राम शरण श्रेष्ठ |
1.गेडी
तिमीलेत थुप्रैभो, टारिराछ्यौ हाँसेर
अघिबढौं अबत, मायाँ प्रिति गाँसेर
जान्दिँन,
तिमी बिना मान्दै मान्दिँन ।
.....................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
2.गेडी
आँखा सधैं मेरोत, गइरन्छ फोटोमा ।
जितीगयौ मुटुनै, भेटघाट छोटोमा ।
पर्खन्छु,
भनेकोछ छिट्टै फर्कन्छु ।
.....................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
गमक गेडीहरू :
1.
टुना मुना लगायौ ,जादु थियो मुस्कानमा
आजभोली आफ्नोत, होस हुन्न ठेगानमा
तिम्लाई कस्तो छ,
अब केही हुन्छ जस्तो छ ।
.....................
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
7th Aug 2014
--
गेडीको परिचय : Pawan Gharti Magar Bibas
7th Aug 2014
--
गेडीको परिचय : Pawan Gharti Magar Bibas
गेडी दुई किसिमका हुन्छ
रुपक र अर्को गमक गेडी
01) रुपक गेडी
नियम अक्षरी एकरुपता काँटिएका र हलन्त लागेका अक्षर गणना हुदैनन्।
4+3+4+3 = 14
4+3+4+3 = 14
3
4+5
जस्तैः
गैरी खेत टारीमा घैयाँ रोप्ने बारीमा।
ढल्की हिड्छे नक्कली बनारसी सारीमा
मान्छे कि?
मैले लगेँ सँगै जान्छे कि?
02) गमक गेडी
4+3+4+3
4+3+4+3
3+3
4+5
जस्तैः
सेवा गर्नु आमाको छिट्टै घर फर्केर
पूरा गर्नु कर्तब्य धर्म कर्म सम्झेर
आशिष मिल्ने छ
जिन्दगीमा खुसी खिल्ने छ।
0 comments:
Post a Comment