Home » , » गायक तथा गजलकार खेमराज तमोलीज्यूका १० गजलहरू (10 Ghazals by Khemraj Tamoli)

गायक तथा गजलकार खेमराज तमोलीज्यूका १० गजलहरू (10 Ghazals by Khemraj Tamoli)

NepaliTalim | 1:00:00 PM | 0 comments
१.गजल
हराइने कता कता खाडी मुलुकमा।
रहेनछ मानवता खाडी मुलुकमा।।

केहीगर्छु भनी धेरै सपना लिइ छिरे।
भइन्छ कि  बेपत्ता खाडी मुलुकमा।।

सत्य कुरा लुकाएर झुटो प्रचार मा।
ढाट्नु पर्ने बेबस्ता खाडी मुलुकमा।।

इमान्दार कोहि छैनन ठग्नेमात्रै धेरै।
चोरै चोर जताततै खाडी मुलुकमा।।

सबै जानी सबै बुझी हार खानु पर्ने।
नहुने भो सफलता खाडी मुलुकमा।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

२.गजल
दिलसंग दिल दुख्दा हारेको मान्छे मत।
महल बनाउन छाती खारेको मान्छे मत।।

निष्ठुरीको लागी मैले चिर आयु दिँदा।
आफ्नै उमेर आफैँले मारेको मान्छे मत।।

जुन तारा झार भनी अनेक भाँती गर्दा।
सारा चारै धामनै चारेको मान्छे म त।।

उनको मनमा मैले धन जोख्न नसकेर।
उनको आँगनी  बारेको मान्छे म त।।

त्याग्नु जती सबै त्यागेँ मात्र उनकै लागी
भावीले नै हेँलामा पारेको मान्छे म त।।

निराश यो एक्लो यात्रा गर्न नसकेसी।
अन्तिम सासमा घाट सारेको मान्छे मत।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

३.गजल
पुजारीहरु भन्छन भगवान मन्दिरमा छ।
म भन्छु हजुर भगवान सतिको पिरमा छ।।

बोल्दैन पत्थर सुन्दैन कसैको पुकारपनि।
तर वास्तवमा मान्छे उसैको अधिरमा छ।।

हातको रेखा र निधार हेर्छन जोतिषले।
भन्छन भाग्य त हजुर को जन्जिरमा छ।।

दुख गर्छु सफलता मिल्नेछ हरेश खादिन।
आमा बुवाको आशीर्वाद मेरो शिरमा छ।।

बाचुन्जेल जिन्दगी पानीको फोका जस्तो।
मरेपछि को जिन्दगी खोलिको तिरमा छ।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

४.गजल
कोइ भन्छिन मेरोलागि चोली लिएर आउँनु।
कोइ भन्छिन मेरोलागी डोली लिएर आउँनु।।

सुनाउछिन चिल्ला कुरा देखाउछिन मिठा सपना।
भन्छिन मेरा लागि खुशीको  खोली लिएर आउँनु।।

भन्छिन हजुर बिना फिक्का देखिन्छ यो जोवन।
मेरो जीवन नै रंगिन पार्ने होली लिएर आउँनु।।

बिन्ती विश्वास गर्नुस गर्दिन घात कहिल्यै पनि।
भन्छिन माया राख्नलाइ झोली लिएर आउँनु।।

पर्दिन म कसैको भर कुरा टार्न बैशाखमा भन्छु।
भन्छिन बैशाख होइन आज भोलि लिएर आउँनु।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

५.गजल
जे गर्न  नि अरुकै खटन हुन्छ बिदेशमा।
मनै छियाछिया पार्ने वचन हुन्छ बिदेशमा।।

स्वदेशको जस्तो शितल का पाउनु र खै यहाँ।
मरुभूमिको तातो हावा बहन हुन्छ बिदेशमा।।

ठेगान हुन्न जिन्दगीको कोहि कसैको त कठै।
टेक्न नपाई स्वदेश माटो मरण हुन्छ बिदेशमा।।

मानव हौं कहिलेकाही गल्ती पनि हुनसक्छ।
माफी भन्दा पनि फाँसी चलन हुन्छ बिदेशमा।।

चर्को घाम रगत र पसिनाको भेल सङ्गै।
मर्दै मर्दै बाँचेको जीवन हुन्छ बिदेशमा।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

६.गजल
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।

जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले।
तिमी संगै हाँसी खुशी संगै मर्छु भन्नेले।।

दोबाटोमा छाडदिएउ एक्लै हिड्न कर लाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।

मुटुभित्र बास मागी, मन मुटु डढाउनेले।
थाहै नदिई कलेजीमा छुरा चलाउनेले।।

हास्दै बिदा मागीदिएउ जाऊ भन्नै कर लाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।

स्मृतिका छाल छाडी टाढा गईदियौ सानी।
आँखाभरी आँसु दिई पराई भइदियौ सानी।।

हृदयमा घाऊ दिएउ सुम्सुम्याउनै करलाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

७.गजल
अधिकारी थर बनाउन मन छैन कि सानी।
पश्चिम तिर घर बनाउन मन छैन कि सानी।।

के छ तिम्रो बिचार कुन्नी बुझ्न खोजेको हो।
मलाइ तिम्रो भर बनाउन मन छैन कि सानी।।

मत खुशि हुन्छु हेर तिमी जीवन साथी भए।
मलाइ आफ्नो वर बनाउन मन छैन कि सानी।।

स्वच्छ हावा चिसो पानी डडेलधुरा को।
तिमिलाइ रहर बनाउन मन छैन कि सानी।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

८.गजल
शत्रुहरु आउलान सानी होसियार हुनु तिमी।
कुराको भेउ पाउलान होसियार हुनु तिमी।।

यो दुनियाँमा सबै स्वार्थि मात्रै छ रे सानी।
घरबार उठाउलान होसियार हुनु तिमी।।

सुखको लोभ देखाइ धनको लालच देखाइ।
कसैले  फकाउलान होसियार हुनु तिमी।।

जिवनको सहि मार्ग देखाउछु भन्दै उल्टो।
खाल्डो देखाउलान होसियार हुनु तिमी।।

तिम्रो मन जित्नलाई  मेरो बारे कसैले।
खिल्ली उडाउलान होसियार हुनु तिमी।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

९.गजल
लाखौं रुपैयाँ दलाललाई दिएर बिदेश जादैछु।
बेदना का आँसु हरु पिएर बिदेश जादैछु।।

सबै छुटे मातृभुमी ममि बाबा साथि गाउँ घर।
खिया लागेको फलाम झै खिएर बिदेश जादैछु।।

केही छैन मेरो साथमा गह भरी आँसु सिवाय।
आमाबाको माया र आशीर्वाद लिएर बिदेश जादैछु।।

दुख्यो छाती पोल्यो मुटु जन्मथलो छोडी हिड्दा।
बिदाइको हात हल्लाइ फाट्या मन सिएर बिदेश जादैछु।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

१०.गजल
फेसबुकमा खस्रो माया साट्ने कति कति।
झुठो मायाप्रेमको डोरि बाट्ने कति कति।।

जानीजानी घातगर्ने डराउदैनन कहिले।
दुबै हात लड्डु चाइ आट्ने कति कति।।

घात हुने रैछ यहाँ मायाको नाटक गरि।
रुदै दिन रुदै रात काट्ने कति कति।।

मत तिम्रो कान्छू अरे मनमुटु ठान्छु अरे।
तिम्रै प्यारी काली भन्दै ढाटने कति कति।।

गरिब भन्दा धनिको होडबाजी दुनियाँमा।
धोका दिदै अर्काको मुटु फाट्ने कति कति।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

Note : All Above Ghazals Copyright Reserved with Writer 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger