Home » » BULBUL : EPISODE 134 (Download)

BULBUL : EPISODE 134 (Download)

NepaliTalim | 11:17:00 AM | 2comments
FM Gazal Program BULBUL Episode 134
(21-March-2012/ 08-12--2068)


(आजको बुलबुल तपाईहरुकै गजलबाचन 
विशेष रहनेछन्
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2068 चैत्र महिनाको गते बुधवार तदनुसार मार्च 21st, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 134  भाग लिएर (BULBUL EPISODE - 134,  21st  March 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

(आजको बुलबुल तपाईहरुकै गजल बाचन
हुनेछन् ।

LISTEN 

Download Link : Click Here to Download Episode 134


Listen All Episodes :




Note:
यो संस्करणमा बाचन भएको मेरो गजल

कमिलाको ताँतीबाट, पनि केहि सिक्नुपर्छ ।।
अन्धकार रातीबाट, पनि केहि सिक्नुपर्छ ।।

किन सोच्नुहुन्छ तपाई, आफैमात्र बुझकार
अलिकति साथीबाट, पनि केहि सिक्नुपर्छ ।।

सबै हुन्नन् पक्कै सफल, प्रेमगर्दा पनि
बिश्वासको घातीबाट, पनि केहि सिक्नुपर्छ ।।

केहि माग्दैन बदलामा, सबैटिपी लगेपनि 
कोमल फूल पातिबाट, पनि केहि सिक्नुपर्छ ।।

एक्कईसौ सदिमाछौं, चलन पक्कै  फेरिन्छनै
हजुरबाले नातिबाट, पनि केहि सिक्नुपर्छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Share this article :

2 comments:

Anonymous said...

It was very interesting for me to read that blog. Thanks the author for it. I like such topics and everything that is connected to them. I would like to read more soon.
1998 Chrysler Prowler AC Compressor

konjyok said...

Yekai Palta sabai episode sunna pauda khusi lagyo

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger