Home » » गजलकार कमल खत्री "राज"का तिन ३ गजलहरू (3 Ghazals by Kamal Khatri 'Raj') : 03-10-2016

गजलकार कमल खत्री "राज"का तिन ३ गजलहरू (3 Ghazals by Kamal Khatri 'Raj') : 03-10-2016

NepaliTalim | 6:20:00 PM | 0 comments
Kamal Khatri Raj
१. गजल 
घरआँगन,खेत पहिरो ले  बारि बगाएपछी
रहेन त्यो जङ्ल भन्नू साल घारी बगाएपछी ।

कहिले अल्प कहिले अना बृष्टी हुदा हेर
के हेरि मन बुझाउने हो वारि पारी बगएपछि ।

कतै लालाबाला रोए! कतै आमाबाबा पनि
कोई अझँ धेरै रोए! प्राण प्यारी बगाएपछी ।

प्रकितिको के कुरा, निक्कमा त सरकारनै हो
रुन्छ यो मन अझधेरै बाधँ सारी बगाएपछि ।

मुस्कुराउनु जीवन भन्छन बिद्वानहरु मलाइ
मुस्कुराउनु कसरि  आफन्त मारि बगाएपछी।

घरआगन,खेत पहिरोले वारि बगाएपछी
रहेन त्यो जङ्ल भन्नू साल घारी बगाएपछि ।

कमल खत्री "राज"
साउदी अरब

२.गजल
दशै-तिहारमा आमा घर कमेरोले रङ्गाउनु है
लाखै त्यो बत्ती बालेर अधेरोलाई हटाउनु है

मखमली फुलेकै होला सयपत्री फुलेकै होला
उनेरमाला सुन्दर घरको सेरोफेरो सजाउनु है

न टिका न जमरा भो यो कमरा जिन्दगि
सम्झेर नरुनु आमा त्यो मनलाई समहाल्नु है

देउसी र भैलोआउदा खेरी यो मनै रसाउछ
आउनेलाई सलाम सम्झना छ मेरो बताउनु है

किनेर खुसी लिएर आमा अर्कोसाल आउनेछु
मबिनापनि यसपालिको दशै-तिहारमा रमाउनु है

कमल खत्री "राज"
साउदी अरब

३.गजल
म फुलेर गएपनी ,,,,,,,म झरेर गएपनि
सम्झनामा मुस्कुराउनु म मरेर गएपनि

जित्यौ होला तिमिले जिन्दगिको बाजि
जित्नेलाई बधाई छ म हारेर गएपनी

खुशी लुटेर लग्यौ पिडा मात्र बाकी छ
हासिरहनु तिमी,,,आशु म छरेर गएपनि

खाली खाली छु  म ,,,यो मेहेफिल तिम्रैलागि
लाख तिम्लाई भो,,,,,,एक्लै म परेर गएपनी

म फुलेर गएपनि ,,,,,,,,म झरेर गएपनि
सम्झनामा मुस्कुराउनु ,,,,,म मरेर गएपनी।

कमल खत्री "राज"
साउदी अरब

Note:
Copyright Reserved with Writer
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger