Home » , » बिनोद पौडेलका ५ गजलहरू (12-06-2015)

बिनोद पौडेलका ५ गजलहरू (12-06-2015)

NepaliTalim | 11:30:00 AM | 0 comments
बिनोद पौडेल 
१.गजल
कतै  झिल्को होला जोरेर त हेर आगो छ!
बाकस दिल्को होला फोरेर त हेर आगो छ !! 

जीवन सङलो  देखाइ किनाराका पासमा !
थापी ज्यानको बाजि चोरेर त हेर आगो छ !!

पोखिदै छ्न आसु ओसिदैछन काँटि हरु!!
सलाइ मन्को पारी  कोरेर त हेर आगो छ !

गए जाउन घुर्की  फर्किने छ्न नासो हरु !
बिचार उनको मारि सोरेर त हेर आगो छ!!
बिनोद पौडेल 
साउने चौर 7 खोटाङ 
हाल साउदी अरेबिया

२.गजल
मज्दुरी र ज्याला  कामको खोजिमा
प्रबाह गरिन पसिना दामको खोजिमा

बिलासिता जीउँदो छ महँगि ले आज। 
फेसन बनी  सधै बस्छ यामको खोजिमा

आफ्नो भाग्य आफैसङ अपरिचित हुदा    
भाग्य कोर्ने मसि सक्यो नामको खोजिमा

दिब्य बस्ती चारैधाम नखोजेको होइन दैब
मन्दिर जान्छु भक्त बनी रामको खोजिमा

बिनोद पौडेल
साउने चौर 7 खोटाङ 
हाल साउदी अरब ।

३.गजल
बाध्यता र बिबसता मा अडेकाे जीवन छ !,
त्रास अनि त्रास को मात्रा बडेको जीवन छ !!,

भरलाग्दैन ज्वालाअचेल धर्तीमै पलाउछ ,!
लैजाउ तिम्रा सन्तान संग डडेको जीवन छ!!

कहिले दिनै पत्तै न दिई आउछौ र पो मार्यो !
नियालि हेर ति झुप्रा मुनि सडेको जीवन छ!!

दैब हेर्छौ टुलु टुलु धर्ती सबै छिद्रा पारी ,!
के हुनु र अन्जान माथी लडेको जीवन छ !!
.बिनोद पौडेल 
साउने चौर 7 खोटाङ

४.गजल
ओठ रसिला पारेर थाक्यौ क्यारे  
आत कसिला पारेर भाक्यौ क्यारे

धमिरा थिए काठ का पलास मा 
अग्राख भनीआरन मा फाक्यौ क्यारे

घाम छिरेन दिलका कुना कुना मा
ओसिलो पारामा ज्यान ढाक्यौ क्यारे

प्रबास मा सहन्छु आधीहुरि र बतास 
सर्त थियो नआउने  तर डाक्यौ क्यारे
बिनोद पौडेल
साउने चौर 7 खोटाङ 
हाल साउदी अरेबिया

५.गजल
मैले देख्ने सपना ले, धिकार्छ  आज भोलि ,
बेताल मा बोल्ने ले, स्वीकार्छ आज भोलि

बातै पिछे राम राम, बगली मा छुरा तिन्का
भस्टचारी भ्रष्ट भए ,ती डकार्छ  आज भोलि

देश बाचे हामी बाच्छौ,बचाइ राखौ सधै सधै 
लोकतन्त्र को दाबी गर्दै हकार्छ आज भोलि

सुरा हुन्छ्न देश भक्ती लछारिन्छ्न कतै कतै 
पाखुरी मा दम हुने ति  नकाछ आज भोलि
बिनोद पौडेल 
साउने चौर 7 खोटाङ 
हाल साउदी अरेबिया


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger