गजल यात्रा (18-07-2015/2072-04-02) गजलकार पुरुषोत्तम ढुंगेल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:15:00 PM | 0 comments
रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोता शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेक शनिवार बेलुक १० देखी ११ 
Date :  (18-07-2015/2072-04-02)


आज मिति 2072 श्रावणा 02 गते तदनुसार 18-July-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोता शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download

त्रिवेणी TRIBENI (14-07-2015/2072-03-29) : Download

NepaliTalim | 6:01:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (14-07-2015/2072-03-29) 


नमस्कार साथीहरु,

आज मिति 2072 असार 29 गते तदनुसार 14-July-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

गजल सुधा (19-06-2015/2072-03-04) गजलकार मोहन श्रेष्ठ सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:52:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (19-06-2015/2072-03-04)
नमस्कार, 

आज मिति 2072 असार 04गते तदनुसार 19-June-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download


गजल सुधा (10-07-2015/2072-03-25) : Download

NepaliTalim | 5:43:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(10-07-2015/2072-03-25)
नमस्कार, 

आज मिति 2072 असार 25 गते तदनुसार 10-July-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

श्रृंखला 20 : गजल पुञ्ज (17-07-2015/2072-04-01) : Download

NepaliTalim | 4:29:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(17-07-2015/2072-04-01)

नमस्कार साथीहरू,

आज मिति  2072-श्रावण 01 गते तदनुसार 17-July-2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Episode 43- संगीत सरगम (16-07-2015/2072-03-31) : Download

NepaliTalim | 4:13:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(16-07-2015/2072-03-31) 
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2072 असार 31 तदनुसार 16-07-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (16-07-2015/2072-03-31) - Download

NepaliTalim | 4:48:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (16-07-2015/2072-03-31)

आज मिति 2072 असार 31  गते तदनुसार 16-07-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Ekal Kabita Baachan 26 : (18-07-2015/2072-04-02) कवि कपिल देब खनाल : Download

NepaliTalim | 4:21:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 26
Date :(18-07-2015/2072-04-02)
Time : Every Saturday 9.15pm
कवि कपिल देब खनाल

आदरणिय साथीहरु, 

आज मिति 2072 श्रावणा 02 गते तदनुसार 18-07-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 24आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि कपिल देब खनाल लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

श्रृंखला 161 : वहकिने मन (20-07-2015/2072-04-04) : Download

NepaliTalim | 4:08:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(20-07-2015/2072-04-04)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 श्रावण 04 तदनुसार 20-July-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 161 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

महेन्द्र ओझा - यो अप्राप्ती भित्र रुमलिने अघोषित प्रेम युद्ध अँध्यारोमा गरिने हरेक यात्रा संघर्ष जस्तो, २०७२-०३-१८

NepaliTalim | 6:56:00 PM | 0 comments
महेन्द्र ओझा 
       प्रेमले सुरुमा आकर्षण रोज्यो बिस्तारै आत्मीय अनि बास्तबिकता तीन चरण चरनबद्ध रूपमा युद्ध पारगर्दा मनभित्र अनगिन्ती व्यवहारिक र वास्तविक परिघटना हरुले यो अंतर संबाद्पुर्ण मनोबैज्ञानिक लघु  उपन्यास निकट्बाट नियालेर बगेको छ । यो अन्तरलाभ भित्र हरेक वास्तविक र कल्पनाले बुनेका आत्मीय तरंग हरु छन । जस्को वास्तविक अनुभव र अनुभुती संगाल्ने अभ्यास तपाईंहरू आफैंले गर्नुपर्नेछ । यो बास्तबिकता र मनो - कल्पनामा आधारित प्रेम युद्ध को डायरी हो । जस्को पुर्ण पात्र म लेखक :- आफै र काल्पनिक पात्र म संगै हुन्छिन म भित्र उठेको हरेक कल्पनाशीलता माथी स्वतन्त्र रुपमा उनको मनोभावना लाई लिएर यो लेख तयार पारिएको छ । नेपाल जस्तो पुर्ण सामाजिक परम्परा रुढी संस्कृति को संरचना मा अढियर अर्काको बुहारी भित्र खोजिएको प्रेमिका भाब चुडन निकै गाह्रो परेको छ । छोरी प्रेमोका भन्दा बुहारी प्रेमिका लाई लिएर उपन्यास अघि बढ्दै जाँदा रोमान्चक त छ । तर, सामाजिक मर्यादा भने एस्ले मिचेको छ । तर स्वतन्त्र लेखमा मैले हरेक मर्यादा लाई कुल्चिएको भन्दा पनि सबैबाट थोरै रहस्य भने चुड्न पाइन्छ । यो डायरी तयार पार्न निकै कठिन परेको छ तर बास्तबिकता मा यो हरेको बिबाहित महिला पुरुषले अफ्नो जिन्दगीमा बिहान या बेलुका भोगेको तितो अनुभव हो । त्यसैले यस्को नाम पनि मैले अघोषित प्रेम युद्ध राख्ने प्रण गरेको छु । 

उदघाट्न :-
    एउटा बिबाहित महिला जस्लाई संयोग बश कुनै समारोह मा देखे पछि म भित्र उ प्राप्तिको अटुट कल्पना मडारिन्छ । उसैको कल्पना मा मन एकोहोरो हुन्छ । कहिल्यै न देखेको मेरो त्यो ऐना तस्वीर मन भित्र को पुरानो मेरो अन्तर राजकुमारि भएर उम्रन्छ । के यो प्रेम वास्तविकतामा सबैको मन भित्त्र बग्ने अटुट अन्तर चिन्तनको गर्भ प्राण हो ? आफैं लाई प्रशन गर्छ उत्तर पाउँदैन मायाँ जस्लाई सर्ब सृष्टि ले अनुबोधन गरेको न्याईक कानुन जस्तो सबै भित्र उस्तै औडाह उस्तै क्रंन्दन उस्तै भाब अनि उस्तै आत्मीय पन मन भित्र भाब हरुको एकोहोरो हाहाकार लगालाग आईरहे । मेरो आतुर चिन्तन ठोस कुनैपनी वास्तविक पाटोलाई लिएर बग्न तयार थिएन । मनभित्र बुनिने मेरो अन्तर चिन्तन मै प्रेम कोपिलाउँथ्यो फुल्थ्यो फकृन्थ्यो अनि झर्थ्यो आफै भित्र एउटा शिशुको ब्याल्य लिला जस्तो । मन अझै मान्न तयार थिएन । बिहानै देखि मन एकोहोरो झिझाउँछ चिन्तन ले बारम्बार मन ड्ढाई रहन्छ । त्यो चिन्तन लामो समय देखिको मेरो अन्तर स्किन्दन मा फुल्ने प्रेम युद्ध थियो । जुन मन हिमाली भिरमा निगालो टुसाय झै टुसाउँदै गएको थियो । आखिर प्रेम किन एस्तो अन्धकार मय  जिन्दगीमा कसैको कसिलो साहारा खोज्छ यो प्रताडित आत्मा जीउँदो मान्छेहरू मा दैनिक जसो अनगिन्ती रहर जन्म लिन्छ तिनै रहर लाई पूरा गर्दा गर्दै अनगिन्ती  बसन्त पार गर्छ मान्छे ले । तर प्राप्ति शुन्य शेष केही रहँदैन शिबाय अनुभव अनुभुति बाहेक । 

टिङ्ग टिङ्ग घण्टी बज्यो फोन उठाएँ बोली 

> कस्तो हुनुहुन्छ ?
सहज उत्तर ठिकै
> चिया पिउनु भयो ?
म चिया पिउँदिन नि
> अनि के त ?
चिसो पानी
> राम, चिसो पानी ?
अनित
> त्यसैले त निकै हृस्ट पुस्ट हुनु भा रैछ 

उ हाँसी मानौ फोन को शब्द हरु मेरो कान फाटेर पुर्ण कोठा लाई नै चिर्दै छिमेकीको कानमा समेत गुन्ज्यकृत भैरहेछ । ओछ्यान मै म ङिच्च हाँसेर बसेँ । उज्यालो न हुदैको मेरो थकित अनुहार त्यसै माथिको उस्को ब्याँङ्ग ओछ्यान ले मलाई गिज्यायो म शिरक ले मुख छोपेर गुटुमुटु परेर बिहानी को मीठो निन्द्रा निदाउने प्रयास गर्दै थिएँ । मन झंकृत भयो उस्को सहज ब्याँग्य ले झन एक प्रकारको औढाह निम्त्याएको थियो । के म तेस्तो लिखुरे छु र ? प्रती प्रशन आफैलाई फेरि मेरो मोटो पना लाई कस्ले मायाँ गर्छ र म कुनै पालिएको बोको हुँ र ? अतृप्ति प्रेम शक्ति अन्तर हिर्दय मा छँदै छ के म मोटो हुदैमा दोब्बर मायाँ हुने हो र ? फोन फर्काएर फेरि उसैलाई मन भरी को ब्यथा कहिदिउँ सबै झिन्झाहट भन्दिउँ  जस्तो  लाग्यो । भन्छु भन्छु भन्दा भन्दै लुटुक्क निदाएछु । 

  सात बजे बिउँझिए आफ्नो नियमित सरसफाइ गरेँ योगा मा बसेँ सुर्य नमस्कार मुद्रामा आफुलाई टाँग्न खोजे तिनै मन भित्र बिहानको कुरा ले मन लाई र मलाई गिजोली रह्ह्यो । खुल्ल प्राकृति संग बिहान को दुई घाण्टा स्वामी राम देब को प्रती पादित योग शिक्षा सुर्य नमस्कार कपाल भाँती अलोलम बिलोलम जस्ता फाईदा जनक योगा मा बिताएँ । मन भन्ने चिज पनि कस्तो भुलकड नि कुनै पल आफुलाई भुल्छ कुनै पल अरुलाई स्वतन्त्र चिन्तन हुँदा त मान्छे ले जस्तो पनि रंग फेर्न सक्दो होला । कुनै जन्मौ देखिको लामो आकर्षण ले लगातार तानिए जस्तो म उतै तिर लगातार तानिदै थिएँ । आखिर प्राप्ती थिएन तै पनि मन भित्र कत्रो अपुरो पना कस्तो तड्पाई यो सहजै म व्यक्त गर्न सक्दिन यो कस्तो संयोग दुई बेग्लै बेग्लै गंगाको मिलन जस्तो । अब अलग्याउनु पनि कता आफु पुर्ण पुरानो पुरातन स्वभावैले सञ्चालित पुरुष एक्लो ठान्छ संधै । उस्को भाब नि स्वाभाविक थिए प्रेम जुनै सिमा मा भएपनी तेस्ले प्राप्ति को भाषा मात्रै रोज्छ भन्ने पुर्ण उस्को आत्मीय पन मलाई निकै कष्टकर अनि स्वाथी प्रेम को बिज जस्तो लाग्यो भन्थी " मैले हरेक पुरुष भित्र तपाईं को आंश हेरँ " त्यो एउटा जघन्य मानशिक अपराध भएन त आफू भित्र भोगिने म अर्को पर पुरुश संगको अन्तर मिलन कसरी संम्हाल्नु तेस्तै प्रवृत्ति ले त मानशिक पति बटुल्ने प्रबृती को बिकश गर्छ । जस्तोसुकै परिवर्तन को निम्ति भएपनी तेस्को मुर्तरुप भनेको अतृप्त कामबास्ना लाई भोग गराउने बैकल्पिक सुत्रबिज ठानेर यहाँ खन्डन गराउने संकल्प गर्छु । हुन त नारि भित्र तेस्तो के छ म सहजै आँकलन गर्न काहाँ सक्छु र । मन त बेलगाम को घोडा हो यस्लाई यत्र तत्र सहजै डुल्ने दिनु पर्छ भन्ने पनि थोरै छैनन् यो समाजमा हुन त मनको गति लाई रोक्नु भनेको आफै भित्र एउटा गृहस्ती भित्र पुर्ण बैरागी सन्यास भोग्नु हो । पुर्ण बैराग्य धर्म पालन गर्ने यो संसारमा थुप्रै महाआत्मा बिउँझिन्छन । जस्को चरण बद्ध एक पछि अर्को आउने क्रम जारी छ । मान्छेको मन न हो थाक्ने त मान्छे हो रहर कहिल्यै थाक्दो रहेनछ जीवनले दैनिक बेग्लै बेग्लै संघर्ष हरु संग जुध्दै नया नया कोपिला जन्माउँछ तिनै कोपिला हरुलाई निएमित प्राकृति योग्य बनाउने प्रयत्नले म लगनशील भएर कार्यमा जुट्छु तर, भत्किएको पर्खाल कसरी सग्लो पार्नु कतै न कतै त तेस्को त्रुटि पाउंछु अनि फेरि मन त्राशित हुन्छ ।

प्रिय् प्राण यो परिस्थितिमा मेरो मन व्यग्र भएर अस्फै भित्र प्रती प्रशन गर्ने मानशिकता मा छ । तर बिडमन्ना यो मानशिक घात मैले अस्फै रोजेको मेरो स्वतन्त्र भोगाई न थियो । जिन्दगी को अनगिन्ती उतार चडाब पछी प्राप्त मेरो जिउने संघर्ष यात्रा यो आफैमा एउटा निर्बिकल्प निड्य भै म भित्र हुर्किदै छ । मैले आफुलाई जिताउने प्रयास गरिन होला । हुन त म विजयको निम्ति लाएकको उमेरद्वार पनि थिईन होला आफ्नो आत्मा बालेर अरुमा जिउने आधार बटुल्नु पनि त एउटा आफै भित्र खोजिने आत्मा घाती कदम होइन र ? मलाई बांच्ने रहर छ आफ्नो निम्ति समाजको निम्ति परिवार को निम्ति परिवर्तनको निम्ति हरेक समदर्शी को मृत्यु सोख बोकेर आफै भित्र शुस्म जिबनको तीखो अनुभुती संङगाल्ने ''म" आफै भित्र अब बांच्न खोज्ने आत्मा दैनिक रूपमा खरी सकेको छ । जहाँ कसैको अधुरो प्रेममा छट्पटाईरहेको आत्मा हुन्छ त्यहाँ आत्मा उत्सर्ग गर्न खोज्नेहरुको कुनै मुल्यांकन हुन्न ।

   तिमी भित्र फुलेको त्यो प्रेममा म कुन तृप्ती रोज्यौ ? जुन रहरले तिमी म भित्रमिल्न आयौ लाग्छ यो आफैमा एउटा गघन्य अपराध हो । जस्को अबिस रुप हामी भित्र थियो । भन्ने मानशिका बोधले म दैनिक आक्रान्त भै रहेछु मेरो आत्मा भित्र सोच्ने चेतना भित्र कुनै ठुलै चट्याङ परेको झै भान भै रहेछ । र यो ठूलो आत्मा निडय पछी मैले आज कलम समएको छु । तिमी भन्छौ यो प्रेम आफैलाई तिम्रो प्रेम को पर्दा बाट आलग्याउने संकल्प चेस्टा हो भनेर । तर म आज भिन्न मानशिक चिन्तन मा छु । हुन सक्ला मेरो निम्ति यो ठूलो अबशार पनि होला । तर, यो समय पनि मैले कलम समातिन भने म भित्र को स्वछन्द भाब हरुले ठूलो मानसिक बिस्पोट निम्त्याउने छ अनगिन्ती भबिस्यका मानस पुत्र हरुको प्रेमिक चिन्तन शैलीमा परिबर्तन नआउनेछ । आफ्नो स्वतन्त्र आत्मा निडय हरुमा बेग्लै व्यबहार ले जरा गाड्नेछ । त्यसैले आज म बाध्य भएर मन भित्रको अघोषित ज्वाला ओकल्ने अभ्यास गर्दै छु । 

   हुन त यस्लाइ मेरो आत्माले स्वछन्द मान्न तयार छैन म भित्र बाँचेको प्रेमी भाब ओकल्ने यो दोश्रो प्रेमी गर्व प्राण हो । सदैब तिम्रो बिम्बमा उस्तै आभास छट्पटाहत संगाल्ने तीम्रो चिन्तनमा मेरो मानवीय संबेग भित्रको स्मृतिमा तिमिलाई सुसुकित बनाउने अबिस्ट चेस्टा हो मेरो । खै आज भाब भित्र पनि उस्तै मन रोमान्चित हुन्छ । अब यो परिवर्तन शिल मनलाई प्रेमी तत्त्व ले प्रभाव पारेको होइन भने त्यसलाई कसरी आवेश भनौ यो मेरो खुल्ल प्रेम गर्ने शैलीको दोश्रो रुप हो । अपबाद, मा यो पनि प्राय संभाबना नै होला मेरो भित्र फुलेको स्वार्थी भाब सुन्न तिम्रो मन आतुर छ । तर, "म" यो भाब व्यक्त गर्ने मुड्मा छैन म भित्र फुल्ने हरेक भाब मा तिमी संङलो प्रेमिक भाब मा तिमी नै नयाँ कोपिला भएर फुल्छौ साँझमा ओईलाउँछौ यो मेरो भयाँङकर अपबाद, सुनेर तिमी कहिल्यै फुल्दिनौ हाँस्दिनौकि भन्ने डरले आफुलाई अर्जुन दृस्टी बाट टाढै राख्ने प्रयत्न गर्छु । हुनत, "तिमी आफुलाई"  "म" भन्दा निकै गहनशिल स्पष्ट बक्ता अनि झट्ट निड्य गर्न सक्ने कुशल मार्गदर्शक को रुपमा राख्न रुचाउँछौ । तै पनि म तिम्रो बुद्धिमानी संग भलिभाँती परिचित छु । त्यसैले त आफुलाई तिम्रो हरेक आत्मनिड्य बाट टाढा लैजाने अभ्यास गर्दै छु । 

हुन सक्छ मेरो यो दुर्भदा पुर्ण वचन र आफ्नो आत्म निड्यले तिम्रो स्वतन्त्र प्रेम गर्ने शैलि माथि ठुलै मतभेद ल्याईदिनेछ । तिम्रो कंचन तलाउ जस्तो मनमा अशिम बेग मडारिने छ । अनि सुतेको चिन्तन जाग्नेछ एक हिसाबमा हेर्ने हो भने जान-जानी पनि म तिमि भित्र भएको त्यो निदाएको चेतना जगाउने अभ्यास गर्दै छु । तिम्रो चेतना लाई कोट्याउँदै छु तिमी जे भन मेरो यो नयाँ प्रयोग तिमी भित्र आफैलाई स्वचालित ढंगबाट चलाउन सिकाउने प्रयासको पहिलो सिडि निर्माण को प्रयत्न गर्दै छु  । म संग अन्तरंग कुराकानीमा तिमीले आफ्नो मनोभावना हरुलाई आफ्नो नियन्त्रणमा राख्यौ संधै मेरो अगाडि भएपनी सन्तुलित व्यबहार देखायौ प्राप्ती मात्रै प्रेम थिएन भन्ने नयाँ उदाहरण प्रस्तुत गरायौ धन्य तिम्रो साहस म एहाँनिर तिमिलाई किर्तज्ञ दिन चाहन्छु । आफ्नो पुरनो अस्तित्व हरुलाई नकोट्याई बर्तमान पनि भबिस्यको उस्तै अतीत हो भनेर बिगर्ने सम्म चेस्टा गरिनौ तिम्रो प्रयास पुर्ण थियो । अनि सार्थक सत्य पनि ।

तर, यहाँ सन्तुलन मात्रै व्यबहारिकता होइन अनि भाब मात्र पनि रातले चिच्याई रहयो अज्ञात शब्दहरू मन भित्र आउँथे कलमको टुप्पोमा गएर आफै सुनौलो शब्द बनेर निस्चल जिबन धारण गर्थे शब्दको सिङ्गो माला गाँसिन्थ्यो मन त्यो शब्दको सुन्दर संयोजन शैली लाई एकोहोरो हेरि रह्न्थ्यो मानौ कतै बेताबको निर्ताङग हुँदै छ । लामो समयको यो भीषण प्रेम लाभ भित्र तिमी आफै मा मलाई पाउन सकिनौ प्राण म सादा तिम्रो अन्तर हिर्दयमा जन्मन्थे त्यतै छट्पटाउँथे फुल्थे झर्थे खै मलाई तिम्ले आफ्नो निकट्मा महसुस गरिनौ ? प्रशन दोहोर्‍याउन मन लाग्यो तिम्रो गम्भीर मुहार मा मेरो प्रशनको स्पस्ट उत्तर भेटिन । मानौ कुनै अतृप्ति पनाले बारम्बार तिमिलाई खेदो गरिरहेछ । कारण रहित यो तिम्रो मौन उत्तर म कसरी बुझौ भन त ? मलाई सदैव अटल बिश्वास थियो त्यो तिम्रो आत्माको अन्तर छिद्रा भित्र मेरो गहिरो अन्तर वास छ तर, तिमिले किन देखाउन चाहिनौ ? यो मौनता भित्र कुनै भयंकर सत्यता लुकेको छ । म सहजै बुज्छु तिम्रो त्यो मुहार पढ्न सक्छु । त्याहाँ कयौ मेरो प्रेम प्रती गरिएको अन्धविश्वासको गहिरो खाडल हरु छन । जस्को एक टंकार भाब म भित्र सम्म मगमगाई रहेछ । के मेरो प्रेम्को मुल्य तिम्रो नजरमा त्यै प्रती प्रशनको गहिरो खण्डर मात्रै हो त ? 

मौन साधक सिद्ध योगि भन्दा गहिरो प्रभाब जमाउन सक्छ तिम्रो असमर्थता कारण रहित छैन । मलाई कुनै कारणको वास्तविक दसि प्रमाण चाहिँदैन प्राण मात्रै तिम्रो नजरको म भएर बुझन चाहान्छु । लामो गृहस्थ जिबन पछी मेरो सम्पुर्ण अनुभबले मलाई त्यो चरणमा ल्याएर छोड्यो जहाँ बास्तबिकता जिम्मेवारी कल्पना र मन चिन्तन भन्दा माथी उठेर अफ्नो दाईत्तो पूरा गर्नु पर्ने रहेछ । आफू भएको सग्लो प्रमाण परिवार समाजलाई अनुभुति गराउनु पर्ने रहेछ । बुझ्यौ म तिम्रो अन्तर चिन्तन्न भन्दा पर गएको छैन ।  म टाढा छैन प्राण तिम्रो आत्मा मा शरीरमा अनि नशा नशामा म नै मुटुको प्रत्येक धमनि शिरा कोष कोशमा रगत भएर बग्दै छु आफुमा मलाई महसुस गर । तिमी जन्मलेनै महिला जाती समाजको अनगिन्ती सिमा भित्र खुम्चिएर बस्नु पर्ने बाध्यता छन । म पुरुष कर्म धर्मले थोरै बिरशतमा पाएको बिशेश अधिकार हरु तिमी नारी हारुलाइ लाद्न तल्लिन छु । 

मानव भित्र दैनिक उम्लने प्रेमिक छाल हरुलाई आफै भित्र उठाउँछु परन्तु शान्ति पाउँदिन मनले किन एस्तो अबास्तबिक चिन्तन लगातार मन मा एक पछि अर्को आईरहन्छ । जातैले ब्यभिचारी जन्म खोटोछ पुरुष हुनुम आफ्नो बिजयमा मात्रै सम्झौता गर्न उद्दत यो  मन  त्यसको बिर्य धर्म त धान्दै छु । आखिर प्राप्ति के को निम्ति छुट्टयाउन सकिरहेको छैन । कसैसँग को मेरो प्रेमिक सम्बन्ध हार जित को सम्झौता होइन । यो त आफै मा एक जित अनि बिबस्ताभित्र को अपबाद हार हो जस्मा प्रेमीका हार्छिन प्रेमी जित्छ सामाजिक तथा साँस्कृतिक परम्परा लाई मध्येनजर राखेर हेर्नहो भने दुबै हार्‍ने छन अनि दुबै जित्छन । मलाई फेरि बिजेता बनाउ प्राण म तिम्रो नजर मा जितीन चाहान्छु । प्रेम भित्र थुप्रै छदम भेस पाइन्छ जस्को बिजेता जे हो अन्य भावना भन्ने हो भने अपबित्रता र पुन्यता के हो म बुझ्न सक्दिन त्यसैले यो सम्बन्ध पुर्ब मैले एउटा महिला संग मेरो आफ्नो सम्पुर्ण धर्म आफ्नो पुन्यता गुमाई सकेँ तर आज किन तिम्रो उपस्थिति मा म भित्रको सम्पुर्ण रहस्यको भेद खुल्न उद्दत हुन्छ आत्मा । बुझेको छु तिम्रो प्रेम आफैमा एक पुन्य प्रेम हो मेरो अपबित्र शरिरको सत्य संगाल्दा तिमी आफुलाई बिजेता संझन्छौ यो आफै उचित हुन्छ या हुन्न तर म तिम्रो  यो एक छुवाई लाई आफ्नो सम्पूर्ण जिन्दगीको बिजय सुत्र ठानेको छु । हुन त मालाई थाहा छैन अपबित्रता के हो अनी पबित्रता तै पनि तिम्रो पबित्र प्रेम को आभस म भित्र एक नौलो रहस्य भएर दुगुरी रहेछ । र मलाई बिस्वास छ तिम्रो यो बिरोध रहित स्वीकारयुत्ती नै मेरो सम्पुर्ण अपबित्रता र मेरो पुन्य पापको आदिमता हरुलाई पखाल्ने अमृत धारा भै म भित्र दिर्घ जीवन जिउँछ । 

म तिम्रो सामुन्ने पुन एउट जघन्य मानशिक चिन्तन लाई उजागर गर्दै छु के म तिम्रो न्यानो स्पर्श योग्य छु म पुन तिम्रो न्यानो स्पर्श ले छोईन चाहन्छु  बार बार तइम्रो निकट भएर चुडिन चाहन्छु । लौन मलाई छोईदिनु पर्‍यो । प्राण त्यो पुरानो न्यानो स्मृतिले मलाई बारम्बार घोचिरहँदा मेरो मनाश्पटलमा एउटा कहिल्यै निको न हुने दीर्घरोग भएर दैनिक आफैलाई तदपाई रहेछ । कहिले काहीँ एकाएक जिन्दगी भन्ने शव्द संग नै बैराग्य जागेर आउँछ । प्राणी भित्रको प्राण हरेर छुट्टाछुट्टै संसारको परिकल्पना रोज्यौ झै भान हुन्छ । यो अन्तर हिर्दय मा झल्किन्छ फेरि पुन तिम्रो स्मृतिहरुमा एक पछि अर्को बिगतको जिन्दगी लगातार आईरहेछ्न । मानौ कुनै हिमपहिरो जस्तो एकोहोरो अबिरल अन्त्यहिन । यो शिथिलता भित्र पनि कस्तो औढाह तिमी र म भित्र तेस्तो लुकाउनु पर्ने अब गोप्य सम्बन्ध रहेन र हुनुपर्छ भन्ने मनशिकतामा पनि छैन र सदा नहोस भन्ने स्पस्ट विचार राख्छु । तिमी मलाई एस्तै प्रेम गरि राख म पुरानो कुरा हरुलाई खोतलेर अतीत लाई बर्तमान को जगसंग समतल डोरी खिच्न सक्दिन । एउटै बिन्दुमा ल्याएर चुलाउँन सक्दिन त्यसैले निर्बाणको यो नवीनम प्रयासमा तिम्रो पनि सहअस्तित्व रहेने छ भन्ने आश मा आधारित चिन्तन झुन्डाउँछु । यो भावुक तथा गहिरो प्रेम को अन्तिम उत्कर्ष को बिन्दु भनेको प्राप्ति हो तर म प्राप्ति भन्दा गुमाएर आफुलाई समानांतर अनि सन्तुलन बिन्दुमा राख्न चाहान्छु  । 

प्रेम मा के फाईदा तिमी र म बिचमा गहिरो आत्मीय सम्बन्ध छ हुन सक्ला कुनै मनुष्य योनिमा हामी निकट बनेर बग्ने गंगा थियौ । समदुरिमा समानांतर तर छुट्टाछुट्टै बेगमा । त्यो रात मैले तिमिलाइ स्वतन्त्र भएर म मा तिमीलाई महसुस गरेको थिएँ यो भन्दा अगाडिनै मैले एउटा महिला सम्बन्ध स्वीकार गरिसकेको छु तर आज हामी बिच यो बन्द चौघेरा मा मात्रै प्रेमका भाब फुल्छ औशिको चाँद खुल्छ । तिम्रो मेरो वास्तविक प्रेमको सिमा यो बन्द कोठा शिबाय सुर्यको किरण सम्म ले चाल न पाउओस उ बोल्दै गई म नतमस्तक भएर आफैमा गर्भ खोट खोजेर यो सामर्थ्य हिन जिन्दगी संग दैनिक गल्दै छु । त्यो अतीत तिम्ले मैले चाहेर पनि बदल्न सक्ने होइन लाग्छ अब कुनै मेरो त्यस्तो पुर्ण सामान्य अतीत नै छैन । सामान्य निम्न बर्गको कच्चि भबन जस्तो जिन्दगी त्यसैमा निर्धक्क छौ । अतीत जिन्दगीको त्यो भोगाई हाम्रो कुशल अनुभव र अनुभूति शिबाय केही हुन सक्दैन न हाम्रो जस्तो अतीत कसैको न हाम्रो जस्तो भोगाई कसैको यो आफैमा एउटा विशिष्ट सम्झना को न्यानो अन्तर ढुक्कसँग संग को समतामूलक भाब हो । तिक्षणता समयको निरन्तर गति संगै फिक्का हुँदै जान्छ हरेक स्मृति हरु मनको गति लाई सदा चलाएमान बनाई राख्छ । के यो त्यै हो अस्तित्व बिनाको भोगाई ? 

अब सिंगो जीवन बाँचेर दोब्बर इच्छा छोडिनै लाग्दा गरेको तिम्रो त्यो आत्मीय प्रेम को तप्स्या पुर्ण तप म भित्र खोजिएको आत्मीय प्रेमको आत्मीयपन अन्त्यमा म संग गरिएको सहज बार्तालाभ बास्तवमा अर्थ पुर्ण छन । तिमिभित्र पुर्ण नारी भित्र हुनुपर्ने सम्पुर्ण आस्थाको अस्तित्व अनि बिशेषता लुकेका छन आफुलाई दृढ बनाएर राख्न सक्ने तिम्रो सामर्थ्य को म अन्तर हिर्दय बाट नै धन्यवाद दिन्छु । तिम्रो त्यो अन्तिम आँशु मेरो कुम मा अझै तातो बनेर दौडिरहे छ म आफू भित्र त्यो पल निरन्तर महसुस गरिरहेछु । तिम्रो रुहाई मेरै शब्द झंकार भित्र तरंगित भै रहेछ मानौ यो तिम्रो निकट उपस्थिति ले मन लाई कुनै दुर्गम प्रेम बन्धन तिर आकर्षित गराईरहेको जस्तो तिम्रो त्यो मुस्कान लाई आज पनि म ताजा महसुस गरिरहेछु अतीत संग मेरो बर्तमान मा आएर यसरी एकाकार भएकी छौ कि म कुन सत्य कुन असत्य आफै अलमल परिरहेछु । त्यो पल मलाई हाम्रो प्रथम भेट जस्तो लागेन कि हामी पहिलो चोटि भेट्दै छौ मलाई त्यो क्षेण बास्तबमै अति प्रिय् लाग्यो मानौ कहिल्यै छुट्टयाइएको नै छैनौ जस्तो यी नियमित भेट हो । आहा ! त्यो क्षेण साँचै स्मृति योग्य थियो । मेरो अन्तर आत्माको आभास तिम्ले आफुभित्र सहज रुपमा साझेदारी गर्नसकेकि भए । 

चैत महिना थियो सामान्य मौसम परिवर्तन हुने तर्खरमा थियो । बर्खा नभएपनी पानी आउन लागेको थियो तर कस्तो बिचित्र को स्वभाव तिम्रो पानी पर्ला पर्ला जस्तो होस परि चहिनहालोस भन्ने । यो बिचित्र अन्धकार मय मौसम लाई मायाँ गर्ने तिम्रो अचम्मको स्वभाव म आफै लाई छुट्टाछुट्टै लागेको थियो । त्यो समय म बुझ्दैन थिएँ तिम्रो यो अचम्म को अभिरुची तर आज गहिरो मानशिक आघात सहे पशाचात बुझ्दै छु कति अभिप्राय पुर्ण समय थियो तिमी आज व्यबहार मा अर्कै छौ । सायद हाम्रो सिमा अखंडित होला समस्याको छेड तत्वहरु आफैमा छरपस्ट हुँदै गएको छ अनायासै मन हतासिन्छ तिम्रो त्यो दिब्य मुहार स्मरण मा ताजा भएर आउँछ मेरो दुई आँखा आगाडी सग्लो जिबन उभिन्छ । तिनै ताजा स्मृतिमा पुराना कुरा लाई बिस्मृत गराईदिउँ झै लाग्छ मेरो दुर्भाग्य तिम्रो हरक अमिठास हरुमा मेरो मिठास लुकेर बस्यो मलाई चाहिँ पानी परेकै नै रमाईलो लाग्यो । जिन्दगी को अनाबरत यात्रा हरुमा एक पछि अर्को जोडिदै गएको कशी हरु मा भाब र ब्यग्रता एउटै भएपनी ठोस जिन्दगी को भोगाई आफैमा एक नबिनतम मसि नै थियो दैनिक कयौं नयाँ-नयाँ  आयाम आउँथे लेख्ने मसि भने एकै स्वास सायद एउटै कशी अन्तरमन  भित्रको बहाब त्यै स्वतन्त्र स्वास भएर बग्दै थियो । यो ब्यग्रता  बढदै जाँदा बाल्यकाल को स्मृतिले छोयो ।

उफ !  कति स्मरण योग्य थिय मेरा कुमार स्मरण हरु मेरो ब्यकुल आत्मा जीवन न हो हरेक दिन नवीनतम आयम थपिदै जानु नै जिन्दगी हो सत्यता हो तर कस्तो अचम्म को सत्य हो मानव को बेज्यान शरीरमा प्राण भन्ने इन्द्रिय शक्ति काहाँ बाट आयो भन्ने एउटा गम्भीर आहाट ले मलाई बारम्बार तर्क संग आगाडी ल्याएर उभ्याई रहयो । कुनै समय थियो शान्त खाने र खेल्ने बाहेक अन्य कुराले म मा प्राभाब न जामाउने त्यो बाल स्मृति ताजा भएर एकाएक बल्झन थाले मानौ कुनै चलचित्रको  घटना आँखाले कैद गर्दै छ । तिनै ताजा स्मृतिहरु कहिले ताजा बनेर मेरो मानश्पटलमा गहिरो छापबनेर धसिदै थिए । बर्खाको समय थियो म बिधालय बाट घर फर्किदा बाटोमा पिपलको ठूलो चौतारो थियो नियमित कक्षा सञ्चालन भएपनी उनको आगमन ले आज पढने इच्छा मन बाट कता भाग्यो कता आफुलाई रोक्न सकिन र कक्षा बाट बाहिरिएँ । मलाई पानी परेको बित्पद रमाईलो लाग्थ्यो त्यो दिन सायद मलाई बर्षाले सहयोग गर्‍यो । हो सानु  त्यो क्षेण पानीको थोपा हरुले मलाई निरन्तर भिजाई रहँदा शरिरमा तिम्रो मीठो स्पर्शको तरंगले आफैलाई काउकुती लगाई रहयो । यो बर्षाभएर तिमी आफै म संग मिल्न आएकी छौ  । म नतमस्तक भएको थिएँ मानौ म आफै मा आफूनै छैन कतै त्यो स्पर्श नै म भित्र फुलेको पहिलो एकोहोरो प्रेमको आभाष त थिएन मन ससंकित भयो ।

त्यो स्पर्शको ताजा अनुभव पछीको मेरो डरलाग्दो दिन हरु लाई एकाएक मन मा मात्रै होइन खुल्ला किताब बनाउने अतृप्ति अभिलाषा जाग्यो आफुलाई यो औडाह बाट मुक्त गराउने अभिन्न चिन्तनले मन मा डेरा जमाईराह्यो नजिकै रहेको स्टेसनरीबाट राम्रो खालको डायरि  लिएर आफू भित्रको सम्पुर्ण भाब हरुलाई एक पछि अर्को संगाल्दै लेख्न थालेँ । भावना हरु यसरी बहकिन थाले मानौ जिन्दगीको मेरो प्रथम प्रेम पत्र भै मेरो गहिरो हिर्दय मा अन्तर चिन्तन भै उम्रन थाले पानी परेको दिन थियो सायद मेरो मन भित्र र बाहिर प्राकृति उस्तै एउटै समान धरातलमा थिए । मन बेग्र भएर प्राकृतिको काखमा रमाउन उद्रत थियो आफुलाई संहान्ल खोजे कहाँ सम्हालिन्थ्यो र । पोखिने चाहनाले सार्है आतुर थिएँ । म साहित्य प्रेमी भएको ले समय समयमा निस्क्ने साहित्यका नवीन फुल हरुलाई रुचाउने मेरो पुरानो बानी नै बन्यो  सायद त्यो पल पनि मेरो भाग्यले एउटा साहितिक पुस्तक पढ्ने अबशर पाएको थिएँ । मनोबैज्ञानिक प्रेम कथामा आधारित त्यो उपन्यास पढे मानौ त्यो उपन्यास भित्रका पात्रहरु संगै म अविरल धारा प्रभाह रुपमा बग्दै छु  । बेला बेला मा पात्र हरुलाई चोट पर्दा म भक्कानिन्थ्यो तिनै आत्मा लाभ हरुलाई स्व अध्यन पश्चात् म भित्र पनि नवीन सोचाइ आयो आफुलाई संदै ग्रसित बनाई रहने ती चिन्ता को चिन्तन हरुलाई सादा कपिको पानामा सारेर मेरो बेलगामको घोडा जस्तो मन लाई शान्त बनाउने प्रयत्न गर्ने प्रण गर्‍यो । 

अब मानौ लामो समय पशाचात झिकिएको खिल जस्तो आनन्दको शिथिलता म भित्र मडारिरहेको थियो । मेरो मन भित्र उठने सम्पूर्ण चाहाना हरुलाई अझै आफै भित्र दबाएर रख्ननु उचित हुदैन भन्ने ब्यक्तिगत निड्य मा यो डायरी को हरेक पाना मा आफ्नै जिन्दगी दुगाराउन थालेँ मैले पहिलो पटक प्रेम पत्र लेखेँ आफुलाई नै त्यो प्रेम पत्रको मुख्य पात्रको रुपमा पाउँदा नया अनुभूती ले मन झन्कृत भै राह्ह्यो । नौलो नौलो बिछ्ट्टाको  भाब हरु मन मा आईरहे  मानौ शब्द हरु घाँटी सम्म आईरहेछन कागजका पाना हरुमा जिबन्त हुन लाई म भित्र लस्कर लागेर गुम्सी रहेछन । लामो समय लाएर एउटा प्रेम पत्र तयर पारेँ काल्पनिक पात्रको रुपमा उनलाई राखेँ कल्पनिक भएपनी उ म भित्र जिबन्त थिई । आफै ले पुन प्रेम पत्र पढे कतै कैँची लगाउने ठाउँ पाईन पहिलो प्रेम पत्र नै मेरो सफल भएजस्तो भान भयो केही समयको अन्तराल पछि मैले उप्त  प्रेम पत्र उस्को हातमा राखिदिएँ । त्यो पल आफैलाई अत्यन्तै एक्लो महसुस गरेँ प्रती उतरमा उस्का दुई नेत्र बाट अबिरल आशु को बलिन्द्र धारा आफू मा महसुस गरेँ मैले त्यो आँशु को मोति मालालाई गिजोल्न चाहिन त्यो त मेरो इमान्दार प्रेम को तप्स्या अनि भावना मा बहकिने ताप को तप्काई थियो ।

उस्को भिजेको परेलाको आगाडी भएपनी म मा एक किशिमको गहिरो मुर्मुक्षे थियो हरेक प्रेम प्रयास मा म आफुलाई एक्लो नांगो महसुस गरिरहेको थिएँ । उ भित्र त्यो प्रेम पत्र पढे लगत्तै एक किसिमको उनम्त्त जवानी मौलाएको थियो किशोरी पाना बाट मुक्त भएर शरीरभरि भरी का रक्त कोष कोष मा बैँस जम्न सुरु भएको थियो म निकट बाट उन्को परिवर्तन नियालीरहेको थिएँ । आफुलाई फरक बनाउने अभ्यास उनले त्यै दिन बाट सुरु गरिन जुन दिन मैले उनी भित्र को जवानी लाई सादा पाना मा रंगाउने रहर गरेँ मेरो एक काल्पनिक प्रेम पत्र ले उनिमा अनायासै नयाँ आयाम संगालिदिएको थियो सायद त्यो नै उनी भित्र दबिएको प्रेम को प्रथम अंकुरण थियो । अन्तत म यो नयाँ व्यबहार उनी मा प्रष्ट महसुस गर्दै थिएँ । मायाँ एउटा नशा नै त थियो सहजै भन्ने हो भने एउटा मनसिक भाब । आखिर पाउनु केही छैन तै पनि एक किसिम को प्राप्त गर्ने अतृप्त अभिलाशा अन्तर मानबिय संबेग भित्र यसरी बिज्छ मानौ त्यसलाई निकाल्ने निर्बिकल्प समाधान को उपाए नै छैन । के नियमित जिबनमा हरेक पल प्रेमिका को संस्मरण आई राख्नु प्रेम को निर्बिकल्प अनुभब हो र ? अब भने तिम्रो अँजुली भरी पोखिएको जवानी संधै लुकाएर राख्नु जरुरी छ भिड्मा तिम्रो शरिरिक बनावट प्रती हेरेर रुप योबन को उनम्मत जवानी लाई गिजोल्ने पशु प्राण हरु को नि कमि छैन यो समाज मा  तिम्रो सौर्न्दर्य शालिनता माथिको त्यो पहिलो काउकुती जन्य अनुभूति थियो । 

हुन त क्रम बद्ध रुपमा बिकाशित तिम्रो शरिरिक बनावट नै आफै मा नौलो परिवर्तन थिए तिम्रा लागी अन्तर आत्मा भित्र का बल्य शुलभता भित्र कुन्ठित तिम्रा मौलिक योबन अब अरुको नजर बाट आफुमा खोजिने नबिनतम खोज थिए । अर्काको सानो एक टिप्पणी ले तिमी भित्र भएको बैँस खरिएको न थियो । बजार घर बाटोघाटो का प्राकृति नै तिम्रो प्रथम योबनका आकर्षण का द्रस्टा हुन म सहजै बुज्छु तिनै वोरिपरी का नजर नै तिम्रो भाब भित्र फुल्ने नब काउकुती का कसिस थिए । यो नयाँ उल्लास कसैले चलाएर यति छिट्टै तिमि भित्र जमेको पनि होइन तिमी भित्र त्यो भाब पहिलै देखि बिध्यमान थियो मात्रै कसैले यो शन्यू तलाउमा ढुंगा हान्ने दिस्टता गर्‍यो त्यो दुराचरि म थिएँ । अब कोपिला बाट फकृएर प्रकृतिले नया योबन पाई सकेको थियो भने संसारले नयाँ योबन को लालिमा ग्रहण । आफ्नो यो नितम्ब नयाँ रुप देखि तिमी  आफै मा पानी पानी भै सकेकि थियौ साएद तिमि भित्र को योबन को प्रती बिम्ब आज लाज भएर बाहिर निस्किदै छ । तिन्का तिन्का अब तिनै नशालु आकर्षण आफै भित्र खोजिने नयाँ नबिनतम मुग्दता भित्र आफैलाई पल्टाउँदै नौलो आभाष अन्तर आत्मा ना झंकृत भै रहेका हुन्थे तिमिलाई निकट बाट नियाल्ने प्रत्येक नयन आज परै बाट पुरुष जवानी को भोको तिर्खाको रुपमा पाउँथे त्यो निराथक जिन्दगिको नयाँ आयम हरु भेटिने चरणमा जहाँ तिम्रो र मेरो भेट भएको थियो त्यो दिन नै एउटा बिपत्त्त को दुर्घटना सम्पन्न भएको  थियो । बुझ्यौ ? 

आज आठ बर्ष पछि पनि तिम्रो आभास म भित्र को मानश चिन्तनमा उस्तै ताजा छ । मेरो दोमाशे योबन भित्र तिम्ले खै कुन्नी के देख्यौ पुन्य या पाप आफैलाई मझेधार शिबाय कुनै स्पस्ट स्थानमा पाउँदिन मेरो बैसालु अनुभुतिको क्षितिज जन्य नाटकीय अनुभवमा तिम्रो हरेक स्मृतितिर म लागि रहे कयौ घुम्ती बाटो मोड हरुमा फुल बिछ्याइएको हुन्थे मेरो प्रत्येक कदम मा तिम्रो निखरता पाउन लगातार आकृती तिर । सार्थक सत्य भित्र दबिएको मेरो स्मृति को प्रतेक पन्ना  तिम्रो भित्र दैनिक गल्न खोज्ने भाब प्रेरणा भएर आफै भित्र मन्त्र मुग्द भै प्रस्कृत मा बाँच्थे । अब स्वान्तना को हरेक स्वोर हरु मलाई शान्त बनको माधुर्ये लाग्छ तिनै स्वोर हरु मलाई मेरो प्रेम को बैकल्प शुत्रमा ल्याएर बाँध्न खोज्थे । के तिम्रो उनमत्त्ता मेरो योबन मा आएए  ठोकिदैमा टुङिने सस्तो प्रेम थियो र ? मेरो अन्तर हिर्दयको अबिछिन्न प्रेमिक स्वर हरु म यहाँ तिम्रो स्पष्ट पारदर्शी प्रेम को श्रदापुर्बक सम्मान अनि आत्मीय कामनागर्दछु । तिम्रो हरेक मुस्कान हरुमा मिठास मिसिएको पाउँथे हरेक शब्दको लस्कर मा छुट्टाछुट्टै मिठासको अतृप्ति भाब हरु लाभान्तृत भएर संगालिरहेको हुन्थे ए प्राण ती तिम्रा दुबै आँखाको आयतन मा म चुर्लुम्म डुबेको पाउँथे म प्रतिको अगाढ स्नेह र बिश्वासको दरिलो मुग्दता पढने बानी नै पारेको थियो । 

सायद अज्ञात नजर हरु बजार का चोक गल्ली हरुमा तिम्ले थोरै लजाय झै गर्दा तिम्रो नितम्ब हरुमा ठिकिएला झै गरि लक्ष्य साँधिरहेका हुन्थे । मेरो फकृदैको जवानी लाई चुडने प्रयत्न गर्दै थिए ती योबन चुडने प्रयत्नहरु अचुक इन्द्रेणी बनेर मेरो योबनको आकर्षण मा आएर अनुबाद हुन्थे उमेरले सोह्र छुदैको तिमी  मा जबानिको उन्मत्त्ता र शरिरिक कशिलो पनाले एक्काईस नाघेको जस्तो गरि बिकशित भएको थियो । तिम्रा उठेका नितम्ब हरुमा धाराबाहिक रुपमा तेर्सिने ती जोडि आँखाहरुले तेस्को सग्लो प्रमाण मलाई दैनिक दिईरहेका हुन्थे । म नहुनुको अस्तित्व बोध गराई रहेको हुन्थे । तिनै सामाजिक सिमा हरुमा म खुम्चिदै यी कु दृष्टि बाट तिमिलाई कसरी सुरक्षीत राख्ने भन्ने मानशिक चिन्तन ले मलाई दैनिक गिजोली रह्ह्यो । आफ्नै जवानी अब तिमिलाई जोगाउन गर्‍हो भयो अफ्नो जवानी घाँडो भयो बर्थ्य लाग्यो । सायद म मा पलायन बादी प्राकृति ले जरा गाड्ने स्थान खोज्दै थियो । रुप सौन्दर्य भनेको त क्षेणिक आकर्षण न हो भन्ने कुरा किन बुझेर पनि भुल्छ मान्छे ले अफ्नो बिचार र चिन्तन लाई अझै फराकिलो बनाउने चेस्टा गर्दैन मान्छेले आफू स्वचालित हेनौ भन्ने बास्तबिकता किन भुल्छ मान्छेले के शरिरिक आकर्षण तेस्को उच्चतम प्रयोग बिपरित लिङ्ग प्रती गरिने एउटा काउकुती मात्रै सबैले खोजेको प्रेम को रुप होला त ? 

म भित्र अनेक प्रकारका प्रशन को शृङ्खलाबद्ध उतारचढाव आईरहे कहिले औढाह कहिले मौनता ती हरेक आमन्त्रण नै तिम्रो निम्ति मान्छेहरुका फरक फरक अनि विशिष्ट हेराई तिम्रो  संसार बदल्न मुख्य सिडिको रूपमा बिकशित हुँदै गए सायद । मेरो नितान्त नौलो संसार बदल्न प्रयाप्त नै थियो होला म आज आफैमा लज्जित छु प्राण । मेरो दृस्ठता लाई माफ गर म पनि सामाजिक बन्धनमा पालिएकोुत्र को धागो न थिएँ मेरो सम्पूर्ण अन्तर स्खलन हरु मा तिम्रो न्यानो ब्यग्रताको अठाहत अनुभव हुन्थ्यो तिम्रो परातन स्विकार्न खोज्ने मौन बिचार नै बास्तबिकता मा म भित्र को प्रेम भाब हो । मैले तिम्रो बैशको चोखो अन्तरा बुझेको थिएँ तिमी नै थियौ मेरो अन्तर आत्मा ले पुजेकी मेरो मानशिक पत्नी मैले तिम्रो आँखा पढेको समयमै बुझेको थिएँ कि तिमी नै थियौ मेरो आत्मा बाट लाभित अहंकार रहित चोखो प्रेमको अज्ञात प्रेमिका जस्को कल्पनामा मैले आधा जिन्दगी रित्याएको थिएँ जस्को हरेक सुस्केरामा म पल पल काउकुतिरहेँ न्यानो आलिङगन को आभिलाशामा आफुलाई संधै पाली रहेँ जस्को सामान्य कल्पनाले म भित्रका सम्पुर्ण योबन अनि बैशालु भाबको उत्घाटित गरि दियो त्यसै क्षेण तिम्लाई भनिनर प्राण ? 

त्यो मान्छे तिमेले पाउँदिनौ भनेर । मेरो दुर्भाग्य म तिम्रो नजरमा निकट हुन चाहन्थे संगै भुल्न चाहन्थे तिम्रो सानो घोचाई हरुमा घोचिन चाहन्थे तिम्रो सामान्य चलाई हरुमा संधै गिजोलिन चाहन्थे मेरो अबउन्नती दैब लाई स्विकारे रहेछ त्यसैले त म तिमी लाई संसार को कुनै पनि बहुमुल्य बस्तु संग साट्न तयार थिईन । त्यो समय  अझै मेरो प्रेम मलाई बुझिनौ ?  हो म तिमिलाई नकिनि नै आफ्नो बनाउने अभ्यास गर्दै थिएँ मलाई यत्रो मानशिक चिन्ता दिएर तिमी आफै स्वतन्त्र जिन्दगीमा मग्न छौ झन तिम्ले म हतास भएको भ्यु पाएर हो या कुनै रिशले तिम्रो दृष्टिमा निकट ल्याउन चाहाँदैन थियौ आखिर किन मै तिम्रो प्रेम मा पागल जस्तो भएँ के प्रेमी को आत्मा बाल्नु नै प्रेम प्राप्तिको उच्चतम शिखर चुम्नु हो र ? 
                                                                                                                                                                                           क्रमस

_महेन्द्र ओझा
 ((( नुवाकोट,फिकुरी ४ सातदोबाटो,नेपाल )))

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger