Home » » Muktak Madhurima - (2069-02-32/2012-06-14) - Download

Muktak Madhurima - (2069-02-32/2012-06-14) - Download

NepaliTalim | 8:53:00 AM | 0 comments
Muktak Madhurima Episode of 14-06-2012 (2069-02-32) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 32 गते तदनुसार 2012 June 14 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download - 2069-02-31

आज अर्थात २०६९-०२-२५ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 

............

01-Krishna Paudyal
प्रयास गर्दा गर्दै____हार हुदो रैछ
आफैलाई जिवन___भार हुदो रैछ
सफलताको आशमा पाईला चाल्दा
उद्धेश्य नै आर______पार हुदो रैछ
कृष्ण पौड्याल बम्घा एक गुल्मी

02-Rohit Rana
प्रेम गर.......अर्थ नखोज
माया गर्छु.....तर्क नखोज
तिमी भन्दा पहिले,मै मर्छु
जान्छु नर्क, स्वर्ग नखोज
Butwal, Rupandehi
Hall, Kabul, Afghanistan

03-Sunil Neupane Marling
गत रात किन खास भो।
तिम्रो साथको आभास भो॥
छुट्टिदाको पिंडा मनमा।
सम्झेर त्यसै त्रास भो॥
सुनिल न्यौपाने जुनिया दुई गुल्मी
snmarling.blogspot.com

04-पुष्प जोशी
जून हराउदैमा आकाश हराउदैन ,
सागरको अटुट बिश्वाश हराउदैन ,
चाहे हत्केलाले चाहे बादलले छेकिय तापनि ,
रवि को सुमधुर आभाष हराउदैन.
पुष्प राज जोशी 'कैलाली'

05-Ram Sharan Shrestha # Muktak
जबसम्म आत्माहरु बुद्ध हुँदैन ।।
चाहेरनी कोहिपनि शुद्ध हुँदैन ।।
शान्तिनै गन्तब्य तोक्ने हो भने
कहिल्यै मार्ग अबरुद्ध हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
नेपाल
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
chisapaninepal.blogspot.com

06-Raag Gazmer Raz
तिमी र म जिउने घर फरक फरक
छोप्न यी वेदना कर फरक फरक
एकै हुने चाहनाको दुश्मन जमाना
छेकबार भन्ने थर फरक फरक
छोप्न यी वेदना कर फरक फरक
धरान

07-Ashish Danai **********************
डलर कमाउछु भन्दै उ बिदेसियो
घर बनाउछु भन्दै उ बिदेसियो
कती दु:ख गर्नुपर्छ त्यहाँ उसलाई थाह छैन
गरीबी हटाउछु भन्दै उ बिदेसियो
***************************
आशिष दनाई
गाउँशहर-२ दनाईगाउँ
हाल- काठमाडौं
www.ashishdanai.com.np

08-Bishnu Prasad Adhikari .
मुक्तक
तिम्रो मेरो सम्बन्धमा फाटो किन आयो
हिँड्दा हिँड्दै गोरेटोमा दोबाटो किन आयो
अपुरो हुन्छ भन्थ्यौ जीवन एक अर्का बिना तर
एक सिक्कामा फेरी तेस्रो पाटो किन आयो
-बिष्णु प्रसाद अधिकारी
पदमपोखरी-४, मकवानपूर
हाल काठमाडौ !

09-Ram Chandra Basyal
सुन्यता र मौनता मै थिए,पर्दा खोल्छु म त आज
छाती भरि बिझेका ति,छर्रा टोल्छु म त आज
लात नै लातको पिडा दियौ,म त आज मर्दा बोल्छु ,
अनेकता को संगिन रोप्यौ,जर्दा घोल्छु म त आज
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल,संयुत्त अरब इमिरेट्स

10-मोहन बिहानी मुक्तक--------------------------------------------
एकान्तमा एक्लै भेट्दा सुटुक्क मेरो हात किन समाएको ?
डुबौ न त मायाको सागरमा भन्दा, खुट्टा किन कमाएको ?
बाँधिएर आलिङगनमा चुम्बन साटा साट गर्दाको पलमा,
मृगतृष्णा पुरा भए झै हर्ष अनि खुशीले तिमी किन रमाएको ?
--मोहन बिहानी , भक्तिपुर-७ सर्लाही --http://mohanbihani.blogspot.com/
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

11-कपिल भण्डारी 'अबिरल' एक मुक्तक
अछाम बझाङ केबुल कार, चढ्न पाईने कहिले होनि।
उच्चशिक्षा निसुल्कमै, पढ्न पाईने कहिले होनी।
गासबास कबास अनि, रोजगारीका नारा संगै,
गरीबले सडकमा, डट्न पाइने कहीले होनि॥
-कपिल भन्डारी 'अबिरल'
ढकारी 6 रीमा अछाम
शुदुरपश्चीम नेपाल
हाल-माहाराष्ट्र पुना

12-Nirdoshi Pokhrel
समिप आयौ बोलिनौ किन ।
मनका कुरा खोलिनौ किन ॥
जिउदो लास बनाई छाड्यौ ।
चितामा बस्दा पोलिनौ किन ॥
-लोक बहादुर पोख्रेल बेनिमणिपुर सात सर्दी नवलपरासी
हाल मुम्बई बाट

13-Abhagi Mukesh "एक मुक्तक"
पुरानो लकरमा,बन्द हुदैछ गजल॥
टल्किने पेपरमा,छन्द हुदैछ गजल॥
जोडेर शब्दहरु,सत्य तथ्य खुलाउँदा॥
बिरानो शहरमा,मन्द हुदैछ गजल॥
"अभागी"मुकेश रेउले
बलिया 8 भुरुवा कैलाली
हालः मुम्बई भारत

14-Saroj Dhital
याद हरुले, ह्रदयमा, छुन्छ अनि ,मुटु दुख्छ..
घायल मुटु, टुक्रा परी, रुन्छ अनि, मुटु दुख्छ..
जलायौ नि, आर्यघाटमा, लगी मेरा भावनालाई..
एकान्तमा, तिम्रो याद, हुन्छ अनि मुटु दुख्छ...
डाछीँ 3 काठमाडौ

15-Sa-mixchya Adh
सोच्या छैन सँधै यस्तै "दुखः" होला जिवन !
आज मुटु जले भोली "सुखः" होला जिवन !!
रुँदा-रुदै बरु आँशु रीत्तीए त आजै...,
पछी हाँशो मिल्यो भने "ढुक्क" होला जिवन !!
~समीक्षा अधिकारी {सौराहा}

16-Sujata Thapa
जिवन बिच दुःख मैले लुकाएर हाँसे,
आँशुको त्यो मुहान मैले सुकाएर हाँसे,
मेरो हारमा यहाँ सबलाई खुशि धेरै मिल्दो रैछ,
त्यसैले नै नजर मैले झुकाएर हाँसे।।
सुजाता थापा,गागलफेदी-2,काठमाण्डौ

17-Nepali Gazal मुक्तक मधुरिमा परिवारलाई यौटा सुझब दिन चाहान्छु ।
सधै मुक्तक बाचन गरिरहनु भन्दा एक दुई एपिसोड मुक्तक के हो कसरी लेखिन्छ भनेर बताईदिनुभए नयाँ मुक्तक लेख्न चाहानेलाई सिक्न सजिलो हुनेथियो ।

18-Bikalpa Babu 
मिलन बिना गाह्रो भयो कटाउन रात
अली नजिक आउन सानु बुझाउन मात
साथ छ नि जुनताराको एक्लै नसम्झ
मेट्छ तिर्खा जवानीको समाउन हात
bikalpa babu gitanagar

19-Guru Dahal
उनका न्यानो अंगालो मा काटेको रात याद आउछ .........
एकान्तमा खुसि हुदै बाडेको मात याद आउछ .........
तिम्रा लागि ज्यानै दिन तयार थियो फुच्चे तर ....
हिड्दै गर्दा दोबाटोमा फाटेको हात याद आउछ .........
गुरु दाहाल .....राजस्थान भारत ....

20-अर्जेल मायाको शागर अर्जेल "नमश्कार मुक्तक मधुरीमालाई"
तिम्रो माया कश्तो चिन्न सकिन.
के गर्नु जर्बरजश्ती छिन्न सकिन!
पैशा नै ठुलो रैछ यो संशारमा;
गरिब हुनाको कारण किन्न सकिन

21-स्याङ्जाली रमेश स्याङ्जाली रमेश
स्थाई घर अर्जुनचौपारी ४
हाल मरुभुमीको छाती बाट
..................................
उ भन्दै छ मेरो महल ठडिनुपर्छ
म भन्दै छु भोको पेट भरिनु पर्छ
मान्छे सबै बराबरी रहोस् मान्यता
गरिबको लागि अब कै गरिनुपर्छ

22-Kumar Shrestha
कुनै दिन यो धर्ति छोड्न म सक्छु
तिम्रो नाम जप्दै यात्रा मोड्न म सक्छु
तिमि बिना छैन कुनै अरु प्रिय
यो आत्माछ साछी धेरैमाया जोड्न म सक्छु
(परिमार्जन गरियको )

23-Preety Sharma
आउ यो दिल खाली छ ,चोखो माया गर्छौ भने !!
स्मृतिमा राखी केवल ,सधै नजिक पर्छौ भने !!
सबको लाएक बन्नेछ ,तिम्रो मेरो सम्बन्ध यो !!
काडा होएन फुल बनि मेरै सामु झर्छौ भने !!
सुजिता पौडेल ''प्रीती''चैनपुर ज्यामिरे

24-Anita Rijal
बुझ्नै गारो कस्तो माया , बस्यो कान्छु भन . . ?
अदृश्य यो कुन साइनोले, कस्यो कान्छु भन . . ?
अधिकार पो कहाँ छ र तिमि मेरै भन्ने . . .
अनाहकमा यो दिल किन फस्यो कान्छु भन . . ?
(अनिता रिजाल from बछौली )

25-Dasuram Paudel
मलाइ देख्दा आँखा तीमी तर्छौ कीन कीन!
अजभोली पर पर सर्छौ कीन कीन!
तीमीनैहौ मुटु मेरो भन्दा भन्दै पनी!
मलाइ छाडी पराइ मनमा झर्छौ किन किन
(परिमार्जन गरियको )
डाँसुराम पौडेल
धातीबाङ-5,अर्घाखाची,हाल ,chandigardh इंडिया

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
धन्यबाद
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger