Home » , » सार्वजनीक यातायातबाट उठाईने संगीत रोयल्टी बारे विस्तृत जानकारी - गीत संगीत बजाएबापत सार्वजनिक सवारी साधन यातायातले बार्षिक कति संगीत रोयल्टी तिर्नुपर्छ ?

सार्वजनीक यातायातबाट उठाईने संगीत रोयल्टी बारे विस्तृत जानकारी - गीत संगीत बजाएबापत सार्वजनिक सवारी साधन यातायातले बार्षिक कति संगीत रोयल्टी तिर्नुपर्छ ?

NepaliTalim | 8:39:00 PM | 0 comments
सार्वजनीक यातायातबाट उठाईने संगीत रोयल्टी बारे विस्तृत जानकारी - गीत संगीत बजाएबापत सार्वजनिक यातायातले बार्षिक कति संगीत रोयल्टी तिर्नुपर्छ ? 

Transport Management Directives 2060 Released by Department of Transport Management on Nepal Government on 18th Chaitra 2060


प्रतिलिपि अधिकार एन २०५९ ले नै जुन सार्वजनिक ठाउँ या गाडीमा गीत बजाइन्छ त्यसले गीत संगीत बजाएवापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको छ ।
Watch This Video for Detailed 


सार्वजनिक सवारी साधन गाडीमा गीत बजाए वापतको रोयल्टी नतिरे अब गाडीको नवीकरण र रुट इजाजतको प्रमाणपत्र नै नपाइने भएको छ । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले २०७४ चैत्र १८ गते आईतवार जारी गरेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधित २०७४ चैत्रले सार्वजनीक सवारी साधनमा गीत संगीत बजाए वापतको संगीत रोयल्टी नतिरेसम्म नवीकरण र रुट इजाजत प्रमाणपत्र नदिने ब्यवस्था गरेको छ ।

यहाँ सार्वजनिक सवारी साधन भन्नाले ठूला बस, मिनि बस, ट्याक्सी, माईक्रो, जीव, हायस, ट्रक मिनि ट्रक तथा ट्याँकर, मिनि ट्रक, पिकअप गाडी र तिनपाँग्रो ट्म्पो आदी हुन् भने यस्ता सवारी साधनमा मा गीत संगीत बजाए वापतको संगीत रोयल्टी नतिरेसम्म रुट इजाजत नदिने प्रावधान राखेको छ । हाल देशभर २ लाख भन्दा बढी सार्वजनिक सवारी साधनहरु परिचालित रहेका छन् । यातायात ब्यवस्थापन कार्यविधि निर्देशिकामा के के छन् त ?

१) ११.१.३ सरुवा दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रकृयाको नं. १६ (पेज नं ३९मा पर्छ) बुँदामा सार्वजनिक सवारी साधनहरुको सरुवा, दर्ता गर्दा संगीत सम्वन्धी रोयल्टी चुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

२) ११.१.४ हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रकृयाको १३ नं. बुँदा (जुन पेज नं.४१ मा पर्छ)  सवारीको नंं प्लेटमा परिवर्तन गर्न हेरफेर दर्ता गर्दा वा सवारीको मुख्य पाटपुर्जा परिवर्तन गर्नु परेमा उक्त  सवारीले संगीत सम्वन्धी रोयल्टीको चुक्ता प्रमाणपत्र नियमीत रुपमा लिए नलिएको तथा नवीकरण गराए नगराएको समेत हेरी सो अनुरुप नभएको भए सो गराएरमात्र हेरफेर गर्न स्वृक्रित दिनु पर्नेछ । 
३) ११.२ सावरी नामसारी  गर्दा अबलम्बन गनुपर्ने विषयहरुको बुँदा ८ ( जुन पेज नं.४४ मा पर्दछ ) सार्वजनिक सवारी साधनको हमका नामसारी गर्दा संगीत सम्वन्धी रोयल्टी चुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

४) ११.५ बाटो इजाजतपत्र सम्वन्धमा भन्ने बुँदाको को २९ (जुन पेज नं. ५३ मा पर्छ) बुँदामा संगीत सम्वन्धी रोयल्टी चुक्ता गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

५) ११.७ बाटो इजाजतपत्र स्थागित गर्न र बाटो कट्टा गर्नको लागि आवस्यक पर्ने कुराहरु को बुँदा २ (जुन पेज नं. ५५ मा पर्छ) मा चालु आ.व. सम्मको सम्वन्धित सवारीको संगीत रोयल्टी चुक्ता प्माणपत्र पेश गर्ने गरेको हुनुपर्नेछ । 

६) ११.११ सवारी दर्ता प्रमाणपत्रको नवीकरणको लागि पेश गर्नुपर्ने कागजातहरु को बुँदा नं. ४ (जुन पेज नं.५९ मा पर्छ) भाडाको सवारीको हकमा संगीत रोयल्टी प्रमाणपत्र अद्यावधीक भएको भए मात्र सवारी दर्ता पमाणपत्र नवीकरण गर्नुपर्नेछ । 

७) १३.४ बाटो इजाजतपत्र शाखामा कार्यरत फाँटवालाको जिम्मेवारी अन्तगर्त बुँदा नं. १ –(जुन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को पेज नं. ८७ मा पर्छ) मा निवेदकबाट पर्न आएको निवेदन सम्वन्धमा फँटवालाले प्राप्त संगीत रोयल्टी चुक्ता प्रमाणपत्रको रुजु गरि निर्णयको लागि कार्यालय प्रमुख वा कार्यालय प्रमुखबाट अधिकार प्रत्यायोजन भएको कर्मचारी समक्ष सोहि दिन पेश गर्नुपर्नेछ । 

८) १४.४ को बाटो इजाजत पत्र सम्वन्धी ब्यवस्थाको  (ख) बाटो इजाजत पत्रको नवीकरण र प्रतिलिपि सम्वन्धि ब्यवस्थाको (जुन पेज नं. ९६ मा पर्छ) को ९ नबुदामा संगीत रोयल्टी चुक्ता  प्रमाणपत्र पेश गरेपछी मात्र सवारी धनीलाई बाटो इजाजत पत्रको निवीकरण य प्रतिलिपि प्रदान गरिनेछ । 

कुन सार्वजनिक सवारी राधनले वार्षिक कति संगीत रोयल्टी तिर्नुपर्छ त हेरौं ।
। यो नयम निजी सवारी साधनहरुको हकमा लागु हुने छैन । 

१) ठूला बस – वार्षिक २ हजार रुपैयाँ
२) मिनी बस – वार्षिक १४ सय रुपैयाँ
३) ट्याक्सी, माइक्रो, जीप, हायस – वार्षिक १ हजार रुपैयाँ
४) ट्रक तथा ट्यांकर – वार्षिक १२ सय
५) मिनी ट्रक – वार्षिक १ हजार
६) पिकअप गाडी – वार्षिक ९ सय
७) तिनपांग्रे टेम्पो – वार्षिक ८ सय

नाेट - यातायात ब्यवस्था  विभागका अनुसार कसैले रोयल्टी प्रमाणपत्र विना गीत संगीत बजाइएको पाइएमा २ लाख सम्म जरिवना गरिनेछ । 

संगीत रोयल्टी कस्ले उठाउँछ र प्रमाणपत्र कस्ले प्रदान गर्छ ? 
रोयल्टी संकलन समाजले रोयल्टी संकलन गर्छ र प्रमाण पत्र प्रदान गर्नेछ । 
श्रष्टाहरुलाई वितरणको आधार अन्तर्राष्ट्रिय मान्यतालाई हेरेर युट्युव, रेडियो टिभीमा बजेका गीत, मेला महोत्वसमा बजेका गीत, आरविटी, सदस्यता अनि पुराना गायक आदीको आधारमा हामीले उठेको रोयल्टी वितरण गर्नेछौं भनेर रोयल्टी संकलन समाजले प्रतिवद्धता जनाएको छ । यस्को निर्णय अझैं भएको छैन । 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger