Home » , » मेरा १० मुक्तकहरू (2070-04-21)

मेरा १० मुक्तकहरू (2070-04-21)

NepaliTalim | 11:24:00 AM | 0 comments
१. मुक्तक
अभिनय प्रेमको जारी रहेछ ।
मलाई फसाउने तयारी रहेछ ।
मुटुमा बसेको आफ्नै मान्छे
बिध्वंशक हतियार धारी रहेछ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२. मुक्तक
मुस्किल उस्तै छ आज सम्म पनि
तर उ मुटुमै छ आज सम्म पनि
एकै पल्ट गरिन्छ प्रेम फेरी हुँदैन
याद भुपुकै छ आज सम्म पनि ।
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप

३. मुक्तक
घट्नै छैन माया, पृथ्वी रहुन्जेल । 
कुरेरै बसुँला ,जिन्दगी रहुन्जेल । 
अपरम्पार छ यो, सिमा मायाको
तिमीनै चाहिन्छ, ढुकढुकी रहुन्जेल ।
राम शराण श्रेष्ठ
चिसापानी ६, रामेछाप


४. मुक्तक
फूलहरु विष बोकेर हिँड्छन् अचेल । 
काँडाहरु ब्यथा पोखेर हिड्छन् अचेल । 
लाग्छ जमाना उल्टै खुब दोडिरहेछ 
बाँदरहरु पनि बोलेर हिँड्छन् अचेल ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


५. मुक्तक
समय अनुसार बाध्यताहरु पनि ।
छन् आ आफ्नै कथाहरु पनि ।
सहयोग गरिदिन्छन् नपर्नेलाइनै
देखेर बास्तबिकता पर्दाहरु पनि ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप



६.मुक्तक
बेफ्वाँकमा उस्ले शंका गरेर । 
आज गएको छ हमला गरेर । 
तबसम्म लडिरहेछु म पनि 
अतिन्जेल उम्कला दंगा गरेर । 
राम शरण श्रेष्ठ

७. मुक्तक
झुक्याउँछ सरकार बारम्बार । 
जताततै पर्छ मार बारम्बार । 
कति कायरहुन् मान्छेहरु पनि 
पिठ्युमा गर्छ प्रहार बारम्बार । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

८. मुक्तक
अभिनय प्रेमको जारी रहेछ । 
मलाई फसाउने तयारी रहेछ । 
मुटुमा बसेको आफ्नै मान्छे 
बिध्वंशक हतियार धारी रहेछ । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

९. मुक्तक
कसरी गरुँ अनुबाद लज्जाहरुको । 
म बुझ्दिँन भाका आँखाहरुको । 
कोही पनि आएनन् गरिबको बस्तिमा
विश्वासै लाग्दैन यि मोर्चाहरुको ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१०. मुक्तक
घट्नै छैन माया, पृथ्वी रहुन्जेल । 
कुरेरै बसुँला ,जिन्दगी रहुन्जेल । 
अपरम्पार छ यो, सिमा मायाको
तिमीनै चाहिन्छ, ढुकढुकी रहुन्जेल ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger