Home » » Muktak Madhurima- 2069-01-28 - Download

Muktak Madhurima- 2069-01-28 - Download

NepaliTalim | 8:57:00 AM | 0 comments
Muktak Madhurima Episode of 10-05-2012 (2069-01-28) Thrusday :

Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 बैशाख 28 गते तदनुसार 2012 May 10 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Thank you,
Chisapani Nepal

 Note
यस भागमा बाचन भएका मुक्तकहरु  
आज अर्थात २०६९-०१-२८ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Hari Aryal Anupam
पर्ख आउछ तिम्लाइ मेरो,अभाव आभाष हूने दिन्
हामि दुइको तस्विर लुक्दै, पश्चातापमा छूने दिन्

तिथी मिति तोक्दिन म,उस्ले लत्याउदा तिम्लाइ,
नछोएको सम्झि मैले,हूक्क हुक्क रुने दिन्,
-हरि अर्याल अनुपम
ग्वालिचौर,बाग्लुङ

02-Raag Gazmer Raz 
तिम्रो यादमा गीत गजल नकोरेको धेरै भो
झरी पर्दा तिम्रा आँचल नओढेको धेरै भो
विश्वास गर पिरतीमा भेट कसो नहोला
तिम्ले पनि कालो गाजल नपोतेको धेरै भो

03-दिर्गराज गिरी 'प्रियसी' 
अचेल सव बन्दा विन्दास हुन्छन॥
रत ब्यापार धन्दा विन्दास हुन्छन॥
म के भनेर पुल बनाऊ यहानेर,
दिन दहाडै चन्दा विन्दास हुन्छन॥
@दिर्गराज गिरी 'प्रियसी'
साहित्य कुञ्ज लम्कि कैलाली॥

04-प्रमोद ढकाल, (स्पन्दन)
पदमपुर ८ 
यौटी सानी कान्छी ले मन पराउछे रे भन्छन 
मनका कुरा भन्न लाइ डराउछे रे भन्छन
बाटो तीर कसैले कुरा काट्दा मेरो,
जाई लागी अरुलाई नै कराउछे रे भन्छन

05-पुष्कर शर्मा 
निकालेर टेबल माथि बिसायको मन ,
किताब संगै कक्टेल बनाई मिसायको मन .
आज भोली भारतमा CA नामको रोगी भाछ,
नेपाल छोडदा डॉक्टर संग रिसायको मन ..!!
पुष्कर शर्मा,
(न्यू दिल्ली इंडिया)

06-Ratan Bdr Bk 
यिँ आँशुमा पौडी खेलौँ, आउँनुस पोखरीमा...
गुमाएको मैले सबै,पाउँनुस पोखरीमा...
आँशु पनि मोती भन्छन्,अनमोल त्यो धन...
हजुर यस्तो रत्न पाउँन,धाउँनुस पोखरीमा...
-रतन ब.बि.क.,मनाउ-१ बर्दिया,हाल-अहमदाबाद

07-Tilakpd Adhikari 
ति घुम्तीमोड भेटिएला नभेटिएला,
म हिडेका डोब मेटिएला नमेटिएला,
समयको खेल अनि मानिसको मन न हो,
त्यहि धुन फेरीपनि रेटिएला नरेटिएला,
-तिलकप्रसाद अधिकारी चन्द्रगढी 9 झापा

08-मोहन बिहानी 
आज भोली भेटौ भनेर भाका सारेको किन तिमिले,
रमाउला तिम्रो मायामा भन्थे एक्लो पारेको किन तिमिले?
भेट्न आएँ म तिमिलाई तिम्रो मायाको सन्सारमा,
भागेर टाढा गएछौ कता हो कता,डेरा छाडेको किन तिमिले??? 
-मोहन बिहानी ,,भक्तिपुर -७ सर्लाही http://mohanbihani.blogspot.com/

09-Kumar Shrestha 
खै कहाँ छ यात्रा टुंगिने ठाउँ,
कहाँ मिल्छ यहाँ नदुख्ने घाऊ
भेट्नु र छुट्नु यो दैबको लिला
पिडा यो मनको कसलाई सुनाउ !!!!

10-Abhagi Mukesh 
आज उनले नि फेरी, ढाट्न थालेकी छन॥
पिठ्युपछी मेरैकुरा, काट्न थालेकी छन॥
अनुपम सौगातको, आभास नगरेरै॥
सबैलाई जुठोमाया, बाँट्न थालेकी छन॥
-'अभागी'मुकेश रेउले सुदुर-साहित्यकुञ्ज कैलाली हाल-मुम्बई

11-बिक्रम अर्पण मगर 
धन संग जिन्दगीका यौवन साटने हरु 
जुनै पल तैयार हुन्छन्,रात काटने हरु 
प्रवाशमा अझै यसको अचाक्ली छ साथी,
परिवार बिर्सी दिन्छन जोवन आट्ने हरु ..!!
#बिक्रम अर्पण 
पाँचथर Prangbung
now; Malaysi 

12-Narayan Kafle 
अरबको पानी किन तातो र नुनीलो लाग्छ , 
प्रियतमा रूदै होलीन उनकै आँशु झै लाग्छ , 
नुनीला आँशु पिएर यहाँ बस्नू भन्दा बेस , 
गाउँको ढिँडो र गुन्द्रुक नै अति प्यारो लाग्छ । 
नारायण काफ्ले , बिर्तामोड झापा नेपाल । हालः U.A.E.
(नारायण काफ्ले जी मुक्तक मिलेको छैन , यो भाबना को लागि धन्यबाद ,
आगामी दिनमा मुक्तक पठाउनु होला) 

13-गणेश ओली 
तिम्लाई चोट लागे थोरै रुन सक्छु म 
तिमीबाट टाढा कहाँ हुन सक्छु म 
बाध्यताले कैलेकाही तल माथि हुदा ,
तिम्रै त हु जुनी संगै जिउन सक्छु म 
#गणेश ओली 
लालपुर ,कैलाली ,now;मलेशिया 

14-ß-kash Neupane 
किन तिमि यति धेरै शंका गर्छौ !
अरु को कुरा मा किन भर पर्छौ !!
म नजिक हुन खोज्छु तिम्रो सधै
तिमि भागि भागि पर पर सर्छौ !!
-bara

15-सुनिल न्यौपाने "मार्लिङ" जुनिया दुई गुल्मी हाल : मुम्बई
स्वर्णीम संसार बनाउन चाहेको थिए ।
जिवनमा साथ दिने कसम खाएको थिए ।।
प्राण दिएर आफ्नै सोचेको
जाली प्रेम गर्ने पराइ सँग धाएको थिए ।।।

16-Binod Adhikari 
लेखे सँगै जीउने न हो नलेखे के गरौ।
हाम्रो माया दैवले नै नदेखे के गरौँ॥
थाहा छ मलाई गर्छेउ माया गर्छु मैले पनि।
जीन्दगीले यात्रा एउटै नभेटे के गरौँ॥
-विनोद अधिकारी,-बछौली 6 चितवन

17-Kapil Bhandari एक 'मुक्तक'
फुल रोप भमराको, रुप लिई आऊला।
पजा गर्न प्रियसीको, धुप लिई आऊल।
दिलको ढोका खोलीराख, मध्यरात्री अन्धेरीमा,
प्यारको नासौ, गुपचुप लिई आऊला॥
कपिल भण्डारी 'अबीरल',शुदुर पश्चीम
ढकारि 6 रिमा अछाम,हाल-माहाराष्ट्र पुना!
Mobil no- 9172525018

18-Bishnu Prasad Adhikari 
'सरस्वती' कि 'भगवती' देवी कुन पो हौ तिमी
या त मनमा ज्योति छर्ने मेरो 'जून' पो हौ तिमी
'सुर' हौ कि 'सङ्गीत' हौ 'सरगम' पो हौ कि कतै
या त हाम्रो पिरतिको मीठो 'धून' पो हौ तिमी
-बिष्णु प्रसाद अधिकारी
पदमपोखरी - ४ मकवानपूर,हाल: काठमाण्डौ

19-Bikalpa Babu 
तिम्रो यादले अलि अलि बगाउछु आँशु
दियो मनमा झल झली बगाउछु आँशु
कस्तो देखे सपनी तिम्रो सम्झनाले
सम्झी अचेल खल खली बगाउछु आँशु
bikalpa babu,gitanagar,chitwan
(मुक्तक नमिलेको ले थोरै परिमार्जन गरियको)

20-Mahendra Kc 
त्यो दिलको मझेरीमा फुल्न सकीन।
बितायका पल हरु भूल्न सकिन।
म! बियोग भित्र सधै भरि जल्दा पनि,
तिम्रो जस्तै हजार ठाउँमा डुल्न सकिन॥
-महेन्द्र के सी मंगलसेन 8 अछाम
हाल-मुम्बै

21-Kumar Shrestha मुक्तक:
न "भक्त" हुं म तिम्रो ,न "भगवान" बन्न सक्छु
न तिमीले मागेको बरदान् बन्न सक्छु !
म त सारथी बनेर साथ दिन सक्थेँ
अब पत्थर बनेर अपमान बन्न सक्छु !
kumar shrestha,kalimati ,Kathmandu
(मुक्तक नमिलेको ले थोरै परिमार्जन गरियको)

22-Krishna Paudyal 
सधै एक्लै एक्लै हुन्छु र त आँशु बग्छ।
बिगतको बेदना उन्छु र त आँशु बग्छ॥
समस्या के बताउनु समाधान हुने हैन।
चोट मनको भित्रै थुन्छु र त आँशु बग्छ॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी हाल मुम्बई बाट

23-भेषराज भण्डारी 
जिन्दगि ले हारे पछी तिमि संग आंय सानु 
पिरतीले मारे पछी तिमि संग आंय सानु 
मन मुटु सुम्पिदियें निस्ठुरी को हातमा .
मनै टुक्रा पारे पछी तिमि संग आंय सानु 
-भेषराज भण्डारी 
हाल - मुर्गिया रुपन्देही .

24-Rohit Rana एक"मुक्तक"
हेर मेची अनि महाकाली रुदैछ
वाग हेरचाहा गर्ने माली रुदैछ
देखेनौ र आशुं त्यों गह भरी?
डाँको छोड़ी सारा नेपाली रुदैछ
(रोहित मगर)
मरूभूमिको रेग्स्थानबाट

25-Bishalkumar Thapa
प्रेम गरी के गर्नु र,बिचैमा छोड्छौ भने ।
हाम्रो चोखो मायाँ लाई,सिसा झै तोड्छौ भने॥
जिबन नै तिम्रो लागि,सुम्पे सधै मैले यो ।
को भनि बाच्नु र,अर्के नाता जोड्छौ भने॥
-बिशाल कुमार थापा,घाचोक 08 मितेरी टोल
पोखरा कास्की

26-Surya Chemjong 
यो तातो बिरानो ठाममा बेचिदैछौँ हामी
छ सात सय दिराममा बेचिदैछौँ हामी
गरिब छौँ बाध्यता हो अचेल जताततै
सुन भएर फलाममा बेचिदैछौँ हामी

27-Suraj Bhandari 
उज्यालोमा दियो बल्नुको के अर्थ।
बिना परिश्रम सरिर गल्नुको के अर्थ॥
रुची नै यदी छैन भने आफुमा जस्को।
बाध्यतामा पाईला चल्नुको के अर्थ॥
-सुरज भन्डारी प्रगती बजार चार ताराताल बर्दिया हाल मुम्बई बाट

28-Samiksha Adhikari 
हिमाली भेग चल्दा बतास पाखा प्यारो लाग्छ !
बनैभरी डाफें,मुनाल छाका प्यारो लाग्छ !!
बाध्यताले जाँ पुराओस माटो मै छ मुटु...,
आउँछु फर्की आमा तिम्रो काखा प्यारो लाग्छ !!
-समीक्षा अधिकारी (सौराहा)

29-सोम थापा 
सिर जस्तो पाउ कसै पनि हुन्न ,
सहर जस्तो गाउ कसै पनि हुन्न ,
माया त बराबर हुन्छ भन्छन तरपनि ...
आमा जस्तो बाउ कसै पनि हुन्न ,,
-सोम थापा ,ढोरफिर्दी ८ बंग्रंग ,तनहुँ 

30-Dasuram Paudel 
मलाइ देख्दा परैबाट फर्की हीन्छौ कीन?
भेट हुन्छकी भन्ने डरमा तर्की हीन्छौ कीन?
गल्ती केहि भाको भए बताकोभा हुन्यो!
मीठा कुरा गर्ने मान्छे झर्की हीन्छौ कीन?
मलाइ देख्दा परैबाट....??
chandigardh india


31-Ram Sharan Shrestha 
कालको घाँटि समाउन सके पो मान्छु म ।।
मृत्युको मिति थमाउन सके पो मान्छु म ।।
रोएरै वित्छ आधा उमेर यहाँ मान्छेको
सधै खुसि भै रमाउन सके पो मान्छु म ।।
राम शरण श्रेष्ठ,चिसापानी ६, रामेछाप

32-Abdul Karim 
देशको निम्ति रगतको टिका लाउनेहरु,
आफ़्नो माटो रक्षा गर्ने गीत गाउनेहरु।
आँखा खोल उज्यलोभो तिम्ले साथ देऊ
अड्किराछन्‌ उन्नतीमा अघि धाउनेहरु।

33-Ashish Danai 
तिमीलाई भुल्न सक्दिन म धेरै माया गर्छु
यदी तिमीलाई पाईन भने सेरियर मर्छु 
माया गर्छु तिमीलाई म तिमी पनि माया गर
ठाउँ देउ तिम्रो दिलमा त्यतै बास सर्छु। 
अशिष दनाई 
गाउँशहर-२ दनाईगाउँ, लमजुङ

34-अर्जुन सापकोटा 
अखण्ड यो देश फुटाउने होसियार ,
आफ्ना लाई आफ्नै ले लुटाउने होसियार ,
खल्लो राजनीति गर्छु भन्दै नहिड,
भाई चारा को सम्बन्ध टुटाउने होसियार .
अर्जुन सापकोटा ,पर्बत खानीगाउ 6

35-Laxmi Neupane
जाली रैछ उसको माया तिर्खा मेट्ने ताल रैछ 
साढे सातको दशा लाग्यो दुस्ठ यहि साल रैछ 
जो जो आय मोडहरुमा आशा देखाई पाखा लागे
आयो एउटा अर्ध जस्तो,बुद्धि अनिकाल रैछ 
-लक्ष्मी न्यौपाने ,पिठुवा २ ,कुँबर टोल

36-Abiral Bhandari
बोत्तलको कुरा नगर अब यहा, गिलासकै पिउन गारो भो 
खुसीको कुरा नसुनाउ तिमि मलाइ, रोयरै जिउन गारो भो 
धोकेबाज यो संसारमा भो नज़र लगाउदीन ,
दुइ चार वटी नदेखाउ मलाइ ,एउटी त लिउन गारो भो 
अविरल भण्डारी ,कुमरोज ३ गबै 

37-श्रीकान्त बराल 
देशलाई सिनो बनाइ लुछ्ने हरु होसियार 
आफ्नै चेली बेटीको सिउदो पुछ्ने हरु होसियार
आफ्नै देशका भाइ भाइ हरुको को बिचमा पनि , 
द्धन्द चर्काइ रगतको टिका मुछ्ने हरु होसियार
-श्रीकान्त बराल ,कृष्ण मन्दिर टिकौली

38-तिलक निस्कर्ष 
जल्यो मुटु पटक पटक निष्ठुरीको जालमा पर्दा 
जति राम्रो गरे पनि निर्दोष मुटु गालमा पर्दा 
गन्तब्य हरु आँखै सामु छरपसठ भाछन,
बिरक्तियो जिन्दगानी आज बेहालमा पर्दा 
- तिलक निस्कर्ष रत्ननगर ७ 

39-Jay Raj Budha 
तल्लो घरे साँइलो दाईको बिर्खे टोपि, मैलो भएछ , 
पल्लो घरे कान्छो भाइको कालो कपाल, कैलो भएछ
म त एकदम सोझो मान्छे, लप्पन् छप्पन जान्दीन,
भन्दै हिड्ने माथि घरे ठुले पनी चोर फटाहामा, पैलो भएछ.... 
-जय बुढाथोकी
महेन्द्रनगर 18 कञचनपुर हाल - भोजपुर

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
Download -
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger