Good Night SMS - (07-Oct-2012)- Download

NepaliTalim | 9:53:00 AM | 0 comments









 
GOOD NIGHT SMS
Date : 21-Aswin 2069/07th Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :
Download : Click Here to Download 

Thank you

गजलका पानाहरु -10 : (06-10-2012)- Download )- Download

NepaliTalim | 6:13:00 PM | 0 comments
GAZALKA PANAHARU : 10
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
समय : हरेक शनिवार 

आज मिति 2069-असोज-20 तदनुसार 6th Oct-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download
Download : Click Here to Download 10

Thank you

मुक्तक सरोबर (2069-06-17/03-10-2012)) - Download

NepaliTalim | 4:31:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date : (2069-06-17/03-10-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069 असोज 17 तदनुसार 3rd Oct 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download 03-10-2012

Thank you
 

Episode 6 : साहित्य सिर्जना 06-Oct-2012 - Download

NepaliTalim | 2:11:00 PM | 0 comments
EPISODE : FOUR -6
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

       

साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 6th श्रीङ्खला लिएर आज मिति 2069 असोज 20  गते तदनुसार 6th October 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download -20-06-2069

Thank you 

Good Night SMS - (02-10-2012)- Download

NepaliTalim | 5:33:00 PM | 0 comments









 
GOOD NIGHT SMS
Date : 16-Aswin 2069/2nd Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download 16-06-2069

Thank you 

Muktak Madhurima - (2069-06-18/04-10-2012) - Download

NepaliTalim | 4:02:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-06-18/04-10-2012)

आज मिति 2069 असोज 18  गते तदनुसार 4th Oct 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download

Download : Click Here to Download
Listen all Previous Episodes

Thank you
२०६९-०६-१८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Kausal Kiran
तिम्रो ओँठको खुसी खोसुँ, अहँ ह
ुन सक्दैन यो।।
तिम्रो घरमा आगो झोसुँ, अहँ हुन सक्दैन यो।।
जहाँ जाउ तिमी तिम्रै खुसी चाहाने मान्छे हुँ म
तिम्रो बारे नराम्रो सोचुँ, अहँ हुन सक्दैन यो।।
-kausal kiran, syangja

02-Sumi Prakriti
फाटेको यही मायाजाल छ् मसग
भन्न बाँकी केही हालचाल छ् मसग
आसुँ झरेको दिन सम्झेर फर्कनु
यी औंलाहरुको रुमाल छ् मसग
-sumi prakriti,gorkha

03-Ram Sharan Shrestha
तिम्ले मायाँ गर्ने कुरा सावित हुन बाँकिनैछ ।।
यता भने तिमी प्रति प्रित हुन बाँकिनैछ ।।
हामी दुई असल साथी, त्यो भन्दा माथी गई
मुटु सँग मुटु विच मित हुन बाँकिनैछ ।।
राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप

04-Khadga G Magar मुक्तक
सहमतिको कुर गर्दा, लाजले शिर झुक्न थाल्यो
संबिधानको कुर गर्दा, चस्स छाती दुःख्न थाल्यो//
जिते संसार मरे शहीद, भंदै तातो गोली थाप्ने
शहीदको रातो रगत, बिना अर्थ सुक्न थाल्यो //
khadga g magar
urahari 2 dang
frm qatar

05-Baral Suryamani
चोखो मनले मनमा माया लाएकै पो राम्रो ।
मनले मनमा बास बस्न धाएकै पो राम्रो।।
आफन्तको जबरजस्तिले बनाएको जोडी भन्दा।
मनले मन लाई मनै देखि मनपराएको पो राम्रो।।

06-Dipendra Chapagain
त्यसरी यहाँ मर्न दिन्न
देशको गौरव हर्न दिन्न
म जलेको ज्वालामा
कसैलाई पनि पर्न दिन्न ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु । हाल मुम्बई

07-Gyan Tramu Magar <मुक्तक>
कस्तो कस्तो हुदो रछनि हो कहाँनी जिन्दन्गीको।
यस्तै यस्तै चर्चा हुन्छ जहाँनी जिन्दगीको॥
हर्षविश्मात बिचको चुनौति छ बाच्न यहाँ।
कहाँ कहाँ भौतारिन्छन चाहानि जिन्दगीको॥
ज्ञान तरामु <सेतु>
ठुलोलुम्पेक-4 कसिंन्थला
गुल्मी
हाल (दृष्टि वाटिका साहित्य समाज) मुम्बई भारत

08-Mahesh Jung Thapa
जति भुल्छु भन्दा पनि, भुल्नै सकिन।
त्यसरी म अरुसंग ,खुल्नै सकिन।।
चोखो मायामा मेरो तेजाब तिमीले हालिदिँदा,
कोपिलामै झरे मत, फुल्नै सकिन।।....

09-Bishwo Prakash Pokharel
घरी घरी सपनीमा आइ किन सताउछौ?
लुकाएर अमुक शव्द भावनामै बताउछौ
लुप्त राखी प्रष्ट शव्द, नभनेर अझैसम्म
उसैत यो लुरे शरीर अझै किन घटाउछौ ?

10-Amrit Shrestha
उजाड छु बसन्तको बाहार चाँहीदैन
भो प्रेमको कुनै उपहार चाँहीदैन
यो मनले रोजेको मान्छे तिमी हौ
तिमी बिना अर्को संसार चाहिदैन
(Amrit shrestha pokhara 12 kaski)

11-Binod Adhikari
ठिक छ नी त अब देखि छुटेरै बसम न त
तिमि र मा अब देखी टुटेरै बसमा न त|
संगै हुदा तिमि मेरो दुखि नै हुन्छेउ भने
एउटेई मुटु टुक्रा परि फुटेरै बसम न त ||
-विनोद अधिकारी
-बछौली ६ सौराहा

12-Umesh Shrestha
तिमीलाई मन पराउनु मेरो कमजोरी थियो
तिमीलाई भन्न नसक्नु मेरो मजबुरी थियो
यति करिब हुदा नि तिमीले बुझ्न सकिनौ
के माया गर्छु भनि फुक्न जरुरि थियो??
उमेश श्रेष्ठ
चिसापानी -४ रामेछाप
(गुम्सिएका मन का बहार)

13-अर्जेल मायाको शागर अर्जेल
यशपालीको दशैँ मा घर आउने छु आमा
हजुरकै हातले रातो टिका लाउने छु आमा !
धेरै बर्ष भयो घर आउन नपाएको
यशपाली त अवश्य छुटी पाउने छु आमा !

14-Artimus Siru
तिमी खुशी छैनौ भने मेरो साथ पाएर !
खैके अर्थ रहन्छर एक्लै माया लाएर !!
खुशी भन्दा दू:ख दिए भन्ने थाहै भएन !
नबस भो व्यर्थै झुटो कसम खाएर !!
सुमित्रा अधिकारी (धिताल)
गोरखा

15-Saroj Dhital
जनतालाई लुटेर शान्ति हुँदैन..
घरमास्वानी कुटेर शान्ति हुँदैन..
देशमा शान्ति ल्याउँछु भनि विगुल फुक्छन नेता..
महङ्गीले चुटेर शान्ति हुदैन..
डाँछी 3 काठमाडौ

16-शम्भु लम्साल असिम
दुनियाँको नजर घातक हून्छ पिरतीमा
फुल ठान्दा काडां लेनी छुन्छ पिरतीमा
मायाको प्रर्यावाचि धोका सधै भ्एपछी
सत प्रतिशत सफल जोडी कुन्छ पिरतिमा
shambhu lamsal ashim parbatipur-7 western part of chitwan

17-Raag Gazmer Raz
मनमा नाम दामको
बाहिर चाहिँ रामको
हुदैछ संसार किन हो
खाडल बद्नामको
धरान

18-Rai Munkmen Ramesh मुक्तक
देख्नु को मात्र सानो कम काहा छ र?
टक्कर दिन्छ सब्लाइ सम काहा छ र?
बस बनाउने ले ठूलो बनाए न:ज्यादा दिई?
नत्र ढ्याके झै बज्ने नोटमा दम काहा छ र?
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद

19-निस्चल प्रेमी कान्छा
दिन ढलेपछि रातको कुरा गरौ
तिम्रो र मेरो साथको कुरा गरौ
आपसमा कुरा बुझेर जिन्दगीको
जिवनमा अनेक शौगातका कुरा गरौ
निस्चल प्रेमी कान्छा
खज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत

20-Nabaraj Kharel
एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रस्ताब राख्थेँ तर मुख खोल्ने बल छैन ।
मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा कुनै छल छैन ।
Danchhi,9 ktm
(no20 : chori bhayeko muktak)

21-मोहन रावल अनमोल 'अस्तु' ~~~मुक्तक
सुकोमल ति ओठ हरू चुमे देखि के के भयो ।।
यौवनको आहाल भित्र घुमे देखि के के भयो ।।
म माहुरी तिमि फुल चक्रब्यू चलि रहयो ।
फुलमा माहुरि सदाबहार झुमे देखि के के भयो ।।
मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाँच {अछाम}
हाल-बिरानो शहर मुम्बई

22-Krishna Paudyal
एउटा यस्तो गाँऊ खोजेको छु।
एकान्त शुन्य ठाँऊ खोजेको छु॥
बेसहारा भए भिडमा पनी।
भाग्न यहाँ बाट दाऊ खोजेको छु॥
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी

23-Thapa Kale Magar
बर्षातको पानी लेखुकी हासो जिन्दगीलाइ!!
दुइ पल्मै छोडिजाने लेखुकी नासो जिन्दगीलाइ!!
प्यारै लाग्छ आफ्नै जुनी बाचुन्जेल तछाड मछाड!!
पाउनु केहि छैन लेखुकि पासो जिन्दगीलाइ!!
-मनु थापा ठूलो ल्हुम्पेक एक गुल्मी हाल मुम्बइ

24-Lalu Gm
जलेको छ यो मुटु मेरो छटपटी बढेको छ।
बिर्सु भन्छु सम्झना उनको छाती भित्र गडेको छ।।
दुई दिने छाँयाँ नौ जाले माया अर्कैको भाग रैछ।
यो मेरो देह हेर आज यहा निर्जीव भै लडेको छ।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

25-श्रीकान्त बराल कहेराज़
दशैं तिहार आयो अब फर्क परदेशी
अलिकति पशिना स्वदेशमा छर्क परदेशी
आफ्नै माटो अनि आफ्नै बाटो राम्रो बनाउ अब
नेपाल संग अब धेरै नतर्क परदेशी
कृष्ण मन्दिर चोक

26-Nirdoshi Pokhrel
देवी देउता भाकी कसम खाएर के भो।
झुठो पिरती तिम्ले म सँग लाएर के भो॥
हिजो आज मेरो समिप हुन खोज्छ्यौ किन।
धोका खाई सकेपछी साथ पाएर के भो॥

27-Bikalpa Babu 
बसन्तको फुलमा रस, राग बस्यो कसरी
त्यहि दिनको प्रतिक्षामा बाग बस्यो कसरी
शहरभरी चर्चा सुन्दर रुपको हुन्छ रे......
तर यहाँ स्वच्छ मन माग बस्यो कसरी
बिकल्प बाबु
गितानगर चितवन

28-Mohan Bihani ________मुक्तक _________
भेट्दा खुशिले आँसु झरेको पल,
रहदा सङ्ग सङ्गै माया छरेको पल,
बिर्सन खोज्दा नि भुल्नै सकिन मैले
तिमीलाई आफ्नो ठानि माया गरेको पल l
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --

29-Boz Raj ...
चिनिएर त के भो हजारमा,
बिलिएर त के भो बजारमा,
सुख, दुखका आँसु बर्षाउने कोहि,
न छन् कुनै उल्लासमा, न त हारमा!

30-Pradeep Baral
चोखो मायाँ छुराले खिपेर दिंदैछु|
मुटु माग्यौ तिमीले झिकेर दिँदैछु|
खसेको तिम्रो मोती जस्ता आँसु,
भुइमै नझरी हातमा टिपेर दिंदैछु|
pradeep baral... kapan kathmandu..

31-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्ले फांटेको मन अब सिउछु-सिउछु
तिमी बिना एक्लै कठोर भएरै जिउछु
त्यसै त कहाँ भुल्न सक्छु म मोरीलाई
आज जे पर्ला-पर्ला एक गिलास पिउछु
hetauda makawanpur - doha qatar

32-Bishnu K Gautam
उनि आइन रोएर गइन
आँसुले परेलि धोएर गइन
आतितको याद बल्झियो रे
पुरानो तस्बिर छोएर गइन
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट
हाल:बुटबल

33-Rupesh Fatra
रुपेश अनमोल फत्र
भारपा3पान्थर
शुन्यतामा हरायौ,अनि चिच्याउदै खोजे|
आँखाबाट आँशुहरु,बगाउदै खोजे|
एक्लोपनको महशुषले,शहर बजार गाँउ बस्तीमा...
विलीन भयौ दुनियाँमा,अनि कराउदै खोजे|

34-Ashish Danai
मन्तर्ी हुन जनतालाई जुटाएको देखें
बिपक्छ्यको हो यो भन्दै कुटाएको देखें
बाचिराखे यो नेपालमा नदेखिने के पो रैछ
चराले नि हवाईजहाज फुटाएको देखें
-आशिष दनाई
गाउसहर-२ दनाईगाउ, लमजुङ

35-Aanischit Khatiwada Jyoti
तिम्रो लज्जा अलिकति उच्चा भए वेश हुन्थ्यो
बच्पना त्यो अलिकति कच्चा भए वेश हुन्थ्यो
साच्चै भनौँ सिरु तिम्रो रुपमा खोट छैन
मेरो जस्तै तिम्रो माया सच्चा भए वेश हुन्थ्यो ।
ज्योति खतिवडा अनिश्चित
सामाखुसी कपुरधारा ।
त्रिचन्द्र क्याम्पस

36-Nepali Deep Milan
दुई आनाको कपडामा, चार रोपनि जिउ किन?
हे ईश्वर अराजकको, रोपिरा'छौ बिउ किन।।
फिरन्ते छन यत्रतत्र, समाजका ब्वाँसाहरु,
दन्किएको आगोलाई निभाउन घ्यू किन।
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

37-Bibek Dulal मुक्तक
तथाकथित बिचारको प्रवेश कतिकति
कण्ठ गर्न सकिएन उपदेश कतिकति
मान्नै पर्यो यिनलाई जो विद्वान ठहरिए
बनावटी मुस्कानछरि आदेश कतिकति ....!

38-Sunil Neupane Marling
सराब पानी पिउदै रुन्छु
सम्झेर फेरी तस्बिर छुन्छु
छोडी जाने प्रकृती नियम
बदल्ने एउटा अठोट बुन्छु
सुनिल न्यौपाने मार्लिङ
जुनियाँ ०२ गुल्मी
हाल : मलेसिया
सुनिल न्यौपाने 'मार्लिङ'
snmarling.blogspot.com

39-तिलक निस्कर्ष
बादलुको देशमा हरायछ यो मन
त्यसैले त आफै संग करायछ यो मन
भोलि के हुन्छ त्यो त थाहा छैन
तर भबिष्य कल्पियर डरायछ यो मन
रत्ननगर ७

40-अविरल भण्डारी
पढ्दै थिय कमाइन धन , बस्ने राम्रो घर छैन
बिहे गरि विदेश जाउँ त श्रीमतीको भर छैन
बिश्वास गरु कसरि म आफ्नै सुरमा हिडछन् आजकल
छाडा भो यो दुनिया कोहि कसैको भर छैन
कुमरोज गबई
(Source : From muktak madhurima FB)
=============================================================
बिशेष नोट : अत्यन्तै जरुरी सूचना
सिर्जना चोरीको भण्डाफोर

मुक्तक मधुरिमामा माथि २० नं.मा बाचन भएको मुक्तक
20-Nabaraj Kharel
एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रस्ताब राख्थेँ तर मुख खोल्ने बल छैन ।
मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा कुनै छल छैन ।
Danchhi,9 ktm

यो मुक्तक नवराज खरेलको होईन बरु नवराज खरेलले शिव रेग्मी जीको गजल हुबहु चोरेर मुक्तक बनाएर पोष्ट गरेको भटिएको हुँदा नवराज खरेललाई चिसापानी नेपाल ब्लग उक्त देखावटी सर्जकलाई सिर्जना चोरको घोषणा गर्दै यस्ता कार्यको घोर भत्सना गर्दछ । र माथि २० नंमा रहेको र बाचन भएको मुक्तक शिवा रेग्मिको हो भनि प्रमाणीत गर्दछ । 
शिवा रेग्मीजीको बास्तविक गजल यस्तो छ जहाँ बाट चोरीएको थियो
 शिव रेग्मी
एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रश्ताव राख्थेँ तर मुख खोल्ने बल छैन ।

मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे ,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा यो छल छैन ।

बेमेल छैन झुठजाल छैन मन भा आफै जाँचे हुन्छ ,
तुष भुष फोहर विचार मैलिएका ढल छैन ।

जे छ अपुग मिलानका बातै गरि सुल्झाउथेँ ,
मन्थिएर साझा सवाल ढुट्याउने खल छैन ।

शुद्धिनलाई गहुत खान्छन् अमर हुन पञ्च-अम्रित (पञ्चाम्रित),
तर खै त प्रित गाँस्न कहिँ कुनै जल छैन ।
शिव रेग्मी
गोविन्दपुर 2, मोरङ

Thank you

BULBUL : EPISODE 162-(03-10-2012) Download

NepaliTalim | 3:48:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 162

(03-Oct-2012/ 2069-06-17)

FB : Facebook Page
(आजको बुलबुलमा रात्रिगन्थन तपाईहरुका गजलहरु र सुमधुर सांगितिक गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असोज महिनाको 17 गते बुधवार तदनुसार 3rd Oct-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चु
त घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 162) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :
 
Download : Click Here to Download 162  
बुलबुलका आजसम्मका श्रीङ्खलाहरु सुन्नुहोस् ।

Thank you

बहकिने मन (2069-06-15/01-10-2012) - Download

NepaliTalim | 2:31:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  2069-06-15/01-10-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ असोज 15 तदनुसार 01 Oct 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 43  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन
Listen and Download


Download : Click Here to Download
Thank you

Episode : 46 (यो साँझ यो सुबाश-02-10-2012) - Download

NepaliTalim | 10:54:00 AM | 1comments
EPISODE 46 - YO SANJH YO SUBASH
(02-10-2012 / 2069-06-16)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल असोज महिनाको 16 गते तदनुसार  2nd Oct 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  46 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु

Listen and Download

Download : Click Here to Download 46
सुरुदेखि आजसम्मको श्रीङ्खलाहरु सुन्नुहोस् ।

नोट :
यो श्रीङ्खलामा मेरा परम मित्र गायक तथा गजलकार रोहित रानाजीका आफ्ना विदेश बसाईका भोगाईहरुको बारेमा पनि जान्न सक्नुहुनेछ ।
Thank you

श्रृजनाका सुशेलीहरु - (2069-06-13/29-09-2012) - Download

NepaliTalim | 9:34:00 AM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15PM
Date : (2069-06-13/29-09-2012)
Host :  Suresh Bidari
FB : Facebook Group
 
आज मिति 2069 असोज 13 गते (29 SEP-2012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger