नवज्योती एफएमको प्रस्तुती
Download : Click Here to Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
अधुरै रह्यो... रहर आफ्नो त ।।
रहेछ अभागी खप्पर आफ्नो त ।।
जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।
सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।
चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।
कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
संचालक : रोहित साही अनुरागी
मिति : (2070-12-20/03-04-2014)
Email : gajalbimba@gmail.com
नमस्कार साथीहरु,
आज मिति 2070 चैत्र 20 गते तदनुसार 03-April-2014 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
यो श्रृंखलामा बाचन भएको मेरो गजल
अधुरै रह्यो... रहर आफ्नो त ।।
रहेछ अभागी खप्पर आफ्नो त ।।
जस्को नाउँमा जिन्दगी अर्पिएँ
उसैले भत्कायो घर आफ्नो त ।।
सगरमाथा नै बन्यो चोटहरुको
जिन्दगी बन्यो बगर आफ्नो त ।।
चुँडियो सम्बन्ध जोड्नै सकिन्न
टुङ्गीयो यता सफर आफ्नो त ।।
कसरी बाँच्नु लौ बाँकी जिन्दगी
छुट्यो पिरति भर्खर आफ्नो त ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
0 comments:
Post a Comment