Home » » गजल-बर्सौं बित्यो पर्देशमैं खाली निधार छ मेरो-सागर भण्डारी "बीभोर"-03-11-2015

गजल-बर्सौं बित्यो पर्देशमैं खाली निधार छ मेरो-सागर भण्डारी "बीभोर"-03-11-2015

NepaliTalim | 9:21:00 AM | 0 comments
बर्सौं बित्यो पर्देशमैं  खाली निधार छ मेरो
ठगीरह्यो भाग्यले नि उदास तिहार छ मेरो

त्यो प्यारो गाउँ र ठाउँ रङ्गिन् थियो दुनिया
बचपन्को  उमङ्ग र  तेहि यादगार  छ मेरो

देउसी भैलो  खेल्दाको  नाचगान र संस्कृति
अनौठो उत्साह खुसी छुट्टै त्यो सन्सार छ मेरो

दैलोमा ओख्खर् फोर्दै दीर्घायुको गर्दै कामना
बैनिले  देको  रुमाल  उस्तै  उपहार  छ  मेरो
सागर भण्डारी "बीभोर"
दर्पुक 1 पाल्पा
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger