Home » , » श्रृंखला 235 : वहकिने मन Bahakine Man (19-12-2016/2073-08-04) : Download

श्रृंखला 235 : वहकिने मन Bahakine Man (19-12-2016/2073-08-04) : Download

NepaliTalim | 1:46:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -235
DATE  - 
 (19-12-2016/2073-08-04) 

Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 पाैष 04 तदनुसार 19-December-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 235 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube




साताको ६ मुक्तक (2073-09-04)
यी साथीहरुले आगामी ४ प्रतिष्पर्धासम्म सहभागिता नजनाएर अरु साथीहरुलाई पालो दिनुपर्नेछ है ।
सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद ।
1)
बस्दैन धेरै घरतिरै लम्किन्छ, मदिरा पिए पछि
छोडीजाने निष्ठुरी सम्झिन्छ, मदिरा पिए पछि
खै कुन ओखती मिलाएको छ मदिरामा यस्तो
मुसाले पनि बिरालो झम्टिन्छ, मदिरा पिए पछि
प्रदिप ठकुरी
सहारे-५,सुर्खेत
2)
हात्तिलाई सुँगुरको खोर भित्र लुकाउने जस्तो
बाँधेर घाँस हाली फेरि एकछिन फुकाउने जस्तो
तिमी हुँदै नुहुने कुरा किन बारबार गर्छौ यार
कपडा घाममा धोएर पानीमा सुकाउने जस्तो
केशब शाही
खरिगैरा दैलेख
3)
राम जस्तो महापुरुष पति खोज्नु अघि
सीता जस्ती सभ्य नारी श्रीमती खोज्नु अघि
आफै स्वयम् राम र सीता बनेर त देखाउ
जुनि-जुनि सँगै बाँच्ने पिरती खोज्नु अघि ।।
रुद्र कंडेल "आदर्श "
राप्ती ९ चितवन
हाल दक्षिण कोरिया
4)
बोक्नै नसकिने गरी ठूलो भारी राखिदिन्छ
वारी हुनुपर्नेलाई झन पारी राखिदिन्छ
जो बिना मेरो जिन्दगी एक्छिन चल्ने छैन
प्रेममा उसैको मन झन भिकारी राखिदिन्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
5)
निस्किँदा बाहिर एकछिन शँका गर्यौ भने
हुँदा साथिसँग खानपिन शँका गर्यौ भने
यति लामो जिन्दगि कसरी बित्ला प्रिया
तिमिले यसरी दिनका दिन शँका गर्यौ भने
सन्जय पुन मगर
सिम्ता काप्रिचौर ६ सुर्खेत
हाल साउदि अरब
6)
दुख पीडा जिन्दगिमा भार,बनाइ दिन्छन्।
गन्तव्य एक तर दुइ किनार,बनाइ दिन्छन्।
अरे यार मान्छेहरू कति स्वार्थि भएका
मुटु र धड्कन अलग्याइ पार बनाइ दिन्छ्नl
ज्ञानेन्द्र रिजाल
भुमेस्थान ८ देबिस्थान धादिङ
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger