Home » , » BULBUL 221 : (27-11-2013/2070-08-12) गजलकार सुमन लम्साल सँगको अन्तवार्ता बिशेष : Download

BULBUL 221 : (27-11-2013/2070-08-12) गजलकार सुमन लम्साल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 10:57:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 221
Host : Achyut Ghimire  
Date :  (27-11-2013/2070-08-12)
FB : Facebook Page


आजको बुलबुलमा स्याङ्झाको चिसापानी गाविस- ५ का आदर्श तथा दमदार गजल लेख्ने गजलकार सुमन लम्साल सँगको अन्तवार्ता विशेष रहनेछ ।  

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 मंसिर 12 गते तदनुसा 27-Nov-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 221) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
नोट : बुलबुलमा आइतबारिय श्रृंखलाको तेस्रो श्रृंखला भनिएतापनि बास्तबमा यो श्रृंखला बुधबारिय श्रृंखला २२१ श्रृंखला हो । 
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 221
-->















बाचन भएको मध्येको एक गजल

यहाँ मान्छेहरु खुट्टा तान्ने आशमा हिडेका छन् ।
बरु यि फूलहरु काँडाको विश्वासमा हिँडेका छन् ।

देख्नेलाई थाहा हुँदैन बुझ्नेले भनेकै छैन
पानी भित्रै पनि माछाहरु प्यासमा हिँडेका छन् ।

एक दिन आफ्नै धरातलमा खसेर सिध्धिनेछन्
चङ्गाजस्ता केही मान्छे आकासमा हिँडेका छन् ।

कहाँ पुगेर निभ्नेहो यो विश्वासको दियो पनि
हातमा राखेर सपनाहरु बतासमा हिँडेका छन् ।

सायद खुल्ल आकाशले पनि सुरक्षा दिन सकेन
स्वयं चराहरु पिँजडाको तलासमा हिँडेका छन् ।
सुमन लम्साल
स्याङ्झा, चिसापानी ५


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger