Home » , » तपाईकै भाई छोरो साथि एस पि माथवरका ५ गजलहरू : 21-01-2015

तपाईकै भाई छोरो साथि एस पि माथवरका ५ गजलहरू : 21-01-2015

NepaliTalim | 10:44:00 AM | 0 comments
१.गजल 
सुनसान छ हाम्रो घर हजुर गएदेखि।। 
साझ परेसि लाग्छ डर हजुर गएदेखि।।

बाचिछु घिटिघिटि नआउदा फोन र चिठी।
पाकि छैन केही खबर हजुर गएदेखि ।।

हेर्नुन्थ्यो बारबार मैले गर्थे सोर्ह शृङ्गार।
अचेल केही छैन रहर हजुर गएदेखि ।।

दियोमा तेल थप्दै हजुरको नाम जप्दै।
काँपिरन्छन् मेरा अधर हजुर गएदेखि।।

मुटु पारि धुजा धुजा एक्लै भइ यता पुजा।
निष्ठुरी मेरा माथवर हजुर गएदेखि ।।
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

२.गजल
द्रौपतिका पनि थिए पाँच वटा पोइ सबैलाई थाहा छ।
मर्ने बेलामा आफ्न्त  हुदैनन कोइ सबैलाई थाहा छ।

यहा बिश्वास कस्को रह्यो अब र न रावणको न रामको।
सिताले अयोध्या छाडिथिन रोइ रोइ सबैलाई थाहा छ ।

बार्ह बर्ष सम्म कतिको काँख कतिको सिउदो उजाडेर ।
पाप पखाल्दै छौ रे अचेल मुर्ति छोइ सबैलाई थाहा छ ।।

इतिहास पल्टाइ हेर्नुहोस साथ कसरी छोड्छन नत्र।
कृष्ण मर्दा सोर्ह हजार गोपिनि खोइ सबैलाई थाहा छ ।।

एउटा फ्रि मै सुचना घरबार कसरी सुध्रिन्छ बिग्रिन्छ।
जब घरमा पर्दर्छिन गतिलि जोई सबैलाई थाहा छ ?
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

३.गजल
शिर देखि पाउ सम्म सजाएर तिमिलाई ।।
ल्याएको हु पञ्चे बाजा बजाएर तिमिलाई ।।

लागेको थ्यो नकचरि रैछौ तिमी साच्चै परी
हेरे  जब अरु  सँग  दजाएर  तिमिलाई ।।

बसेकि थियो नबोलि घुम्टो सम्म नि नखोलि।।
तेहि रात हेरेको थिए  लजाएर तिमिलाई ।।

लागेमा भोकप्यास बालि हाल चुलो ग्यास।।
बसि बसि खान पुग्छ रजाएर तिमिलाई ।।

छुट्टेको छु  रुदै रुदै  महिना दिन नहुदै ।।
घरबार काम काज कजाएर तिमिलाई ।।
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

४.गजल
देश छोड्नु पर्दा धरधरि रोए।।
उन्को आशु झर्दा धरधरि रोए।।

शान्तिको दिप बोकि हिडेका बुद्ध ।।
अकालमै  मर्दा  धरधरि   रोए।।

राहदानी दिई रोजगारी दियो ।
देश्ले यसो गर्दा धरधरि रोए ।।

भालेको डाको सँगै एका बिहानै ।।
राप्ती  नदि तर्दा  धरधरि रोए ।।

भाडा नदिई कोही दिल्मा बसेथ्यो ।
आज  डेरा सर्दा  धरधरि  रोए ।।
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

५.गजल
मुना भन्छिन ,मदनको भरै लाग्न छाड्यो ।
चोखो पिरति ,बन्धनको भरै लाग्न छाड्यो ॥

नौनि जस्तै न ,हो बग्ने मन बगिरहन्छ ।
बगि रहने ,योमनको भरै लाग्न छाड्यो ॥

उन्को यादमा ,हरेक पल धड्किरहन्छ ।
बन्द हुन्छ कि ,धड्कनको भरै लाग्न छाड्यो ॥

स्वाहाग रात ,अगाडि टुट्छन सक्छ प्यार।
अग्नि साँचेको ,लगनको भरै लाग्न छाड्यो ॥

अचेल एस ,पि ले यस्तो भन्दै हिड्छ किन ॥
भर नभाको ,जिबनको भरै लाग्न छाड्यो ॥
तपाईकै भाई छोरो साथि एस पि माथवर
दाङ देउखुरी
हाल दोहा कतार

तपाई कै भाई छोरो साथी एस पि माथवर 
दाङ देउखुरी हाल दोहा कतार

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger