Home » , » गजलकार सुशील पराजुली (सुशील बा) का ६ गजलहरू (6 Ghazals by Sushil Parajuli) 25-09-2016

गजलकार सुशील पराजुली (सुशील बा) का ६ गजलहरू (6 Ghazals by Sushil Parajuli) 25-09-2016

NepaliTalim | 1:00:00 PM | 0 comments
Sushil Parajuli
१.गजल
सनसनी छ खबर शहर भित्र!!
बाच्दैछ मान्छे प्राय डर भित्र! 
,,
चुलो बल्न छोड्यो महासय!! 
ग्यास सकिएको छ घर भित्र!
,,
भगवान छैनन् यो संसार मा!!
न'खोज यार ति पत्थर भित्र!
,,
मत बहुत चोट सहेर बाच्दैछु!!
नआउ तिमी मेरो सफर भित्र!
,,
कतारबाट पत्र आउला पढ्नु!! 
दुख सुख सबै छ खबर भित्र!
,,
सुशील पराजुली ( सुशील बा )
कपिलवस्तु -
भृकुटी नगरपालिका
बर्कलपुर ५ ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट ✌
सुशील बा
सुशील

२.गजल
भन्न सक्दैन पत्थर कोमल हुन्छ हुदैन!!
मेरा आँसु त्यो पबित्र जल  हुन्छ हुदैन!

भत्काउनु छ अब तिम्रो दिलको पहाड!!
फिजाएर एकदिन समथल हुन्छ हुदैन!

बिश्वास गर्दा धोका हुन्छ माया प्रेममा!!
धोका पाएको मान्छे पागल हुन्छ हुदैन!

आगनिमा बसेर एकछिन यहीँ सोचिरहे!!
क्षितिज माथि कालो बादल हुन्छ हुदैन!

आश्चर्य लाग्न सक्छ सबैलाई प्रश्न गर्दा!!
तपाईंले भने जस्तो मेरो गजल हुन्छ हुदैन!
सुशील बा
कपिलवस्तु - भृकुटी नगरपालिका
बर्कलपुर ५ ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट
सुशील बा
सुशील

३.गजल
मेरो समय अनि कालसँग परिचीत रहेछ !!
भनेको थिए, आज दुश्मन भयभीत रहेछ !
,,
बहुत देखियो युदिस्ठिर बन्ने, मेरो देशमा !!
न्याय नपाउने कानुन अझै सुरक्षित रहेछ !
,,
पाठशाला भित्र एउटा प्रश्न, राखिदिए मैले !!
जवाफ आयो जिवन केवल समर्पित रहेछ !
,,
कुकुरलाई भात दिन्छन् भित्र ढिढो खाएर !!
नेपाली को यस्तो बानी निकै चर्चित रहेछ !!
,,
युवा पसे खाडी मुलुक गाउँघर भयो शुन्य !!
कर्मभुमी प्यारो भो जन्मभूमि अतित रहेछ !
सुशील पराजुली ( सुशील बा )
कपिलवस्तु २ ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट ✌
सुशील बा
सुशील

४.गजल
मेरी सुन्दरी धेरै फुरफुर नगर जवानीमा !!
सक्छौं भने आगो बालेर देखाउ पानीमा !
,,
,,
दिमाग लगाउन सुरु गर तिमी आजबाट !!
आखिर के रहस्य लुकेछ त्यो मदानीमा !
,,
,,
धोका दिएर जानेलाई कुन सजाय होला !!
भनत निस्टुरी मलाई सुटुक्क काहानीमा !
,,
,,
सुख खोज्दा खोज्दै जीवन गुलामी भयो !!
यार दुख मेरो साथी रहेछ जिन्दगानीमा !
,,
,,
सधैं बिर्सनु अगाडी सम्झिरहे तिमिलाई !!
मुटुमा माया छ तिम्रो तस्बिर सिरानीमा !
सुशील पराजुली ( सुशील बा )
कपिलवस्तु- २ ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट ✌
सुशील बा
सुशील

५.गजल
दिन्छौं जिन्दगीभर साथ देउ, दिन्नौँ मारी देउ
के फैसला लियौँ तिम्ले, कृपया जानकारी देउ

मेरो भबिस्यबाणी गर्नेहरुको प्रतीक्षामा हुनेछु
ए ईश्वर के के बोझ छ मेरो शिरमा,उतारी देउ

जमिन टेकेर आकाश छुने चाहना हो मेरो पनि
बिन्ती सुनिदेउ कसैले त्यो आकाश झारी देउ

संसार हेर्ने दृस्ठि तिम्रो फरक भयो किन आज
आँखा लोभी पापी मन अब तत्काल सारी देउ
सुशील बा
सुशील बा
सुशील

६.गजल
यतैकतै हाम्रो आसपास मा छ जिन्दगी !!२
सबैभन्दा ठुलो बिश्वास मा छ जिन्दगी !१
,,

पाकेको फल खान त्यति हतार नगर्नुस् !!२
धैर्य गर्नु समाज बिकास मा छ जिन्दगी !१
,,

पुग्यो मलाई खान्न यो गुलामीको रोटी !!२
फर्किम भने टाढा प्रवास मा छ जिन्दगी !१
,,

उठिउठी काम गर्छु पैतालामा पर्छ ठेला !!२
कैलै भएन खुशी निराश मा छ जिन्दगी !१
,,

यो बिदेश हो कि कारागार बुझ्न सकेन !!२
सुशीलबाको सधैं उदास मा छ जिन्दगी !१
मरुभूमि को छाती
दोहा कतार बाट ✌

Note : 
Copyright Reserved with Writer
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger