कथाकार अजित क्षेत्रीको लघुकथा -बेलुन (Belun- Short Story by Ajit Chhetri )-30-12-2016

NepaliTalim | 10:22:00 AM | 0 comments
शिर्षक -बेलुन
कथाकार -
अजित क्षेत्री, स्याङ्जा, हाल: युएई

      कलेजमा ग्राजुयसनको अन्तिम बर्षको अन्तिम दिनहरु चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम बर्ष थियो र अघिल्ला बर्षहरुका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो बर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । बिस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो, केटौलेपन र जिम्मेवारी बिहीन जिन्दगीलाई कहिल्यै नपाउने गरी पछाडि छाड्दै थियौं । क्लास बंक गरी चुलबुले केटी साथीको साथमा हलमा पुगी शाहरुख खानका फिलिम हेर्नु अनि चौरमा बसी बदाम खाने यी पलहरु कलेजको तेस्रो बर्षको अन्त्यसँगै हाम्रो जीवनबाट अतित बन्ने तरखरमा छन् । कहिले चुरोट पिउँदै गर्दा केटी साथीले खोसेर एक टिप तानेको त कहिले लुकेर निला चलचित्र हेरेको बेला तिनै केटीहरुले फेला पारेको, अब यी कुराहरु अर्को बर्षदेखी हाम्रा मानसपटलमा मिठा अतित बनेर बल्झिरहने छन् ।

       म साथी सुलोचनाको डायरीमा सम्झनाका शब्दहरु कोर्दै थिएँ । तिनताका ईन्टरमिडियट, ग्राजुयशन वा डिग्री तहका अन्तिम बर्षका बिधार्थीले सम्झनाका लागी डायरी बनाउने र साथीहरुका हातबाट केही शब्द लेख्न लगाउने, तस्बिर टाँसेर राख्ने चलन थियो । मैले डायरी बनाई सकेको थिएँ । मेरो डायरीमा सुलोचना, पद्मा, सन्तोष, आरती, बिशाल, बिजया लगायतका थुप्रै साथीहरुले लेखिसकेका थिए । सुलोचनाको डायरी भरेर त्यसमा आफ्नो फोटो चिप्काउँदै थिएँ, समाजशास्त्रमा अध्यापक मिश्र सर कक्षामा प्रवेश गर्नुभयो, मैले डायरी बन्द गरें र समाजशास्त्रको किताब निकालें ।

      मिजाशिलो स्वभावका मिश्र सर नेपाली भाषामा कतैकतै मैथेली र हिन्दी मिसाएर बोल्नु हुन्थ्यो यधपी त्यो मिठो र सुन्दर भाषिक शिल्पीले निखारिएको हुन्थ्यो । हामी उहाँको क्लास कहिल्यै बङ्क गरेनौं किनकी उहाँले किताबी ज्ञान कम्ती र ब्यबहारीक ज्ञान ज्यादा दिनु हुन्थ्यो । सरको प्रबेशले क्लासको वातावरण एकाएक शान्त बन्यो । सरले उही चिर परिचित शैलीमा भन्नुभयो- ''आज एक खेल खेल्ने ।'' खेल भन्नासाथ सबै बिधार्थीको मस्तिष्क बाहिर मैदानमा पुगिसकेको थियो । सरले खल्तीबाट एउटा पोलिथिन ब्याग र त्यो ब्यागबाट थुप्रै बेलुन निकाल्नु भयो । यो कस्तो खेल हो हँ ?- हामी मुखामुख गर्न लाग्यौं। सरले ति बेलुन हाम्लाई दिनुभयो र फुक्न लगाउनु भयो । फुकी सकेपछि ति एकएक बेलुनमा क्लासका एकएक  बिधार्थीका नाम लेख्न लगाउनु भयो, लेख्यौं ।
     
     सर आँफैले एउटा प्याकिङ् बक्स ल्याएर ति फुकिएका बेलुन त्यसभित्र राख्नु भयो र भन्नु भयो: ''लौ सबैजना एकैसाथ अगाडी आओ र बक्सबाट आफ्नो नाम लेखिएको बेलुन निकाल ।'' दाम्लोबाट फुकाइएका डिँगा झैं हामी सबै एकसाथ तँछाडमछाड गर्दै बेलुन खोज्न लाग्यौं । पच्चिस बिधार्थी हामी बेलुन खोसाखोस जस्तै गर्न थाल्यौं । भिडभाडमा कसैले आफ्नो नामको बेलुन भेटाएन । मेरो नामको अरूको हातमा, अरूको नामको मेरो हातमा....यस्तै यस्तै भयो । पाँच मिनेट बित्यो असिनपसिन भैयो । सर एक छेउमा बसेर मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । सकिएन । बेलुनको केटाकेटी खेलले पनि आज हामी पाका उमेरका बिधार्थीलाई थकाउँदा लज्जित भयौं । जिन्दगीमा आज न पाको भयौं न केटाकेटी हुन सक्यौं ।

       सरले बेलुन खोज्ने खेल रोक्ने ईसारा गरेपछि हामी रोकियौं । उहाँले खेलमा नयाँ नियम लगाउँदै भन्नुभयो: 'ल फेरी पनि सबैजनाले पहिले जसरी नै बेलुन खोज्नु तर यसपटक जसले जसको नाम लेखिएको बेलुन भेटाउँछ उसले सम्बन्धित ब्यक्तिको नाम बोलाउनु र फटाफट बेलुन दिनु । हामीले त्यसै गर्यौं । मैले उदय, आशिस र सन्तोषको नामको बेलुन भेटाएर दिएँ । बिजयाले मेरो बेलुन भेटिन् र मलाई दिइन् । एक मिनेट नपुग्दै सबैको हातमा आ- आफ्नो नामको बेलुन थियो । तर खेल अझै बुझिएन कसले जित्यो कसले हार्यो कहाँ सुरु कहाँ खतम ।
मिश्र सर सबै बिधार्थीको अगाडी उभिनु भो र भन्नु भो: 'खेल बल्ल सुरु भो ।'
खेल बल्ल सुरु भो- यो कुराले हामी झन् जिल्ल भयौं । सकिए पछि सुरु हुने यो कस्तो खेल? हामी त मरुभूमीमा हराएको सिकन्दरको घोडा जस्तै पो भयौं ।

      सरले चिरपरिचित हँसिलो मुद्रामा भन्नुभयो:- ''मेरा प्यारा बिधार्थी हो, बेलुनको खेल त एक दृष्टान्त मात्रै हो । तिमीहरुले जिवनमा यस्तै थुप्रै बास्तविक खेल खेल्नु छ । बल्ल तिमीहरु जिवनको खेल मैदानमा आएका छौ र खेल बल्ल सुरु भएको छ ।''

मिश्र सरले अगाडी भन्नुभयो:- '' पहिलो खेलमा सबैले आफ्नो नामको मात्र बेलुन खोज्यौ र असफल भयौ । दोस्रो पटकमा एकले अर्काको बेलुन भेट्यौ र दियौ, सबैले जित्यौ । म कसम खाएर भन्छु जुन दिनदेखी म मात्रै भन्ने स्वार्थी भावना त्यागेर हामी सबै भन्ने भावनाले काम गर्नेछौ, तिमी सबैजना सफल हुनेछौ ।''

यस्तो गहन बिषयलाई यति सरल र यति मिहिन पाराले सम्झाउने मिश्र सरको अध्यापकीय शैलीले हामी नतमस्तक भयौं ।

आज पनि जब जब मेरो सानो छोराले बेलुन फुक्छ म तिनै मिश्र सरलाई सम्झन्छु ।

____ अजित क्षेत्री, स्याङ्जा
        हाल: युएई

Note :
Copyright Reserved with Writer 

श्रृंखला 236 : वहकिने मन Bahakine Man (26-12-2016/2073-08-11) : Download

NepaliTalim | 10:12:00 PM | 1comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -236
DATE  -  
 (26-12-2016/2073-08-11)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 पाैष 11 तदनुसार 26-December-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 236 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -188 (25-12-2016/2073-09-10) : Download

NepaliTalim | 2:30:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(25-12-2016/2073-09-10) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 26 गते तदनुसार 11-Dec-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -187 (18-12-2016/2073-09-03) : Download

NepaliTalim | 2:10:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (18-12-2016/2073-09-03)
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 26 गते तदनुसार 11-Dec-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 235 : वहकिने मन Bahakine Man (19-12-2016/2073-08-04) : Download

NepaliTalim | 1:46:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -235
DATE  - 
 (19-12-2016/2073-08-04) 

Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 पाैष 04 तदनुसार 19-December-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 235 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube




साताको ६ मुक्तक (2073-09-04)
यी साथीहरुले आगामी ४ प्रतिष्पर्धासम्म सहभागिता नजनाएर अरु साथीहरुलाई पालो दिनुपर्नेछ है ।
सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद ।
1)
बस्दैन धेरै घरतिरै लम्किन्छ, मदिरा पिए पछि
छोडीजाने निष्ठुरी सम्झिन्छ, मदिरा पिए पछि
खै कुन ओखती मिलाएको छ मदिरामा यस्तो
मुसाले पनि बिरालो झम्टिन्छ, मदिरा पिए पछि
प्रदिप ठकुरी
सहारे-५,सुर्खेत
2)
हात्तिलाई सुँगुरको खोर भित्र लुकाउने जस्तो
बाँधेर घाँस हाली फेरि एकछिन फुकाउने जस्तो
तिमी हुँदै नुहुने कुरा किन बारबार गर्छौ यार
कपडा घाममा धोएर पानीमा सुकाउने जस्तो
केशब शाही
खरिगैरा दैलेख
3)
राम जस्तो महापुरुष पति खोज्नु अघि
सीता जस्ती सभ्य नारी श्रीमती खोज्नु अघि
आफै स्वयम् राम र सीता बनेर त देखाउ
जुनि-जुनि सँगै बाँच्ने पिरती खोज्नु अघि ।।
रुद्र कंडेल "आदर्श "
राप्ती ९ चितवन
हाल दक्षिण कोरिया
4)
बोक्नै नसकिने गरी ठूलो भारी राखिदिन्छ
वारी हुनुपर्नेलाई झन पारी राखिदिन्छ
जो बिना मेरो जिन्दगी एक्छिन चल्ने छैन
प्रेममा उसैको मन झन भिकारी राखिदिन्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
5)
निस्किँदा बाहिर एकछिन शँका गर्यौ भने
हुँदा साथिसँग खानपिन शँका गर्यौ भने
यति लामो जिन्दगि कसरी बित्ला प्रिया
तिमिले यसरी दिनका दिन शँका गर्यौ भने
सन्जय पुन मगर
सिम्ता काप्रिचौर ६ सुर्खेत
हाल साउदि अरब
6)
दुख पीडा जिन्दगिमा भार,बनाइ दिन्छन्।
गन्तव्य एक तर दुइ किनार,बनाइ दिन्छन्।
अरे यार मान्छेहरू कति स्वार्थि भएका
मुटु र धड्कन अलग्याइ पार बनाइ दिन्छ्नl
ज्ञानेन्द्र रिजाल
भुमेस्थान ८ देबिस्थान धादिङ

श्रृंखला 234 : वहकिने मन Bahakine Man (12-12-2016/2073-08-27) बहकिने मनमा 'मनसुन' उपन्यासका लेखक 'सुबिन भट्टरार्इ' : Download

NepaliTalim | 10:18:00 AM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -234
DATE  -  
(12-12-2016/2073-08-27) 
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 मंसिर 27 तदनुसार 12-December-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 234 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -186 (11-12-2016/2073-08-26) : Download

NepaliTalim | 5:43:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(11-12-2016/2073-08-26) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 26 गते तदनुसार 11-Dec-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

सुन्नेलार्इ सुनको मालाबाट उपन्यासकार उमा सुवेदीको उपन्यास "तोदा" को पूर्ण बाचन (Full Novel - Toda) : Listen and Download

NepaliTalim | 11:49:00 AM | 0 comments
कार्यक्रम सुन्नेलाई सुनको माला
(९९.४ थाहासञ्चार नेटवर्क प्रस्तुती)
उपन्यास - तोदा
उपन्यासकार -उमा सुवेदी
वाचक - पवनराज पौडेल
Thaha Sanchar Network 
Program -Sunnelai Sunko Mala
Novel - Toda
Writer - Uma Subedi
Narrated by Pawan Raj Paudel 

थाहा सञ्चर नेटवर्क ९९.४ को  हरेक बिहिबार राति ९.१५ देखि सुरुहुने साहित्यिक उपन्यास बाचनको कार्यक्रम सुन्नेलाई सुनको मालाबाट बाचन भएको उपन्यासको पुरा पाठ लिएर उपस्थित भएका छौं । 

अाज हामी उपन्यासकार उमा सुवेदीको उपन्यास "तोदा" को पूर्ण बाचन सुन्नेछाैं । यो उपन्यास थाहा सञ्चार नेटवर्ककको 'सुन्नेलाई सुनको माला' कार्यक्रमका लागि रेकर्ड गराईएको हो। तपाँईका सल्लाह सुझाव र प्रतिक्रिया हाम्रा लागि अमूल्य हुनेछन्। यो उपन्यास पूरा उपलब्ध गराईदिनुहुने कार्यक्रम प्रस्तोता तथा बाचन पवनराज पौडेलज्यूप्रति हार्दिक आभार ब्यक्त गर्दछु । The Novel Toda is written by Uma Subedi has brought here with the kind help of the program presenter from Thaha Sanchar Network - Mr. Pawan Raj Paudel. The Program Sunnelai Sunko Mala is weekly program from Thaha Sanchar Network where Popular books will be narrated. Let's Listen together Novel Toda.
Listen and Download All Parts (Right Click and Save As)
Episode 1 (One)

Download : Click Here to Download
Episode 2 (Two)

Download : Click Here to Download
Episode 3 (Three)

Download : Click Here to Download
Episode 4 (Four)

Download : Click Here to Download
Episode 5 (Five)

Download : Click Here to Download
Episode 6 (Six)

Download : Click Here to Download
Episode 7 (Seven)

Download: Click Here to Download
Episode 8 (Eight)

Download : Click Here to Download
Episode 9 (Nine)

Download : Click Here to Download
Episode 10 (Ten) -Final

Download : Click Here to Download
Listen Full Parts on YouTube

गायक तथा गजलकार खेमराज तमोलीज्यूका १० गजलहरू (10 Ghazals by Khemraj Tamoli)

NepaliTalim | 1:00:00 PM | 0 comments
१.गजल
हराइने कता कता खाडी मुलुकमा।
रहेनछ मानवता खाडी मुलुकमा।।

केहीगर्छु भनी धेरै सपना लिइ छिरे।
भइन्छ कि  बेपत्ता खाडी मुलुकमा।।

सत्य कुरा लुकाएर झुटो प्रचार मा।
ढाट्नु पर्ने बेबस्ता खाडी मुलुकमा।।

इमान्दार कोहि छैनन ठग्नेमात्रै धेरै।
चोरै चोर जताततै खाडी मुलुकमा।।

सबै जानी सबै बुझी हार खानु पर्ने।
नहुने भो सफलता खाडी मुलुकमा।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

२.गजल
दिलसंग दिल दुख्दा हारेको मान्छे मत।
महल बनाउन छाती खारेको मान्छे मत।।

निष्ठुरीको लागी मैले चिर आयु दिँदा।
आफ्नै उमेर आफैँले मारेको मान्छे मत।।

जुन तारा झार भनी अनेक भाँती गर्दा।
सारा चारै धामनै चारेको मान्छे म त।।

उनको मनमा मैले धन जोख्न नसकेर।
उनको आँगनी  बारेको मान्छे म त।।

त्याग्नु जती सबै त्यागेँ मात्र उनकै लागी
भावीले नै हेँलामा पारेको मान्छे म त।।

निराश यो एक्लो यात्रा गर्न नसकेसी।
अन्तिम सासमा घाट सारेको मान्छे मत।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

३.गजल
पुजारीहरु भन्छन भगवान मन्दिरमा छ।
म भन्छु हजुर भगवान सतिको पिरमा छ।।

बोल्दैन पत्थर सुन्दैन कसैको पुकारपनि।
तर वास्तवमा मान्छे उसैको अधिरमा छ।।

हातको रेखा र निधार हेर्छन जोतिषले।
भन्छन भाग्य त हजुर को जन्जिरमा छ।।

दुख गर्छु सफलता मिल्नेछ हरेश खादिन।
आमा बुवाको आशीर्वाद मेरो शिरमा छ।।

बाचुन्जेल जिन्दगी पानीको फोका जस्तो।
मरेपछि को जिन्दगी खोलिको तिरमा छ।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

४.गजल
कोइ भन्छिन मेरोलागि चोली लिएर आउँनु।
कोइ भन्छिन मेरोलागी डोली लिएर आउँनु।।

सुनाउछिन चिल्ला कुरा देखाउछिन मिठा सपना।
भन्छिन मेरा लागि खुशीको  खोली लिएर आउँनु।।

भन्छिन हजुर बिना फिक्का देखिन्छ यो जोवन।
मेरो जीवन नै रंगिन पार्ने होली लिएर आउँनु।।

बिन्ती विश्वास गर्नुस गर्दिन घात कहिल्यै पनि।
भन्छिन माया राख्नलाइ झोली लिएर आउँनु।।

पर्दिन म कसैको भर कुरा टार्न बैशाखमा भन्छु।
भन्छिन बैशाख होइन आज भोलि लिएर आउँनु।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

५.गजल
जे गर्न  नि अरुकै खटन हुन्छ बिदेशमा।
मनै छियाछिया पार्ने वचन हुन्छ बिदेशमा।।

स्वदेशको जस्तो शितल का पाउनु र खै यहाँ।
मरुभूमिको तातो हावा बहन हुन्छ बिदेशमा।।

ठेगान हुन्न जिन्दगीको कोहि कसैको त कठै।
टेक्न नपाई स्वदेश माटो मरण हुन्छ बिदेशमा।।

मानव हौं कहिलेकाही गल्ती पनि हुनसक्छ।
माफी भन्दा पनि फाँसी चलन हुन्छ बिदेशमा।।

चर्को घाम रगत र पसिनाको भेल सङ्गै।
मर्दै मर्दै बाँचेको जीवन हुन्छ बिदेशमा।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

६.गजल
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।

जिन्दगीको लामो यात्रा संगै गर्छु भन्नेले।
तिमी संगै हाँसी खुशी संगै मर्छु भन्नेले।।

दोबाटोमा छाडदिएउ एक्लै हिड्न कर लाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।

मुटुभित्र बास मागी, मन मुटु डढाउनेले।
थाहै नदिई कलेजीमा छुरा चलाउनेले।।

हास्दै बिदा मागीदिएउ जाऊ भन्नै कर लाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।

स्मृतिका छाल छाडी टाढा गईदियौ सानी।
आँखाभरी आँसु दिई पराई भइदियौ सानी।।

हृदयमा घाऊ दिएउ सुम्सुम्याउनै करलाग्यो।
ऐना हेरी आफै संग प्रश्न सोध्न डर लाग्यो।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

७.गजल
अधिकारी थर बनाउन मन छैन कि सानी।
पश्चिम तिर घर बनाउन मन छैन कि सानी।।

के छ तिम्रो बिचार कुन्नी बुझ्न खोजेको हो।
मलाइ तिम्रो भर बनाउन मन छैन कि सानी।।

मत खुशि हुन्छु हेर तिमी जीवन साथी भए।
मलाइ आफ्नो वर बनाउन मन छैन कि सानी।।

स्वच्छ हावा चिसो पानी डडेलधुरा को।
तिमिलाइ रहर बनाउन मन छैन कि सानी।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

८.गजल
शत्रुहरु आउलान सानी होसियार हुनु तिमी।
कुराको भेउ पाउलान होसियार हुनु तिमी।।

यो दुनियाँमा सबै स्वार्थि मात्रै छ रे सानी।
घरबार उठाउलान होसियार हुनु तिमी।।

सुखको लोभ देखाइ धनको लालच देखाइ।
कसैले  फकाउलान होसियार हुनु तिमी।।

जिवनको सहि मार्ग देखाउछु भन्दै उल्टो।
खाल्डो देखाउलान होसियार हुनु तिमी।।

तिम्रो मन जित्नलाई  मेरो बारे कसैले।
खिल्ली उडाउलान होसियार हुनु तिमी।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

९.गजल
लाखौं रुपैयाँ दलाललाई दिएर बिदेश जादैछु।
बेदना का आँसु हरु पिएर बिदेश जादैछु।।

सबै छुटे मातृभुमी ममि बाबा साथि गाउँ घर।
खिया लागेको फलाम झै खिएर बिदेश जादैछु।।

केही छैन मेरो साथमा गह भरी आँसु सिवाय।
आमाबाको माया र आशीर्वाद लिएर बिदेश जादैछु।।

दुख्यो छाती पोल्यो मुटु जन्मथलो छोडी हिड्दा।
बिदाइको हात हल्लाइ फाट्या मन सिएर बिदेश जादैछु।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

१०.गजल
फेसबुकमा खस्रो माया साट्ने कति कति।
झुठो मायाप्रेमको डोरि बाट्ने कति कति।।

जानीजानी घातगर्ने डराउदैनन कहिले।
दुबै हात लड्डु चाइ आट्ने कति कति।।

घात हुने रैछ यहाँ मायाको नाटक गरि।
रुदै दिन रुदै रात काट्ने कति कति।।

मत तिम्रो कान्छू अरे मनमुटु ठान्छु अरे।
तिम्रै प्यारी काली भन्दै ढाटने कति कति।।

गरिब भन्दा धनिको होडबाजी दुनियाँमा।
धोका दिदै अर्काको मुटु फाट्ने कति कति।।
खेमराज तमोली
अ.न.पा १ डडेलधुरा
हाल साउदि

Note : All Above Ghazals Copyright Reserved with Writer 

Muktak Mala मुक्तक माला -185 (04-12-2016/2073-08-19) : Download

NepaliTalim | 2:27:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(04-12-2016/2073-08-19) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 मंसिर 19 गते तदनुसार 04-Dec-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 233 : वहकिने मन Bahakine Man (05-12-2016/2073-08-20) : Download

NepaliTalim | 11:18:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -233

DATE  -  (05-12-2016/2073-08-20)

Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 मंसिर 20 तदनुसार 05-December-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 233 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

सुन्नेलार्इ सुनको मालाबाट उपन्यासकार नयनराज पाण्डेको लघु उपन्यास 'उलार' को पूरा बाचन (Full Novel - Ulaar) : Listen and Download

NepaliTalim | 4:29:00 PM | 0 comments
Time : Every Thrusday 9pm
Thaha Sanchar Network
www.thahasanchar.com 
Narrator - Pawan Raj Paudel
Novel - Ulaar 
Writer -Nayanraj Pandey
उपन्यास: उलार
लेखक: नयनराज पाण्डे
वाचक: पवनराज पौडेल 
(९९.४ थाहा सञ्चार नेटवर्क)

नमस्कार, 
अाज मिति २०७३ भाद्र ९ गते, थाहा सञ्चर नेटवर्कको  हरेक बिहिबार राति ९.१५ देखि सुरुहुने साहित्यिक उपन्यास बाचनको कार्यक्रम सुन्नेलाई सुनको मालाबाट बाचन भएको उपन्यासको पुरा पाठ लिएर उपस्थित भएका छौं । 
यस श्रृंखलामा उपन्यासकार नयनराज पाण्डेको लघु उपन्यास उलार  लिएर अाएका छाैं । यो उपन्यास थाहा सञ्चार नेटवर्ककको 'सुन्नेलाई सुनको माला' कार्यक्रमका लागि रेकर्ड गराईएको हो। तपाँईका सल्लाह सुझाव र प्रतिक्रिया हाम्रा लागि अमूल्य हुनेछन्। यो उपन्यास पूरा उपलब्ध गराईदिनुहुने कार्यक्रम प्रस्तोता तथा बाचन पवनराज पौडेलज्यूप्रति हार्दिक आभार ब्यक्त गर्दछु । The Novel Ulaar is written by Nayanraj Pandey has brought here with the kind help of the program presenter from Thaha Sanchar Network - Mr. Pawan Raj Paudel. The Program Sunnelai Sunko Mala is weekly program from Thaha Sanchar Network where Popular books will be narrated. The Short Novel Ulaar is written by Nayanraj Pandey. Let's Listen together. 
Listen and Download (Right Click and Save as to Download)
Episode 1 : (2073-05-09)

Download : Click Here to Download
Episode 2 (2073-05-16)

Download : Click Here to Download
Episode 3 (2073-05-23)

Download : Click Here to Download
Full Novel Listen on YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger