Home » » गजल -प्रेम दिवस विशेष

गजल -प्रेम दिवस विशेष

NepaliTalim | 2:00:00 PM | 0 comments

नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।
मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

जति मायाँ गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई,
मायाँ गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

साथी मध्ये त्यस्तो मिल्ने , तिमी प्रति अति पागल,
चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

नबोलेरै कति कति...., आँखा आँखा बाट मुटु ,
मायाँ भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

पबित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै,
जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

सुख दुख सँगै काट्न..,  आँधी भेल जीन्दगीको,
जँगार तर्ने कोहि भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

सम्वन्धको सुरुवात नयाँ, रातो गुलाब बाट गर्दै,
खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा ।।

Note:
यो गजल भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस विशेषको रुपमा तयार पारेको छु । रेडियो उज्यालोबाट प्रसारण हुने गजलको कार्यक्रम बुलबुलबाट ९ फेबु्रअरी २०११ का दिन  कार्यक्रमको सुरुमै यो गजल बाचन भएको थियो । डाउनलोड गरेर सुन्नको लागि लिङ्क प्रयोग गनुहोला
Episode 76-2nd Feb 2011
Download Link :
www.chispaninepal.blogspot.com
www.aalarpost.com
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger