Home » , » मेरा १० मुक्तकहरू (11-Aug-2013)

मेरा १० मुक्तकहरू (11-Aug-2013)

NepaliTalim | 10:06:00 PM | 0 comments
1.मुक्तक
केही न केही त प्रयोजन पक्कै होला । 
त्यो ढुङ्गामा पनि जीवन पक्कै होला । 
..........................................
यो मौसमले पनि साथ दिएझैं लाग्छ
कसैको आज आगमन पक्कै होला । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उत्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी 
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

3.मुक्तक
भमराको झुकाब, फूलमा हुनु नौलो हैन ।।
अनगिन्ती सुझाब, भूलमा हुनु नौलो हैन ।।
........................................
चलिरहन्छ संसार, आफ्नै धुनमा सधै 
किनार जोड्ने औकात, पुलमा हुनु नौलो हैन ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप ।

4.मुक्तक
कमिलाका हुलहरु मलाई अति मन पर्छ 
फूलेका ति फूलहरु मलाई अति मन पर्छ
............................................
पूल हेर्छु फूल हेर्छु, दुबै सुन्दर लाग्छन् मलाई 
किनार जोड्ने पूलहरु मलाई अति मन पर्छ
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

5.मुक्तक
मलाई अब छैन मतलब कसैको ।।
भएपछि अब उनि सब कसैको ।।
शुभकामना प्रार्थना मेरो तर्फबाट
सधै होस् जिन्दगी गजब कसैको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

6.मुक्तक
आज पनि उस्तै तमासा देखिरहेछु ।।
उस्को अशिष्ट भाषा देखिरहेछु ।।
पर्दाले कहाँ छेकिन्छ र सब कर्तुत 
केहि हुनैपर्ने खुलासा देखिरहेछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

7.मुक्तक
जनताको सत्ता आउँदै आएन 
भएको बेपत्ता आउँदै आएन 
..............................
मेरो देशलाई छोडेर शान्ती 
गयो कता कता आउँदै आएन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

8.मुक्तक
मुस्किल उस्तै छ आज सम्म पनि 
तर उ मुटुमै छ आज सम्म पनि 
........................................
एकै पल्ट गरिन्छ प्रेम फेरी हुँदैन 
याद उनकै छ आज सम्म पनि । 
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप

9.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।। 
असल विग्रन्छ सँगत खराब भएपछि ।।
.............................................
समय लाग्दैन बर्बाद भएर सकिन 
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

10.मुक्तक
हुनसक्छ फेरी पनि चलखेल हुनसक्छ । 
निर्दोशहरुलाई सजाय जेल हुनसक्छ । 
------------------
हाम्रो योजना सफल नहुनुको पछाडी
दुस्मनहरुसँग आफन्तको मेल हुनसक्छ ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger