Home » » BULBUL : EPISODE 123 (Download)

BULBUL : EPISODE 123 (Download)

NepaliTalim | 11:05:00 AM | 0 comments
BULBUL GAZAL PROGRAM - EPISODE 123 
(मध्यपस्चिमाञ्चल विषेशका गजलहरु
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति
२० पौष २०६८ तदनुसार ४ जनावरी २०१२, बुधबारका दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेस निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२३  भागमा  लिएर (BULBUL EPISODE - 123, 4th January 2012)    उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।


आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

 
आज मध्यपस्चिमाञ्चल विषेशका गजलहरु विषेशत बाँकेका गजलहरु बाचन हुनेछन् । जसमा गजलकारहरुका आवाजमै आजका गजलहरु बाचन हुनेछन् ।

Download Bulbul : Episode 123 (4th January 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Ninesh Niraula.

DOWNLOAD BULBUL :
LINK : Click here to download Bulbul : Episode 123
(4th January 2012)

LISTEN ONLINE:






यस भागमा मलाई मन परेका केहि गजलहरु
गजल
म बाँच्छु बाँच्दींन भन्दै रुँदै थियो ।।
साहुको बारी खन्दै रुँदै थियो ।।

सर्बहाराको लागि कानुन बल्दैछ
रेडियोमा खबर सुन्दै रुदै थियो ।।

विहान खाएँ साँझखाने गाँसैछैन भन्दै
साहुको खुट्टा छुँदै रुँदै थियो ।।

सके मै तिरुँला नत्र भने
छोराको उमेर गन्दै रुँदै थियो ।।
सन्तोषी  विष्ट,
कोहलपुर 

गजल

समुद्रमा हिरै हुन्छ भन्ने के छ ।
प्रत्यैक फूलमा किरै हुन्छ भन्ने के छ ।

चामलमा दुध मिसाएर मात्रै
नपकाई खिरै हुन्छ भन्ने के छ ।।

हरेस नखाई अघि बढ्नेहरुको
सधै हातमा जिरै हुन्छ भन्ने के छ ।।

पिरो हुन्छ पक्कै सेलो खुर्सानी
बोटै पनि पिरै हुन्छ भन्ने के छ ।।

कञ्चन सान्त हुन्छ महाँसागर पनि
सधै हात तिरै हुन्छ भन्ने के छ ।।
महेन्द्र चन्द सागर

गजल

के के हुन्छ हुन्छ अविर देखेपछी ।।
अभागीयो आफ्नै तकदिर देखेपछी ।।

सडकमै यो जीवन विताउँ बरु लाग्छ
घमण्डी र गद्धार अमिर देखेपछी ।।

नहुनेकै बढी मायाँ लाग्दो लाग्छ
सम्झनामा उस्कै तस्विर देखेपछी ।।

सोचेका कुरा नभए सि पुरा
ढोग्नै छोडिसकेँ मंन्दिर देखेपछी ।।

नातेदारझै लाग्छ अचेल मलाई किन
बाटोमा हिँडेका फकिर देखेपछी ।।
निर्मला शर्मा (निरु)




Ram Sharan Shrestha
Chisapani Nepal
Ramechhap
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger