Home » , » गजलकार धनराज पाण्डेयका २ गजलहरू [ 2 Ghazals by Dhanraj Pandey] -06-07-2017

गजलकार धनराज पाण्डेयका २ गजलहरू [ 2 Ghazals by Dhanraj Pandey] -06-07-2017

NepaliTalim | 2:32:00 PM | 0 comments
१.गजल
मारुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ 
ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।

नदेखाउँ न त भन्छु मेरा दुःख अरुलाई
लुकाउनलाई मुख सक्दिन त के गरुँ ।

पेट त्यसै नभरिने एक इलम बिना अाज
मेटाउनलाई भोक सक्दिन त के गरुँ ।

बन्दैछ रे तमासा मेराे अाज समाजमा
बन्नलाई भावुक सक्दिन त के गरुँ ।

मरितुल्य भाछ जीवन लासकाे छैन टुङ्गाे
मान्न अाफ्नै साेक सक्दिन त के गरुँ ।
धनराज पाण्डेय 
टिकापुर कैलाली
919730422948
Dhanrajpandey17@gmail. Com

२. गजल
पिडाहरुले थिचि थिचि भार भा छ जिन्दगानी 
झड्का दिन्छ घरी घरी तार भा छ जिन्दगानी !!

ब्यर्थ लाग्छ यो जिन्दगी घोचीरहदा अभावले 
मर्न पनि नसकिन दोधार भा छ जिन्दगानी !!

सम्झौताका पाना हरु हस्ता छर नै गरेपछी 
लिलामीमा बेचिएर भन्सार भा छ जिन्दगानी  !!

भरौ भन्थ प्रदेश आई गरीबको खाल्टो लाई 
झनै भित्र भासिएर ओढार भा छ जिन्दगानी !!

कहिल्यै पनि भरिएर बैरागी को भकारी त 
स्वत्न हरु टुक्रिएर हजार भा छ जिन्दगानी !!

धनराज पाण्डेय 
टिकापुर कैलाली
919730422948
Dhanrajpandey17@gmail. Com




Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger