गजलका फूलहरू -5 : (23-08-2013/2070-05-07) : Download

NepaliTalim | 12:09:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(23-08-2013/2070-05-07)

नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र ०७ गते तदनुसार २३ अगस्ट २०१३ शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम पाँचौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download
            Download :Click Here to Download


Thank you

BULBUL 208 : (21-08-2013/2070-05-05) अन्तर्वाता विशेष : Download

NepaliTalim | 4:58:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 208
Host : Achyut Ghimire  
Date : (21-08-2013/2070-05-05)
FB : Facebook Page

आजको बुलबुलमा गजलकार प्राध्यापक डा.कृष्ण हरी बराल, संगितकार गैरे सुरेश र गजलकार केसव भट्टराइ सँगको अन्तवार्ता विशेष रहनेछ । 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 भाद्र 05 गते तदनुसा 21-Aug-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 208) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
-->


बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download :Click Here to Download
-->



"तियाली" बारे संक्षिप्त परिचय (महादेभ अधिकारी)

NepaliTalim | 8:56:00 PM | 0 comments

"तियाली" बारे संक्षिप्त परिचय।

मनका कुरा लेखेर ब्यक्त गर्ने
भाषिक तरिकालाई साहित्य
भनिन्छ। लिपिबद्ध भएर प्रकाशन
भएपछि त्यो रचना बन्छ। सुन्दर र
राम्रो रचना सिर्जना गर्नको लागि रचना कलाको ज्ञान
आवस्यक हुन्छ।
त्यसको आवस्यक तत्व हो
विचारमा गहिराई,
वर्णविन्यसमा शुद्धता,
लेखाईमा कुशलता,
प्रस्तुतिमा चमत्कार पूर्ण
नविनताका साथै वैज्ञानिकता,
शैली, मधुरता, र विकृति,
विसङ्गति, अन्धपरम्परा र
अन्धविस्वासका रूढीहरूलाई
वहिस्कार गर्दै वर्तमान र
भविस्यको सभ्यसमाज निर्माण
हुने गरि युगानुकुल भावना दिन
सकेमात्र त्यो रचना आदर्श
रचना बन्दछ।
-->

नेपाली साहित्य रामायण
जस्तो महाकाव्यवाट स्थापित
भएको थियो। र समयसंगै
खण्डकाव्य, मुक्तक, चम्पू, उपन्यास,
कथा, निबन्ध, संसमरण, पत्र
साहित्य, रेखाचित्र, जिवनी,
नाटक, कविता र
समालोचना जस्ता विधाहरूको आविस्कार
हुँदै आयो।
यसमा पनि फरक फरक
विचारस्थापित हुँदै
जाँदा विभिन्न वादहरू बने
-जस्तै आदर्शवाद,
स्वच्छनदतावाद, छायावाद,
रहस्यवाद, प्रतीकवाद,
यथार्थवाद, प्रगतिवाद,
प्रयोगवाद, अस्तित्ववादहरू
भौतिक विकाससंगै उत्पत्ति हुँदै
आए।
पछिल्लो समयमा मानिसहरू
अत्यन्त ब्यस्त हुने हुनाले
साहित्यहरू
पनि छोटा छोटा रचनामा परिणत
हुँदै आए,
गजल, फुटकर कविता , गीत, मुक्तक,
रूवाई , ताङ्का, हाइकु र यो "तियाली" यसका उदाहरणहरू हुन्।
यसै शिलसिलामा हाल फेसबुक
साहित्यसञ्जालको विकाससंगै
रचनाकारहरूले आफ्ना रचनाहरू
कसैको अनुमति विनानै प्रकाशन
गर्न पाउने
प्रविधिको बिकासभयो र
सर्जकहरू पनि ह्वात्तै बढेर आए।
गरिवीको जातोमा पिसिएर मन
नलागे पनि विदेशीन
बाध्यभएका नेपाली युवायुवतीहरूले आफ्ना पीडा पोख्नको लागि फेसबुक
साहित्य सञ्जाल बरदान नै
सावित भयो।
-->



यस्तैमा नेपाली साहित्यको कविता विधा अन्तर्गत
"तियाली" साहित्यको पनि आविस्कार
भयो जसको प्रवर्तक म आफै हुँ अर्थात म -महादेव अधिकारी
रोजगारीको शिलसिलामा युएई को दुवईको FARNEK COMPANY मा कार्यरत रहेर
मैले फेसबुक मार्फत नै
यो विधालाई प्रवर्द्धन गरेर प्रविष्टि पनि गराएको छु।

किनकी आजको वेफुर्सदी जमानामा थोरै
शब्द प्रयोग गरेर
छोटो मीठो साहित्य रचना गर्न
र पढ्न दुबै थरीलाई सजिलो हुने
भएकोले यो बिधाको महत्व झनै
बढ्ने कुरामा म विस्वस्त छु।

"तियाली"
शाब्दिक अर्थ
तियाली= तीन चोटि, तीन पटक, तीन खेप।

यस विधामा साहित्यिक अर्थ।
तियाली=
तीन अनुप्रास युक्त
तीनलाईन कविता।

१. तियाली जुनसुकै छन्द र लयमा पनि लेख्न सकिने छ
२.यसको श्रुति माधुर्या बढाउनको लागि अनुप्रास प्रयोग गर्नु पर्नेछ। अनुप्रास भन्नाले चरणका अन्त्यमा समान वर्णका पद दोहोरिएको र तुक बन्दी मिलेको हुन्छ।

३. पहिला अन्त्यानुप्रासमात्र प्रयोग गर्ने भनिएको थियो तर बिभिन्न अग्रज तथा गुरूहरूले इनबक्समा दिनु भएको सल्लाह अनुसार तियाली पनि एक कविताकै उप विधा भएकोले सबै किसिमका अनुप्रास प्रयोग गर्नु राम्रो हुने सुझाब अनुसार परिमार्जन गरिएकोछ।

(क) छेकानुप्रास:
यसमा धेरै सजातिय स्वर-व्यञ्जन एक पल्ट मात्र दोहोरिन्छ। जस्तै-
न झट्ट वंशीधर टक्क भेटियो
न भेटको चाह चटक्क मेटियो
-लेखनाथ पौड्याल

(ख) वृत्यनुप्रास-
रसानुकूल वर्णयोजनालाई 'वृत्ति' भनिन्छ। यसमा सजातिय स्वर-व्यञ्जन अनियमित रूपले धेरै चोटि दोहोरिन्छन्। जस्तै-
कला छ सब अङ्गमा सुन प्रिय! रङ्गमा
सखी लिएर सङ्गमा बन्यौ तिमी जङ्गमा
कुरङ्ग-नयना भनी अरज यै ढङ्गमा
-मोतिराम भट्ट

(ग) श्रुत्यनुप्रास:
वार्णीक पद्यका प्रत्येक विश्रामस्थलमा नियमित रूपले पदजोडीको आवृत्ति भएमा श्रुत्यनुप्रास हुन्छ। जस्तै-
चाराका रसरङ्गले वदनमा बल्छी गडी
उत्री थलमा परेकी मत्सीसरी भै लडी
- लेखनाथ पौडेल
-->


(घ) अन्त्यानुप्रास:

यसमा चाहि चरणका अन्त्यमा समान वर्णका पद दोहोरिएर तुकबन्दी मिलेको हुन्छ । जस्तै-
नसुकोस् कहिल्यै यसको उल्लास-उमङ्ग
सुन्न सधैँ पाओस् यसले प्रणय-प्रसङ्ग
लहराओस् मधुर छन्दमा भाव तरङ्ग
-केदारमान व्यथित
(ङ) यमक:
यमकको अर्थ जुम्ल्याहा हो। यमकमा शब्द वा शब्दांशको धेरै चोटि प्रयोग हुन्छ र प्रत्येक चोटि त्यसको अर्थ भिन्न वा निरर्थक पनि हुन्छ।जस्तै-
उदय भो अब सन्त वसन्तको
प्रकट भो छवि चित्र-विचित्रको
रूचिर भो अनि सर्ग-निसर्गको
- सोमनाथ सिग्देल
४. लोक लयमा लेखेको भय लय मिल्दासम्म एकदुई अक्षर घटिबढी हुँदा पनि मान्य हुँने छ र ह्रस्वदीर्घ आवस्यक अनुसार जुन राख्दा पनि हुनेछ तर
मात्रिक छन्दमा लेखेको भए लघु(ह्रस्व)लाई एक मात्र र गुरू(दीर्घ)लाई दुईमात्रा गणना गरेर बराबर मात्राको हुनु पर्ने छ।
यदी वार्णिक छन्दमा लेखिएको छ भने वर्णवृत्तका आधारमा गणअनुसार गणना गरिनेछ।
५. यो तियाली कविताको जग हो। जग वलियो भयो भने मात्र घर जतितला बढाएर लगे पनि बलियोसंग ठडिन्छ त्यसैले यसले रचनाकलामा विकास गर्नुको साथै लेखनकलाको विकासमा महत्वपूर्ण भूमिका निभाउन सक्छ। छोटो प्रस्तुतिमा चमत्कारपूर्ण ठूलो भाव दिन सक्नु,
आधुनिक र बैज्ञानिक विचारको सम्प्रेशण गर्न सक्नु नै तियालीको विशेषता हो।
६. यसलाई ६ अक्षरदेखि १६अक्षरसम्मका एक पङ्क्तिपुञ्ज हुन्छ र तीन पङ्क्ति को एक तियाली हुन्छ।
७. शीर्षक राख्न अनिवार्य छैन तर तियाली भनेर शिरमा राख्न अनिवार्य छ।
८. अन्य विधालाई जस्तै यस तियालीलाई पनि तीन भागमै विभाजन रिएको छ।
(क) उठान=आरम्भ,प्रारम्भ, शुरू, विषयलाई उठाउने काम।
(commencement; beginning)
तियालीको पहिलो हरफ उठान हो। यसमा समस्यालाई दर्शाएर विषय वस्तुको उठान गरिन्छ।
(ख) विश्राम= छुट्टि, फुर्सत, आराम लिने काम, विश्रान्ति, बसाई, अडिनेकाम,
(Recess)
यसमा उठानको समस्याले पारेको असर र निराकरणको उपाय खोज्ने प्रयास गरिन्छ।
(ग) बैठान= समाप्ति, ठेगान, थिति, निर्णय, सिद्धि, टुङ्गो, कुनै पनि कामको समाप्ति,
(end, the result, conclusion, settlement,)
यसमा उठानको समस्या र विश्रामको प्रयासबाट निस्कने वा निस्केको परिणाम दर्साईन्छ। -जस्तै
तियाली:३
अ. उठान:
मनको चरी अर्कैको घर
पिंजडा परेको
आ. विश्राम:
त्योदेखि मेरा नयन बाट
निर्झरा झरेको
इ. बैठान:
कसरी बाँचौँ मुटुनै मेरो छ अन्तै
सरेको
-महादेव अधिकारी

९.कवितामा रस परिचय:
रस= तरल पदार्थ, झोल, द्रव,
पन्यालो वस्तु,
(Liquid, juice, fluid, savour,
Flavour, taste, syrup,
Exudation, serum)
साहित्यमा हृदयले जुन
कुराको आस्वादन गर्छ वा स्वाद
पाउँछ त्यो रस हो।
संस्कृत साहित्य चिन्तक
आदिआचार्य
भरतमुनिदेखि आनन्दवर्द्धन,
अभिनव गुप्त, विस्वनाथ
तथा जगन्नाथ
सम्मका आचार्यहरूले
साहित्यमा रसको तात्पर्य
आनन्दसित छ भनेर व्यख्या गरे।
काव्यद्वारा मनमा भावको प्रस्फुटन
हुन थालेफछि एक
प्रकारको आनन्दको अनुभव हुन्छ।
भावनालाई उकास्दै र उद्देलित
पार्दै त्यसको रूप र तत्वको छाप
बस्नु नै रस हो।
रसको मुख्य आश्रय भाव हो भाव
भन्नाले मनका विभिन्न स्थिति र
तरंग बुझिन्छ। काव्यमा विभाव
(आलम्बन र उद्दीपन) , अनुभाव, र
व्यभिचारी वा सञ्चारीभावको सं
स्थायीभाव नै
रसका रूपमा परिणत हुन्छ।
यस्ता रस नौ थरी मानिएका छन्।
१.शृङ्गार रस:
शृङ्गार रसको तात्पर्य
कामवासनाको उद्रेक र प्रणय हुनु
हो।यौनाकर्षण
सबैको साझा चेतना हो। त्यसैले
यो रस
यौनसन्तुष्टि तर्फको प्राप्त्यान
र करूणामूलक
यौनेच्छाको स्मरणानन्दका रूपमा
शृङ्गार र वियोग शृङ्गार
द्वारा व्याख्यायीत छ।
जस्तै-
क. संयोग शृङ्गार:
काम्दै छन् किन थर्र ओठ प्रियसी!
काढ्यौ पसिना किन ?
तिम्रो बैँस र
चैतका कुसुमको बास्ना छ यौटै
किन?
ख. वियोग शृङ्गार:
सम्पर्क नहुँदै
हामी पानीपानी भयौ किन?
पानी मै पनि भा'कै थेँ
जानीजानी गयौ किन?
२. वीर रस:
वीर रसमा व्यक्तिले
केही नयाँ गर्न, आफूलाई
अरूका अगाडि विस्वासका साथ
प्रदर्शन गर्न, विद्रोह र
प्रतिस्पर्धाको चेतना दिन
उत्प्रेरक रहने शूरतामय रचना नै
वीर रस हुन्। युद्ध, झगडा,
प्रशंसा र आक्रोश
जस्ता कुराहरूमा वीर रस
उपस्थित हुन्छ। वीर रस
व्यक्तिनिहित
त्यस्तो चेतनाको प्रतीक हो जुन
सदैव उत्साह, साहस र उत्कर्ष
तर्फ उन्मुख हुन्छ।
- जस्तै
लाठीमुङ्ग्री र गोलीले
प्रजातन्त्र ढलाउन
खोजेको उसले
होला जनक्रान्ति गलाउन
तर तैयार छौँ हामी मलामी उसकै
हुन
मसानघाटमा उसकै क्रियाकर्म
चलाउन
३. करूण रस:
करूण रस वास्तवमा दु:ख हो,आँसु
हो, छटपटि हो, शोकमय
भावसम्प्रेषणबाट करूण रसानन्द
प्राप्त हुन्छ।
-जस्तै
कहाँ गयो नि सौन्दर्य ? बैँस
मेरो सुक्यो किन?
ए एड्स! के गरिस् तैँले ? झरेको फूल
झै छु म!
४. शान्त रस:
मान्छेको लक्ष्य शान्त रसमा गएर
सकिन्छ। शान्त रस त्यस्तो रस
हो जो स्वयं साधारणीकरण
को अर्को रूप हो।वैराग्य, समता,
शुद्धता, प्राप्ति, सन्तुष्टिहरू
शान्त रसका परिचायक
उपकरणहरू हुन्। विकास, उन्नति,
शान्ति, सौम्यतामा शान्त रस
उपस्थित हुन्छ। धार्मीक
गतिविधि, आध्यात्मिक चिन्तन,
सत्सङ्ग,
दैवी स्तुतिगानहरूमा शान्त
रसानन्द प्राप्त हुन्छ।
-जस्तै
ठूलो छ प्रेमको शक्ति मीठो छ
प्रेमको रस
प्रेमको स्पर्शले मात्रै सभ्य बन्दछ
मानिस
५. अद्भुत रस:
कल्पना शक्तिबाट अस्वभाविक
दृष्यहरू देखाई पाठकहरूलाई छक्क
पारिने रचनाहरूमा अद्भुत रस
हुन्छ। कविको सोच्ने र संयोजन
गर्न सक्ने विचित्र
सामर्थ्यको पहिचान यसमा हुन्छ।
भ्रमको उपस्थिति गराई
मनको उत्सुकता बढाउनुमा यसको
-जस्तै
हाम्फाल्दछ आगोमा स्वाट्टै
समुद्र निल्दछ
तारा उन्दछ
धागोमा धर्ती बोकेर कुद्दछ
६. भयानक रस:
भयानक रस डरप्रेरित रसानन्द
हो। यसले भयभित, त्रसित, र
आतंकित मानसिकतामा पुर्याए
पछि हलचल मच्चाउने सामर्थ्यले
रौँ ठड्याउदछ, शरीर कमाउछ,
सातो लिन्छ, पसिनाले निथ्रुक्कै
भिजाउछ ।
-जस्तै
भुस्तिघ्रे टिल्ल
मातेका गुण्डा थिए बडेबडे
झसङ्ग मन भो तर्से, जिरिङ्ग तन
भो लडे
७. वीभत्स रस:
दुर्घन्धित, विकृत र कुत्सित रूप
वीभत्स रस हो। आँखा बन्द हुन्छन्,
हृदय पाक्दछ, मुखले वाक्छ, नाक
खुम्चाउछ, ओठले थुक्छ, रयाल,
सिगान, रगतको आहाल,
घाउको पीप, दुर्गन्छ हुन्छ।
-जस्तै
आन्द्राभुँडी मीठो मान्छ,
गिजोल्दै रयाल च्वाउँदै
लुछ्दै चोक्ट्याउँदै खान्छ
गिदी संसारको सधैँ
जिब्रो चुहाउँदै प्युँछ रक्त,
को हो नि त्यो? बता
त्यो हो मानवतावादी दैत्यराज
अमेरीका!
८. रौद्र रस:
बिरोधी माथिको तिब्र आक्रोश,
अपमान प्रति प्रतिशोध,
क्रोधको आँखामा रगत रसाउनु, ओठ
काम्नु, दाँतमा राक्षस आउनु,
आँखीभुइँ सर्प बन्नु, मुड्की बज्रनु,
रौद्र रस हो। यसमा उग्रता,
आवेग, उद्वेग, घमण्ड र
असहिष्णुता प्रसस्त हुन्छ।
-जस्तै
नउठा रिस
यो मेरो आज्ञा अन्तिम गर्छु म!
घर भत्काउने तैँ होस् तेरै सर्वस्व
हर्छु म!
९. हास्य रस:
व्यङ्ग्य मिश्रित हाँस्यमा नै
साहित्यको हाँस्य रस हुन्छ।
भावभङ्गि, वोलिवचन, चिन्तन,
क्रियाशीलता यो दुष्टका लागि

सज्जनका लागि सुखानन्दका रूपमा
हुन्छ।
-जस्तै
न्यायाधीश नियाँ गर्दै
दु:खका साथ भन्दछन्
"के छ अन्तिम इच्छा? भन्,
मर्नलाई तयार बन्"
पूरा हुन्छ भने "इच्छा न्यायाधीश
महोदय
म बस्छु त्यस
कुर्सीमा फाँसीमा तिमी नै चढ"

सन्दर्भग्रन्थ-सूची

1. डा: रामप्रसाद ज्ञवाली 'शब्दार्थ- सौन्दर्य
( कवितासंग्रह)
2. डा: रामप्रसाद ज्ञवाली 'तेस्रो आँखाको आलोचना (आलेखालोचना-सङ्ग्रह)
3. महादेव अधिकारी 'भविश्यवक्ता कवि'
"शब्दार्थ-सौन्दर्य" कविता सङ्ग्रहको समालोचना।
4. कृष्णप्रसाद पराजुली 'राम्रो रचना मीठो नेपाली'
5. RATNA'S ' NEPALI ENGLISH NEPALI DICTIONARY ( Prof. Babulall Pradhan)
6,डा: नगेन्द्र, रस सिद्धान्त, नयाँ दिल्ली: नेश्नल पब्लिशिङ्ग हाउस।
7. डा: राजकिशोर सिंह, आचार्य मम्मट और काव्यप्रकाश, लखनऊ।
8, डा: लक्ष्मीकान्त पाण्डेय, भारतीय तथा पाश्चात्य काव्यशास्त्र, कानपुर।
9. डा. मोहन हिमांशु थापा, साहित्य परिचय, साझाप्रकाशन।
10. महादेव अधिकारी, बि.सं २०७० साल बैशाख १ गते तयार पारिएको तियाली साहित्यको दस्तावेज।
11. प्रा. राजनारायण प्रधान, आधुनिक अंग्रेजी-नेपाली शब्दकोश

-
नाम: महादेव अधिकारी
जन्मस्थान: मिर्लुङ्ग ३ घलेछाप तनहूँ
जन्म मिति:२०२४ मंसीर १६ गते
पिता: स्व श्री चन्द्रबहादुर अधिकारी
माता: सावित्रा देवी अधिकारी
पत्नी: पार्वती अधिकारी

प्रवर्तक: 'तियाली' कविता

लेखन विधा:तियाली, हाईकु, मुक्तक,
फुटकर कविता, गीत, गजल, खण्डकाव्य, महाकाव्य, कथा, निबन्ध, इतिहास, धार्मीक लेख, उपन्यास, संस्मरण, जिवनी, समालोचना,केस्रा

प्रकाशित पुस्तक:
नेपालीहरूका ढुकढुकी (निबन्ध संग्रह)
विवश हृदय (कथा संग्रह)
क्रान्तिदेखि शान्तिसम्म (गीतिकाव्य)
शीला ( खण्डकाव्य)
पिण्डदान (शोककाव्य)
वेदना आमाको (गीत/कविता संग्रह)
मैया दिदी (महाकाव्य)

बिभिन्न राष्ट्रिय तथा स्थानिय पत्रपत्रिकाहरूमा चारसय भन्दा बढी रचनाहरू प्रकाशित

प्रकाशोन्मुख
कथा संग्रह :-2
निबन्ध संग्रह:-2
खण्डकाव्य:-4
कवितासंग्रह:- 2
उपन्यास:-3
गजलसंग्रह:-3
संस्मरण सङ्ग्रह:-1
गीतसंग्रह:-1
केस्रा सङ्ग्रह:-1
तियाली सङ्ग्रह:-1

भ्रमण: भारत, चीन, मध्य अफ्रिका बुरूण्डी, ओमान, दुवई युएई
सम्बद्ध:
सुदूरपश्चिमाञ्चल साहित्यसमाज धनगढी आजीवन सदस्य
' नेपाली साहित्यिक फूलवारी दुवई' संस्थापक अध्यक्ष

काठमाण्डौ: नेपाल
हाल: दुवई युएई
-->
Source : https://www.facebook.com/photo.php?fbid=497571803651240&set=a.109425132465911.15810.100001952748404&type=1&theater

नोट अफ डिसेन्ट 2068 - कमल गाउँलेको गाइजात्रे भिडियो

NepaliTalim | 7:58:00 PM | 0 comments
-->



-->



वियोगपछिको बाटो...(महावीर विश्वकर्मा)

NepaliTalim | 7:46:00 PM | 0 comments

महावीर विश्वकर्मा

प्रेमले के दिन्छ ? भनेर सोधियो भने कसैले उत्साह भन्लान्, कसैले खुशी भन्लान्, कसैले बाँच्ने प्रेरणा भन्लान् अनि कसैले जीन्दगी भन्लान् । जवाफ धेरै नै आउन सक्ला । तर यी जवाफहरु सँधै सँधै सही साबित भइरहन्छन् भन्ने पनि होईन । कतिपय अवस्थाहरुमा बाटो बिराउनुको कारण पनि प्रेम नै बनिरहेको हुन्छ । प्रेम सम्बन्ध जीवित रहुञ्जेल त सँसार नै आफ्नो काबुमा भएको अनुभव हुन्छ हामीलाई । तर जब त्यही प्रेम सम्बन्धको अन्त्येष्टि हुन्छ अनि त जीन्दगीमा एक्कासी अँध्यारो घोप्टिन आईपुग्छ । र यसो हुनुको कारक पनि त्यही प्रेम सम्बन्ध नै हो । हुन त “प्रेमले कहिल्यै पनि गलत बाटोतर्फ डो¥याउँदैन, प्रेमले त जहिले पनि सकारात्मक भूमिका मात्रै निर्वाह गर्छ, जब प्रेमको अन्त्य हुन्छ त्यसपछि हो मान्छेले गलत बाटो अँगाल्न पुग्ने, त्यसैले यसमा प्रेमलाई दोषारोपण गर्न मिल्दैन” भन्ने विचार पनि उठ्न सक्ला । यो विचारसँग सहमति जनाउँदै म के कुरा अघि सार्न चाहन्छु भने, प्रेम सम्बन्ध विकसित हुँदै जाने क्रममा एकदिन त्यो विकसित रुप ध्वंस भएर वियोगको अवस्थासम्म पनि पुग्नसक्छ । अनि वियोगलाई सहज ढङ्गले स्वीकार्न नसकेर धेरै युवाले बाटो बिराइरहेका छन् । कुलतमा फसिरहेका छन् । त्यही कुलतले बनाएको बाटोबाट कति त आपराधिक क्रियाकलापमा पनि संलग्न भइरहेका छन् । यो अवस्थासम्म कसरी आईपुगियो त भनेर खोज्दै जाने हो भने, मुहान चाहीँ त्यही प्रेम सम्बन्ध नै हो भन्ने निचोड निस्किन्छ । यसर्थमा पनि प्रेम सम्बन्धले त्यस्तो अवस्थासम्म पु¥याइरहेको छ है भन्न खोजेको मात्रै हो मैले । खैर छाडौँ यो वहस, किनकी वियोगपछि कसैले गलत बाटो समाउँछ भने त्यसको कारण प्रेम सम्बन्ध हो भनेर ठहर गर्न पाईन्छ की पाईँदैन भनेर निचोडमा पुग्न यति सहजै सकिँदैन । म यो लेख मार्फत त्यो कुराको छिनोफानो गर्न पनि खोजिरहेको छैन । मौका मिलेछ भने कुनैदिन चर्चा गरौँला यो विषयमा पनि । तर यहाँ चाहीँ म, प्रेम सम्बन्ध टुङ्गिएपछि किन धेरैजनाले (विशेषत पुरुषले) कुलतको बाटो अँगाल्छन् होला भन्ने विषयमा घोत्लिन खोजिरहेको छु ।
-->


जब कसैको प्रेम सम्बन्धको अन्त्य हुन्छ, तब यदि त्यो सम्बन्धमा उ मनै देखीको इमान्दार थियो भने त्यो पिडा भुल्न उसलाई असाध्यै कठिन हुन्छ  । अब कसैगरि पनि उ फेरी आफ्नो जीवनमा फर्केर आउँदैन भन्नेमा निश्चित भइसकेपछि अब एक मात्र विकल्प भनेको उसलाई भुल्नु नै हुन्छ । तर यो मनमा राखेको मान्छेलाई भुल्ने भन्ने काम जति अफ्ठ्यारो काम सायदै कुनै होला सँसारमा । त्यति गाह्रो हुन्छ यो । जति भुलुँ भन्यो झन् उति याद आइरहन्छ । कसैगरि पनि सकिन्न भुल्न । त्यो पिडामा भएको मान्छेले “विभिन्न किसिमका नशालु पदार्थको सेवन गर्नाले केही समयको लागि भएपनि होस्मा भइँदैन र त्यतिञ्जेल मात्रै भएपनि यो तनावबाट मुक्ति मिल्छ” भन्ने चाहीँ बुझेको हुन्छ । अनि यही साँघुरो बुझाईले डो¥याएपछि नशालु पदार्थको सेवन गर्न पुग्छ उ ।

प्रेम सम्बन्ध टुङ्गिएपछि कुलतमा फस्नुको अर्को प्रमुख कारण देखासिकी हो । अझ चलचित्रको प्रभावभन्दा फरक पर्दैन । हामीले हेरेका चलचित्र त्यस्तो छैन जसमा प्रेमी अथवा प्रेमिकाले सम्बन्ध तोडेर गएपछि उसले मलाई किन छोडेर गयो भन्ने विषयमा आत्मसमीक्षा गरेर त्यो पक्ष सुधार गर्न त्यो व्यक्ति लागेको होस् । यदि त्यस्तो कुनै चलचित्रमा देखाएको छ भनेपनि एक त त्यो पक्ष त्यति चर्चामा आउँदैन । अनि अर्को त्यतातिर खासै हाम्रो ध्यान पनि जाँदैन । हामीले हेर्ने चलचित्रहरुले त लगातार एउटै दृश्य देखाइरह्यो हामीलाई । त्यो के भने, प्रेम सम्बन्ध छुट्ने बित्तिकै अत्यधिक पिडामा परेको त्यो हिरो सीधै भट्टीमा जाने अनि सास पनि नफेरीकन लगातार रक्सी खाइरहने । वियोगको पिडा भुलाउन रक्सी नै खानुपर्छ भन्ने कुरा कसले सिकायो होला फिल्म लेख्नेहरुलाई । एउटाले त्यस्तै लेखिदियो अनि अरुले अहिलेसम्म पनि त्यसै गरिरहेका छन् । वर्षौँ अघिदेखी यस्तै दृश्य हेर्दाहेर्दा अब त हामी पनि यति अभ्यस्त भइसक्यौँ की प्रेम सम्बन्ध छुट्ने बित्तिकै सिधै भट्टीमा गएर रक्सी खानुपर्छ भन्ने कुरा हाम्रो माइण्डमा सेट भइसक्यो । अनि  हाम्रो बानी चाहीँ के भने, जब फिल्म हेर्न बसिन्छ र फिल्मको पात्रको अभिनयले मन छुन्छ अनि हामीलाई आफु पनि उ जस्तै लाग्ने । अझ खुलाएरै भन्नुपर्दा त्यही हिरो हुँ म पनि भने जस्तो लाग्ने भन्या, बडो अचम्म छ । देवदास फिल्ममा प्रेमिकासँगको वियोगपछि शाहरुख खानले मज्जाले रक्सी खायो भनेर लहैलहैमा त्यसै गरिटोपल्नेहरु प्रशस्तै छन् यहाँ । हाम्रो स्वभाव कस्तो छ भने, यस्तो “तात्तो न छारो” कुरा सिक्न फेरी कत्तिपनि बेरै लाग्दैन हामीलाई । 

केही मान्छेहरु चाहीँ एउटा बडो अचम्मको कारणले पनि वियोग पछि धुम्रपान, मद्यपानको सेवन गर्न पुगेका हुँदा रहेछन् । त्यो के भने, मैले चुुुरोट, रक्सी खाएर बिग्रिएर हिँडेको थाहा पाएपछि पक्कै पनि उसको मनमा म प्रति दया पलाउनेछ र फर्केर आएर मलाई अपनाउनेछ भन्ने अचम्मको कुरा सोँचेर पनि केही व्यक्तिहरु कुलतमा फसेको मैले भेटेको छु । ब्लेडले आफ्नै हात काटेर रगत निकाल्ने मान्छेहरु भेटेको छु, रक्सी खाएर उसलाई फोन गर्दै आफुले उसलाई भुल्न पिएको कुरा गर्ने मान्छेहरु देखेको छु । विचरा ती सोझा प्राणीहरु देखेर दया लागेर आउँछ मलाई, किनकी उनीहरुले बुझेकै हुँदैनन् उसले कति समय अघिदेखीको तयारी पछि त्यो सम्बन्ध टुङ्ग्याएको छ भन्ने कुरा । उनीहरु त अकस्मात भएको दुर्घटना सम्झिन्छन् त्यसलाई । अनि, न पो उद्धार गर्न आइहाल्छन् की भन्ने भ्रममा हुँदा रहेछन् । शिकारीको गोली लागेर छट्पटाइरहँदा पनि फेरी त्यही शिकारी आएर बचाइहाल्छ की भन्ने आश, कस्तो अचम्म ।
-->


जब प्रेम सम्बन्धमा वियोग आईपर्छ अनि धेरैले यतिबेला रक्सी खान्छन् किनभने त्यो सहजै पाउन सकिन्छ अरु नशालु पदार्थको तुलनामा । अनि कतिले चाहीँ लागु औषध नै प्रयोग गर्न पुग्छन् । वास्तवमा छोडेर जाने मान्छेलाई भुल्नको लागि अपनाइने यो बाटो वाहियात र घात बाटो हो । वाहियात कसरी भने यसरी उसलाई भुल्न सकिँदै सकिँदैन । एकछिनको लागि भुलेजस्तो लाग्ने त किन हो भने त्यतिञ्जेल नशामा लट्ठ भइन्छ र केही थाहा हुँदैन । यहाँनेर बुझ्नपर्ने कुरा के हो भने, यसरी लट्ठ हुँदा त सबै भुलिन्छ नी कहाँ त्यो मान्छे मात्रै हो र । खासमा हामीले भुल्न चाहेको त उसलाई मात्रै होईन र ? अरु त किन भुल्नप¥यो र ? तर यस्ता सामग्रीको सेवनले त सबै भुलिन्छ नी होईन र ? यतिसम्म की आफैलाई पनि भुलिन्छ ? म कहाँ छु, मैले के गर्न हुन्छ, के गर्न हुँदैन, सबै भुलिन्छ । यो त हातको एउटा औँलाको टुप्पामा घाउ लाग्यो भनेर त्यो पिडाबाट मुक्ति पाउन हातै पूरै काटेर फ्याँके जस्तो भै गो नि, पिडा घटाउने उपायले झनै पिडा बढाउँछ मात्रै । अनि घातक चाहीँ कसरी भने यसरी उसलाई भुल्ने वाहानामा अचेत भएर बस्दा एक त त्यसले प्रत्यक्ष आफ्नै स्वास्थ्यलाई असर पु¥याउँछ । अर्को सामाजिक प्रतिष्ठा गुमाउन पुगिन्छ । यसैगरि निक्कै महत्वपूर्ण समय यसै खेर जान्छ, आफ्नै कारण परिवारमा तनावको सृजना हुन्छ, साथीसँगी पनि आफुबाट टाढिन्छन् जसले गर्दा आफु विस्तारै समाजबाट अलग्गिँदै गइन्छ, यही कारण आपराधिक क्रियाकलापतर्फ अघि बढ्न सक्ने सम्भावना प्रवल रहन्छ ।

गजलका थुँगाहरु 12 : (20-08-2013/2070-05-04) गार्इजात्रा बिशेष - Download

NepaliTalim | 6:39:00 PM | 0 comments
-->
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 11
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना

मिति : (13-08-2013/2070-04-29)

गाइजात्रा बिशेषा श्रृंखला 

नमस्कार साथीहरु,
आज मिति 2070-05-04 गते तदनुसार 20-Aug 2013 मंगलबारका दिन हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download

Download :Click Here to Download
-->




गजल मन्जरी (29-07-2013/2070-04-14 ) : Download

NepaliTalim | 6:24:00 PM | 0 comments
GAZAL MANJARI  
गजल मन्जरी 
मिति :(29-07-2013/2070-04-14 )
ढुकढुकी एफ. एम . 92.4Mhz
लालबन्दी सर्लाही 
Host: Manoj Bakhrel
Time and Date
Every Monday--9 p.m.
Facebook Gazal Manjari
Website :http://dhukdhukifm.com/






-->

नमस्कार साथी,

आज मिति 2070 साउन 14 तदनुसार १५ शोमबारका दिन रेडियो ढुकढुकी एफ एमको ९२ दशमलव ४, लालबन्दी सर्लाहीबाट प्रसारण हुने गजलको कार्यक्रम आज पहिलो श्रृंखला लिएर मनोज खरेल उपस्थीत हुनुभएको छ । सुनेर प्रतिकृया दिनुहोला ।
Listen And Download

Download :Click Here to Download
-->






गजल मन्जरी (19-07-2013/2070-04-07 ) : Download

NepaliTalim | 11:06:00 PM | 0 comments
GAZAL MANJARI  
गजल मन्जरी 
मिति :  (19-07-2013/2070-04-04 ) 
ढुकढुकी एफ. एम . 92.4Mhz
लालबन्दी सर्लाही 
Host: Manoj Bakhrel
Time and Date
Every Monday--9 p.m.
Facebook Gazal Manjari
Website :http://dhukdhukifm.com/




नमस्कार साथी,

आज मिति २०७० साउन ०७ तदनुसार १५ शोमबारका दिन रेडियो ढुकढुकी एफ एमको ९२ दशमलव ४, लालबन्दी सर्लाहीबाट प्रसारण हुने गजलको कार्यक्रम आज पहिलो श्रृंखला लिएर मनोज खरेल उपस्थीत हुनुभएको छ । सुनेर प्रतिकृया दिनुहोला ।

Listen And Download

Download :Click Here to Download

Thank you

श्रृंखला 14 : त्रिवेणी TRIBENI (20-08-2013/2070-05-04) - Download

NepaliTalim | 10:46:00 PM | 0 comments
EPISODE 14

रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति   (20-08-2013/2070-05-04)


नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र ०४ गते तदनुसार 20 अगस्ट 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 14 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला । आजको कार्यक्रममा शिवपुरी शन्देस र भाणु मासिकबाट केही गजलहरु बाचन गरिनेछ ।
Listen and Download 

Download : Click Here to Download

Click
-->

Episode 8 : गजल साँझ (19-08-2013/2070-05-03) : Download

NepaliTalim | 12:58:00 PM | 0 comments

रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (19-08-2013/2070-05-03)


नमस्कार साथीहरु,
आज मिति २०७० भाद्र महिनाको ०३ गते तदनुसार १९ अगस्ट २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 6 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger