RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 218
BULBUL EPISODE - 218
Source :www.ujyaaloonline.com
आज शराव विशेष गजल लेख्ने चर्चित गजलकार मधु शाश्रु सँगको अन्तवार्ता विशेष रहनेछ । २०५७ सालमा उहाँको पिडा अनन्त हुन्छ भन्ने गजल संग्रह प्रकाशित भएको थियो भने २०६९ मा अलंकार गजल एल्बम निकाल्नुभएको छ । उहाँ ओशो अनुयायी हुनुहुन्छ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 कार्तिक 13 गते तदनुसा 30-10-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 218) लिएर उपस्थित हुनुभएको छ ।
आज मिति 2070 कार्तिक 13 गते तदनुसा 30-10-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 218) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद ।
Listen and Downloadआइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । धन्यवाद ।
Download :Click Here to Download Episode 218
कार्यक्रममा बाचन भएको एक गजल
जब जब दशैं र तिहार आउँछ
बोतल लिएर मेरो यार आउँछ
यो बाटो गए मन्दिर त्यो बाटो गएमा
हाम्रो रेष्टुरेन्ट एण्ड बार आउँछ
गिलास ठोक्याउँदा सबैको मुखबाट
'ल चियर्स' भन्ने उद् गार आउँछ
अलि अलि पिउन शुरु गरेपछि
बल्ल कुराकानीमा निखार आउँछ
वर्ष दिनको चाडपर्वमा 'मधु'
बिन्दास भइदिने विचार आउँछ
0 comments:
Post a Comment