मिति (11-09-2013/2070-05-25)
नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र 25 गते तदनुसार 11-Sep-2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 17 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download
Download :
Click Here to Download Episode 17
यो श्रृंखलामा बाचन भएको मेरो गजल
मोतीराम भट्ट बाजेको सम्झनामास्
..........................
बम बोकेका विचारहरु बुद्ध बन्नुपर्छ ।
खुन माग्ने हतियारहरु बुद्ध बन्नुपर्छ ।
आँखाहरू शान्ति खोज्दै छट्पटाइरहेकाछन्
अब अउने सरकारहरु बुद्ध बन्नुपर्छ ।
राजनीतिका क्रान्तिकारी नाराहरु सबैसबै
घोषण साथै प्रचारहरु बुद्ध बन्नुपर्छ ।
सधैसधैं गन्तब्य त्यै, कुर्चि भन्दा माथी उठी
राजनीतिका आधारहरु बुद्ध बन्नुपर्छ ।
बन्द आँखा खोल्नुपर्छ, शान्ति मन्त्र बोल्नुपर्छ
जम्मै आत्मा प्यारहरु, बुद्ध बन्नुपर्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।