Home » » गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ३ तिन गजलहरू (3 Ghazals by Ganesh Prasad Paudel)

गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ३ तिन गजलहरू (3 Ghazals by Ganesh Prasad Paudel)

NepaliTalim | 3:11:00 PM | 0 comments
१.गजल
न चिठी आयो न समचार आयो ,
हजुर ! सम्झना लगातार आयो ।

छुट्टिदा कसम खायौ भेट हुने ,
त्यही सपनामा बारम्बार आयो ।

नाटकको मञ्च बनाइदियौ दिल् ,
माया गर्न पनि  कलाकार आयो ।

सोच्थेँ गुलावको फूल पठाउला ,
खामभित्र काँडा उपहार आयो ।

आउन प्रदेशी तिमी फर्किएर ,
उर्लेर यौवन वारपार आयो ।
- गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

२.गजल
जिन्दगी बिसाउने चौतारी तिमी ,
मेरो मन् मन्दिरको पुजारी तिमी ।

वास्नामय बनि सुगन्ध छरेर ,
जिन्दगी सजाउने फूल्बारी तिमी ।

मरो अस्थित्व कहाँ छ तिमी बिना ,
म त  कोरा तस्बिर चिनारी तिमी ।

तिर्छी नजरले बाण् हान्न सिपालु ,
कठै ! मेरो दिलको सिकारी तिमी ।

चाहे मार काट माया पिरतीले ,
मेरो सुख दुखको  हक्दारी तिमी ।

कहिँ दिनरात काट्दै हौली प्रिय ,
मनभित्र सम्झना थुपारी तिमी ।

बेहुली बनेर मनमा बसौली ,
केही दिन पर्ख कुमारी तिमी ।
- गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

३. गजल
लुकाएर चरीत्र राम्रो बन्दै छ ,
पक्कै खोट् छ उ भित्र राम्रो बन्दै छ ।

सातधाम धाएर गंगा स्नान् गर्यो ,
के को हुन्थ्यो पबित्र राम्रो बन्दै छ ।

आवरण हेरेर झुक्कियो संसार् ,
लुकाइ नग्न चित्र राम्रो बन्दै छ ।

फकाएरै मार्छ चिल्ला वचनले ,
ललिते विश्वमित्र  राम्रो बन्दै छ ।

च्यात्तिएर गयो पुरानो लुगा झैँ ,
परेर पित्र पित्र राम्रो बन्दै छ ।
- गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

Note : Copyright Reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger