Home » » मेरा २० छेस्काहरु – राम शरण श्रेष्ठ

मेरा २० छेस्काहरु – राम शरण श्रेष्ठ

NepaliTalim | 1:03:00 PM | 0 comments



राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप ।









(Copyright @ Ram Sharan Shrestha)

आज तपाईहरुलाई आफ्नै केहि छेस्काहरु लिएर आएको छु । भन्न त यसलाई रुबाई, मुक्तक पनि भन्छन् कतिले तर मलाई छेस्का शब्दनै मन पर्छ ।

# छेस्का एक -
अलिकति हलचल हुन्छ ।।
अलिकति छलफल हुन्छ ।।

फसिहेर्नुस् प्रेममा हजुर
सम्झना त पलपल हुन्छ ।।

# छेस्का दुई -

अस्त ब्यस्त छु सम्हाल ।।
प्रेमले ग्रस्त छु सम्हाल ।।

डाक्टर धामी बैद्य तिमी
पागल प्रष्ट छु सम्हाला ।।

# छेस्का तिन- ३
ढुङ्गा र भगवानमा फरक देख्दिँन ।।
थुंङ्गा र जवानमा फरक देख्दिँन ।।

मानबतालाई चटक्कै विर्सेपछि
बुंङ्गा र महानमा फरक देख्दिँन ।।

# छेस्का चार –४
नपिए त ज्यूनु कसरी ।।
घाउहरुलाई स्यूनु कसरी ।।

मैनहरु पत्थर भएपछि
आगोले अब छुनु कसरी

# छेस्का पाँच–५
हल्का हल्का पहल चल्छ ।।
हल्का हल्का गजल चल्छ ।।

नजरमा नजर मिलेपछि बल्ल
एकआपसमा छलफल चल्छ ।।



# छेस्का छ–६
बित्यो बित्यो जस्तो लाग्छ ।।
रित्यो रित्यो जस्तो लाग्छ ।।

आधा उमेर बित्दानबित्दै
सिध्यो सिध्यो जस्तो लाग्छ ।।

# छेस्का सात –७
तिमी सँग जून दाँज्न मिल्दै मिल्दैन ।।
पनि सँग खुन दाँज्न मिल्दै मिल्दैन ।।

मृत्यु बाट बचाएर..........., प्रेम पढायौ
अमृत सँग यो गुन दाँज्न मिल्दै मिल्दैन।।

# छेस्का आठ–८
मजा बेग्लै प्यूनमा ।।
पागल भै ज्यूनमा ।।

कस्को छैन उध्रेको
लान्नु पर्छ स्यूनमा ।।


# छेस्का नौं–९
म त एक्लो पर्छु होला ।।
तिमी बिना मर्छु होला ।।

नगर बन्द.... प्रेम बर्षा
नत्र नफुल्दै झर्छु होला ।।


# छेस्का दश–१०
च्वास्स विझ्छ काँडाले ।।
मन..... दुख्छ टाढाले ।।

मजा बेग्लै डुब्नुमा
जिवन्त प्रेम गाढाले ।।


# छेस्का एघार– ११
संघियता संघियता भन्दा भन्दै टुक्रिने भो ।।
यो देशको शंबिधान बन्दा बन्दै टुक्रिने भो ।।

भागबन्डामै तल्लिनहरु, कुर्सिकोनै वरिपनि
भागबन्डामा मंत्रालय गन्दा गन्दै टुक्रिने भो ।।

# छेस्का बाह्र–१२
कालको घाँटि समाउन सके पो मान्छु म ।।
मृत्युको मिति थमाउन सके पो मान्छु म ।।

रोएरै वित्छ आधा उमेर यहाँ मान्छेको
सधै खुसि भै रमाउन सके पो मान्छु म ।।

# छेस्का तेह्र–१३
ज्यान लग्यौ, बाँकि सरिर छ ।।
तिमी गैहाल्यौ, अब पिर छ ।।

दैबले लात हानेर भन्यो
यस्तै तेरो तकदिर छ ।।

# छेस्का चौध–१४
तिमी हुँदैमा अप्सरा के नै फरक पर्छ र ।।
छोडिदिएँ परम्परा के नै फरक पर्छ र ।।

हिरा आफैमा हिरा हो कसि चाँहिँदैन
नडुल्दैमा भमरा, के नै फरक पर्छर ।।

# छेस्का पन्ध्र–१५
मन पर्छ त ठिकैछ, पर्दैन त भनिहाल ।।
मायाँ छ त ठिकैछ, छैन त भनिहाल ।।

यसरि दोधारमा बस्दा बस्दै ढिला होला
हुन्छ त ठिकैछ, हुँदैन त भनिहाल ।।

# छेस्का सोह्र–१६
अरुलेझै तिमी पनि दाउ खोज्छौ आज भोलि ।।
छर्किदिन नुनचुक घाउ खोज्छौ आजभोलि ।।

राजीनामा सारा जीवन, लेखेर दिएकै थेँ
के पुगेन अझैंपनि भाउ खोज्छौ आजभोलि ।।

# छेस्का सत्र–१७
निस्फिक्रि गारौ प्याथ छेक्छ कस्ले ।।
आफ्नै धुनमा छ संसार देख्छ कस्ले ।।

चुलुम्म प्रेममा डुब्नुमै छ अति मज्जा
बारम्बार यस्तो मौका भेट्छ कस्ले ।।

# छेस्का अठार–१८

पग्लिँदैन त पत्थरलाई के दोष ।।
मैन हैन त पत्थरदाई के दोष ।।

मुटु खोज्दा ढुङ्गामा, कहाँ भेटिन्छर
मुटु छैन त पत्थरलाई के दोष ।।

# छेस्का उन्नाइस– १९
तिम्लाई तुन्छु गजलका शेरहरुमा ।।
पागल हुन्छु गजलका शेरहरुमा ।।

आएन सुन्दर प्रेमपत्रहरु लेख्नलाई
भावना बुन्छु गजलका शेरहरुमा ।।

# छेस्का बिस– २०
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।

गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।

धन्यवाद

बास्तबमा छेस्का कस्तो हुन्छ या हुनुपर्छ मलाई थाहा छैन सुनेको भारमा लेख्दैछु गल्ति भए माफ पाउँ र कहाँ गल्ति भयो कमेन्ट गरिदिनुहोला जसले गर्दा आगामि दिनहरुमा सुधार्ने मौका पाउनेछु ।


राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप ।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger