Home » , » प्रदिप प्यासीका चार गजलहरू - 19-05-2015

प्रदिप प्यासीका चार गजलहरू - 19-05-2015

NepaliTalim | 9:52:00 AM | 0 comments
प्रदिप प्यासी
1. गजल
थोपा बन्यो रहर मेरो झर्ने ,पक्कापक्की भयो । 
निर्मोहिको याद्ले दिल मर्ने, पक्कापक्की भयो ।

कुन देवटा पुकारीन कुन मन्दिर धाइन होला ।
तर आत्मा अन्तै बसाइ सर्ने, पक्कापक्की भयो ।

जिज्ञासामा नङ र मासु अलग हुन्न भन्थेउ तिमी ।
एउटा मुटु धड्कन अलग गर्ने, पक्कापक्की भयो ।

साध थिएन न सिमाना सबै हाम्रो सङ्गोल थियो ।
आज प्रिये माना पाथी भर्ने, पक्कापक्की भयो ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

2.. गजल
परेलिमा मुहान फुटाइ लातमारी निर्दोस मुटु ।
सिन्दुर पुछी पोते चुटाइ लातमारी निर्दोस मुटु ।

बाचा थियो उकाली र ओरालिको सँगइ यात्रा
दोबाटोमा बिश्वास टुटाइ लातमारी निर्दोस मुटु ।

झुटा रैछन उनका कसम बारबार बाचा भन्थी 
बिछोडका गोली भुटाइ लातमारी निर्दोस मुटु ।

बाकी अब रहेन केहि जिउने आधार मरेपछी 
झोला बोकाइ डेरा उथैइ लातमारी निर्दोस मुटु ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

3.. गजल
फुल पनि सिर झुकाउछ तिमीलाई देखेर ।
डाहा गर्छ दिल दुखाउछ तिमीलाई देखेर ।

तलाउ गयौ इनार गयौ रुझ्ने रहरमा
नदी पनि मुल सुकाउछ तिमीलाई देखेर ।

भन्छन सबै धातु बहुमुल्य कहाँ हुन्छ
हिरा पनि मोल चुकाउछ तिमीलाई देखेर ।

अनुपम सुन्दरता प्रकृतिको निस्चल देन 
हिमाल पनि हिउ लुकाउछ तिमीलाई देखेर ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर

4.. गजल
नआउ भन्दा मान्दिनौ कर गर्छौ बेसरी
उत्तै बस्दा के हुन्छ र यत्ता सर्छौ बेसरी

तिमी पो एक्लो मान्छे अधुरा छन् बाटाहरु
आप्नो त श्रीमती छे आ‌खा तर्छौ बेसरी

तिमी माथी म तल डेरा भःण्डै एउटै हो
बजार जान्छे श्रीमती तल भःर्छौ बेसरी

भुलाउछ ति तिमा कोमल हातका स्पशले
अंग अंग चार चौरास चार्छौ बेसरी ।
प्रदिप प्यासी 
रानीटार, पाँचथर
pradippyasi@gmail.com
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger