Home » , » गजल-बिक्रिमा इमान, राखेर उस्ले, तमासा गर्दैछ

गजल-बिक्रिमा इमान, राखेर उस्ले, तमासा गर्दैछ

NepaliTalim | 3:14:00 PM | 0 comments


बिक्रिमा इमान, राखेर उस्ले, तमासा गर्दैछ ।
प्रेमको दोकान, राखेर उस्ले, तमासा गर्दैछ ।

हृदय पनि, नभए जस्तो, डाक्टरी हरुको
पैसामा प्राण, राखेर उस्ले, तमासा गर्दैछ ।


जलाई मुटु, खरानी बोकी, हिडेछ त्यो प्रेमी

छातीमा चिहान, राखेर उस्ले, तमासा गर्दैछ ।


आएन सर्कार, गाउँलाई हेर्न, राहत लिएर

कुर्चिमै ध्यान, राखेर उस्ले, तमासा गर्दैछ ।


मौलायो झार, खेतीको सट्टा, दुखिछ किसान

सुनमा अनुदान राखेर उस्ले तमासा गर्दैछ ।

रामको पिडा, देखेर साथी, थपडी बजाई

ओठमा मुस्कान, राखेर उस्ले, तमासा गर्दैछ ।

राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप

























Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger