Home » » गजल-सुन्दानि मख्ख पर्छु..... (नेपाली गजल फेसबुक विशेष गजल)

गजल-सुन्दानि मख्ख पर्छु..... (नेपाली गजल फेसबुक विशेष गजल)

Ram | 11:34:00 AM | 0 comments
म रामशरण श्रेष्ठ, नेपाली गजल फेसबुकको एक ADMIN एडमिन । नेपाली गजल फेसबुकको लागि तयार गरेको यो गजल करिब एक वर्ष अगाडि नेपाली गजल फेसबुुकमा मेरो नाम नदिई नेपाली गजलकै नाममा पोष्ट गरेको थिएँ जसलाई धेरै साथीहरुले मनपराईदिनुभएको थियो आज आधिकारीक रुपमा आफ्नो नाममै पोष्ट गर्दैछु।तपाईहरुलाई कस्तो लाग्यो कमेट्को प्रतिक्षामा छु ।


गजल
सुन्दानि मख्ख पर्छु, गजल नाउँ साथीहरु ।।
एकजुट भई उत्थानमा, सँगै जाउँ साथीहरु ।।

भावनाको हाम्रो मिलन, सदावाहार हुनुपर्छ
कसम खान्छु नछुटिने, मित लाउँ साथीहरु ।।

पोखि हिड्छु गजलबाटै, सुःख दुःख  जिन्दगीको
निकोपर्नुस् गजलबाटै, मनको घाउ साथीहरु ।।

यौटा बस्ति बसाउनुछ, साहित्यको संसारमा
आउनुस् स्वागत गर्छु, मेरो गाउँ साथीहरु ।।

छुट्ने छैन टुट्ने छैन, मित्रताको नाता हाम्रो
राखेको छु मुटु भित्र, छुट्टै ठाउँ साथीहरु ।।

खोजी गर्दै आएँ हजुर, सच्चा साथीहरु भेट्न
सानो ठाउँ मागेकोछु , स्थान पाउँ साथीहरु ।।

साहित्यको छहारिमा, हातेमालो गर्दै हामी
सिर्जनाको फूलबारी, मिली साजाउँ साथीहरु ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Note:
नेपाली गजल फेसबुकमा जानको लागि
https://www.facebook.com/hamronepaligazal
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger