Muktak Madhurima - (2069-05-14/30-08-2012) - Download

NepaliTalim | 12:52:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-05-14/30-08-2012)

आज मिति 2069 भाद्र 14  गते तदनुसार 30th Aug 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download

Download : Click Here to Download
Listen All Previous Episodes


२०६९-०५-१४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ
01-Ram Sharan Shrestha
उस्ले आफै महान भएको घोषणा गर्यो ।।
आफैलाई भगवान भएको घोषणा गर्यो ।।
उस्ले विधातालाई चुनौती दिँदै आज मात्र
आफू विधाताकै समान भएको घोषणा गर्यो ।। राम शरण श्रेष्ठ
चिसापानी ६ , रामेछाप ।

02-Aindra Bikram Nisthuri

जुन रुन्छ. फुल रुन्छ. तारा पनि रुदो रहेछ।
दुख्दा मुटु जल्दा मन खुसी टाढा हुदो रहेछ।
बगाएसी खहरेले उमंग र उत्साहाहरु।
बाँध फूटी नयानको मोति पनि चुँदो रहेछ।
आइन्द्र बिक्रम निष्ठूरी
अमरपुर (चार) पाँचथर
हाल. दोहा. कतार


03-Khadga G Magar

जिंदगिका सपनाहरु, मुटु भित्र सांची राखे
गरीबिका ब्यथाहरु, छात्ती भित्र चांची राखे//
अंधकार कुइरो भित्र , हराएको काग सरि
बिबश्ताले गांजिएको, चक्र भित्र नाची राखे //
खड्ग जी.एम.
उरहरी 2 दांग
23/08/2012
qatar


04-Sunil Neupane Marling

नमस्कार सम्पुर्ण मित्रहरु तथा मुक्तक मधुरीमालाई,
म बिगत समय देखी यस कार्यक्रममा मुक्तक प्रेषण गरेर अनि सुनेर साथ दिदै आएको थिए
तर कारणबश केही समय टाढीदैछु, समय मिल्नासाथ छिट्टै आउनेछु।
पवन दिने _ पात फरक छ।
तिम्रो र मेरो जात फरक छ॥
महल छैन _ झुप्रोमा बस्छु।
गरिब हु औ- कात फरक छ॥
-सुनिल न्यौपाने 'मार्लिङ'
जुनियाँ ~ दुई ~ गुल्मी
हाल :- मुम्बई


05-Nirdoshi Pokhrel

तिम्रै यादमा आज अलिकती पिउदै छु।
फाटेको मन मुटु बेदनाले सिउदै छु॥
मर्यो भन्दै अनायशै हल्ला फैलाएनी।
आज सम्म जिउदो लास भई जिउदै छु॥
lokbahadurpokhrel(nirdoshi)
benimadipur~07 devinagar tadi
nawalprasi ... Hall:= mumbai..


06-Hari Aryal Anupam

भैगो माया गर्दिन म,
तिम्रो भर पर्दिन म,
भत्किएको पूल बाट
बर्खे भेल तर्दिन म,
हरि अर्याल अनुपम
ग्वालिचौर बागलूङ


07-मोहन बिहानी काफ्ले ** मुक्तक **

आज बिहानै तिम्रो गल्लि छेउ छाउमा हलचल थियो,
बिषय तिम्रो मोबाइलमा राती गरेको मिसकल थियो।
माया गर्ने मान्छे ले सधैं भरि सम्झि राख्दा तिमिलाई,
अनाबश्यक चर्चा चलाई बेकारमा गरेको त्यो छलफल थियो।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --http://mohanbihani.blogspot.com/


08-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा

म सुन्छु सधै मुक्तक मधुरिमा हजुर
अनि सुनिरनछु यो जुनी भरिमा हजुर
एकदिन सुन्न पाइन भने पागल हुन्छु
अनी रुदै हिड्छु भदौरे यो झरीमा हजुर
-गजल प्रेमी औसिकोरात्मा इन्द्रमान आत्मा
हेटौडा,हाल-दोहा कतार


09-Bus Anta

माया मलाई गर नगर ,मैले माया गरिसके
फुल तिमी फक्री रहनु ,शित म त झरी सके.
तिमी मलाई चाहदैनौ ,टाढा त म सारी सके .
साथी पयौ बधाई छ ,एक्लै त म भइे सके
by basanta bhattarai
from chabahil


10-Lalu Gm

डर लाग्छ पछि, कतै माया माया मार्छौकी सानु।
जसलाई भेट्यो बाटोमा, उसलाई ठीक्क पार्छौकी सानु।।
मिठा मिठा कुरा गर्दै, मायाको सिँढी चढ्दै जादा।
दुई चार कदम साथ दिई, खुट्टा तानी झार्छौकी सानु।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

11-अर्जेल मायाको शागर अर्जेल

दुनीयालाई भुलेर आज भगवानको शरणँ भो !
कस्को नजर लाग्यो मलाई खुशी सबै हरणँ भो
दुख पिडा शहेर बाँच्नु को के अर्थ !
भगवानले शाथ नदिए पछी अनी मेरो मरणँ भो


12-Baral Suryamani

भुबन थापाको मुक्तक:
मान्छे फुल टिप्ने होईन फुल भित्रको वास टिप्छ।
सधैं वास्ना छरि बस्ने फुलको त्यो आश टिप्छ।।
मृत्यु पनि भन्छ मैले कसैलाई मारेँ भनि।
आत्मा किन मार्न सक्थ्यो केवल तनको सास टिप्छ........!! !!
Baral Suryamaniको प्रतिकृयामाः
फुल भन्दा साथी फुल भित्रको बास
माठो,सँधै सुन्दर बनि बस्ने फुलको त्यो आश
मिठो। मृत्यूको त कामै त्यही अरु लाई
मार्ने न हो ,उस्लाई लाग्न सक्छ आत्मा
भन्दा नि सास मिठो।


13-ß-kash Neupane

सुरुवात गर्न थाल्दा थाल्दै खै के के भो जिन्दगी !
च्यात्तियको ठाउ टाल्दा टाल्दै खै के के भो जिन्दगी !!
थोरै भय पनि खुशी हरु खोज्ने बाहाना मा,
पाइला हरु चाल्दा चाल्दै खै के के भो जिन्दगी !!
-● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori



14-Krishna Paudyal

कल्पनाको सिमित हुन्छ र
मृत्यु आत्मा जिवित हुन्छ र
भनिदेउन ओ प्रेमको गुरु
मायाको बिष अमृत हुन्छ र
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


15-Artimus Siru

तिमी छौ र पो ,म छु अनि हाम्रो माया छ !
दिलको यो गहिराईमा मात्र तिम्रो छायाँ छ !!
जोरी पारी हासछन् किन तिम्रो मेरो प्रित देखी !
इर्ष्या गर्नेहरु धेरै छन् सानु सोच इश्वर दायाँ छ !!
सुमित्रा अधिकारी (धिताल) गोरखा


16-Madan Rokaya

बच्चन छैनन् त के, मधुशाला यहि छ ।
अप्सरा छैनन् त के, इरा पाला यहि छ ।।
बाध्छौ भने बन्धनमा जुनी तिमीलाई सुम्पुला
सिन्दुर, पोते छैनन् त के, तुलमाला यहि छ ।।
madan rokaya


17-Amrit Shrestha

अधेरी मलाई भो तिमी जुन लिएर जाउ
बिल्नो मलाई भो तिमी नुन लिएर जाउ
अझै तिमीलाई पुगेको छैन भने कसम
म मर्न तयार छु तिमी खुन लिएर जाउ
(Amrit Shrestha pokhara 12 kaski)


18-Suman Adhikari

मतिएर जिन्दगी रमाईलो मान्ने हरू !
हात समाई पछिपछि हिन्न जान्ने हरू !
के सम्झन्छन् आखीर जिन्दगी लाई..,
मात्र एक रात लाई सर्वसो ठान्ने हरू !!
-सुमन अधिकारी
पश्चिम चितवन शंकरचोक


19-निस्चल प्रेमी कान्छा

बिस पुगी एक्काईस लागे उमेर मेरो काँचो छ है
जिवनभर साथ दिने तरुनीको खाँचो छ है
घरमा आमा एक्लै भईन बुहारीको बाटो र्हेदै
यहाँ मैले लेखेजती सबै कुरा साँचो छ है ।।
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत


20-Dipendra Chapagain

रुडि बादी परम्परा तोड्नुपर्छ नारी तिमी
आजैदेखी नयाँ बाटो मोड्नुपर्छ नारी तिमी
अधिकार न्याए खोज्दै एकताको हातभित्र
चुलो चौको अब तिमी छोड्नुपर्छ नारी तिमी
दिपेन्द्र चापाँगाई
हरीहरपुर 3 कपिलवस्तु
हाल मुम्बई भारत

21-Bikalpa Babu 

नडुल पंछि आकाशमा तिमी, जगत छ हेर
सजाउन सिँउदो रातै बनाइ, रगत छ हेर
सोध बुझ हरेक प्राणीसँग, संसारमा कतै
'बिकल्प'को तिमी मुटु भन्ने, अवगत छ हेर
-बिकल्प बाबु
गितानगर चितवन

22-Jyoti Khatiwada Anischit

श्रावणको आकाश झै,भयो यो जीन्दगी
समुन्द्रको छाल झैँ,गयो यो जीन्दगी
पहरासँग सिँगौरी खेल्दा,चोइटिएर जीन्दगी
कठै शुन्य अवशेष मात्र,रह्यो यो जीन्दगी ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा
हाल त्रि चन्द्र क्याम्पस ।

23-Dipak Dhakal

नसोच भो माया मार्न कहाँ सक्छु र ..!
त्यो मन बाट बसाई सार्न कहाँ सक्छु र ..!!
साटे मुटू तिमी संग अन्त बाडदिन अब ..!
बिच बाटोमा एक्लै पार्न कहाँ सक्छु र ..!!
-दिपक ढकाल
चुहाँ 4 कैलाली नेपाल
हाल . पुना भारत

24-

25-
26-Guru Dahal
तिम्रो लागी चुरापोते किन्न भनेर
अरु लाई मेरी काली दिन्न भनेर
आउछु म हुनेवाला ससुराली गाउमा
मात पिता बाट काली छिन्न भनेर
guru prasad dahal
now india

27-Ashish Danai

आज भोली कता कता अन्धकारमा बसेको छु
थाहा छैन खै कसको जालझेलमा फसेको छु
कसैको िन नराम्रो त गर्याजस्तो लाग्याछैन
गाऊँलेको नजरबाट त्यसै कीन खसेको छु
-आिशष दनाई
बेिसशहर, लमजुङ
Go to www.ashishdanai.com.np to listen and download all episodes of muktak madhurima...

28-Arjun Chaudhary

लगन गाठो तिमीसँग गाँसन मन लाग्यो,
तिम्रो फोटो हृदयमा टाँसन मन लाग्यो,
कसलाई दिऊ के गरु भा,छ यो जोबन,
तिम्रै दिलमा मन मुटु माँसन मन लाग्यो..
ARJUN CHAUDHARY,PADAMPUR 6...@

30-Rohit Rana "मुक्तक"

आफ्नै जिवननै,धराप लाग्यो म'मा
निकै ठुलै दैवको,श्राप लाग्यो म'मा
सोझा मात्र देख्ने,दैव पनि कस्तो हरे
संकट र कर्फ्यु, तनाब लाग्यो म'मा
-रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

31-Nabin Nepal

कती भयो गन्दै छु कि क्याहो ?
पैसा मात्र भन्दै छु कि क्याहो ?
भो छाड्छु यो पैसा को लालसा
निर्दही पर्देशी बन्दै छु कि क्याहो ?
-नबिन नेपाल
सुडाल भक्तपुर


32-Bimal Paharai

सर्ब प्रथम संचालक जी मा अदृश्य नमस्कार,
मुक्तक:
दैंवको यो जालमा पर्दा धेरै आँशु झरेका छन,
पिडाले नै जीवन मेरो अंग-अंग भरेका छन।
चाह कत्ति भएन फुल्ने झर्दा आज ओइलिएर,
पलाएका पालुवा सब रहरमै मरेका छन॥
-बिमल पहराई
हाडहाडे ५
गुल्मी,
हाल:दोहा,कतार


33-Nabodit Nabaraj

जानीजानी अगुल्टोलाई ठोस्छन किन मान्छेहरु ?
आफ्नै घरमा आँफै आगो झोस्छन किन मान्छेहरु ?
आखिर लाने के नै हो र ? ब्रम्हनालमा चढ्नेबेला
एकअर्काको हाँसोखुसी खोस्छन किन मान्छेहरु ?
-नबराज नबोदित
Leguwa,Dhankuta
हाल: दोहा, कतार।


34-Gyan Tramu Magar <मुक्तक>

पराईको भन्दा आफ्नैको डर छ।
उसको त मेरै नजिकै घर छ॥
झोस्यो भने सबै खरानी हुन्छ मेरो।
उसको छानोमा टिन मेरो त खर छ॥
-ज्ञान तरामु मगर,ठुलोलुम्पेक-4
कसिन्थला गुल्मी,हाल मुम्बई
-दुरभाषा9594663484
सम्पर्क 9987181075


35-सुजल बाबु बस्नेत सुजीता पौडेल 'प्रीति'जी को मुक्तकको जवाफी मुक्तक मेरो एउटा प्रयास:-

तिम्रै हुँ केवल म त, बन्या'छैन टाढा कैले ।
जुनि भरको चोखो प्रीति,फिक्का हुन्न गाढा जैले ।
प्रत्येक मेरा स्पन्दनमा, तिमी छौ मात्रै तिमी;
नबिझाउँने फूल थिएँ, बन्या हैन काँढा मैले ॥
सुबास बस्नेत "सुजल"
सोलुखुम्बु
हाल: चारआली, झापा

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,

Live-
radio chitwan 94.6
www.radiochitwan.com.np

Download -
www.facebook.com/radiochitwan

www.facebook.com/muktakmadhurima

http://chisapaninepal.blogspot.com/

http://mohanbihani.blogspot.com/

www.ashishdanai.com.np

www.facebook.com/piratikodori

धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......

कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

गजल संगम (2069-05-13/ 29-08-2012) - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : 2069-05-13/ 29-08-2012
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam

आज मिति २०६९ भाद्र महिनाको १३ गते तदनुसार २९ अगष्ट २०१२, बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । 

गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज गजल संगम पहिलो पल्ट लिएर आएको छु ब्लगमा । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you,



मुक्तक सरोबर (2069-05-13/29-08-2012) - Download

NepaliTalim | 11:31:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-05-13/29-08-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069-05-13 तदनुसार 29-08-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

गजलका शेरहरु -(2068-01-12/25-04-2011) पूराना श्रीङ्खला - Download

NepaliTalim | 10:30:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : SUN DIYALI
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2068-01-22/25-04-2011 )
..............................................
कार्यक्रम : गजलका शेरहरु
प्रस्तोता : शोम  दियाली
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : http://www.radioekata.com.np 
फेसबुक पेज  : Gazalka Sherharu
 
 आदरणिय साथीहरु, आज मिति 2068-01-22 तदनुसार मिति 25-04-2011 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  शोम  दियाली प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा साथी मोहन विहानीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you

BULBUL : EPISODE 157 -(29-08-2012) Download

NepaliTalim | 10:19:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 157
(29-Aug-2012/ 2069-05-13)
FB : Facebook Page
(आज गजल  तपाईहरुकै गजलहरु र सुमधुर सांगितिक गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 भाद्र महिनाको 13 गते बुधवार तदनुसार 29-08-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 157, 29th  Aug- 2012)  लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :

Download : Click Here to Download 157
Listen All Previous Episodes  


Thank you

गजलका शेरहरु -(2067-12-22/04-05-2011) पूराना श्रीङ्खला - Download

NepaliTalim | 10:02:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : SUN DIYALI
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2067-12-22/04-05-2011 )
..............................................
कार्यक्रम : गजलका शेरहरु
प्रस्तोता : शोम  दियाली
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : http://www.radioekata.com.np 
फेसबुक पेज  : Gazalka Sherharu
 
 आदरणिय साथीहरु, आज मिति 2067-12-22 तदनुसार मिति 04-05-2011 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  शोम  दियाली प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा साथी मोहन विहानीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you,
 

Sparsa "स्पर्श" - (2069-05-12/28-08-2012) - Download

NepaliTalim | 6:50:00 PM | 0 comments
कार्यक्रम:स्पर्श श्रीङ्खला 
मिति :  (2069-05-12/28-08-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज

रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), ९७४१२२१९४४ 

गजल प्रेमी साथीहरु नमस्कार । 
सदाझै आज मिति 2069 भाद्र 12 तदनुसार 28 August 2012 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको स्पर्शमा प्रवाश विशेष कार्यक्रम रहनेछ । आज प्रवासी गजलकार मित्रहरुको गजल र अन्तर्वाता लिएर आएका छौं ।आशा छ यो कार्यक्रमलाई मन पराई दिनुहुनेछ । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिज लाई धेरै धेरै धन्यवाद  ( Nepali Gazal Special Program Sparsa from Tinau FM)
Listen and Download

Download : Click Here to Download


Thank you,
 

गजलका शेरहरु -(2069-05-11/27-08-2012) - Download

NepaliTalim | 6:23:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2069-05-11/27-08-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे   
अनलाईन सुन्न : Radio Ekata 
 फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु, आज मिति 2069 भाद्र महिनाको 11 तदनुसार मिति 27th Aug 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 

Download : Click Here to Download
अगाडिका श्रीङ्खलाहरु सुन्नुहोस् ।


यो श्रीङ्खलामा बाचन भएको मेरो गजल ।
कतिखेर चोर्यौ मन पत्तै पाइँन ।।
नजिकियौ झन झन पत्तै पाइँन ।।

अहँ हुँदै हैन त्यो अकर्षण हैन
फक्रिएको यौबन पत्तै पाइँन ।।

प्रेमीहरुले भन्थे गर्दै नगर्नु प्रेम
बढ्यो आफन्त पन पत्तै पाइँन ।।

हामी पूरै आफ्नै संसारमा थियौं
के के थिए अड्चन पत्तै पाइँन ।।

परिपूरक एक अर्कामा भएपछी
किन बढ्यो धड्कन पत्तै पाइँन ।।

बाधा धेरै थिए प्यारको यज्ञमा
के के भए हवन पत्तै पाइँन ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप । 

ब्याङ्ग्य लेखहरुको संगालो ऋतुराजको कृति ऋतुविचार - Download

NepaliTalim | 3:26:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  ऋतुविचार  (RITU BICHAR)
लेखिका : ऋतु राज
विधा : ब्याङ्ग्य लेखहरुको संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  ऋतुविचार
स्रोत :उज्यालो ९० मेगाहर्ज
=======================
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो । 

आज मिति २०६९ भाद्र १२ गते तदनुसार २०१२ अगष्ट २८ तारिख मंगलबारका दिन ब्याङ्ग्य लेखहरुको संगालो ऋतुराजको कृति ऋतुविचार लिएर श्रुति शंबेग श्रीङ्खला लिएर प्रस्तोता अच्युत घिमिरे उपस्थित भएका छौं । आज ऋतुराजको कृति ऋतुविचार बाट हामी विभुति केवल विभुति हुन्छ र प्रेतात्माको प्रभाब ब्याङ्ग्य लेखहरु बाचन गर्नेछौं । अउनुस् हामी पनि सुनौं ऋतुराजको कृति ऋतुविचार ।
Listen and Download

Download : Click Here to Download

Episode 10 - Srijana Gazal-(26-08-2012)-Download

NepaliTalim | 4:24:00 PM | 0 comments
Episode 9  - Srijana Gazal
Date : 26-08-2012
Host : Santa Sarobar

Radio Srijana is an effort to give continuation to the audio episodes started in September 2009 under the platform of Bhutaneseliterature.com. Since then, a number of revisions have been made in the entire publication unit. Today merging all the audio programs that we had/have, we have been trying to develop “Radio Srijana” as a bigger audio publishing platform.

Radio Srijana will move to its own website in the days to come. It will have different segments of programs for Gajal, Story, Literary Functions and other possible issues. “Aaprabaskaa Suseliharu” (Voices of Diaspora) will be integrated as a segment under Radio Srijana.

We have brought to you the second Gajal Episode under this platform. The episodes will be made regular. We hope that Radio Shrijana Unit will be able to entertain you with its programs. Follow us on Facebook and suggest us for making the programs more user-friendly. (Note from http://bhutaneseliterature.com)
सिर्जना गजल अनलाईन रेडियो कार्यक्रमको लागि तपाईको रचना पठाउनको लागि santa.sarowar@gmail.com  मा मेल गर्नुहोला ।
Listen And Download

Download : Click Here to Download 10

Thank you,

बहकिने मन (2069-05-11/27-08-2012) - Download

NepaliTalim | 3:33:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-05-11/27-08-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ भाद्र 11 तदनुसार 27 August 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 40 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन । 
Listen and Download

Download : Click Here to Download


वहकिने मन ....४० वटा रेडियोबाट एकैसाथ ....
बहकिने मन प्रसारण हुने 40 रेडियो स्टेशनहरु ।
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)रेडियो ध्रुवतारा—दैलेख
४०)भ्वाइस् एफ.एम.

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा

 

Episode : 41 (यो साँझ यो सुबाश-28-08-2012) - Download

NepaliTalim | 3:07:00 PM | 0 comments
EPISODE 40 - YO SANJH YO SUBASH
(28-08-2012 / 2069-05-12)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश 
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल भाद्र महिनाको 12 गते तदनुसार 28 Aug 2012, Tuesday
मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 41  औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् ।
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ।

कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु
LISTEN AND DOWNLOAD


Download : Click Here to Download 41
All Previous Episodes

यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
हर कोहिको , प्रेम कहानी हुँदैन ।।
सोचेझैं सबको, जिन्दगानी हुँदैन ।।
 
आज बालक हुर्कदै, भोली जवान
बृद्ध भईन्छ सधैसाथ, जवानी हुँदैन ।।

जे हुन्छ भाग्यमा, पाईन्छ त्यहि
सबैको झैं नौलो, विहानी हुँदैन ।।

दोष दिदै कोहि ईस्वरलाई सराप्छ
बुझ्नु यति सधै उ बैमानी हुँदैन ।।

दुईदिन बाँचुन्जेल, हाँसि खुसि बाँचौ
भन्छन् दुखैदुख मात्र खानी हुँदैन ।।

ईश्वरको मंन्दिरमा, छुट छ बुझ्नु
हुँदा प्रेम पुजारी, बदनामी हुँदैन ।।

रामशरण श्रेष्ठ
चिसापानी-6, रामेछाप
Com Date : Monday 22 Aug 2011
 

गजल संसार Gazal Sansar (27-08-2012/2069-05-11) - Download

Ram | 11:05:00 AM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको 
साहित्यिक रेडियो कार्यक्रम 
"गजल संसार Gazal Sansar"

Episode 5 :  (27-08-2012/2069-05-11)
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 5) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति  (27-08-2012/2069-05-11) बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
Note:
 पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download 

Thank you

सुन्दर जोशीको कथा “कार्लोस मेरो दर्पण छायाँ” - Download

NepaliTalim | 9:12:00 AM | 0 comments
LISTEN AND DOWNLAOD 
HIMALI SWARHARU - KATHA SANSAR
Source : http://nepaliradio.org
STORY : Karkos Mero Darpan Chhya
नमस्कार साथीहरु,
आज न्यु योर्क  शहर बाट तयार हुने  हिमाली स्वरहरुको प्रस्तुति-कथा संसारमा सुन्दर जोशीको कथा कृति “क्यासल रककी अप्सरा” बाट “कार्लोस मेरो दर्पण छायाँ” कथा लिएर कार्यक्रम प्रतोता सहदेब उपस्थित हुनुभएको छ। कार्यक्रमा प्रतिकृया र आफ्ना कथाहरु पठाउनको लागि मा nepaliradio@gmail.com मेल गर्नुहोला । 
कथा  :  कार्लोस मेरो दर्पण छायाँ
बाचक :  सहदेव
लेखक : सुन्दर जोशी
कृति : कथा
रेडियो : नेपाली रेडियो डट ओ.आर.जी
यो श्रीङ्खला अनलाई रेडियो नेपाली रेडियो डट ओआरजीको हिमाली श्वरहरु बाट प्रास्त भएको हो ।  
Listen and Download
 
Download : Click Here to Download


Thank you,

"मेरो कथा मेरो गीत" १० कथाहरु -Download

NepaliTalim | 9:09:00 AM | 0 comments
नेपाली एफ. एम. रेडियोको सर्बाधिक लोकप्रिय कार्यक्रम "मेरो कथा मेरो गीत" 
नमस्कार साथीहरु ।

आज तपाईहरु सामु केहि गिति कथा लिएर आएको छु । ईमेज एफ एमको मेरो कथा मेरो गितबाट प्रशारण भएको विभिन्न १० कथाहरु मेरो कथा मेरो गित लिएर आएको छु ।
प्रस्तोता :  कल्याण गौतम –डियर कल्याण
एफ एम :  इमेज एफ एम
Email : dear_kalyan@hotmail.com

Listen and Download
1. मेरो कथामा सुधाम्शुको कथा सुन्नुहोस

Download : Click Here to Download
2. मेरो कथामा बन्दनाको कथा सुन्नुहोस

Download : Click Here to Download
3.मेरो कथामा बिमलको कथा सुन्नुहोस

Download : Click Here to Download
4. मेरो कथामा गोविन्दको कथा सुन्नुहोस

Download :  Click Here to Download
5.उषाको कथा सुन्नुहोस

Download:Click Here to Download
6.मेरो गीतमा सतिशको कथा सुन्नुहोस

Download : Click Here to Download
7.मेरो कथामा अनुपको कथा सुन्नुहोस

Download : Click Here to Download
8. मेरो कथामा सरिताको कथा सुन्नुहोस
Download : Click Here to Download
9. मेरो कथामा सुलोचनाको कथा सुन्नुहोस

Download : Click Here to Download
10.मेरो कथामा अजितको कथा सुन्नुहोस

Download : Click Here to Download

Download Source : http://www.nepaliradio.org

गजल गुन्जन 2069- 05-02 - Download

NepaliTalim | 7:51:00 PM | 0 comments
गजल गुन्जन Gazal Gunjan
Date : 2069- 05-02
रेडियो स्काई ८८.४ मेगाहर्ज
प्रस्तोता : बिशाल भट्टराई 
Source : Radio Sky


नमस्कार साथीहरु,
सामुदायिक रेडियो स्काई एफ एम ८८ दशमलब ४ मेगाहर्ज बाट प्रसारण हुने साहित्यिक नेपाली गजल बिशेष कार्यक्रम गजल गुन्जन लिएर हाँजिर भएको छु । आसा छ तपाईहरुलाई मन पर्ने छ। आउनुस् हामी मिलेर सुनौं गजल गुन्जन । 

Listen And Download

Download : Click Here to Download



Thank you,

श्रृजनाका सुशेलीहरु - (2069-05-09/25-08-2012) - Download

NepaliTalim | 7:11:00 PM | 0 comments
Program : Shrirjanaka Shuseliharu
Radio : Radio Ekata 92.4 mhz
Time : Every Saturday 9.15 evening
Date : (2069-05-09/25-08-2012)
Host :  Suresh Bidari
FB : Facebook Group

...............................................................
आज मिति 2069 भाद्र  09 गते (25-Aug2-012)  सनिबार  रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा  ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ।  प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ ।  आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .।
मोति जयन्ति विशेष 
Listen and Download

Download : Click Here to Download 

Thank you,
 

गजलका शेरहरु -(2068-08-26 ) पूराना श्रीङ्खला - Download

NepaliTalim | 4:48:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : SUN DIYALI
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2068-08-26/12-12-2011 )
..............................................
कार्यक्रम : गजलका शेरहरु
प्रस्तोता : शोम  दियाली
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : http://www.radioekata.com.np 
फेसबुक पेज  : Gazalka Sherharu
 
 आदरणिय साथीहरु, आज मिति 2069-08-26 तदनुसार मिति 12-12-2011 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  शोम  दियाली प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा साथी मोहन विहानीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download

Download : Click Here to Download

Thank you

गजलका शेरहरु -(2068-02-30 ) पूराना श्रीङ्खला - Download

NepaliTalim | 4:40:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : SUN DIYALI
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2068-02-30/13-06-2011 )
..............................................
कार्यक्रम : गजलका शेरहरु
प्रस्तोता : शोम  दियाली
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : http://www.radioekata.com.np 
फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu
 
 आदरणिय साथीहरु, आज मिति 2068-02-30 तदनुसार मिति 13-06-2011 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  शोम  दियाली प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा साथी मोहन विहानीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download

Download : Click Here to Download

Thank you,

गजलका शेरहरु -(2068-11-08 ) पूराना श्रीङ्खला - Download

NepaliTalim | 4:28:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : SUN DIYALI

TIME : EVERY MONDAY, 9.15PM

DATE : -(2069-05-04/20-08-2012
)
..............................................

कार्यक्रम : गजलका शेरहरु
प्रस्तोता : शोम  दियाली
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे
   
अनलाईन सुन्न : http://www.radioekata.com.np 
फेसबुक पेज  : https://www.facebook.com/gazalkasherharu


आदरणिय साथीहरु, आज मिति 2068-11-08 तदनुसार मिति 20-02-2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  शोम  दियाली प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा साथी मोहन विहानीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download

Download : Click Here to Download

Thank you,

सिर्जनाका लहरहरु :- Episode 92 -Download

NepaliTalim | 11:32:00 AM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU EPISODE- 92
Date : 17-Aug 2012/1-05-2069
Host : Khagendra Adhikari

आज मिति २०६९ भाद्र ९ गते तदनुसार २०१२ अगष्ट २५ शनिबारका दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला ९२ लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु । 
यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु । 
Listen and Download

Download : Click Here to Download 92

Thank you

मुक्तक सरोबर (2069-05-06/24-08-2012) - Download

NepaliTalim | 11:05:00 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-05-08/22-08-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
आज मिति 2069-05-08 तदनुसार 24-08-2012 मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

गजलका पानाहरु -4 : (25-08-2012/2069-05-09)- Download

NepaliTalim | 10:41:00 AM | 0 comments
GAZALKA PANAHARU : 4
कार्यक्रम : गजलका पानाहरु 
प्रस्तोता : इन्द्रमान आत्मा औसिको रातमा
समय : हरेक शनिवार
 
फेसबुक : Gazaka Panaharu
(रेकर्ड गजलहरुको कार्यक्रम)

आज मिति 2069-05-09 तदनुसार 25-08-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता इन्द्रमान आत्मा र्औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम ।
Listen and Download

Download : Click Here to Download 4

Thank you,
 

गजल गुन्जन 2069-01-12 - Download

NepaliTalim | 10:00:00 AM | 0 comments
गजल गुन्जन Gazal Gunjan
Date : 2069-01-12
रेडियो स्काई ८८.४ मेगाहर्ज
प्रस्तोता : बिशाल भट्टराई 
Source : Radio Sky


नमस्कार साथीहरु,
सामुदायिक रेडियो स्काई एफ एम ८८ दशमलब ४ मेगाहर्ज बाट प्रसारण हुने साहित्यिक नेपाली गजल बिशेष कार्यक्रम गजल गुन्जन लिएर हाँजिर भएको छु । आसा छ तपाईहरुलाई मन पर्ने छ। आउनुस् हामी मिलेर सुनौं गजल गुन्जन
। 

 Listen And Download

Download :Click Here to Download 

Thank you,
 


गजल गुन्जन 2068-06-13 - Download

NepaliTalim | 7:09:00 PM | 0 comments
गजल गुन्जन Gazal Gunjan
Date : 2068-06-13
रेडियो स्काई ८८.४ मेगाहर्ज
प्रस्तोता : बिशाल भट्टराई 
Source : Radio Sky


नमस्कार साथीहरु,
सामुदायिक रेडियो स्काई एफ एम ८८ दशमलब ४ मेगाहर्ज बाट प्रसारण हुने साहित्यिक नेपाली गजल बिशेष कार्यक्रम गजल गुन्जन लिएर हाँजिर भएको छु । आसा छ तपाईहरुलाई मन पर्ने छ। आउनुस् हामी मिलेर सुनौं गजल गुन्जन
Listen And Download

Download : Click Here to Download

Thank you

गजल गुन्जन 2068-05-30 - Download

NepaliTalim | 6:57:00 PM | 0 comments
गजल गुन्जन Gazal Gunjan
Date : 2068-05-02-
रेडियो स्काई ८८.४ मेगाहर्ज
प्रस्तोता : बिशाल भट्टराई 
Source : Radio Sky


नमस्कार साथीहरु,
सामुदायिक रेडियो स्काई एफ एम ८८ दशमलब ४ मेगाहर्ज बाट प्रसारण हुने साहित्यिक नेपाली गजल बिशेष कार्यक्रम गजल गुन्जन लिएर हाँजिर भएको छु । आसा छ तपाईहरुलाई मन पर्ने छ। आउनुस् हामी मिलेर सुनौं गजल गुन्जन
Listen And Download

Download : Click Here to Download

Thank you,
 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger