BULBUL 189 : (10-04-2013/2069-12-28) - गजलकार भक्ति रिजाल सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 10:42:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 189
Host : Achyut Ghimire 
Date : (10-04-2013/2069-12-28)
FB : Facebook Page

आजको बुलबुल गजलकार भक्ति रिजाल सँगको अन्तर्वाता विशेष हुनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 28 गते तदनुसार  10-April-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 189) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।  

Listen and Download

Download : Click Here to Download Episode 189
Listen All Previous Episodes

Thank you

गजलका थुँगाहरु भाग-4 : (2069-12-28/10-04-2012) : Download

NepaliTalim | 6:02:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 4
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - ४ 
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना  
मिति :(2069-12-28/10-04-2012) 

नमस्कार साथीहरु,
आज मिति 2069 चैत्र 28 गते तदनुसासर मंगलबार तदनुसार 10-April-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको तेस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
Listen And Download

Download : Click Here to Download Episode 4

Thank you

Episode : 67 (यो साँझ यो सुबाश-09-04-2013) - Download

NepaliTalim | 3:54:00 PM | 0 comments
EISODE 65 - YO SANJH YO SUBASH  
(09-04-2013 / 2069-12-27) 
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश   
Website : http://ransimedia.com      
Facebook : YSYS Facebook Page 
Phone :  9808826116

आज मिति 2069 साल चैत्र महिनाको 27 गते तदनुसार   09-April-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-67 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
 
Listen and Download

Download : Click Here to Download Episode 67
Listen All Previous Episodes:


यो श्रृंखलाको सुरुमा  बाचन भएको मेरो गजल
जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।

नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।

छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।

बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।

मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।

तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछन्, हार जस्तै ।।

सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

शब्द शरोबर : (08-04-2013/2069-12-26) - Download

NepaliTalim | 2:45:00 PM | 0 comments
SHABDA SHAROBAR 
Host : Bimal Marmik 
Time : Tuesday 9.15pm  
Date :  (08-04-2013/2069-12-26)
Fm: Radio Manaslu 103.9mhz 
shabda.sarobar@gmail.com


नमस्कार साथीहरु
आज मिति 2069 चैत्र 26 तदनुसार 08-April-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो गजल
मेसिन जस्तै यि सरिरहरु ।।
तर पनि थपिन्छन् पिरहरु ।।

कहाँ सुरक्षित छन् र यहाँ
भगवान बस्ने मंन्दिरहरु ।।

शान्ति फर्काउन लडेकाती
सालिकमा बदलिए बीरहरु ।

बिच सफरमा छोडीजानेको
बाँकी त्यै याद र तस्विरहरु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

बहकिने मन-४८ : (2069-12-26/08-04-2013) - Download

NepaliTalim | 6:09:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
TODAY'S EPISODE 48
DATE : (2069-12-26/08-04-2013) 
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network

आज मिति 2069 चैत्र 26 तदनुसार 08 April -2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 67  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन Episode 48 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति  

Listen and Download

Download : Click Here to Download Episode 48
Listen All Previous Episode


Thank you

श्रृजनाका सुशेलीहरु - (2069-12-24/06-04-2013) - Download

NepaliTalim | 10:35:00 PM | 0 comments
Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz

Time : Every Saturday 9.15PM 
Date : (2069-12-24/06-04-2013)
Host :  Suresh Bidari   



आज मिति 2069 चैत्र 24 गते (06 April 2013)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । यो अङ्क प्रस्तेाता साथी सुरेश विडारी विवसले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । आउनुहोस् हामि पनि सुनौ .

Listen And Download

Download : Click Here to Download

Thank you

साहित्य सिर्जना 069-12-24

NepaliTalim | 4:15:00 PM | 0 comments
कार्यक्रम :- साहित्य सिर्जना ( Phone In  )
रेडियो    :- सामुदायिक रेडियो बुद्ध आवाज ८९ बिन्दु ६ मेगाहर्ज , बाणगंगा ८ बैरीया कपिलबस्तु |
प्रस्तोता :- कमल पौडेल "शब्द शखा "
समय    :- बिबिसी नेपाली सेवा पछि
बार       :- प्रत्यक सनिबार


Listen and Download 

Download : Click Here to Download

Episode 7 : (05-04-2013/2069-12-23) गजल सागर - Download

NepaliTalim | 12:26:00 AM | 0 comments
चिसापानी नेपाल ब्लगको प्रस्तुती
कार्यक्रम : गजल सागर 
चिसापानी नेपाल : पेज, ग्रुप 
मिति :(05-04-2013/2069-12-23) 
प्रस्तोता : राम शरण श्रेष्ठ 
GAZAL SAGAR

नमस्कार साथीहरु
आज मिती 2069 चैत्र 23 गते तदनुसार 05 April 2013 बिहिवारका दिन चिसापानी नेपाल ब्लगस्पोट डटकमको गजलमनहरुको आफ्नै यौटा छुट्टै कार्यक्रम गजल सागरको (सातौं श्रृंखला Episode 7 ) मा तपाइहरुलेनै चिसापानी नेपाल फेसबुक पेजग्रुपमा पोष्ट गर्नुभएको गजलहरु साथसाथै केहि प्रकाशित भएका गजल संग्रहबाट गजलहरु लिएर हरेक हप्ता झैं आजपनि  म कार्यक्रम प्रस्तोता राम शरण श्रेष्ठ तपाईहरु सबैलाई स्वागत गर्दछु ।

गजल सागरको आजको सातौं श्रृंखलामा गजलकारहरु अर्जुन पौडेल, आर एस विद्रोही, आरके थापा, कोमल भट्ट, बिरेन्द्र गुरुङ, मानान्धर अभागी, अन्जान श्रेष्ठ अभागी, सन्तोष तिमल्सिना, उमेश आचर्य, रबिन दर्लामी मगर, नरेश बि.क अनुरागी, नवराज भट्ट, न्यौपाने कान्छा सोभाकर, मनु दर्लामी मन, अनमोल गौरब, सौगात गजमेर, रविन न्यौपाने, नरेन थापा र कमल संघर्षका गजलहरु बाचन भएका छन् भने साथमा संगितिक विश्राममा सुमधुर नेपाली गीत गजलहरु रहेका छन् । कार्यक्रम के कस्तो लाग्यो प्रतिकृया जनाईदिनुहोला ।
Listen and Download

Download: Click Here to Download Episode 7
Thank you

मुक्तक सरोबर (06-04-2013/2069-12-24) - Download

NepaliTalim | 5:26:00 PM | 0 comments
MUKTAK SAROBAR       कार्यक्रम : मुक्तक सरोबर      Date : (06-04-2013/2069-12-24) रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने  
FB Page : Muktak Sarobar
 
आज मिति 2069 चैत्र 16 तदनुसार 29-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download : Click Here to Download

गजल संसार - 33 : (01-04-2013/2069-12-19) - Download

NepaliTalim | 11:00:00 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको          
गजलहरुको  साहित्यिक     
कार्यक्रम :  गजल संसार  
Date:  (01-04-2013/2069-12-19)  
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 चैत्र 19 तदनुसार 01-April-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 33 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download


Download : Click Here to Download Episode 33
Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger