको पेन्टिङ आज बाट सुरु गरेको मैले के उतारु पेन्टिङमा भनी दुबिधामा परेको थिए!मैले जे बनाए पनी एउटा सृजना त पक्कै हुन्छ भनी सुरु गर्दे गए राधाको लागी उसको रोजाईको पेन्टिङ! 

यता हप्तौ भयो राधा नआएको र म स्वर्णिमा मा फेरी नया जागर देखिरहेको थिए!मैले स्वर्णिमालाई नभनेपनी भित्रभित्रै म राधाको पेन्टिङ सकाउन आटेको थिए र उसले सोचे भन्दा र खोजे भन्दा बढि थियो त्यो पेन्टिङमा!हप्तामा हप्तौ भयो राधाको केहि अत्तो पत्तो थिएन!  यता स्वर्णिमाको मेरो लागी प्रेम असाध्यै थियो!उसको नयनलाई जस्ताको त्यस्तै उतार्ने मन थियो मलाई त्यो आफ्नो अधुरु पेन्टिङमा!म स्वर्णिमालाई यति चाहन्थे कि उसको पेन्टिङ नै मेरो जीवनको अन्तिम पेन्टिङ बनाउन चाहन्थे! यी हातले उसको नाम नै आखिरी पटक  लेख्न चाहन्थे र यस धडकनको आखिरी धडक पनी स्वर्णिमाको नाममा धडकाउन चाहन्थे!उसलाई म माया आफुभन्दा बढि गर्थे!मलाई दुनियाको पर्वाह थिएन केवल आशिक,मज्नु,प्रेमी भएको थिए स्वर्णिमाको प्रेममा!

साच्चै माया आस्था हो,दुई मुटुको बलिदान हो!जे होस मलाई यति थाहा थियो कि स्वर्णिमा केवल मेरो थिई मात्र मेरो!यता राधाको पेन्टिङ पनि अच्ममको बनेको थियो सायद उसले रोजे र खोजे भन्दा बढि थियो!तर उसको आगमन नभएको धेरै भईसकेको थियो,सायद उ सहर गईसकेको थिई होली आफ्नो पेन्टिङको साटो उहि मेरो एउटा फोटो लिएर,साच्ची राधा पनि नराम्रो थिईन उसको नम्र बोली र व्यबहार आकर्षित पार्दथ्यो  मलाई!अपसोच उ टाढा भईसकेकी थिई,सहरको विरान ठाउमा पसिसकेकि थिई!मैले राधाको पेन्टिङलाई नाम दिन सकिरहेको थिएन,र अन्तिममा त्यो पेन्टिङको नाम नै मैले "राधा" राखिदिए! राधाको यादमा एउटा राधा अपहार भयो म बाट!

यता स्वर्णिमाको मामाको छोरी आएकोले उ भेटन नआएको गुनासो सुनाई!मैले उसलाई अगाँलोमा राखिरहे र उसको अधरलाई चुमे! मैले स्वर्णिमालाई भने स्वर्णिमा तिमी सधै कराउने,रिसाउने कुराको समाधान गरिसके!मैले यति के भन्न पाएथे उसले बुझिहाली मैले उसको लागी बनाउन सुरु गरेको पेन्टिङ पुरा भयो भनेर!उ सारै हर्षित भई, लाग्थ्यो कुनै लडाई जितेर छाएको खुसी छाएको छ,उ रणभुमी जितेर आएकी छे!स्वर्णिमाको लागी बनाएको मेरो पेन्टिङ 'राधा' नामक पेन्टिङ पछिको अन्तिम पेन्टिङ थियो! 

मैले स्वर्णिमालाई त्यो पेन्टिङ देखाए र उसको खुसीको सिमा रहेन!मैले स्वर्णिमालाई नै उतारेको थीए त्यस पेन्टिङमा!एउटा यस्तो चित्र बनेको थियो जुन सायद मोनालिसाको मुस्कान भन्दा पनी फरक थियो र राम्रो थियो!स्वर्णिमालाई त्यो पेन्टिङ साह्रै राम्रो लाग्यो! उसले मलाई एकछिन अगाँलोमा बाधिरहि र चुमिरहि!एकछिन स्पर्शको बहार भयो,दुई मुटु एकाएक जुधे, यस खुसीको बखत स्वर्णिमाले एउटा दुख दिने खबर सुनाई उ त मामाको छोरीसँग मामाघर जाने रे!मेरो मुहार एकाएक मलिन भयो तर उसले बाचा गरी उ एक हप्ता पछि आउछु भनी,र मैले पनि उसलाई हुन्छ भनिदिए!उसले त्यो पेन्टिङ पनि आफुसँग लग्छु भनी तर मैले त्यस पेन्टिङको नाम नै राख्न पाएको थिएन !स्वर्णिमाले भनी मलाई राम्रो लाग्यो पेन्टिङ राख्देउ न त यस पेन्टिङको नाम "स्वर्णिमाले मन पराएको पेन्टिङ"! साच्चै यो नाम राम्रो थियो र उ अन्तिम पटक मलाई चुमी त्यहाबाट बिदा मागी!

भोली बिहानै  एकाएक गाडि पल्टेर मान्छे मरे भन्ने हल्ला फैलियो! मलाई मनमा कता कता चिसो पस्यो कतै स्वर्णिमालाई त!म हतार हतार गर्दे गाडि पल्टेको ठाउमा पुगे र यो आखाँ रसाए जे नदेख्नु थियो  त्यहि देख्यो यी आखाँले!स्वर्णिमाको लाश गाडिको छेउमा थियो र उसको हातमा त्यहि पेन्टिङ थियो,मृत्युले रुवाउदा पनि उसको ओठमा अजिब मुस्कान थियो! म उसको नजिक गए मेरो आशुँ स्वर्णिमाको गालामा खस्यो, म रोए, कराए साराले सम्बेदना प्रकट गरे र मसँग स्वर्णिमासँग जोडिएको एउटै चिझ बच्यो स्वर्णिमाले, आफै नाम राखिदिएको पेन्टिङ "स्वर्णिमाले मन पराएको पेन्टिङ"!!!I LOVE YOU FOREVER SWORNIMA.......
बिक्रम गिरी "अपरिचित"
 चन्द्रौटा कपिलबस्तु
Note : Article Received in stharamsharan@gmail.com


मुक्तक दोहोरिले मुक्तक विस्तारमा ठुलो टेवा पुर्याएको छ (समालोचक : अरुण रेग्मी अवि )

NepaliTalim | 12:35:00 PM | 0 comments
अरुण रेग्मी 
- अरुण रेग्मी (आश्विन ८ ) 
विगत केहि महिना देखि फेसबुकका भित्ताहरु, विभिन्न एफ.एम तथा रेडियोका कार्यक्रममा साहित्यको एउटा विधा “मुक्तक” निकै फस्टाएको देखिन्छ, विभिन्न साहित्यक ब्लगहरु पनि मुक्तक भरिदै गएको छ | नेपाली समाजमा  साहित्य प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ| पुराना सर्जक साथै नब-सर्जकहरुको जमातले निकै तताएको छ अहिलेको साहित्यिक माहोललाई | 
मुक्तक के हो? यसको संरचना कस्तो हो? भन्ने  जस्ता विभिन्न प्रश्न, विचार, विमर्श, बहस मुक्तकमा  बढ्दै गईरहेका छ | नेपाली साहित्यको मुक्तक विधामा लामो समय बिताउनु भएका ब्यतिहरुले मुक्तक बारेको नियमहरु  औल्याईदिनु भएकाले नि मुक्तक बारेको भ्रममा केहि मात्रामा कमि आएको देखिन्छ तर सबै नब-आगान्तुक सर्जकहरुले यसबारेको ज्ञान पाउन सकेको अवस्था छैन | किताबका पानामा सिमित रहेका नियमहरु देश-बिदेशमा छरिएर रहनुभएका सम्पूर्ण सर्जक समक्ष पुग्न सकेको अबस्था छैन |


यहि अबस्थालाई मध्य-नजर गर्दै बिगत केहि महिना देखि मुक्तकको बिकासको लागि चुकुप्रकाश डट साहित्यिक ब्लग (www.chukuprakash.blogsport.com) ले गर्दै आएको कार्य निकै सह्रानीय छ| चुकुप्रकाश डट साहित्यिक ब्लग ले हरेक महिना मुक्तक दोहोरि संचालन गर्दै आईरहेको छ | मुक्तकको सिंगो विकासको लागि गरिएको यो कार्यमा पुराना तथा नव सर्जकहरुको बाक्लै उपस्थिति रहको छ | यसले के फाइदा पुगेको देखिन्छ भने पुराना सर्जकहरुबाट नव-सर्जक हरुले पनि नजानेको कुराहरु सिक्ने अवसर पाएका छन् | आफ्ना गल्ति कमजोरी कहाँ छ भन्ने स्वाध्ययन नव-सर्जकले गर्न सकेका छन् | चुकुप्रकाश डट साहित्यिक ब्लग ले छरिएर रहेका मुक्तक मनहरुलाई जोड्ने साँघुको रुपमा काम गरेको छ | प्रत्येक पल्ट विभिन्न श्रष्टाहरुलाई मुख्य भूमिकामा राखिन्छ भने  उहाँहरु संग नजिकिँदै मुक्तक सिक्ने अवसर नव श्रष्टा पाएका छन्  |

प्रकाश अर्याल 'चुकुप्रकाश'
प्रकाश अर्याल 'चुकुप्रकाश'
ब्लगले आयोजना गरेको मुक्तक दोहोरीमा धेरै भन्दा धेरै सर्जकले आफ्ना मुक्तक प्रस्तुत गर्नु भएको देख्दा नेपाली साहित्य पनि फराकिलो हुदै गएको महसुस गर्न सकिन्छ | केहि सिमित ब्यतिहरुमा निहित रहेको मुक्तकले आज  निकै ठुलो फड्को मारेको छ | यहि खाडल कम गर्न लागि परेको चुकुप्रकाश डट साहित्यक ब्लग आज मुक्तकलाई मन पराउने जमातहरू बीच निकै रुचाईएको एउटा साहित्याकि ब्लगको रुपमा आफुलाई चिनाएको छ|
ब्लगले संचालन गरेको मुक्तक दोहोरि आज ९ औ भाग सम्म आईपुगेको छ | बिगत ९ महिना देखि सुरु भएको मुक्तक दोहिरिलाई फर्केर हेर्ने हो भने मुक्तक विधा खासै रुचाइएको देखिदैन थियो तर आज समय परिबर्तन भएको छ ९ महिनाको यो अवधिलाई मात्रै हेर्ने हो भने पनि मुक्तक बारे जान्न चाहने अनि आफु पनि मुक्तक लेख्ने जमातमा निक्कै बढेको देखिन्छ 

|
मुक्तक दोहोरि को अवधारणा सिर्जना गरेर मुक्तक बिकासमा बलियो मेरुदण्डको रुपमा चिनिनु भएको छ ब्लग का एडमिन तथा कार्यक्रम  संचालक प्रकाश अर्याल ‘चुकुप्रकाश’ | यति छिटो समयमा मुक्तक दोहोरीको प्रभाव सम्पूर्ण साहित्य पारखीमा परेको छ | ऐले फेस्बुकका भितामा मुक्तक दोहोरि , दुइ स्रस्टाबीच मेसेजमा मुक्तक दोहोरि हुन थालेको छ | चुकुप्रकाशको यो कार्य प्रसंशा योग्य छ | मुक्तक दोहोरिले  अझै प्रगतिका खुड्किला उक्लिदै जावोस् सम्पूर्ण टिमलाई मेरो सुभकामना ! जय मुक्तक !! जय साहित्य !!

-अरुण रेग्मी ‘अवि अविरल’ 

बृहत संयुक्त्त गजल संग्रह हैसियत र हैसियतमा गजलकार सुनिल स्पन्दनको प्रतिकृया

NepaliTalim | 10:46:00 AM | 0 comments
नमस्कार
हैसियत बृहत गजल संग्रहको बारेमा सायद धेरैले सुन्नुभएको होला । नेपाली गजल आकाशमा हालसम्मकै ठूलो कृति भनेर दाबि गरिएको यो कृति भाग एक र भाग दुई गरि दुई संस्करणमा बजारमा उपलब्ध छ । भाग एकमा ३६ र भाग दुईमा ३८ जना गजलकारहरुका २५।२५ गजलहरु समाबेश गरिएकाछन् भने यो कृती हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले प्रकाशन गरेको हो र यसका सम्पादक हुनुहुन्छ अग्रज गजलकार पुष्प अभिकारी अञ्जली । यो कृति यहि २०७१ असार १४ गते शनिवारका दिन चितवनमा भब्य समारोहका साथमा बरिष्ठ अग्रज गजलकार प्राज्ञ बुँद रानाले गर्नुभएको हो यक्त कार्यक्रममा भारतमा रहेर नेपाली गजलमा कलम निरन्तर  चलाउँदै आउनुभए गजलकार शेखर अस्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो साथै चर्चित गजलकार गायक सुवास अगमले गायन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा देशैभरिबाट अपस्थित हुनुभएका करिव १०० भन्दा बढि गजलकारहरुले आफ्नो रचना बाचन गर्नुभएको थियो । 
हैसियत बृहत गजल संग्रहमा निम्नानुसारका गजलकारहरुका गजलहरु समाबेश गरिएकाछन् ।
हैसियत १ मा सहसहभागी गजलकारहरू १.अञ्जान यात्री २.अजय पारस ३.स्पनदन खडका ४.गणेश स्मृति रोका ५.किरण कालीकोटे ६.भुपेन्द्र बि सी ७.केशव चापागाई ८.उर्मिला कोइराला ९.प्रकाशमणि खनाल १०.पुष्प अधिकारी अञ्जलि ११.दिप मिलन १२.इन्धन भनडारी १३.बिमला शर्मा १४.जे सागर १५.बाबु देवकोटा १६.आर.एस .बिद्रोही १७.रोहित राना १८.पवन घर्ती १९.बि एस पृथक २०.सौगात गजमेर २१.साबित्रा लुईटेल घिमिरे २२.रमेश भट्ट २३.सरस्वती लामिछाने २४.चन्द्रा बुढा २५.सहयोगी रविन २६.ग्यान तरामु २७.सुनिल स्पन्दन २८.रहस्य बिक्रम चिमोरिया २९.बिबश असफल ३०.कमल जलन ३१.टिकाराम सिहँ ३२.लछ्मण मिलन बिष्ट ३३.देव आवारा ३४.संङ्कल्प चन्द ठकुरी ३५.इश्वर पौडेल ३६.निश्चल प्रेमी कान्छा हैसियत २ मा सहभागी गजलकारहरूं  १.अनिता भन्डारी पौडेल २.सागर सिल्वाल ३.सुमित्राअधिकरी धिताल ४.दर्गा बनबासी ५.छवि चालिसे ६.कोमल प्रसाद भट्ट ७.रुपेश अनमोल ८.बिनोद पौडेल ९.कल्पना पौडेल जिग्यासु १०.भन्डारी दाई ११.बिकास कंडेल १३.गोविन्द भावुक १४.बिमलाअधिकारी देवकोटा १५.कुमार यात्री १६.जनक कडायत १७.राधा भट्टराई १८.कमल अर्याल १९.मानन्धर अभागी २०.राधिका कुइँकेल खनाल २१.अभिनाश थापा २२.निर्मला अर्याल २३.अञ्जान तिलक २४.अञ्जली भट्टराई २५.बज्रकुमार थुलुङ राई २६.रामचन्द्र बस्याल २७.लछ्मण तिवारी २८.धनगिरी फडेरा २९.मिनु रिजाल ३०.बसन्त अविरल प्रमोद ३१.प्रेम चापागाई ३२.युवराज सुबेदी ३३.इन्द्रसुर बेल्टारे ३४.झरीदान राई ३५.ग्यान प्रसाद अधिकारी अन्नत ३६.राजकुमारी खडका ३७.शुशिला पौडेल ३८.लोकराज अधिकारी सबै प्रिय गजलकारहरूलाई हार्दिक आभार एवं बधाई छ ।
================================================================
Sunil Spandan



भक्तपुरका गजलकार सुनिल स्पन्दन, गजल क्षेत्रमा विगत गजलका भर्खर भर्खर बहस चल्न थालेको उताढ चढाबको अवस्था २०५६/५७ करिव सालदेखी १५ वर्ष यता निरन्तर कलम चलाउनुहुँदै आउनुभएको छ उहाँ अब्बल गजल लेख्नुहुन्छ र यस क्षेत्रमा उहाँलाई भविस्यको चम्किला तारा मान्न सकिन्छ । । उहाँ आफैं हैसियतका एक गजलकार हुनुहुन्छ भने उहाँका लयमा, छन्दमा र वहरवद्ध गजलहरुको लागि सुनिल विशेष मानिन्छन् तर हैसियतमा भने उहाँका बहरवद्ध गजलहरु समावेश गरिएका रहेनछ । अब उहाँले हैसियतका  गजलकारहरुका गजल पढिसकेपछी दिनुभएको प्रतिकृया तल राखिएको छ ।


हाल सम्म प्राप्तभएका प्रतिकृयाहरु 
१. इन्धन डि.बि. भण्डारी
२. अजय पारष
३. अञ्जान यात्री

१.इन्धन डि.बी भण्डारी
१. हैसियत भाग १ मा समावेश हुनु भएका गजलकार इन्धन डि.बी भण्डारीको लागि मेरो प्रतिक्रिया
पहिले प्रेम प्रस्ताव राखिन्थ्यो, पत्र पठाएर
अहिले प्रेम प्रस्ताव राखिन्छ, बन्दुक देखाएर

माथिका यी गजलांश गजलकार इन्धन डि.बी भण्डारीका हुन् । हैसियत गजल सङ्ग्रहको विमोचन पश्चात चितवनबाट फर्किरहँदा माइक्रोमा हामी केही साथीहरूले हैसियतबाट केही गजलहरू पढ्यौ । हैसियतको पाना पल्टाउने क्रममा केहीका गजलले हाम्रा मनलाई आकर्षणमा पा¥यो । तीमध्येका एक हुन् इन्धन डि.बी भण्डारी । हामीले गजलका बारेमा चर्चा परिचर्चा गर्ने क्रममा अनलाइनमा भेटिने साथीहरू जो हैसियत बोकेर यात्रारत हुनुहुन्थ्यो उहाँहरुले पनि एक व्यक्तिको गजलको खुलेरै प्रशंसा गर्नुभयो जसको नाम थियो– इन्धन डि.बी भण्डारी । हैसियत भन्दा अगाडि मैले कहिले नसुनेको नाम र मेरो फेसबुकमा पनि साथीहरू माझ नभेटिएभएका गजलकार इन्धन डि.बी भण्डारी एक इश्र्या गर्न लायक प्रतिभा हुनुहुदोँ रहेछ उहाँका गजलहरू पढ्दै जाँदा थाहा पाएँ । केही दिन उहाँका गजलहरूमा डुबेँ ।
उहाँका गजलहरू पढ्दै जाने हो भने कहीँ कतै हाइ काट्नु पर्ने ठाउँ पाइँदैन । गजलमा सम्प्रेषण गरिएका विचार, चिन्तन र विषयहरूले २५ वटै गजललाई एकै बसाईमा सिध्याउन प्रेरित गर्दछ । गजल पढ्दै जाँदा —
कहीँ भावुक–
बाउ लाश बुझ्न लाइनमा उभिएका छन्
हातमा छोराको फोटो समाएर आँसु बगाएर (गजल नं.२३)
कहीँ उत्तेजना–
यार बन्धकी बसेर कति पो कमाउँछस् ?
र यो जिन्दगी बेचेर कति पो रमाउँछस् ? (गजल नं. ५)
भइन्छ भने,
कतै स्वैरकल्पना–
म अब यस्तो कला बनाउँदैछु
आँपको बोटमा सुन्तला बनाउँदैछु (गजल नं. १८)
कतै यथार्थ चित्रण–
कमै फर्के होलान् परदेशबाट जिन्दगी बनाएर
धेरै फर्केका छन् परदेशमै जिन्दगी गुमाएर (गजल नं. २३)
ले गजलमा पाठकलाई ध्यानाकर्षण गर्दछ । यहाँ म उहाँका सबै गजललाई साभार गरेर सक्ने अवस्थामा छैन । सबै गजलले मनलाई छोएको छ । एउटा शसक्त गजलकारको रुपमा इन्धन डि.बी भण्डारीलाई पढ्न पाएँ । उहाँको आफ्नै कृति ‘बिजारोपण’ पनि हात परोस्, पढ्न पाउँ ।
उहाँका गजलहरुमा काफिया चयन सही छ, रफिदले दिने मिठास पनि उत्तिकै छ । गजलको सिद्धान्तत हेर्ने हो भने अधिकांश गजलमा जसरी भावनाका लहरहरू बगेका छन् विश्रामको अवस्थामा गजलकार सबै जस्तो गजलमा चुक्नु भएको छ । सिद्धान्तका आधारमा रदिफ, काफिया, मतला, मक्ता, तख्खलुस आदि बुझिन्छ भने यति र गतिलाई पनि बुझ्नु आवश्यक छ । सिद्धान्तकै आधारमा बसेर पनि गजलमा नयाँ पन दिन सक्छौँ कि !
अन्तमा एक शेर
न म जन्मेको ठाउँ भेटिन्छ न गाउँ भेटिन्छ
मात्र यी आँखामा आँसुको तलाऊ भेटिन्छ
एउटा पाठकको हैसियतले मैले जे देखे त्यो पोखेँ । यो मेरो व्यक्तिगत प्रतिक्रिया हो । यसमा सहमति र विमती दुवै रहन सक्नेछन् । गजलकारलाई शुभकामना । अबको केही दिन गजलकार पवन घर्तीमगर, निर्मला अर्याल र सौगात गजमेरतिर फड्को मार्ने विचारमा छु ।
सुनिल स्पन्दन 
भक्तपुर

२.अजय पारस
हैसियत गजल संग्रह १ का दोश्रो नम्बरका गजलकार अजय पारसका लागि मेरो प्रतिक्रिया–
मलाई मन परेको गजलको शेर–
‘मुटु चल्छ, तिम्रै लागि, बन्द हुन्छ, तिम्रै लागि
परदेशी भै, टाढा हुँदा, यो मन रुन्छ, तिम्रै लागि’
यी मीठा शेरका गजल गो अजय पारसका गजलहरू आनन्दले पढेँ । समसामयिक, राजनीति, कुरिता, देशको जल्दोबल्दो समस्या र चेतनाका लागि कलम चलाउनु हुने पारसका गजलहरू मीठा छन् । उनका गजलहरूमा उनले चर्का नारा त उरालेका छैन तापनि गजलकारले भोगेका र अनुभव गरेका कुरालाई हजताका साथ गजलको संरचनाभित्र समावेश गरेका छन् । उनका गजलहरूमा काफिया र रदिफको सही समायोजन छ । तापनि एकाध ठाउँमा काफियामा झुक्किएको हो भन्ने भान हुन्छ ।
(गजल नं.१६
कहिल्यै नपाउने माया खोज्दै छु म
औँसीको रातमा जून खोज्दै छु म
प्रस्तुत मतलालाई हेर्दा काफिया दोहोरिएको पाइन्छ । यो जानाजान गजलकारले राख्नुभएको हो कि अथवा छपाईमा त्रुटी हो, गजलकारले बताउनु हुनेछ ।
त्यस्तै उनले गजलमा नया विषयको प्रयोग (गणितीय आधार) पनि गरेका छन्
वस्तु ठूलो होस वा सानो आयतनका लागि
पाइको मान बाइस अपन सात एउटै हुन्छ
भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ ......
समग्रमा उनका गजलहरुले पाठकलाई सन्तुष्टि दिन्छ । लेखनीको समीकरणलाई हेर्ने हो भने कतै कतै उनका गजलमा संरचनागत पक्षलाई कम ध्यान दिएको पनि देखिन्छ । कुनै एक शेरमा १६ अक्षरको प्रयोग गरेका छन् भने फेरि सोही गजलको मुन्तिरका शेरमा १८, १९, २१ सम्मका अक्षर प्रयोगले वाचनमा विश्रामको अवस्थामा तालमेल मिल्न सकेको छैन ।
ज्यादै शालिन तरिकाले विषय वस्तुलाई गजलमा प्रस्तुत गर्ने गजलकार अजय पारसको गजलका शेरहरुले मन छोयो र उनका गजल पढुन्जेल म आफै पनि अजय पारस भैरहेँ......धन्यवाद अजय शाह पारसज्यू मीठा मीठा गजलका लागि ।
सुनिल स्पन्दन 
भक्तपुर

३.अन्जान यात्री
हैसियत भाग १ का 1 नं श्रस्टा अन्जान यात्री
को २५ वटै गजलहरु पढें । सारै मीठो गजल लेख्नु हुने अन्जान यात्रीका गजलले मन छोयो । उहाका आधिकांश गजलहरु गैह्र मुसल्सल छन । मीठो बिम्व, विषयवस्तु र प्रस्तुतिले गर्दा उहाको गजल पढ्दा मन आनन्दित भैरह्यो भने १ नं गजल , ३ नं को गजल र १९ नं को गजलमा काफिया पत्ता लगाउन कापि र कलमको सहारा लिनु पर्ने भो तर त्येसो गरिन कारन आफू नेपाली भाषा मा पनि कम्जोर बिद्यार्थी परियो । अक्षर संरचनातिर लागिन, काफियामा येस्तो प्रयोग ठिक हो कि हैन म जान्दिन ।
गजल पढिरहदा धेरै जस्तो गजलहरु वाचनको दृस्टीले लेखियेको पाये । गजल गुनगुनाउन खोजें तर गजल गो ले प्रस्तुतिकरनमा ध्यान दिंदा येति र गतिको सहि ताल्मेल मिलाउन नसक्नाले त्यो सम्भव भयेन ।
समग्रमा गजलहरु अति हृदय स्पर्शी छन् ।पठनीय छन । गजल बिधालाइ पुरै नियम परिधिभित्र नबाधी स्वतन्त्र रुपमा उडाएका छन मित्र अन्जान यात्रीले । आगामी दिनमा अझ सशक्त गजल पढ्न पाइयोस, शुभकामना ।
म गजल सिक्ने र पढ्ने क्रममै छु । मेरो प्रतिकृयामा केही त्रुटि भएमा क्षमा माग्द्छु ।
मलाइ मन परेको उहाको एक शेर
आखामा सपना अनि जिन्दगी राखेर
आएकोछु घर जग्गा बन्धकी राखेर

४.सौगात गजमेर ‘मात्र’
हैसियत भाग १ का ३६ नं. श्रष्टा सौगात गजमेर ‘मात्र’ को लागि मेरो प्रतिक्रिया
कोही आउँछन् सताउँछन्, धेरै कुरा बताउँछन्
नीलो आकाश देखाउँछन्, जून जाँदा हटाउँछन्

यो प्यारको जादू नगर, यस्तै देख्या छु सर्वत्र
थोरै प्रेमील रमाउँछन्, प्राय आँसु खसाउँछन्

जा तँ नानी भन्दै मलाई हातमा फूल थमाएर
बुबा मनमा के सोच्छन् र मन्दिर देखाउँछन्

परदेशीले परिचय यस्तो दिन थाले अचेल
देशमै बस्नुपर्छ भन्छन् उतै ढाड सेकाउँछन्

निकै यर्थाथपरक र मीठो भाव बोकेका यी शेरहरू मित्र सौगात गजमेर ‘मात्र’ का हुन् । बालुवाडी– ८, झापा घर भई गजलको क्षेत्रमा सिर्जनशील यी गजलकार लेखनीको हिसाबले भर्खरै पाइला चाल्दै गरेको जस्तो लाग्छ । गजलको सामान्यतः सिद्धान्तलाई पालना गरी गजल लेख्नुहुने गजलकार सौगातको २५ वटा गजल पढेँ । विषयवस्तु र प्रस्तुतिकरणमा सन्तुलन नहुँदा उहाँका गजल पढिरहँदा धेरै ठाउँमा म आफै पनि गजलको भाव र लेखनीको अवस्थामा झुक्किएँ । गजलमा जसरी विषयवस्तुको जसरी उठान गरिएको छ तर लेखनीमा शिल्प पक्ष कमजोर हुँदा भन्न खोजिएको कुरा स्पष्ट छैन । गजलका शेरहरुमा जबर्जस्ती शब्दहरू कोचिएको भान हुन्छ, शायद शुरुवातका लेखाइ भएर पनि होला । 
जस्तै 
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
थाहै नदिई व्यर्थै किन र के कसुरले
लाई
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
पाएकोछु मैले सजाय के कसुरले 
गरेको भए अर्थको आधारमा मतला पूर्ण हुन्थ्यो कि ! गजलमा गजलको मतला आफैमा पूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यस्ता कमजोरीहरू सौगातका गजलका मतलाहरूमा थेरै छन् । उनको 
गजलका सामान्यत संरचनालाई हेर्दा सौगात रदिफ र काफियामा पूर्णत सचेत छन् । अधिकांश गजलमा काफिया दोष छैन तर रदिफले दिने मज्जा र अर्थमा उनी अझै स्पष्ट तरिकाले अभिव्यक्ति दिन असमर्थ छन् । उनका गजल मुसलसल र ग्रैह मुसलसल दुवै थरीका छन् । सौगातले अझ शिल्प पक्षलाई जोड दिएर गजल साधनमा लाग्नुपर्ने देखिन्छ । उनी एक जागरुक गजल प्रतिभा हुन भन्ने ठम्याइका साथ आगामी दिनमा उनका रचनामा सुधार हुन भन्ने कामना गर्छु ।
पाठकका दृष्टिले केही तीतो कुरा राखेँ हुँला तर सौगातले यसलाई सकारात्मक रुपमा लिनु हुनेछ भन्ने आशा लिएको छु ।

सुनिल स्पन्दन 
भक्तपुर

Note :
प्रतिकृयाहरु क्रमस प्रकासन गरिनेछ 

"तियाली" बारे संक्षिप्त परिचय (महादेभ अधिकारी)

NepaliTalim | 8:56:00 PM | 0 comments

"तियाली" बारे संक्षिप्त परिचय।

मनका कुरा लेखेर ब्यक्त गर्ने
भाषिक तरिकालाई साहित्य
भनिन्छ। लिपिबद्ध भएर प्रकाशन
भएपछि त्यो रचना बन्छ। सुन्दर र
राम्रो रचना सिर्जना गर्नको लागि रचना कलाको ज्ञान
आवस्यक हुन्छ।
त्यसको आवस्यक तत्व हो
विचारमा गहिराई,
वर्णविन्यसमा शुद्धता,
लेखाईमा कुशलता,
प्रस्तुतिमा चमत्कार पूर्ण
नविनताका साथै वैज्ञानिकता,
शैली, मधुरता, र विकृति,
विसङ्गति, अन्धपरम्परा र
अन्धविस्वासका रूढीहरूलाई
वहिस्कार गर्दै वर्तमान र
भविस्यको सभ्यसमाज निर्माण
हुने गरि युगानुकुल भावना दिन
सकेमात्र त्यो रचना आदर्श
रचना बन्दछ।
-->

नेपाली साहित्य रामायण
जस्तो महाकाव्यवाट स्थापित
भएको थियो। र समयसंगै
खण्डकाव्य, मुक्तक, चम्पू, उपन्यास,
कथा, निबन्ध, संसमरण, पत्र
साहित्य, रेखाचित्र, जिवनी,
नाटक, कविता र
समालोचना जस्ता विधाहरूको आविस्कार
हुँदै आयो।
यसमा पनि फरक फरक
विचारस्थापित हुँदै
जाँदा विभिन्न वादहरू बने
-जस्तै आदर्शवाद,
स्वच्छनदतावाद, छायावाद,
रहस्यवाद, प्रतीकवाद,
यथार्थवाद, प्रगतिवाद,
प्रयोगवाद, अस्तित्ववादहरू
भौतिक विकाससंगै उत्पत्ति हुँदै
आए।
पछिल्लो समयमा मानिसहरू
अत्यन्त ब्यस्त हुने हुनाले
साहित्यहरू
पनि छोटा छोटा रचनामा परिणत
हुँदै आए,
गजल, फुटकर कविता , गीत, मुक्तक,
रूवाई , ताङ्का, हाइकु र यो "तियाली" यसका उदाहरणहरू हुन्।
यसै शिलसिलामा हाल फेसबुक
साहित्यसञ्जालको विकाससंगै
रचनाकारहरूले आफ्ना रचनाहरू
कसैको अनुमति विनानै प्रकाशन
गर्न पाउने
प्रविधिको बिकासभयो र
सर्जकहरू पनि ह्वात्तै बढेर आए।
गरिवीको जातोमा पिसिएर मन
नलागे पनि विदेशीन
बाध्यभएका नेपाली युवायुवतीहरूले आफ्ना पीडा पोख्नको लागि फेसबुक
साहित्य सञ्जाल बरदान नै
सावित भयो।
-->



यस्तैमा नेपाली साहित्यको कविता विधा अन्तर्गत
"तियाली" साहित्यको पनि आविस्कार
भयो जसको प्रवर्तक म आफै हुँ अर्थात म -महादेव अधिकारी
रोजगारीको शिलसिलामा युएई को दुवईको FARNEK COMPANY मा कार्यरत रहेर
मैले फेसबुक मार्फत नै
यो विधालाई प्रवर्द्धन गरेर प्रविष्टि पनि गराएको छु।

किनकी आजको वेफुर्सदी जमानामा थोरै
शब्द प्रयोग गरेर
छोटो मीठो साहित्य रचना गर्न
र पढ्न दुबै थरीलाई सजिलो हुने
भएकोले यो बिधाको महत्व झनै
बढ्ने कुरामा म विस्वस्त छु।

"तियाली"
शाब्दिक अर्थ
तियाली= तीन चोटि, तीन पटक, तीन खेप।

यस विधामा साहित्यिक अर्थ।
तियाली=
तीन अनुप्रास युक्त
तीनलाईन कविता।

१. तियाली जुनसुकै छन्द र लयमा पनि लेख्न सकिने छ
२.यसको श्रुति माधुर्या बढाउनको लागि अनुप्रास प्रयोग गर्नु पर्नेछ। अनुप्रास भन्नाले चरणका अन्त्यमा समान वर्णका पद दोहोरिएको र तुक बन्दी मिलेको हुन्छ।

३. पहिला अन्त्यानुप्रासमात्र प्रयोग गर्ने भनिएको थियो तर बिभिन्न अग्रज तथा गुरूहरूले इनबक्समा दिनु भएको सल्लाह अनुसार तियाली पनि एक कविताकै उप विधा भएकोले सबै किसिमका अनुप्रास प्रयोग गर्नु राम्रो हुने सुझाब अनुसार परिमार्जन गरिएकोछ।

(क) छेकानुप्रास:
यसमा धेरै सजातिय स्वर-व्यञ्जन एक पल्ट मात्र दोहोरिन्छ। जस्तै-
न झट्ट वंशीधर टक्क भेटियो
न भेटको चाह चटक्क मेटियो
-लेखनाथ पौड्याल

(ख) वृत्यनुप्रास-
रसानुकूल वर्णयोजनालाई 'वृत्ति' भनिन्छ। यसमा सजातिय स्वर-व्यञ्जन अनियमित रूपले धेरै चोटि दोहोरिन्छन्। जस्तै-
कला छ सब अङ्गमा सुन प्रिय! रङ्गमा
सखी लिएर सङ्गमा बन्यौ तिमी जङ्गमा
कुरङ्ग-नयना भनी अरज यै ढङ्गमा
-मोतिराम भट्ट

(ग) श्रुत्यनुप्रास:
वार्णीक पद्यका प्रत्येक विश्रामस्थलमा नियमित रूपले पदजोडीको आवृत्ति भएमा श्रुत्यनुप्रास हुन्छ। जस्तै-
चाराका रसरङ्गले वदनमा बल्छी गडी
उत्री थलमा परेकी मत्सीसरी भै लडी
- लेखनाथ पौडेल
-->


(घ) अन्त्यानुप्रास:

यसमा चाहि चरणका अन्त्यमा समान वर्णका पद दोहोरिएर तुकबन्दी मिलेको हुन्छ । जस्तै-
नसुकोस् कहिल्यै यसको उल्लास-उमङ्ग
सुन्न सधैँ पाओस् यसले प्रणय-प्रसङ्ग
लहराओस् मधुर छन्दमा भाव तरङ्ग
-केदारमान व्यथित
(ङ) यमक:
यमकको अर्थ जुम्ल्याहा हो। यमकमा शब्द वा शब्दांशको धेरै चोटि प्रयोग हुन्छ र प्रत्येक चोटि त्यसको अर्थ भिन्न वा निरर्थक पनि हुन्छ।जस्तै-
उदय भो अब सन्त वसन्तको
प्रकट भो छवि चित्र-विचित्रको
रूचिर भो अनि सर्ग-निसर्गको
- सोमनाथ सिग्देल
४. लोक लयमा लेखेको भय लय मिल्दासम्म एकदुई अक्षर घटिबढी हुँदा पनि मान्य हुँने छ र ह्रस्वदीर्घ आवस्यक अनुसार जुन राख्दा पनि हुनेछ तर
मात्रिक छन्दमा लेखेको भए लघु(ह्रस्व)लाई एक मात्र र गुरू(दीर्घ)लाई दुईमात्रा गणना गरेर बराबर मात्राको हुनु पर्ने छ।
यदी वार्णिक छन्दमा लेखिएको छ भने वर्णवृत्तका आधारमा गणअनुसार गणना गरिनेछ।
५. यो तियाली कविताको जग हो। जग वलियो भयो भने मात्र घर जतितला बढाएर लगे पनि बलियोसंग ठडिन्छ त्यसैले यसले रचनाकलामा विकास गर्नुको साथै लेखनकलाको विकासमा महत्वपूर्ण भूमिका निभाउन सक्छ। छोटो प्रस्तुतिमा चमत्कारपूर्ण ठूलो भाव दिन सक्नु,
आधुनिक र बैज्ञानिक विचारको सम्प्रेशण गर्न सक्नु नै तियालीको विशेषता हो।
६. यसलाई ६ अक्षरदेखि १६अक्षरसम्मका एक पङ्क्तिपुञ्ज हुन्छ र तीन पङ्क्ति को एक तियाली हुन्छ।
७. शीर्षक राख्न अनिवार्य छैन तर तियाली भनेर शिरमा राख्न अनिवार्य छ।
८. अन्य विधालाई जस्तै यस तियालीलाई पनि तीन भागमै विभाजन रिएको छ।
(क) उठान=आरम्भ,प्रारम्भ, शुरू, विषयलाई उठाउने काम।
(commencement; beginning)
तियालीको पहिलो हरफ उठान हो। यसमा समस्यालाई दर्शाएर विषय वस्तुको उठान गरिन्छ।
(ख) विश्राम= छुट्टि, फुर्सत, आराम लिने काम, विश्रान्ति, बसाई, अडिनेकाम,
(Recess)
यसमा उठानको समस्याले पारेको असर र निराकरणको उपाय खोज्ने प्रयास गरिन्छ।
(ग) बैठान= समाप्ति, ठेगान, थिति, निर्णय, सिद्धि, टुङ्गो, कुनै पनि कामको समाप्ति,
(end, the result, conclusion, settlement,)
यसमा उठानको समस्या र विश्रामको प्रयासबाट निस्कने वा निस्केको परिणाम दर्साईन्छ। -जस्तै
तियाली:३
अ. उठान:
मनको चरी अर्कैको घर
पिंजडा परेको
आ. विश्राम:
त्योदेखि मेरा नयन बाट
निर्झरा झरेको
इ. बैठान:
कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै
सरेको
-महादेव अधिकारी

९.कवितामा रस परिचय:
रस= तरल पदार्थ, झोल, द्रव,
पन्यालो वस्तु,
(Liquid, juice, fluid, savour,
Flavour, taste, syrup,
Exudation, serum)
साहित्यमा हृदयले जुन
कुराको आस्वादन गर्छ वा स्वाद
पाउँछ त्यो रस हो।
संस्कृत साहित्य चिन्तक
आदिआचार्य
भरतमुनिदेखि आनन्दवर्द्धन,
अभिनव गुप्त, विस्वनाथ
तथा जगन्नाथ
सम्मका आचार्यहरूले
साहित्यमा रसको तात्पर्य
आनन्दसित छ भनेर व्यख्या गरे।
काव्यद्वारा मनमा भावको प्रस्फुटन
हुन थालेफछि एक
प्रकारको आनन्दको अनुभव हुन्छ।
भावनालाई उकास्दै र उद्देलित
पार्दै त्यसको रूप र तत्वको छाप
बस्नु नै रस हो।
रसको मुख्य आश्रय भाव हो भाव
भन्नाले मनका विभिन्न स्थिति र
तरंग बुझिन्छ। काव्यमा विभाव
(आलम्बन र उद्दीपन) , अनुभाव, र
व्यभिचारी वा सञ्चारीभावको सं
स्थायीभाव नै
रसका रूपमा परिणत हुन्छ।
यस्ता रस नौ थरी मानिएका छन्।
१.शृङ्गार रस:
शृङ्गार रसको तात्पर्य
कामवासनाको उद्रेक र प्रणय हुनु
हो।यौनाकर्षण
सबैको साझा चेतना हो। त्यसैले
यो रस
यौनसन्तुष्टि तर्फको प्राप्त्यान
र करूणामूलक
यौनेच्छाको स्मरणानन्दका रूपमा
शृङ्गार र वियोग शृङ्गार
द्वारा व्याख्यायीत छ।
जस्तै-
क. संयोग शृङ्गार:
काम्दै छन् किन थर्र ओठ प्रियसी!
काढ्यौ पसिना किन ?
तिम्रो बैँस र
चैतका कुसुमको बास्ना छ यौटै
किन?
ख. वियोग शृङ्गार:
सम्पर्क नहुँदै
हामी पानीपानी भयौ किन?
पानी मै पनि भा'कै थेँ
जानीजानी गयौ किन?
२. वीर रस:
वीर रसमा व्यक्तिले
केही नयाँ गर्न, आफूलाई
अरूका अगाडि विस्वासका साथ
प्रदर्शन गर्न, विद्रोह र
प्रतिस्पर्धाको चेतना दिन
उत्प्रेरक रहने शूरतामय रचना नै
वीर रस हुन्। युद्ध, झगडा,
प्रशंसा र आक्रोश
जस्ता कुराहरूमा वीर रस
उपस्थित हुन्छ। वीर रस
व्यक्तिनिहित
त्यस्तो चेतनाको प्रतीक हो जुन
सदैव उत्साह, साहस र उत्कर्ष
तर्फ उन्मुख हुन्छ।
- जस्तै
लाठीमुङ्ग्री र गोलीले
प्रजातन्त्र ढलाउन
खोजेको उसले
होला जनक्रान्ति गलाउन
तर तैयार छौँ हामी मलामी उसकै
हुन
मसानघाटमा उसकै क्रियाकर्म
चलाउन
३. करूण रस:
करूण रस वास्तवमा दु:ख हो,आँसु
हो, छटपटि हो, शोकमय
भावसम्प्रेषणबाट करूण रसानन्द
प्राप्त हुन्छ।
-जस्तै
कहाँ गयो नि सौन्दर्य ? बैँस
मेरो सुक्यो किन?
ए एड्स! के गरिस् तैँले ? झरेको फूल
झै छु म!
४. शान्त रस:
मान्छेको लक्ष्य शान्त रसमा गएर
सकिन्छ। शान्त रस त्यस्तो रस
हो जो स्वयं साधारणीकरण
को अर्को रूप हो।वैराग्य, समता,
शुद्धता, प्राप्ति, सन्तुष्टिहरू
शान्त रसका परिचायक
उपकरणहरू हुन्। विकास, उन्नति,
शान्ति, सौम्यतामा शान्त रस
उपस्थित हुन्छ। धार्मीक
गतिविधि, आध्यात्मिक चिन्तन,
सत्सङ्ग,
दैवी स्तुतिगानहरूमा शान्त
रसानन्द प्राप्त हुन्छ।
-जस्तै
ठूलो छ प्रेमको शक्ति मीठो छ
प्रेमको रस
प्रेमको स्पर्शले मात्रै सभ्य बन्दछ
मानिस
५. अद्भुत रस:
कल्पना शक्तिबाट अस्वभाविक
दृष्यहरू देखाई पाठकहरूलाई छक्क
पारिने रचनाहरूमा अद्भुत रस
हुन्छ। कविको सोच्ने र संयोजन
गर्न सक्ने विचित्र
सामर्थ्यको पहिचान यसमा हुन्छ।
भ्रमको उपस्थिति गराई
मनको उत्सुकता बढाउनुमा यसको
-जस्तै
हाम्फाल्दछ आगोमा स्वाट्टै
समुद्र निल्दछ
तारा उन्दछ
धागोमा धर्ती बोकेर कुद्दछ
६. भयानक रस:
भयानक रस डरप्रेरित रसानन्द
हो। यसले भयभित, त्रसित, र
आतंकित मानसिकतामा पुर्याए
पछि हलचल मच्चाउने सामर्थ्यले
रौँ ठड्याउदछ, शरीर कमाउछ,
सातो लिन्छ, पसिनाले निथ्रुक्कै
भिजाउछ ।
-जस्तै
भुस्तिघ्रे टिल्ल
मातेका गुण्डा थिए बडेबडे
झसङ्ग मन भो तर्से, जिरिङ्ग तन
भो लडे
७. वीभत्स रस:
दुर्घन्धित, विकृत र कुत्सित रूप
वीभत्स रस हो। आँखा बन्द हुन्छन्,
हृदय पाक्दछ, मुखले वाक्छ, नाक
खुम्चाउछ, ओठले थुक्छ, रयाल,
सिगान, रगतको आहाल,
घाउको पीप, दुर्गन्छ हुन्छ।
-जस्तै
आन्द्राभुँडी मीठो मान्छ,
गिजोल्दै रयाल च्वाउँदै
लुछ्दै चोक्ट्याउँदै खान्छ
गिदी संसारको सधैँ
जिब्रो चुहाउँदै प्युँछ रक्त,
को हो नि त्यो? बता
त्यो हो मानवतावादी दैत्यराज
अमेरीका!
८. रौद्र रस:
बिरोधी माथिको तिब्र आक्रोश,
अपमान प्रति प्रतिशोध,
क्रोधको आँखामा रगत रसाउनु, ओठ
काम्नु, दाँतमा राक्षस आउनु,
आँखीभुइँ सर्प बन्नु, मुड्की बज्रनु,
रौद्र रस हो। यसमा उग्रता,
आवेग, उद्वेग, घमण्ड र
असहिष्णुता प्रसस्त हुन्छ।
-जस्तै
नउठा रिस
यो मेरो आज्ञा अन्तिम गर्छु म!
घर भत्काउने तैँ होस् तेरै सर्वस्व
हर्छु म!
९. हास्य रस:
व्यङ्ग्य मिश्रित हाँस्यमा नै
साहित्यको हाँस्य रस हुन्छ।
भावभङ्गि, वोलिवचन, चिन्तन,
क्रियाशीलता यो दुष्टका लागि

सज्जनका लागि सुखानन्दका रूपमा
हुन्छ।
-जस्तै
न्यायाधीश नियाँ गर्दै
दु:खका साथ भन्दछन्
"के छ अन्तिम इच्छा? भन्,
मर्नलाई तयार बन्"
पूरा हुन्छ भने "इच्छा न्यायाधीश
महोदय
म बस्छु त्यस
कुर्सीमा फाँसीमा तिमी नै चढ"

सन्दर्भग्रन्थ-सूची

1. डा: रामप्रसाद ज्ञवाली 'शब्दार्थ- सौन्दर्य
( कवितासंग्रह)
2. डा: रामप्रसाद ज्ञवाली 'तेस्रो आँखाको आलोचना (आलेखालोचना-सङ्ग्रह)
3. महादेव अधिकारी 'भविश्यवक्ता कवि'
"शब्दार्थ-सौन्दर्य" कविता सङ्ग्रहको समालोचना।
4. कृष्णप्रसाद पराजुली 'राम्रो रचना मीठो नेपाली'
5. RATNA'S ' NEPALI ENGLISH NEPALI DICTIONARY ( Prof. Babulall Pradhan)
6,डा: नगेन्द्र, रस सिद्धान्त, नयाँ दिल्ली: नेश्नल पब्लिशिङ्ग हाउस।
7. डा: राजकिशोर सिंह, आचार्य मम्मट और काव्यप्रकाश, लखनऊ।
8, डा: लक्ष्मीकान्त पाण्डेय, भारतीय तथा पाश्चात्य काव्यशास्त्र, कानपुर।
9. डा. मोहन हिमांशु थापा, साहित्य परिचय, साझाप्रकाशन।
10. महादेव अधिकारी, बि.सं २०७० साल बैशाख १ गते तयार पारिएको तियाली साहित्यको दस्तावेज।
11. प्रा. राजनारायण प्रधान, आधुनिक अंग्रेजी-नेपाली शब्दकोश

-
नाम: महादेव अधिकारी
जन्मस्थान: मिर्लुङ्ग ३ घलेछाप तनहूँ
जन्म मिति:२०२४ मंसीर १६ गते
पिता: स्व श्री चन्द्रबहादुर अधिकारी
माता: सावित्रा देवी अधिकारी
पत्नी: पार्वती अधिकारी

प्रवर्तक: 'तियाली' कविता

लेखन विधा:तियाली, हाईकु, मुक्तक,
फुटकर कविता, गीत, गजल, खण्डकाव्य, महाकाव्य, कथा, निबन्ध, इतिहास, धार्मीक लेख, उपन्यास, संस्मरण, जिवनी, समालोचना,केस्रा

प्रकाशित पुस्तक:
नेपालीहरूका ढुकढुकी (निबन्ध संग्रह)
विवश हृदय (कथा संग्रह)
क्रान्तिदेखि शान्तिसम्म (गीतिकाव्य)
शीला ( खण्डकाव्य)
पिण्डदान (शोककाव्य)
वेदना आमाको (गीत/कविता संग्रह)
मैया दिदी (महाकाव्य)

बिभिन्न राष्ट्रिय तथा स्थानिय पत्रपत्रिकाहरूमा चारसय भन्दा बढी रचनाहरू प्रकाशित

प्रकाशोन्मुख
कथा संग्रह :-2
निबन्ध संग्रह:-2
खण्डकाव्य:-4
कवितासंग्रह:- 2
उपन्यास:-3
गजलसंग्रह:-3
संस्मरण सङ्ग्रह:-1
गीतसंग्रह:-1
केस्रा सङ्ग्रह:-1
तियाली सङ्ग्रह:-1

भ्रमण: भारत, चीन, मध्य अफ्रिका बुरूण्डी, ओमान, दुवई युएई
सम्बद्ध:
सुदूरपश्चिमाञ्चल साहित्यसमाज धनगढी आजीवन सदस्य
' नेपाली साहित्यिक फूलवारी दुवई' संस्थापक अध्यक्ष

काठमाण्डौ: नेपाल
हाल: दुवई युएई
-->
Source : https://www.facebook.com/photo.php?fbid=497571803651240&set=a.109425132465911.15810.100001952748404&type=1&theater

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger