कमिलाको ताँतीबाट, पनि केहि सिक्नुपर्छ ।।
अन्धकार रातीबाट, पनि केहि सिक्नुपर्छ ।।
किन सोच्नुहुन्छ तपाई, आफैमात्र बुझकार
अलिकति साथीबाट, पनि केहि सिक्नुपर्छ ।।
सबै हुन्नन् पक्कै सफल, प्रेमगर्दा पनि
बिश्वासको घातीबाट, पनि केहि सिक्नुपर्छ ।।
केहि माग्दैन बदलामा, सबैटिपी लगेपनि
कोमल फूल पातिबाट, पनि केहि सिक्नुपर्छ ।।
एक्कईसौ सदिमाछौं, चलन पक्कै फेरिन्छनै
हजुरबाले नातिबाट, पनि केहि सिक्नुपर्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Above gazal is published from Bulbul Episode 134.
Listen

Link :
0 comments:
Post a Comment