Home » » Muktak Madhurima - (2069-02-18/2012-05-31) - Download

Muktak Madhurima - (2069-02-18/2012-05-31) - Download

NepaliTalim | 8:15:00 AM | 0 comments
Muktak Madhurima Episode of 31-05-2012 (2069-02-18) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 18 गते तदनुसार 2012 May 31 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।




Listen and Download 

Download Link : Click Here to Download -2012-05-31


आज अर्थात २०६९-०२-१८ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 


01-प्रमोद ढकाल स्पन्दन
पदमपुर ८
आजकल मेरी उनि भेटम भन्छिन सधै
संगै बसी मनको रहर मेटम भन्छिन सधै
आफ्नो भन्दा बढी माया गर्छिन जस्तो लाग्छ,
मायालु धुन आउने सारंगी रेटम भन्छिन सधै

02-Mar Ling
म भन्दा अलि सानी रहेछिन ।
माया र प्रेमकी दानी रहेछिन ।।
स्वर्गबाट रे झरेको प्रियशी
परी जस्तै एउटी रानी रहेछिन ।।।
-सुनिल न्यौपाने मार्लिङ
जुनियाँ दुई गुल्मी नेपाल
हाल : मुम्बइ

03-Ram Sharan Shrestha
मुक्तक
म त एक्लो, पर्छु होला ।।
तिमी बिना, मर्छु होला ।।
नगर बन्द.... प्रेम बर्षा
नत्र नफुल्दै, झर्छु होला ।।
-राम शरण श्रेष्ठ,चिसापानी ६, रामेछाप ।
नोट :
मुक्तक मधुरिमामा प्रशारण भएका सम्पूर्ण भागहरु सुन्न र डाउनलोड गर्न मा http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima जानुहोला ।

04-Kumar Shrestha
हो तिमीलाई म रिझाउन जान्दिन ,
चाहेर पनि फकाउन जान्दिन
यो मनको दैलो अनि छाती भित्र
तिमि नै तिमि छौ, बताउन जान्दिन !!

05-Ashish Danai
हिजो नपिएरै मातिए म
आज पिएर नि आतिए म ।
बाहिर हेर्दा ठिकै देखिन्छु
तर भित्र भित्रै च्यातिए म ।।
-आशीष दनाई
गाउँशहर-२, दनाईगाँउ, लमजुङ
Download and listen Muktak Madhurima ( मुक्तक मधुरिमा )....
www.ashishdanai.com.np

06-Binod Adhikari
बाध्यता यो जीन्दगीको, साथ छोड्दै छु आज
तिम्रो मेरो बिचको नाता तोड्दै छु आज॥
जीन्दगीमा चलेको यो आधी, हुरी सँगै उडे पँछी
पिरतीले लेखेका ति कथाहरु मेट्दै छु आज॥
-विनोद अधिकारी-बछौली छ चितवन

07-Abhagi Mukesh
आधा जुनि बितिसक्यो, जिउनु छ अलिकति!!
अम्रितसरी प्रेमप्याला, पिउनु छ अलिकति!!
जन्मेदेखि आजसम्म, दुःख पिडा झेलि रहे!!
मनै न हो फाटिहाल्छ, सिउनु छ अलिकति!!
"अभागी"मुकेश रेउले
बलिया 8 भुरुवा कैलाली
हालः मुम्बई

08-Raag Gazmer Raz
आँखामा राखे आँशुसँगै बगाउँछु कि डर लाग्छ
कहि कतैं पीरहरुमा दबाउँछु कि डर लाग्छ
झुक्याउन तिमीलाई म किन सक्दिन
यथार्थमा पिडा छ रुवाउँछु कि डर लाग्छ
धरान

09-Nabodit Nabaraj
जलिसक्यो मेरो मुटु तिम्रो रापले अँगेनीमा !
पर्दैन भो धार लाउन व्यर्थै अब चुलेसीमा !!
बसे हुन्छ मनाएर उत्सब तिमी यो खुसीमा
मै बसुँला रोई रोई झोक्राउँदै मझेरीमा !!
नबराज नबोदित,लेगुवा धनकुटा,हाल दोहा कतार
www.sabdasarathi.wordpress.com

10-Buddhisagar Adhikari
एउटा डल्लो साबुनलाई नी सय भन्छन आमा ।
खिस्सी गर्दै गरिवका दिन गए भन्छन आमा
महङ्गी त अझै बढ्छ नयाँ सरकार गठन पश्चात
जो छन् धनी उही मन्त्री भए भन्छन आमा ।।
-Buddhi Sagar Adhikari,Bharat Pokhari-5,POKHARA,


11-Gyanu Gaire
खरानीझै भाछु बलेर जिउदै ।
छटपटी भाछु जलेर जिउदै ।।
मुटु बिनाको मानिस जस्तै
नउठने भाछु गलेर जिउदै ।।।
ज्ञानु गैरे,बेनिमनिपुर 7 सर्दी
नवलपरासी नेपाल,हाल : मुम्बई
साभार :
http://snmarling.blogspot.com/

12-कपिल भण्डारी 'अबिरल' एक 'मुक्तक'
खुन त आखीर दिएकैथे, गुन सकीएन।
सोचेकोथ्य आखीर त्यो, हुन सकीएन।
बीछोड रुपि पिडा सधै, यो मुटुमा पार्दै गयौ,
बाध्यताले हासिरहे, रुन सकीएन॥
कपील भण्डारी 'अबिरल' ढकारी 6 रीमा अछाम शुदुरपश्चीम नेपाल
हाल-माहाराष्ट्र पुना!

13-Guru Dahal
मिस्कल हान्दै दोबाटोमा कुर्न आउनेलाई
मेरा गजल मुक्तकमा फुर्न आउनेलाई
यो फुच्चेको छ्ड्के सलाम मुटुदेखि बाटै
एक्ला रातको गहिरो खाडल पुर्न आउनेलाइ
-guru dahal,jalandhar india

14-Biswas Lama 1
मन पग्लिएन र चर्काउनु भयो
एकान्त भएको ठाँउमा पर्खाउनु भयो
मैले माया गर्छु मात्र के भनेको थिएँ
"मैया"ले त संसार नै थर्काउनु भयो !
From=Biswas Lama.[canada]

15-Saroj Dhital
आज भोली, किन तिम्रो, नाम फरक फरक??
मान्छे अनुसार, लिने तिम्ले, दाम फरक फरक..
तिम्रो रुप यौवनको, सँधैभरी, बर्णन गर्ने...
दिन दिनै, मान्छेहरको,लाम फरक फरक..
आज भोली, किन तिम्रो, नाम फरक फरक??
-डाँछी 3 काठमाडौँ

16-Nabaraj Kharel
चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।
निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै
तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकीछ ।

17-Bikalpa Babu
"झुटो माया लायौ र त शत्रु हाँसे
बिछोड गाथा गायौ र त शत्रु हाँसे
आखिर के हासिल गरयौ तिम्ले
चोटै चोट पायौ र त शत्रु हाँसे"
-Bikalpa Babu
gitanagar chitwan

18-Bikram Arpan Mgr मुक्तक
सवाल:-
किनारा भै वारी-पारी बाढीदामा आशु झर्छ
तिमीबाट एकै पल टाढीदामा आशु झर्छ
बाचा सत्य छ कि छैन?शंका लाग्छ कैलेकाही?
पत्तै नदि एकान्तमा छाडीदामा आशु झर्छ .!!
^बिक्रम अर्पण
प्रान्ग्बुंग,पांचथर
हाल.मलेशिया

-गणेश ओली जवाफ;
किनारा भै वारी-पारी बाढीयर जान्न कैले
बिश्वास गर तिमीबाट टाढीयर जान्न कैले
बाध्यता हो सधै एक रहन काँ सकिन्छ र?
भै गो कुनै पत्तो नदिई छाडीयर जान्न कैले.!!!
गणेश ओली
कैलाली ,now;मलेशिया

19-अविरल भण्डारी
जाँड रक्सि होइन धोका, खायर बिग्रे म त
दुख होइन धेरै सुख, पायर बिग्रे म त
प्रेमको खेल के हो भनि बुझ्न मैले सकिनछु
साचो माया पिरती लायर बिग्रे म त
कुमरोज ३ , गबई

20-Bishnu Prasad Adhikari
मेरी उनी प्रति समर्पीत एक मुक्तक
"तिमी" भन PLEASE मलाई, "तपाईँ" नभन
माया गर्छु तिमीलाई म "नाईँ" नभन
'के साइनोले बोलाऊँ' भनि CONFUSE किन हुन्छौ सानू ?
"बिष्णु" भन बरु मलाई "दाई" नभन॥
-बिष्णु प्रसाद अधिकारी
पदमपोखरी - 4, मकवानपूर.
हाल काठमाण्डौ

21-स्याङ्जाली रमेश .
☺☺☺मुक्तक☺☺☺
स्कुल पढ्दा साथी साथी लडाउदै ठिक्क भयो
कलेज पढ्दा प्रेम प्रस्ताब बढाउदै ठिक्क भयो
ठुलो भएँ त्यसैले पो सोच्न थाले देशको निम्ति
अचेल टायर सडकमा डढाउदै ठिक्क भयो
-स्याङ्गजाली रमेश
मरुभूमिको छाती बाट
स्थाई घर अर्जुनचौपारी ४ स्यांग्जा

22-Krishna Paudyal
संसारको रिती यस्तै रहेछ।
यहाँको प्रकृती यस्तै रहेछ॥
दोषी छुट निर्दोष जेल भित्र।
उन्को त्यो समिती यस्तै रहेछ॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


23-बालकृष्ण भट्टराई
रुदा रुदै परेलिनी सुक्दो रैछ हेर,
बियोगिमा सारै मुटु दुख्दो रैछ हेर,,,
भाग्य पनि टाढा जान्छ दुख पर्दा खेरि
आफ्नै घरको कुकुर पनि भुक्दो रैछ हेर,
-बालकृष्ण भट्टराई,
स्यांग्जा,हाल दुवै .

24-प्रीती शर्मा
सहारा नपाउदा संगीतको,आफ्नै तालमा नाच्दैछु म ..!
मनभित्र पिडा लुकाई,सिमित हासो हास्दैछु म..!
दुख,चोट अनि पिडा,आखिर जिबन के नै छ र..!
मरे हुन्थ्यो भन्दा अरुले,एक को निम्ति बाच्दैछु म...!!!!
सुजिता पौडेल''प्रीती''चैनपुर ज्यामिरे चितवन
study at saheed smiriti multiple campus

25-भिम प्रसाद अधिकारि
स्कुल कलेज पाठशाला, बिद्या को नै खानि भन्छन
केहि सिकौ भनि होइन,टाइमपासलाइ जानी भन्छन
मै हुँ ठुलो भनि हिड्छन कसैलाई मान्छे गन्ने होइन
शिक्षक शिक्षिका लाइ थर्कायर मै हु राजा रानी भन्छन
भिम प्रसाद अधिकारि , बछौली चितवन

26-तिलक निस्कर्ष
दुइ मुटुकै सक्रियतामा माया, बस्यो मुटु भित्र
तिम्ले मन मोड्यौ ठुलै पैरो ,खस्यो मुटु भित्र
नाछुत्नु साथ् छुटिहाल्यो , भुलेर बाचू भन्दा ,
आज फेरी यहि माया ले , डस्यो मुटु भित्र
रत्ननगर ७ ,चितवन

27-श्रीकान्त बराल कहेराज़
कुर्सीमोह नेताज्यू लाइ , मर्यो संबिधान
जनता रुन्छन खाडलमा , पर्यो संबिधान
शहीद को आत्मा रुदा देख्ने कोहि छैन
कसले खोज्ने महासागरमा , झर्यो संबिधान
कृष्णमन्दिर चोक , चितवन

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
धन्यबाद
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger