गजल

NepaliTalim | 4:37:00 PM | 0 comments
एक दिन प्यार, हुनेछ पक्कै ।।
कोहि सच्चा यार, हुनेछ पक्कै ।।

आँखा जुधाएर, कुरा आँखाबाटै
नजर नजरको वार, हुनेछ पक्कै ।।

चोखो प्रेम दिई, मन सँग मन
मायाँ गाँस्ने दिलदार, हुनेछ पक्कै ।।

अति मन पर्ने, अति मायाँ गर्ने
दिने प्रेम अपार, हुनेछ पक्कै ।।

सँगै जीउने कसम, सुम्पि उसैलाई
भई बाँच्नुको सार, हुनेछ पक्कै ।।

आगमन होला, खुसि छर्दै उस्को
उदय छुट्टै सँसार, हुनेछ पक्कै ।।
चिसापानी गा.वि.स बडा नं. ६, तल्लो टोल
रामेछाप, नेपाल ।
 
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger