Home » » गजल- शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं

गजल- शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं

NepaliTalim | 10:51:00 AM | 0 comments
शुख शान्ति बनि आओस, घरघरमा बडा दशैं ।।
मनाउन सबले पाओस, घरघरमा बडा दशैं ।।

टाढा भाका परिवारलाई, फर्काएर यो चाडले
आत्मिय शदभाव ल्याओस, घरघरमा बडा दशैं ।।

माता दुर्गा भवानिले, रक्षा गरुन सबैलाई
दुख सबै हरि जाओस, घरघरमा बडा दशैं ।।

रातो टिका जमरा र, मान्यजनबाट आशिष
हामी सबलाई दिलाओस घरघरमा बडा दशैं ।।

शुभकामना धेरै–धेरै, सबै–सबै नेपालीलाई
खुशीयाली उत्सब छाओस घरघरमा बडा दशैं ।।

25-Sep-2011
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
करिब २ वर्ष पुरानो
.................................
विजया दशमिको पावन अवसरमा हाम्रो ब्यक्तिगत तर्फबाट र चिसापानी नेपाल ब्लगको तर्फाबाट हामीलाई मायाँ गर्ने हजारौं साथीहरु साथसाथै सम्पूर्ण स्वदेश दशै मनाउँदै गर्नुहुने दाजुभाई, दिनीवहिनी ,आमा बुबा लगायत सबै नेपाली परिवार तथा विदेस रहनुभएका हाम्रा साथीहरु, सुभचिन्तक, रचनाकार, गजलकार सबै सबै लाई
नेपाली गजलका साथीहरुको तर्फबाट शुःख, शान्ति, सुस्वाथ्य, दिर्घायु र हर्षोउल्लसको मंगलमय शुभकामना ब्यक्त गर्दर्छौं ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger