गजल गुन्जन Gazal Gunjan Date : 2068-04-27 रेडियो स्काई ८८.४ मेगाहर्ज
Source : Radio Sky
नमस्कार साथीहरु,
धेरै साथीहरुलो पछिल्लो १ महिनामा मलाई मेल गर्नुभयो र भन्नुहुन्छ तपाईको ब्लग अति मन पर्र्यो अझैं यस्तै साहित्यिक कार्यक्रमहरु लिएर आउनुपर्र्यो भन्ने अनुरोधर रह्रयो । तपाईहरुको मायाँले गर्दा आज फेरी विलकुल चिसापानी ब्लगमा नयाँ तर चर्चित कार्यक्रम गजल गुन्जन लिएका आएको छु ।
स्काई एफ एम ८८.४ बाट प्रसारण हुने साहित्यिक नेपाली गजल बिशेष कार्यक्रम गजल गुन्जन लिएर हाँजिर भएको छु । आसा छ तपाईहरुलाई मन पर्ने छ। आउनुस् हामी मिलेर सुनौं गजल संगम ।
( मुक्तक मधुरिमा ) Program : Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-04-32/16-08-2012
आज मिति 2069 भाद्र 07 गते तदनुसार 2012 Aug 23 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Pageजान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
२०६९-०५-०७ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-अविरल भण्डारी
संघारमा पुर्याई छाडेर आज अनायास कड्किन थाल्यौ
जिबनको यात्रा लामो थियो प्रिय बिचैमा तिमि भड्किन थाल्यौ
आसुले डुब
ी सकेछु म त रुनु नै रैछ कर्म मा मेरो
खुसि ले जिउने रहर थियो मलाइ हासोमा तिमि अड्किन थाल्यौ
कुमरोज ३ गबई
02-मोहन बिहानी काफ्ले ** मुक्तक **
आजकल म कतै दुरमा छु,
केहि नयाँ गर्ने सुरमा छु।
हिंडेको काठमाडौं पुग्न भनेर
चक्का जाम ले चितवन भरतपुरमा छु ।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
03-Ram Sharan Shrestha
जन-अधिकारहरु.... कटौती हुँदैछन् ।।
सरकार तानाशाही एकलौटी हुँदैछन् ।।
हिजो निलम्बित भै सकेकाहरु उहि
भ्रष्टचारीहरु फेरी थमौती हुँदैछन् ।।
चिसापानी गाविस बडा नं. ६,
रामेछाप
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपाल बाट सुन्न र डाउनलोड गर्न सकिन्छ । http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
04-Amrit Shrestha
आज भोली मलाई रहर छैन
किनकी मान्छेहरुको भर छैन
बिश्वासको उत्तर घात ले दिन्छन यहाँ
त्यसैले दाँया बाय नजर छैन
( Amrit shrestha pokhara 12 kaski)
05-Sunil Neupane Marling सुनिल न्यौपाने 'मार्लिङ'
पैसासँग न्याय पनि डराएको देखे।
भित्र भित्रै मुद्धाहरु हराएको देखे।।
हजारैको पङ्तीमा छु आशको दियो सँगै
मेरो मान्छे भन्दै काम गराएको देखें।॥
-जुनियाँ दुई गुल्मी, हाल : मुम्बइ
06-Dyes Love डियस किनार
बर्दिया, नेपाल
आऊन त आयौ तिमी, पहर बितेपछि।
हास्नु खै के खोलि दिल, रहर बितेपछि॥
बेबारिसे मनहरु, मौन हुदा मित्र।
छ के भन्नु आफन्त नै, शहर बितेपछि॥
07-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
आज फेरी निष्ठुरीको यादमा रुन मन लग्यो
उनले छाडी गएनी प्रतिबिम्ब छुन मन लाग्यो
किन बल्झिन्छ ती पुराना घाउ हरु आज पनी
फेरी एकपल्ट मेरा नयनहरु धुन मन लाग्यो
08-Indraman Aatma
जीबन भरी मेरो भर पर्ने को छ त्यो हूलमा
मेरो लागी सजिलै मर्ने को छ त्यो हूलमा
बिस नाघे सके उमेरले इन्द्रमान आत्मा
यही मंसीरमा बेहे गर्ने को छ त्यो हूलमा !!
hetauda nepal hal-doha qatar
09-श्रीकान्त बराल कहेराज़
आज देशको पिडा देख्दा रुन मन लाग्छ
बिरक्तिदै धर्तिको माटो छुन मन लाग्छ
नेताले सधै भरि तमासा मच्चाउदा
आसुले आफ्नै गाला धुन मन लाग्छ
कृष्ण मन्दिर चोक
10-अर्जेल मायाको शागर अर्जेल
यदी तिमी भन्छौ भने जेपनी गरीदिन्छु!
एक चिम्टी शिन्दुर ले तिम्रो शिउँदो भरीदिन्छु
तर धोका दिने कुरा चाँही नगर है शानु!!
यदी तिम्ले छोडयौ भने तिम्रै नाउँ मा मरीदिन्छु
11-Rajdeep Nath
तिम्रो सिउँदो मेरो जीबन,सगै हिड्ने बाटो हुन्छ
नबुझेमा कुरो फेरि,मनै भित्र फाटो हुन्छ।
त्यसैले त एक अर्कालाई,बुझ्नै राम्रो भन्छु
नत्र फेरि मनै बन्द,हुने माया लाटो हुन्छ॥
-राजेश नाथ
धनपा13चन्द्रटोल धनगढी कैलाली
12-Ashish Danai मुक्तक - आिशष दनाई
मलाई अाफ्नै ठानी जान्छेउ भने लान्छु
बा आमाका कुरा सबै मान्छेउ भने लान्छु
हुर्काउनुभो बढाउनुभो पढाउनुभो बा आमाले
मेरा बा आमालाई आफ्नै ठान्छेउ भने लान्छु
Ashish danai,
Gaunshahar-2, danaigaun, lamjung
Now@kathmandu
Listen and download all episodes of muktak madhurima@ www.ashishdanai.com.np
Thank you...
13-बिकाश न्यौपाने●
रेगिस्तान को यात्रा गर्ने कहिले सम्म हो थाहा छैन!
आशु को यो मुहान झर्ने कहिले सम्म हो थाहा छैन!!
थुक्क जिन्दगी !पैसा सँग साटनु पर्ने रैछ पसिना,
यो पराइ देश मा छर्ने कहिले सम्म हो थाहा छैन!!
-● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ.... https://www.facebook.com/piratikodori
14-Lg Kanchha
अँशुधारा बगाई आँखा धुनु हुन्ऩ कहिल्यै !
निष्ठुरीको यादमा तस्बिर छुनु हुन्ऩ कहिल्यै !!
सपना टुट्छ सँसार यहाँ बर्तमानमा रमौ.......
भविष्यलाई सोची खुशी तुन्ऩु हुन्ऩ कहिल्यै !!!
♥♥ एल.जी.कान्छा ♥♥
(पर्सा, चितवन)
15-तिलक निष्कर्ष
कहिले काही भेट्दै मलाइ जलायर नजाउ तिमि
झारा टार्ने कुरा गर्दै छलायर नजाउ तिमि
कि त वारि तार कि त पारि एक्लै छोड
यो ज्यान लाइ यति सारो गलायर नजाउ तिमि
रत्ननगर ७
16-निस्चल प्रेमी कान्छा
खोटि रैछु आज ऊसकै सरापमा परेकोछु
बाच्छु र्मछु थाहा छैन धरापमा पराकोछु
समाज सामु सिर निहुराई हिड्नु पर्दा खेरी
चिन्न छाडे आफन्तले खराबमा परेकोछु
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत
17-Abhagi Mukesh
समयको ब्यस्तताका कारण केही समय अनुपस्थिति रहे आज फेरी आएको छु ।
आशा छ मुक्तक बाचन गरिदिनु हुनेछ ।"मुक्तक"
अब टन्न मदिरा, पिउँछु एक्लै एक्लै॥
दुःखी मेरो जिन्दगी, जिउँछु एक्लै एक्लै॥
आज भोली कसैको, सम्झनाले सताई॥
मन मुटु फाटेको, सिउँछु एक्लै एक्लै॥
"अभागी"मुकेश रेउले
बलिया 8 आदर्श नगर कैलाली
हालः मुम्बई
18-Saroj Dhital
मात्र तिम्रो, इसारामा, चल्दै चल्दै, आएको छु॥
सँधै जसो, आजभोली, जल्दै जल्दै, आएको छु॥
रङ्ग नयाँ, ढङ्गनयाँ, चित्रहरु, नयाँ नयाँ,,
रुझेका ति, चित्रजस्तै, गल्दै गल्दै, आएको छु॥
डाँछी 3 काठमाडौ
19-Bikalpa Babu
नाफा घाटा नसोध तिमी व्यापार होइन प्रेम
मिलनमा मात्र बाच्छुँ भन्ने आधार होइन प्रेम
सोध बुझ पढ हजार प्रेमका कहानीहरु
आफ्नै अस्तित्व छन तर बिचार होइन प्रेम
बिकल्प बाबु
गितानगर चितवन
20-A.p. Suman
सज्जनलाई गुणगानले बिगार्यो
मलाई तिम्रै मुस्कानले बिगार्यो
फूलमा झैँ रंग उनमा दिएर
यो सृस्टीलाई भगवानले बिगार्यो
- "ए .पी " सुमन
कोइलापानी , नवलपरासी
21-Surya Chemjong
थाहै नपाई दुई वटा मुटु एक भए......
जब दुई -दुई आँखा देखादेख भए .....
चट्टानले बोल्न थाले,काँडाहरू फुल्न..
तिमी आए पछि साँच्चै!यी अनेक भए
22-Artimus Siru
तिम्रो सम्झनाले एका बिहानै रुवाई दियो !
बितेका ती यादहरुमा मन त्यसै डुबाई दियो !!
झस्किएर हेरिरहें छौ कि यतैकतै तिमी भनि !
बाल्यकाल का स्मृतिले आज फेरी बिझाई दियो !!
सुमित्रा अधिकारी (धिताल )
गोरखा
23-Nabodit Nabaraj -नबराज नबोदित
तिम्ले माया गर्यौ र त बाँच्न सजिलो भो ।
संगै खोली तर्यौ र त बाँच्न सजिलो भो ।
स्वर्गका ति परीभन्दा के कम छ्यौ र प्रिया ?
धर्तीमाथि झर्यौ र त बाँच्न सजिलो भो ।
-Leguwa,Dhankuta
currently from-Doha,कतार
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
कार्यक्रम : स्पर्श (SPARSA)
श्रीङ्खला मिति स : (2069-05-05/21-08-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४
गजल प्रेमी साथीहरु नमस्कार ।
सदाझै आज मिति 2069 भाद्र 05 तदनुसार 21 August 2012 मा पनि रेडियो तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५ देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa With Ashok Gautam मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद ।
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 156
(22-Aug-2012/ 2069-05-06)
FB : Facebook Page (आज गजल तपाईहरुकै गजलहरु , रात्रिगन्थन र सुमधुर सांगितिक गजल बिशेष प्रस्तुति रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 भाद्र महिनाको 06 गते बुधवार तदनुसार 22-08-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE - 156, 22th Aug- 2012) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
आज मिति 2069-05-06 तदनुसार 22-08-2012 मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobarwall मा।
मेरो परम असल मित्र गजलकार गौरब श्रेष्ठ मनकुराका केहि गजलहरु र कविताहरु उहाँकै आवाजमा तपाईहरुलाई आज लिएर आएको छु । कस्तो लाग्यिो सुनेर प्रतिक्रृया दिनुहोला । Listen
आज मिति २०६९ भाद्र 04 तदनुसार 20th August 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 40 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन ।
आज मिति 2069 साल भाद्र महिनाको 05 गते तदनुसार 21st Aug 2012, Tuesday मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 40 औ श्रीङ्खला र यो साँझ यो सुबास दोस्रो गजल प्रतियोगिताको नतिजासाथ लिएर लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा उपस्थित भएका छौं । । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् ।
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ।
यो साँझ यो सुबास दोस्रो गजल प्रतियोगिता मा प्रथम, दोस्रो र तेस्रो हुने साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहानछु ।
कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु LISTEN AND DOWNLOAD
आजसम्म प्रसारण भएका पुराना श्रीङ्खलाहरु सुन्नुहोस् ।
यो साँझ यो सुबासको दोस्रो गजल प्रतियोगिता (जुन श्रीङ्खला २६ देखि ३८ सम्म प्रसारण भएका गजलहरुमा उत्कृष्ट २० गजल विच भएको प्रतिस्प्रधा) को नतिजा यस प्रकार रहेका छ ।
Krishna K Shrestha Kals
यो प्रतियोगितामा गजलकार कृष्ण के श्रेष्ठ काल्स जि प्रतियोगितामा विजयी हुनुभएको छ । उहाँलाई चिसापानी नेपाल ब्लग धेरै धेरै बधाई ज्ञापन गर्दछ ।।
चिसापानी नेपाल ब्लगमा पाल्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।