प्रज्वल अधिकारी |
तिमी यही छेउ टाढाको जुनलाई म किन खोजुँ ?
उसको यादमा सधै सधै रुनलाई म किन खोजुँ ?
अङ्गालोमा तिमी छेउ रत मुटु ढुकढुक गर्छ
दूर बज्ने बाँसुरिको धुनलाई म किन खोजुँ ?
आँखा तिम्रा झुक्याउदैनन् सारै निर्दोश लाग्छन्
भ्रममा पार्ने क्षितिजको हुनलाई म किन खोजुँ ?
हिरा तिमी मोती तिमी मणी रत्न सबै तिमी
यती भए पुग्छ अब सुनलाई म किन खोजुँ?
प्रज्वल अधिकारी
लामजुङ,
हाल काठमाडौं
२.गजल
तिम्रो प्रेमको बिरुवा मेरो दिलमा सारु लाग्यो
कती राम्री मान्छे तिमी देब्रे आँखा मारु लाग्यो।
स्याउ फलेछन लटरम्मै बैसालुती गालाभरी
पिरतिको झटारोले दुइचारवटा झारु लाग्यो।
जिन्दगीको डल्याठोले दु:ख फोर्ने तिमी भये
छर्नलाई प्रेमको बिउ एक हल गोरु नारु लाग्यो।
नजिक जान्छु टाढा भाग्छेउ एस्तै दु:ख दिन्छेउ भने
चामल फुकी मोहनिले मायाजालमा पारु लाग्यो।
प्रज्वल अधिकारी
लामजुङ,
हाल काठमाडौं
३. गजल
तिमीसङ्गै छ जिबन मेरो अप्ठ्यारोमा नपार है
दिल दे'को छु जतन गर बिच बाटोमै नझार है।
तिमी मेरी म तिम्रो हामी बिचको सम्झौता हो
अर्को जुनीको भाका राखी यो जुनिलाई नटार है।
हाँस्दा पनि रुदा पनि तिम्रै काखमा शिर होस् मेरो
तिखा बाणका बचन धारले दिलको ढोका नबार है।
जिन्दगीका यात्रा साच्चै तिमीसँङ्गै सुगम हुन्छन
रोपेको फुल पिरतिको फुल्नै नदियी नमार है।
प्रज्वल अधिकारी
लामजुङ,
हाल काठमाडौं
४.गजल
उ फेरी फर्केर आए'नी हुन्थ्यो
मलाई एकफेर चाहे'नी हुन्थ्यो ।
म सुनी रहन्थे उसका गालीहरु
मसँग झर्केर रिसाए'नी हुन्थ्यो
कुरेर बसे'छु देउरालिमा अझै
भेट्नलाई एकपटक धाए'नी हुन्थ्यो।
प्रज्वल अधिकारी
लामजुङ,
हाल काठमाडौं
1 comments:
Dami
Post a Comment