Home » » Muktak Madhurima - (2069-02-25/2012-06-07) - Download

Muktak Madhurima - (2069-02-25/2012-06-07) - Download

NepaliTalim | 10:40:00 AM | 0 comments
Muktak Madhurima Episode of 07-06-2012 (2069-02-25) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download


आज मिति 2069 जेष्ठ 25 गते तदनुसार 2012 June 07 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurima जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen and Download 

Download Link : Click Here to Download - 2012-06-07


आज अर्थात २०६९-०२-२५ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
 


01-Krishna Paudyal
मुस्कान लुछ्ने ति___हात नदेखाऊ।
कुवेच्छित नारिको__जात नदेखाऊ॥
टाढिन्छन स्वार्थ____पुरा गरे पछी॥
भो भो अब यौवनको मात नदेखाऊ॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी

02-Rohit Rana
आशा त छैन,पत्थर पग्लिन्छ की?
विष संगै त्यो,अत्तर पग्लिन्छ की?
केही गर्छु भनी हिंडी रहेकै हो उ
हेरम खै त्यो कत्तर पग्लिन्छ की?
रुपन्देही-बुटवल
हाल Kabul Afghanistan

03-Ram Sharan Shrestha
प्रेमले काँडाको मतलब गर्दैन ।।
नजिक टाढाको मतलब गर्दैन ।।
दुई मुटु एउटै भैसकेपछि त
खतरा र बाधाको मतलब गर्दैन ।।
www.chisapaninepal.blogspot.com/

04-Mar Ling
बेअर्थका कहानी केरौ र डर लाग्छ ।
छड्के नजरले हेरौ र डर लाग्छ ।।
कतै मलाइ छोडी अन्त पो जान्छौकी
हिजोका ति कुरा फेरौ र डर लाग्छ ।।।
सुनिल न्यौपाने मार्लिङ
जुनियाँ दुइ गुल्मी


05-Ashish Danai **************************
फेरी भोट माग्न आउलान् खबर्दार
संबिधानको आस देखाउलान् खबर्दार
आधा धुकुटी त रित्ताइसके यो देशको
अब बाँकी रित्ताउलान् खबर्दार
**************************
आशिष दनाई
गाउँशहर-२ दनाईगाउँ
हाल- काठमाडौं
www.ashishdanai.com.np

06-Ganesh Paudel
केटि हरुको सान खोज्ने बानी नराम्रो
ब्वाई फ्रेन्ड संग मान खोज्ने बानी नराम्रो
साना तिना कुरा हरुमा तेसै रिसायर,
आफ्नै कुरामा लान खोज्ने बानी नराम्रो
गणेश पौडेल
(परिमार्जन गरियको ) r.n.t3 belsi

07-बिमर्श कंडेल मुक्तक
बन्द र हड्तालले यो सरकार भोको हुदैन
सधैभरि मन्दिरको पुजारी पनि चोखो हुदैन
चाहे तपाई जतिसुकै हल्नुहोस खुट्टाहरु त्यसमा
त्यो छाना मथिको कुबिन्डो कहिलै बोको हुदैन |
bimarsha kandel , bharatpur-12, chitwan,nepal

08-Abhagi Mukesh "एक मुक्तक"
सुन्दा नमिठो लाग्छ, गलेको छ मेरो देश॥
पापी नजर पर्दा, ढलेको छ मेरो देश॥
कस्तो सँस्कार राखे, जातिय भेदभेवले॥
सधैँ बन्दमा परी, जलेको छ मेरो देश॥
"अभागी"मुकेश रेउले
बलिया 8 भुरुवा कैलाली
हाल-मुम्बई

09-कपिल भण्डारी 'अबिरल' एक 'मुक्तक'
रमाईलो गर्दै हीड्ने सफर काहाँ हो र।
गाउँ छोड्नु बाध्यता हो रहर काहाँ हो र।
जिउन नजानेर जहर बन्यो जीन्दगी,
अमृतमै थियो सत्य! जहर काहाँ हो र॥
कपिल भण्डारी 'अबिरल'
ढकारी 6 रिमा अछाम शुदुरपश्चीम नेपाल
हाल-माहाराष्ट्र पुना।

10-स्याङ्जाली रमेश ☺☻☺
आँशु मेरा बाटै भरि पोखिएर खतमै भो
हाँसो खुसि मुख भित्रै टोकीएर खत्तमै भो
जिन्दगि यो भेल सरि यत्रतत्र बगिदिदा
दुँखेको छु जताततै ठोकिएर खतमै भो
-स्याङ्जाली रमेश
स्थाई घर.. अर्जुनचौपारी ४ स्याङ्जा
हाल ..मरुभूमिको छाती बाट

11-Raag Gazmer Raz
यो समस्याको समाधान जनता हुनुपर्छ
पारित गर्ने संविधान जनता हुनुपर्छ
जुनै जोगी आए'नि कानै चिरेको
ताला खोल्ने सबै निदान जनता हुनुपर्छ
नेपाल


12-श्रेष्ठ समनश्री =मुक्तक=
यो शहरमा पिठो,बिक्छ कहिलेसम्म ?
यसरी नै जिन्दगी,टिक्छ कहिलेसम्म ?
यो अभाव र सरकार के हो भन्छ मेरो छोरा,
उस्तै उस्तै हो भनेर,सिक्छ कहिलेसम्म ?
# श्रेष्ठ समनश्री, बर्दिया

13-Nabodit Nabaraj
छातीभरी अनगिन्ति पीर छ भनिदिनु |
दायाँबायाँ अनकन्टार भीर छ भनी दिनु |
सकें भने यै जुनीमा फर्काउँला गुन
नसकेमा अर्को जुनी तिर्छ भनिदिनु |
नबराज नबोदित
लेगुवा धनकुटा
हाल - दोहा कतार

14-Rabindra Thapa ## बिबशता ##
न त आयो सँबिधान,
न त आयो दिगो शान्ति,
झट्टै घर फर्कि आउ है,
भनि मेरि सानि भन्थि,
सकिएन बन्द हडताल,
सकिएन चकका जाम,
देशमा कुनै अबसर छैन,
बिबश छु म खान घाम,
(मुक्तक मिलेको छैन )
## रबिन्द्र थापा ##
## हाल दुबई ##

15-Bikalpa Babu 
अमुल्य प्रेमको मोल, चुकाएर गयौ
प्रेमको सारा नाता, टुटाएर गयौ
हाँसो छर्छु सँधै, चोट दिन्न भन्थयौ
....फेरी... किन मुटु, दुखाएर गयौ
by Bikalpa Babu
गितानगर 1, चितवन

16-Surya Chemjong रुबाई............
रुनु पर्ने हामी हाँसी हाँसी कैले सम्म
परदेशमा भएर दासी कैले सम्म
पखेरामा जन्मि हुर्की छहरामा खेल्ने
तमोरको बिच हुने प्यासी कैले सम्म

17-Gyanu Gaire
प्रेमनाता तोड्दै छु ।
तिमीलाइ छोड्दै छु ।।
बाध्यताले यस्तै भो
जिन्दगीनै मोड्दै छु ।।।
ज्ञानु गैरे
बेनिमनिपुर सात
सर्दी नवलपरासी
साभार :- snmarling.blogspot.com

18-Gyanendra Doshi
कस्तो मान्छे बेशीतिर झर्ने कुरा गर्छौ
मात्र ओठमा चुम्बन गरी टर्ने कुरा गर्छौ ।
कोमल तिम्रो अङ्ग अङ्ग बेहोसीमै मैले चुम्दा
सर्माउदै पर पर सर्ने कुरा गर्छौ ।
gyanendra doshi
makawanpur, sarikhet-5



19-Tekendra Adhikari Nepali मुक्तकः
बचतमा जम्मा गर्दा चल्ती कहाँ हुन्छ हजुर
सधैँ गरे नुनको सोझो गल्ती कहाँ हुन्छ हजुर
रित्ता हुँदैछन् मान्छे यहाँ खुसी छैन अनुहारमा
भेटिएन मानवताको खल्ती कहाँ हुन्छ हजुर ।
-टेकेन्द्र अधिकारी
ज्यामिरे-८ खोटाङ
हालः विराटनगर

20-Bimal Giri
देशबिदेश जहाँ रहु हाम्रो भेष रहिरहोस्
हामी रहु या नरहु हाम्रो देश रहिरहोस्
अदुरदर्शी आवेगबाट बिनास नहोस् देश
हराभरा र सुन्दर हाम्रो परिबेस रहिरहोस् ।।

21-रुबेन पुन मगर
मुक्तक
ढाँतेर जनतालाई लुट्न सम्म लुट्यौ देश ।
भुलेर महानतालाई लुट्न सम्म लुट्यौ देश ।
दिएर भोट् तिमीलाई जनताले पठाएको
ठगेर साधुसन्तालाई लुट्न सम्म लुट्यौ देश ।
Ruben Pun Magar
Bihu-6 , Baglung.

22-Saroj Dhital
हाँसी हाँसी, बाँचे पो त, फूलिरहन्छ जिवन..
झरी पछी, आकाश झैँ, खुलिरहन्छ जिवन...
एक निमेस, हाँसो पाउन, कुर्नु पर्ने बर्षौ यहाँ..
एउटा दुष्ट, प्रेतात्मा भै, डुलिरहन्छ जिवन..
हाँसी हाँसी, बाँचे पो त, फूलिरहन्छ जिवन..
डाँछी 3 काठमाडौ

23-Bikram Arpan Mgr
खाएका ढिडो आटो सम्झिए
दुख छ आमा बाटो सम्झिए
कहाँ छन् आफ्ना प्रवासी दुनियामा,
हर पल आफ्नै माटो सम्झिए ..!!
-Bikram Arpan
Panchthar Praangbung
now:Malaysia

25-Bishnu Prasad Adhikari मुक्तक:
के भन्नु र धोका दिई हिन्नेहरुलाई
माया तौली बेच्ने अनि किन्नेहरुलाई
महलको दीयो भए पुग्छ अरे ज्योति छर्न
झुपडीको चाँदनी नचिन्नेहरुलाई ।
-बिष्णु प्रसाद अधिकारी
पदमपोखरी-४, मकवानपूर,
हाल: काठमाण्डौ,धन्यवाद ।

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
धन्यबाद

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger