Home » » BULBUL : EPISODE 133 (Download)

BULBUL : EPISODE 133 (Download)

NepaliTalim | 11:31:00 AM | 0 comments
FM Gazal Program BULBUL Episode 133
(14th March-2012/ 01-12--2068)


(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा
विशेष गजलहरु बज्नेछन ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2068 चैत्र महिनाको गते बुधवार तदनुसार मार्च 14th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी दिनेश निरौलाका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 132  भाग लिएर (BULBUL EPISODE - 133,  14th  March 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।


(आजको बुलबुल तपाईहरुकै गजलबाचन तथा मधिरा विशेष गजलहरु बज्नेछन ।

LISTEN

Download Link : Click Here to Download Episode 133

Listen All Episodes:


Note:
यो संस्करणमा बाचन भएको मेरो गजल

.......................................................
दिन्थे मुटुमै बास, पहिला भनिंनौ ।।
लाग्थ्यो तिमीमै आश, पहिला भनिंनौ ।।

कोहि छ भन्थ्यौ सोध्दा, एउटा अति मनपर्ने
पाईंन मै भनि आभास, पहिला भनिंनौ ।।

बाटो बन्यो अर्कै, आश मरेपछि
तयार थें दिन साथ, पहिला भनिंनौ ।।

कस्तो छल समायको, जित्दा पनि हार भो
सोच्दै हुन्थे जिउँदै लास, पहिला भनिंनौ ।।

विर्सिदेऊ पुराना कुरा , विर्सिदेउ अब मलाई
मुटु धड्कन अर्कैछ सास, पहिला भनिंनौ ।।
(मिति  : २०६७ वैशाख ०८)
Copyright @
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स बडा नं. ६,
 रामेछाप




Thank you,
Ram 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger