Home » » Muktak Madhurima- 2069-02-11 - Download

Muktak Madhurima- 2069-02-11 - Download

NepaliTalim | 9:37:00 AM | 0 comments
Muktak Madhurima Episode of 24-05-2012 (2069-02-11) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 11 गते तदनुसार 2012 May 24 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download-24-05-2012


Thank you,
Chisapani Nepal

 Note
यस भागमा बाचन भएका मुक्तकहरु  :
आज अर्थात २०६९-०२-११ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............



01-Ram Sharan Shrestha
#मुक्तक
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।
गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
-राम शरण श्रेष्ठ,चिसापानी ६, रामेछाप ।
नोट :
मुक्तक मधुरिमामा प्रशारण भएका सम्पूर्ण भागहरु सुन्न र डाउनलोड गर्न मा http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima जानुहोला ।

02-Saroj Dhital
कहिले काँही, सम्झनामा, पर्दा मुटु दुख्छ..
जिवन जिउने, आशाहरु,मर्दा मुटु दुख्छ..
छिया छिया, भा को मुटु, रेटिदै छ किन आज??
सम्झनामा, तिम्रो याद, गर्दा मुटु दुख्छ..

03-कपिल भण्डारी 'अबिरल'
एक 'मुक्तक'
जिन्दगी घुमाऊरो पारा संगै रमाय।
अबिरल आँशु का धारा संगै रमाय।
अतित लाई सम्झी एक्लो भई बस्दा,
आकासका जुन तारा संगै रमाय॥
-कपिल भण्डारी 'अबिरल'
शु.प. ढकारी 6 रिमा अछाम
हाल-माहाराष्ट्र पुना!

04-Ashish Danai
आज राती सपनिमा उनिलाई देखे
गफ गरि उनिसँग मनका कुरा मेटे
अहेले मेरो आँखाभरी आसुँ आउदैछ
बिपनीमा उनिलाई आर्कै सँग भेटे
-अशिष दनाई
गाउँशहर-२ दनाईगाउँ, लमजुङ
www.danaicreation.blogspot.com

05-Abhagi Mukesh "एक मुक्तक"
दुई आत्माको सम्वाद, खोजि रहेछु॥
मिलनको अपवाद, रोजी रहेछु॥
न रहने विस्वास, न त तिनै मान्छे॥
प्राण घातक बिवाद, सोची रहेछु॥
-'अभागी'मुकेश रेउले बलिया 8 लम्कि कैलाली हाल-मुम्बई
(थोरै परिमार्जन गरियको छ है)

06-ß-kash Neupane
सिउदो अंतै रंगायपछि आउन सकेनौ ठिकै गर्यौ !
रिदय को बाटो बंगायपछि आउन सकेनौ ठिकै गर्यौ !
म संग भाको सबै उठायौ तन मन अनि अरु अरु
संपुर्ण रुप मा नंगायपछि आउन सकेनौ ठिकै गर्यौ !!
-बिकाश न्यौपाने,बारा,हाल uae

07-Janak Sedhai
दुइ मुटु एकै ठाउँ, जुटेपछि गजल लेखे!
जुटेको त्यो एक मुटु, फुटेपछि गजल लेखे!!
उता उनि पराइ संग, सुहाग रातमा रमाउदा!
यता घाइते मनले लाभा ,भुटेपछी गजल लेखे !!
-जनक सेढाई,भण्डारा-१ चितवन
हाल uk बाट

08-Hari Aryal Anupam
विश्वाश तिम्रो,गरे म अति!
सँका मात्र पो,गर्छ्यौ र कति?
नबूझे बूझ ,मौका छ अझै,
म हुन्छू रथ,तिमि सारथि।
-हरि अनुपम अर्याल,ग्वालिचौर बाग्लुङ

09-Deepak Kafle
पाकेको फर्शीमै पोषण छैन
मस्त जवानीमै ईमोसन छैन
के भन्न सक्छौ,कुन् ठाँउ छ तेस्तो?
जहाँ अत्यचार र शोषण छैन
-सुरुंङा २,झापा

10-Mar Ling
निभेको अग्नी फेरी बल्न थाल्यो ।
छुटेको कहानी फेरी चल्न थाल्यो ।।
बाध्यताले नै प्रिय छोडेकी थियौ
चर्केको ह्रिदय फेरी जल्न थाल्यो ।।।
सुनिल न्यौपाने मार्लिङ,जुनियाँ दुई गुल्मी
हाल :- मुम्बाई

11-Bishnu Prasad Adhikari
साल नयाँ आएपनि हाल उस्तै छ
आन्दोलन, बन्द र हड्ताल उस्तै छ
प्रगतीमा यो देशले गति लिने कहिले होला
कछुवा झैँ आजपनि चाल उस्तै छ ।
-बिष्णु प्रसाद अधिकारी
पदमपोखरी-४, मकवानपूर
हाल: काठमाण्डौ

12-Rohit Rana
झरिराछ अश्रुधारा म हाँसु कसरी
तिम्रै निम्ति यौवन यो साँचु कसरी
पर्खिएर बसेकोछू फर्की आऊंछौ भनी
तिम्रै वियोगमा पागालभई बाँचू कसरी
-बुटवल,रुपन्देही,हाल-काबुल अफ्घनिस्तान

13-Pushkar Sharma
तिमि जस्तै दुख्ने मन मेरो पनि छ,
ई आखामा आफ्नोपन मेरो पनि छ,
नबोलाउ ल मलाई निस्ठुरी भनेर,
मुटु भित्र धड्कन मेरो पनि छ......
-न्यु दिल्ली इंडिया

14-Raag Gazmer Raz
वचनवाण तिम्रो रोकिन्न पाइला मेरो
काँडेबार बाटैभरि छेकिन्न पाइला मेरो
भुक्ने कुकुरलाई ढुङ्गा हान्न भनि
गन्तव्य प्रेमी म मोडिन्न पाइला मेरो

15-Sa-mixchya Adh
म कसरी आऊँ सानु देश बिरामी छ !
रहर बोकी छाऊँ सानु देश बिरामी छ !!
चक्का जाम र नेपाल बन्द दिनानुदिन क्यारी
तिमलाई भेट्न धाऊँ सानु देश बिरामी छ !!
-समीक्षा अधिकारी (सौराहा)

16-नेपाली विनोद अधिकारी
भुलेर नि पराई घुम्टो नओड्नु है सानु
सिउदो त्यो पराई हातले नभोरनु है सानु॥
हिड्दा हिड्दै यात्रा कतै दु:ख तिर स~यो भने
पाइला अन्तै जीन्दगीको नमोड्नु है सानु॥
-विनोद अधिकारी-बछौली 6 चितवन

17-दिर्गराज गिरी 'प्रियसी'
आज पनी दिनको पर्दा खस्ने बेला भयो।
आईनन ऊनी गोधुलीमा बस्ने बेला भयो॥
तिमी आउने मुलबाटो पर्खी बसेको छु,
छिट्टै आऊ है अंगालोमा कस्ने बेला भयो॥
-दिर्गराज गिरी "प्रियसी"
साहित्य कुञ्ज, लम्कि कैलाली॥

18-Guru Dahal
चाहियो भने माया मायाको सँगालो छ फुच्चे सँग
तिमिलाइ राख्न सक्च्यम न्यानो अँगालो छ फुच्चे सँग
मन दुखाउने , धोका दिने जाली हरू होसियार
तिम्रो नामलाई पुर्न सक्ने भङालो छ फुच्चे सँग
guru dahal
jalandhar,india

19-Krishna Paudyal
तिम्रै यादमा धुरु धुरु रोएको छु आमा।
पानी हैन आँशुले मुख धोएको छु आमा॥
भाग्यनै खोटो रैछ छुन पाईन तिम्रा पाँउ।
तस्विरमा निधारले छोएको छु आमा॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी

20-लोक बहादुर पोख्रेल
बगेको नदी कहिल्यै पनी फर्किदैन।
मिठो र बोली वचन भए मान्छे झर्किदैन॥
माया प्यार सबैले गर्छन होला नी॥
आफु सँग मिल्ने मित्र छोडी मर्किदैन॥
लोक बहादुर पोख्रेल बेनिमणिपुर ७ सर्दी
हाल मुम्बई बाट

21-Jyoti Khatiwada Anischit
स्म्रितीका पलहरु आज पनि,ताजा छदै छ
मनमन्दिरका देवता र आश्थापनि,साझा छदै छ
समयको चक्रव्युहले तन,टाढा भए पनि
मनमा माया आज पनि,गाढा छदै छ ।
-अनिश्चित
समर्पण ~ स्म्रिती ।

22-मोहन बिहानी मुक्तक
उधारोको दैनिकीमा जीवन जिउनुको के अर्थ,
नयाँ बोतलमा पुरानो रक्सी पिउनुको के अर्थ?
बच्चा जन्मने तारिख सर्दैछ क्रमश भोली पर्सि गर्दै
अहिले नै रङ्गी चङ्गी भोटो सिउनुको के अर्थ?
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/

23-श्रीकान्त बराल कहेराज
मुलाको चाना जस्तो सुकेको छ मेरो देश
नाजिस्काउ पारी बसी दुखेको छ मेरो देश
सगरमाथा छानो भनि गर्ब गर्थियौ हामि ,
तर आज बन्दै बन्द मा, लुकेको छ मेरो देश....
श्रीकान्त बराल कहेराज , कृष्णमन्दिर चोक

24-Tilak Nishkarsha
जिबन साथि मलाइ नै रोज भनि भन्दिन म
अरुलाई नै सहयात्री , खोज भनि भन्दिन म
सके साथ् देउ , नसके साथ् नदेउ तिमि ,
सबलाई बिर्सी मलाइ नै सोच भनि भन्दिन म ...
तिलक निस्कर्ष , रत्ननगर ७

25-Nabodit Nabaraj
तिमी नै हौ मेरो मनको बह देख्ने यौटा मान्छे |
आँखा भित्र बेदनाका दह देख्ने यौटा मान्छे |
भन्ने ले त भने कति अलक्षिणा रैछ भनी
तिमि नै हौ मेरो हातमा सह देख्ने यौटा मान्छे |
नबराज नबोदित ,लेगुवा धनकुटा
हाल -दोहा कतार

26-Preety Sharma
मनले रोजिसक्दा पनि,मुखले भन्न डराए किन ..!
देउता सम्झी मन मन्दिरमा,तिम्लाई नै बास गराए किन ..!
संयोग नै हो कि शायद,तिम्रो मेरो भेट कुन्नि..!
संसार सारा भुलेर आखिर,तिम्रै यादमा हराए किन ..!
सुजिता पौडेल''प्रीति''चैनपुर ज्यामिरे चितवन.study at shaheed smiriti multiple clz

27-Sudarshan Pandey..
==========================
साझतिर भेट्ने गर्थेउ तर अचेल भेट्न छोड्यौ
जीवन साथी बन्छु भन्थेउ तर अचेल बाटो मोड्यौ।
देउरालीमा कसम खाई सारेको त्यो प्रेमको फुल
मलजल गर्थेउ पहिले तर अचेल आँफै फोड्यौ ।।
सुदर्शन पाण्डे,चिती, लमजुङ,हाल-काठमान्डौ
==========================

28-Surya Chemjong मुक्तक
यो पहाड मेरो त्यो हिमाल मेरो
यो टोपी र दौरा सुरुवाल मेरो
मिलेर फुल्ने ति चमेली गुराँस
अखण्ड सुन्दर यो नेपाल मेरो


29-पवित्र चित्र सोल्टि गुरुङ्ग
मुक्तक
किनकिन हिजोआज तिमीलाई भिन्न पाए
यस्तो माया कस्ले लाउथे बेलैमाथि चिन्न पाए
मेरै माया हौ भनेर आए मत तिम्रै सामु
खुशी हैन म आकोमा तिमीलाई खिन्न पाए

30-अविरल भण्डारी
सुन्दर देश हाम्रो घुसपेस, खानीले बिगार्यो
नेताहरुको भ्रस्टाचार गर्ने , बानीले बिगार्यो
कसको बिश्वास गर्ने अब नया नेपाल बनाउनलाई
युवालाई दुइ नम्बरी, नानीले बिगार्यो .......
अविरल भण्डारी ,कुमरोज ३ गबै

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger