Home » , » मेरा १० मुक्तकहरू_राम शरण श्रेष्ठ (2070-08-12)

मेरा १० मुक्तकहरू_राम शरण श्रेष्ठ (2070-08-12)

NepaliTalim | 12:05:00 PM | 0 comments
१. मुक्तक
यो दुनियाँ रहुन्जेल पृथ्वी रहुन्जेल ।
चन्द्र सुर्य अनि जिन्दगी रहुन्जेल । 
यो समयले जुन कुनामा लागेपनी
नेपाली नै रहनेछु ढुकढुकी रहुन्जेल ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

२. मुक्तक
चालकको लापरबाहिले दुर्घटना हुन्छ ।
अनि निर्दोशको मृत्यु सँग सामना हुन्छ ।
जाँड रक्सि खराब हुन् पिउँदै नप्यूनु
नत्र मृत्युको भयात्रक यातना हुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

३. मुक्तक
नबनेका जोडिहरु होलान् कतिकति
कहाँ हुन्छ सचेजस्तै सधै सहमती ।
जिन्दगीका बाटाभरी सधै काँडै काँडा
समयले पनि सधै दिन्छ किन क्षती ।
राम शरण श्रेष्ठ

४. मुक्तक
नकाब पछाडी अनुहार भिन्दै छ ।
बास्तबमा उस्को विचार भिन्दै छ।
जे देखिन्छ उ त्यस्तौ हुँदै हैन
पर्दा पछाडी सुरसार भिन्दै छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

५. मुक्तक
हुनेछु यति बेखबर सोचकै थिएन ।
तिमी सँगको सफर सोचेकै थिएन ।
म आफ्नै धुनमा हिँडिरकेको थिएँ
देला गुलाबले ठक्कर सोचेकै थिएन ।
राम शरण श्रेष्ठ

६. मुक्तक
फूल जस्तै अनुहार कसैकसैका ।
बुद्ध झै बिचार कसैकसैका ।
घायल बनाइरहेछन् परिवेशहरुलाई
मुस्कान थिए हतियार कसैकसैका ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 


७. मुक्तक
केही न केही त प्रयोजन पक्कै होला । 
त्यो ढुङ्गामा पनि जीवन पक्कै होला । 
..........................................
यो मौसमले पनि साथ दिएझैं लाग्छ
कसैको आज आगमन पक्कै होला । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

८. मुक्तक
न हावाले न हुरीले ।
न दुर हुन्छ दुरीले ।
दुई आत्मा मिल्छ प्रेममा
न भेद्न सक्छ छुरीले ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

९.मुक्तक

पहिला गुलाब उपहार बनायौ ।
चिनजान बढाएर प्यार बनायौ ।
दिएपछी जम्मै राजिनामा धड्कन
मुटुपनि तिमीले कारागार बनायौ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

10.मुक्तक
आशै आशा देखिरहेछु जनताहरुमा । 
कतै भने निराशाछन् मोर्चाहरुमा । 
बन्दुक मार्ग तिर कोही हिँडिरहेछन् 
कोही देश खोजीरहेछन् नक्साहरुमा । 
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप

धन्यवाद ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger