Home » , » गजल-शिरको म त.... शुनिल स्पन्दन

गजल-शिरको म त.... शुनिल स्पन्दन

NepaliTalim | 12:31:00 PM | 0 comments
शिरको म त, पाउँमा राखी, यसरी नाहाँस ।
भिरैमा फूलेँ , भिरैमा झरेँ, म लागिगुराँस । 

लेक र बेशी, सजाएँ तिम्रो, बिकिँन बजार
दैबलाई पनि, नचल्ने म त, फूलेछु पलास ।

सबैले राम्रो, भनेको देख्छु, बेली र चमेली
अभागी रैछु , म मखमली, मालामा नगाँस ।

मगमा मग, बासना दिने, छ इन्द्रकमल
शोभानै छैन , धर्तिलाई पनि, फूलेर यो काँस ।

उपमा पाए, मायाँको चिनो, मोरी गुलाफैले
विझाई दिन्छ, फूलले पनि, छातिमा नटाँस ।
शुनिल स्पन्दन 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger