Home » , » गजल-समाजको रुप बदल्ने मन गर्यो उसले (रहश्य विक्रम चिमरिया)

गजल-समाजको रुप बदल्ने मन गर्यो उसले (रहश्य विक्रम चिमरिया)

NepaliTalim | 11:55:00 AM | 0 comments

समाजको रुप बदल्ने मन गर्यो उसले।
र यि आचारसंहिता पालन गर्यो उसले।।

अन्यायको बिरुद्दमा आवाज निकाल्नु अघि ।
धेरै बर्षसम्म धैर्य धारन गर्यो उसले।।

उत्पीडित दलित र श्रम्जिबी जनताका ।
दिलहरुमा असल शाषन गर्यो उसले।।

प्रतिद्वन्दिले प्रहार गरेको खुकुरि पनि।
शिरानिमुनि राखेर जतन गर्यो उसले।।

फाँसि दिन लाग्दा खेरि अन्तिम् इच्छा सोधियो ।
गजल निकाल्यो अनि बाचन गर्यो उसले ।।
रहश्य विक्रम चिमरिया

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger