Showing posts with label Gharbatai Lok Sewa Tayari. Show all posts
Showing posts with label Gharbatai Lok Sewa Tayari. Show all posts

राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु भाग २।। FAQ of Revenue ।। Gharbatai Loksewa Tayari 18

NepaliTalim | 12:55:00 PM | 0 comments
राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु भाग २।। FAQ of Revenue ।। Gharbatai Loksewa Tayari 18

राजस्व सम्वन्धी निरन्तर सोधिने ३० प्रस्नोत्तरहरु ।।
Frequently Asked Questions related to Revenue and Taxation in Nepal in Gharbatai Loksewa Tayari 18.

#RevenueFAQ #RevenueQNA #IRDNepal #DRINepal #LoksewaTayari
This episode is very helpful especially to those who are preparing Nepal Government Job Lok Sewa Preparation for Sakha Adhikrit.
The main sources of this question and answer is GoN Revenue Department
Official Website
https://ird.gov.np
http://dri.gov.np

LIKE | COMMENT | SHARE | SUBSCRIBE

राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु भाग १ ।। Gharbatai Loksewa Tayari 17 - FAQ of Revenue

NepaliTalim | 12:52:00 PM | 0 comments
राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु भाग १ ।। Gharbatai Loksewa Tayari 17 - FAQ of Revenue



राजस्व सम्वन्धी निरन्तर सोधिने ५० प्रस्नोत्तरहरु
नमस्कार साथीहरु, आजको श्रृंखलामा हामी राजस्व सम्वन्धीत विभिन्न प्रश्नोत्तरहरु लिएर आएका छौं । हामी आज राजस्व संग सम्विन्धीत विषयवष्तुमा रहेर ५० ओटा प्रस्नोत्तरहरु रहनेछन् जुन प्रश्नोत्तरहरु लोक सेवा तयारी गर्दौ गर्नुभएका साथीहरुको लागि पनि अति उपयोगी रहनेछ ।
#TaxationinNepal #NepalRevenueDepartment #RevenueQuestionsAnswer #RevenueFAQ

For More Information Please, visit
http://dri.gov.np
LIKE | COMMENT | SHARE | SUBSCRIBE

नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ? मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस

NepaliTalim | 5:36:00 PM | 0 comments

















नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ ?
घरबाटै लोकसेवा तयारीको श्रृंखला १४ मा नेपाल राष्ट्र बैंक परिक्षाको लागि विशेष सहयोगी भिडियो लिएर आएको छु । आजको श्रृंखलामा हामी नेपालमा बैक नोट तथा सिक्का निष्काशन कसरी हुन्छ त्यसको बारेमा जानकारी दिनेछौं । Detailed Explained of Issuing Bank Notes and Coin in Nepal
LIKE | COMMENT | SHARE | SUBSCRIBE



मैद्रिक उपकरण के के हुन? उल्लेख गर्नुहोस 
मुल्य स्थिरता एवं ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैंकले तर्जुमा गरेको नीति मौद्रिक नीति हो । यसले मुद्राको परिमाण, उपलब्धता र लागतको व्यवस्थापन गर्छ । मूल्य स्थिरता, शोधनान्तर स्थिरता तथा वित्तीय क्षेत्रको स्थिरता मौद्रीक नीतिको उद्धेश्य हो ।  मौद्रीक नीतिको यहि उदेश्य प्राप्त गर्न मौद्रीक अधिकारीले प्रयोग गर्ने औजार मौद्रीक उपकरण हुन् । जुन निम्नानुसार छन् ।
क) प्रत्यक्ष उपकरण
१. निक्षेप तथा कर्जाको ब्याजदर निर्धारण
२. कर्जाको सिमा निर्धारण
३. नैतिक दबाब

ख. अप्रत्यक्ष उपकरण
१. बैंक दर
२. अनिवार्य नगद मौज्दात
३ खुला बजार कारोबार

घरबाटै लोकसेवा तयारी विशेष - २०७५ जेष्ठ १६ गते बुधबार गोरखापत्रको ज्ञान सागर अंकबाट ३० समसामयिक बस्तुगत प्रश्नोत्तरहरु

NepaliTalim | 2:50:00 PM | 0 comments
२०७५ जेष्ठ १६ गते बुधबार गोरखापत्रको ज्ञान सागर अंकबाट 

१.गोरखापत्र पत्रकारिता पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
उत्तर- भैरव रिसाल
..
२. वि.सं. २०७५ जेठ १३ गते सार्वजनिक गरिएको सावैजनिक संस्थानको वार्षिक स्थिति सामीक्षा प्रतिवेदनअनुसार नाफमा रहेका संस्थान कति छन् ?
उत्तर-२६ वटा
..
३.अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
उत्तर-सन् २०१८ जनावरी २१ देखि
..
४. फयर एन्ड फ्युरी इन्साइड दि ट्रम्प ह्वाईट हाउस नामक पुस्तकका लेखक को हुन् ?
उत्तर-माइकल बुल्फ
..
५. नेपालमा बन्यजन्तुको डिएनए परिक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?
उत्तर-खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा
..
६. बन तथा वातावाराण मन्त्रालयले बन क्षेत्रको सदुपयोग गरि कति रोजगारि सिर्जना गर्ने योजना अघि सारेको छ ?
उत्तर-एक लाख
..
७. काभ्रेको पनौतिस्थित खोपासिमा रहेको नेपालकै तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति हो ?
उत्तर-२ दशमलब ४ मेगाबाट
..
८. अस्ट्रलियामा रहेका व्यावसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष २०१८ अष्ट्रेलियाको कतिऔं धनी बनेका छन् ?
उत्तर-८१ औं
..
९. वि.संं २०७५ मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
उत्तर-कवि तुलसी दिवस (ताम्रपत्र सहित रु १ लाख प्रदान गरिएको)
..
१०. संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले वि.सं. २०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औस्त बसाई अवधि कति रहेको छ ?
उत्तर-१२ दशमलव ६ दिन
..
११. नेपाली साहित्यका क्षेत्रमा अस्व्किृत कवि उपनामले चिनिने स्रष्टा को हुन् ?
उत्तर-डा. कविताराम श्रेष्ठ
..
१२. झण्डै दुई दशकपश्चात् राजविराज विमानस्थल कहिलेदेशि पुन सुचारु भएको हो ?
उत्तर-वि.सं.२०७५ जेष्ठ १० देखि

१३.विकेन्द्रीकरण प्रवद्र्धन पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
उत्तर-स्वशासन अध्ययन प्रतिष्ठान
..
१४. नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत को हुन् ?
उत्तर-र्यान्डी डब्लु बेरी
..
१५. निपा भाइरस पहिलोपटक कहिले र कहाँ फेला परेको हो ?
उत्तर-सन् १९९८ मा मलेसियामा
..
१६.सन् २०१८ मा सञ्चालित इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको उपाधि कसले जित्यो ?
उत्तर-चेन्नाई सुपर किङ्ग्स
..
१७. सम्पूर्ण जीवको विश्लेषण गरी हालै प्रकाशित एक प्रतिवेदनअनुसार पृथ्वीको बृहत् जीवन (जीव र वनस्पती) मा मानव जातिको हिस्साा कति रहेको छ ?
उत्तर-०.१ प्रतिशत रहेको छ (सबैभन्दा ठूलो हिस्सा ब्याक्टेरिया ले १३ प्रतिसत ओगटेको छ )
..
१८. हाल २०७५ बैशाख नेपालको निजामी सेवामा महिला कर्मचारिको हिस्सा कति छ ?
उत्तर-२३ दशमलव १७ प्रतिशत

१९. अहिलेको क्षणमा खुसि बन, किनकी यो क्षण नै तिम्रो जीवन हो भन्ने विचारक हो हुन् ?
उत्तर-उमर खैयाम
..
२०. एउटै परिवारका सदस्यले एकै समयमा सगरमाथाको सफल आरोहणको रेकर्ड राख्ने पर्वतारोहि को हुन् ?
उत्तर-फुर्वा तेञ्जिङ शेर्पा , फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडिकी शेर्पा
..
२१. अर्थमन्त्री युवराज खतिवडाद्धारा वि.सं. २०७५ जेष्ठ १३ मा संघीय संसदमा प्रस्तुत आर्थिक सर्वेक्षणअनुसार चालु आ.व. २०७४।२०७५ मा कुल गार्हस्थ उत्पादन जिडिपी मा कृषि क्षेत्रको योगदान कति रहने अनुमान छ ?
उत्तर-२७.६ प्रतिशत
..
२२. भेनेजुयलामा सन् २०१८ मे मा  सम्पन्न राष्ट्रिपतिय निर्वाचनमा विजयी हुने उमेदवारको हुन् ?
उत्तर-निकोलस माडुरो
..
२३. हाल सन् २०१८ संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ?
उत्तर-अमेरिका २२ प्रतिशत
..
२४. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कहिलेदेखी २१ घन्टा संञ्लालनमा आएको हो ?
उत्तर-वि.सं. २०७५ जेठ ७ गते

२५ सामरिक महत्वको मैलुङ–स्युफ्रुवेशी सडकखण्डको लम्बाई कति रहेको छ ?
उत्तर-१७ किलोमिटर
..
२६. सरकारले झापाको शान्तिनगरदेखि डडेलधुराको रुपाललाई जोड्ने मदनभण्डारी मार्ग निर्मण गनेए निर्णय कहिले गरेको हो ?
उत्तर-वि.सं. २०७५ जेठ ६
..
२७. सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७४ बाट कस –कसलाई सम्मानित गर्यो ?
राजनीतिक तथा सैद्धान्तिक विधामा तनहुँका लक्ष्मीभक्त उपाध्याय लम्साल, इतिहास विधामा कास्कीका जगमान उत्तर-गुरुङ  र साहित्य, संस्कृति र विज्ञान विधामा पाल्पाका विष्णु प्रभातलाई ।
..
२८ यो आत्मविश्वास राख्नु, तिमी पृथ्वीको सबैभन्दा बढी आवश्यक मनुष्य हौं । भन्ने बिचारक को हुन् ?
उत्तर-म्याक्सिम गोर्की
..
२९. वर्तमान सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आ.व. २०७५।२०७६ अनुसार कतिअवधिभित्र प्रितिव्यक्ति आय दोब्बर बनाउने योजना छ ?
उत्तर-पाँच वर्षभित्र
..
३०। राजनीति एउटा विज्ञान हो, जसको उपयोग मानिसको कल्याणको लागि हुनुपर्छ । भन्ने विचारक को हुन् ?
उत्तर-अरस्तु
..
धन्यवाद
नोट :
माथिको समसामयिक सामान्यज्ञान प्रश्नोत्तर २०७५ साल जेठ महिनाको १६ गतेको गोरखापत्रको ज्ञान सागर अंकबाट साभार गरिएको हो । साभार गर्ने नेपाली तालिम युट्युब च्यानल ।

घरबाटै लोकसेवा तयारी १६- नेपालमा क कसले के के चलन चलाएका रहेछन् त हेराैं ?

NepaliTalim | 4:51:00 PM | 0 comments

नेपालमा क कसले के के चलन चलाएका रहेछन् ?
  • इन्द्रजात्रा – गुणकामदेब
  • बालकको सालनाल काट्ने चलन –अंशुवर्मा
  • तामाको पैसा –रत्न मल्ला 
  • गौसुकी –शिवदेव तृतिय
  • गाईजात्रा –जयप्रकाश मल्ल कतै कतै प्रताप मल्ल पनि उल्लेख र्भको पाइन् । 
  • इन्द्रजात्राको दिन कुमारिको रथ घुमाउने –जयप्रकाश मल्ल
  • इन्द्रजात्रामा लिंगो गाड्ने –प्रतापसिंह शाह
  • सुनको असर्फी –रणबहादुर शाह 
  • सेतो मच्छिन्द्रनाथको रथयात्रा –प्रताप मल्ल
  • विर्ता बाँड्ने चलन–प्रधानमन्त्री वीर शमशेर जवरा 
  • मध्यान्ह बाह्रबजे तोप पड्काउने –प्रधानमन्त्री देव शमशेर जबरा 
  • कार्यालय समय १० देखि ५ बजे सम्म गर्ने –प्रधानमन्त्री देव शमशेर जवरा 
  • टोपीमा व्याच लगाउने –प्रधानमन्त्री चन्द्र शमशेर जबरा
  • शनिबारका दिन सार्वजनिक विदा दिने–प्रधानमन्त्री भीम शमशेर जबरा
  • नवदुर्गा नाच र महालक्ष्मीको नाच –सुर्वण मल्ल
  • लुमडी, भद्रकाली नाचको प्रचलन –राजा रत्न मल्ल 
  • झ्यालमा रङ्गिन ऐना राख्ने–राजा रणजीत मल्ल
  • कृष्ण जात्रा, लाखे जात्रा, कुमारीको पुजा –राजा गुणकाम देब
  • नाग र बासुकिको पुजा –राजा मानदेव
  • रातो मच्छिन्द्रनाथको रथयात्रा –राजा नरेन्द्रदेव
  • नरसिंह अवतार नृत्य–सिद्धिनरसिह मल्ल
  • बिस्केट जात्रा – राजा जगज्योति मल्ल
  • मोहर (महेन्द्र मल्ली) –महेन्द्र मल्ल
  • कागजी मुद्रा – श्री ५ त्रिभुवनको पालामा प्रधानमन्त्री जुद्ध शमशेरले
  • पशुपतिमा महास्नान गराउने–राजा अभय मल्ल
  • झ्यालमा अनेक किसिमका बुट्टा हाल्ने– राजा नरेन्द्रदेव
  • पशुपतिको पुजारीमा भट्ट ब्राम्हण राख्ने –राजा यक्ष मल्ल
  • अपराधीलाई कसुरको मात्राअनुसारको आर्थिक दण्ड– जयस्थिति मल्ल
  • चाँदतोडाको प्रचलन, बग्घी चढ्ने– जनरल भीमसेन थापा
  • अड्डा अदालतमा कोर्ट फी र लिफाफाको चलन–प्रधानमन्त्री जुद्ध शमशेर


YouTube Video

Gharbatai Loksewa Tayari 9- All Objective and Subjective Question Answer from Gorkhapatra 2075-01-05

NepaliTalim | 4:45:00 PM | 0 comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
घरबाटै लोकसेवा तयारी श्रृंखला ९ मा आजहामी यो हप्ता २०७५ बैशाख ५ गते बुधबारका दिन गोरखापत्रको ज्ञान सागर अंकमा प्रकासित भएको सबै समसामयिक सामान्यज्ञान ३० ओटा बस्तुगत प्रश्नोत्तर र ८ ओटा वस्तुगत प्रश्नोत्तरहरू लिएर आएको छौं । यो श्रृंखला नेपाल सरकारको लोकसेवा आयोगले लिने लोकसेवाको परिक्षा, बिभिन्न सरकारी संस्थानहरुको परिक्षा आदिको लागि अत्यन्त उपयोगी रहनेछन् ।
This is 9th Episode of Gharbatai Loksewa Tayari. In this episode we brought you from subjective and objective question answer from Gyansagar of Gorkhapatra published on  2075-01-05. All Objective question answers are related to current affairs and which will be really helpful to Loksewa Examination.
Loksewa Exam Preparation Online Free Class  by Nepali Talim
Subjective and Objective Question for Loksewa Exam

जम्मा ३० बस्तुगत समसामयिक प्रश्नोत्तरहरू
साथै
७ विषायगत प्रश्नहरू यसप्रकार छन्
१.नेपालको संविधानअनुसार राज्यले पर्यटनसम्वन्धी के कस्तो नीति लिने ब्यवस्था छ ?
२.नेपालको भौगोलिक अवस्थाले मुलुकको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा के कस्तो प्रभाव पारेको छ ?
३. शरिर स्वस्थ राख्न खानुपर्ने तीन खानेकुराहरु के के हुन् ?
४. जैविक विविधताले मानिसलाई पुर्याएने पाँच वटा फाईदा उल्लेख गर्नुहोस् ?
५. निजामती कर्मचारीलाई कुन अवस्थमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरि सेवाबाट हटाउन सकिने ब्यवस्था छ ?
६.कार्यपालिकाले गर्ने प्रमुख पाँचवटा कार्य उल्लेख गर्नुहोस् ।
७. भन्सार महसुलबारे संक्षेपमा उल्लेख गर्नुहोस् ।
८. निजामती कर्मचारीको तलबभत्ता के कस्तो आधारमा पुनरावलोकन गर्ने ब्यवस्था छ ?

जसमा उत्तर जान्न भिडियाे हेर्नुहाेला
Gyan Sagar from Gorkhapatra Date 18 April 2018 ( 2075-Baishak-05, Wednesday)
Gharbatai Loksewa 

Gharbatai Loksewa Tayari 8 :- नदिका किनारमा अवस्थीत सहरहरुको नामावली

NepaliTalim | 3:17:00 PM | 0 comments

LIKE | COMMENT | SHARE | SUBSCRIBE घरबाटै लोकसेवा तयारी श्रृंखला ८ नदिका किनारमा अवस्थीत सहरहरुको नामावली


Gharbatai Loksewa Tayari 7:- नेपालको संविधान बमोजिम राज्यको राजनीतिक उद्देश्य के रहेको छ ?

NepaliTalim | 3:06:00 PM | 0 comments

LIKE | COMMENT | SHARE | SUBSCRIBE
नेपालको संविधान बमोजिम राज्यको राजनीतिक उद्देश्य के रहेको छ ? उल्लेख गर्नुहोस
घरबाटै लोकसेवा तेस्रो पत्र तयारी
खरिदार परिक्षा तेस्रो पत्र तयारी
नायब सुब्बा परिक्षा तेस्रो पत्र तयारी
Source : Gorakhapatra Chaitra 2074
Listen on YouTube

घरबाटै लोकसेवा तयारी -विषयगत प्रश्नोत्तर - व्यावसायिक लेखा प्रणाली भनेको के हो ?

NepaliTalim | 4:12:00 PM | 0 comments

अभिलेख व्यावसायिक आर्थिक कारोवारको व्यवस्थित आभिलेख गर्ने तथा सो को यथार्थ प्रतिवेदन गर्ने स्रेस्तालाई व्यावसायिक लेखा प्रणली भनिन्छ । यसले सेवाभन्दा नाफा नोक्सानलाई महत्व दिन्छ । व्यावसायिक आर्थिक कारोबारमा नाफा नोक्सानको अवस्था चित्रण गर्नु यसको उदेश्य हो । यो नगदमा आधारित लेखा नभई प्रोद्भावी लेखामा आधारित छ । जसअनुसार नगद र बाँकी लेनदेन दुबै कारोबारको अभिलेख हुन्छ । यसले आर्थिक कारोबारमा मितव्ययिता, पारदर्शिता एबम् जवाफदेहितालाई जोड दिन्छ । दोहोरो लेखा प्रणालिमा आधारित यस लेखाले लेखाका सर्वमान्य सिद्धान्तको अवलम्बन गर्दछ । यो लेखा प्रचलित सरकारी कानुनको अधिनमा रही आफ्नै कानुनद्धारा सञ्चालित हुन्छ । यस लेखाको नियन्त्रण व्यावसायको सञ्चालक वा मालिकबाट हुन्छ । सबै व्यावसायिक लेखामा एकरुपता नहुन सक्छ । भाषा र फारम फरक हुन सक्छ । व्यावसायिक लेखाको अन्तिम लेखापरीक्षण मान्यता प्राप्त व्यावसायिक स्वतन्त्र ब्यक्ति वा संस्थाबाट हुन्छ । 


Gharbatai Loksewa Tayari 6-विषयगत प्रश्नोत्तर Subjective Question Answer from Gorkhapatra-2074-12-28

NepaliTalim | 12:31:00 PM | 0 comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Gharbatai Loksewa Tayari 6-विषयगत प्रश्नोत्तर Subjective Question Answer from Gorkhapatra-2074-12-28

In this video we brought to you the narration audio of 6 Subjective Question Answer from Gorkhapatra published on 2074 Chaitra 28 Wednesday. This video is really important who are preparing exam for Loksewa Aayog, Rastra Bank, Government corporation etc.

आजको श्रृंखलामा हामी २०७४ चैत्र २८ गते बुधबारका दिन गोरखापत्रमा ज्ञान सागर श्रृंखलामा प्रकाशन भएको ६ ओटा विषयगत प्रश्नोउत्तरको अडियो सविस्तार बाचन लिएर आएका छौं । तिनिहरु यसप्रकार छन् ।
१. आयकर बारे सङ्क्षेपमा उल्लेख गर्नुहोस् ।
२. निजामती सेवामा बृत्ति विकास भनेको के हो ?
३.कर्मचारी प्रशासनमा अवकाशका उद्देश्य के के हुन ? लेख्नुहोस ।
४. नेपालको संविधानले राजनीतिक तथा शासन ब्यवस्था सम्वन्धी के कस्तो नीति अङ्गीकार गरेको छ ?
५.नेपाल नागरिक उड्डयन प्राधिकरणको काम, कर्तब्य र अधिकारबारे लेख्नुहोस ?
६.सार्वजनिक नीति कार्यान्वयनमा प्रशासनको भुमिकाबारे चर्चा गर्नुहोस् ।
Training on YouTube

Gharbatai Loksewa Tayari 5-Specify Features of Value Added Tax-VAT in Details- विषयगत प्रश्नोत्तर -Audio Book

NepaliTalim | 12:27:00 PM | 0 comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE
विषयगत प्रश्नोत्तर Subjective Question Answer
Gharbatai Loksewa Tayari 5-Specify Features of Value Added Tax-VAT in Details
घरबाटै लोकसेवा तयारी श्रृंखला ५ मा आज हामी २०७४ चैत्र २१ गते बुधबार गोरखापत्र लोकसेवा तयारी गरिराख्नुभएकाहरुको लागि विशेष श्रृंखला ज्ञान सागरमा विषयगत प्रश्नोउत्तरमा प्रकाशन भएको प्रश्न मुल्य अभिवृद्धि करका विशेषताहरु उल्लेख गर्नुहोस भन्ने प्रश्नको उत्तर जस्ताको तस्तै लिएर आएका छौं ।
Helpful for Kharidar, Nasu, Adhikrit 

Training Video on YouTube

Gharbatai Loksewa Tayari 4- पाँच विषयवस्तु संग सम्वन्धीत खरिदार विशेष सामान्यज्ञान प्रश्नोउत्तरहरु : Audio Book

NepaliTalim | 12:24:00 PM | 0 comments
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Gharbatai Loksewa Tayari 4- Gharidar Special Loksewa Aayog Preparation General Knowledge

पाँच विषयवस्तु संग सम्वन्धीत खरिदार विशेष सामान्यज्ञान प्रश्नोउत्तरहरु
१.नेपालको सबैभन्दा उचाईमा भएका
२.प्रमुख बौद्ध तिर्थस्थलहरु
३.राजाको उपनामहरु
४. बिभिन्न ग्रहहरुका उपग्रहरु संख्या
५.नेपालको पहिलो
Training Video On YouTube 

Gharbatai Loksewa Tayari 3- समसामयिक सामान्यज्ञानका १०० प्रश्नोउत्तरहरू 100 General Knowledge

NepaliTalim | 12:20:00 PM | 0 comments

LIKE | COMMENT | SHARE | SUBSCRIBE

खरिदार तथा नासुको लागि अति उपयोगी १०० समसामयिक सामान्यज्ञान प्रश्नोउत्तर लिएर आजको घरबाटै लोकसेवा श्रृंखला तयारी ३ मा उपस्थित भएका छौं । 

Gharbatai Loksewa Tayari 3-  
घरबाटै लोकसेवा तयारी श्रृंखला  ३
यस श्रृंखलामा समसामयिक सामान्यज्ञानका  १०० प्रश्नोउत्तरहरू रहेका छन् ।
100 General Knowledge Questions and Answers for 100 Intelligent Test Question Answer -IQ Test as  Online Loksewa Tayari Class conducted by Nepali Talim as Loksewa Tayari Online Class
Training Videos on YouTube 

Gharbatai Loksewa Tayari Video Class Episode 1- न्याय परिषदको बारेमा JUDICIAL COUNCIL of Nepal [Nyaya Parishad]

NepaliTalim | 3:48:00 PM | 0 comments
Gharbatai Loksewa Tayari 2 :
JUDICIAL COUNCIL of Nepal 
न्याय परिषदको बारेमा [Nyaya Parishad]

नेपाली तालिमको घरबाटै लोकसेवा तयारी कक्षा श्रृंखलाको आजको श्रृंखलामा हामी नेपालको संविधान अनुसार नेपालको न्याय परिषद भनेको के हो, न्याय परिषदमा को को सदस्यहरु हुन्छन् र न्याय परिषदले के के कामहरु गर्दछन् त्यसको बारेमा यो भिडियो रहनेछ । 
Nepal Nyaya Parishad 
Judicial Council of Nepal
Gharbatai Loksewa Tayari
Nepali General Knowledge
Nepali Intelligent Questions 
Nepali IQ Test 
Question and answer for PSC

In this video we discuss about Judicial Council of Nepal and what are the provision on Nepal Constitution. What will be the Judicial Council Structure, Function and Objective of Judicial Council, what are the right and responsibilities of Judicial Council etc. 
LIKE | COMMENT | SHARE | SUBSCRIBE

Gharbatai Loksewa Tayari Video Class Episode 1 - स्थानिय तह सम्वन्धित विभिन्न १५ प्रश्नहरु र उत्तरहरु

NepaliTalim | 3:45:00 PM | 0 comments
Gharbatai Loksewa Tayari  Episode 1 (one)
 स्थानिय तह सम्वन्धित विभिन्न १५ प्रश्नहरु र उत्तरहरु

घरबाटै लोकसेवा तयारी
(श्रृंखला १) - १५ प्रश्नोत्तर

लोकसेवा तथा संस्थानहरुको परिक्षाको लागि सामान्यज्ञान श्रृंखला
लोक सेवामा सोधिने खालका  स्थानिय तहमा पर्ने गाउँपालिका र नगरपालिका सम्वन्धित विभिन्न १५ प्रश्नहरु र त्यसका उत्तरहरु

स्थानिय तह, गाउँपालिका, नगरपालिका, गाउँ तथा नगर कार्यपालिका,गाउँसभा, नगरसभा, जिल्ला सभा, समन्वय समिति आदि

Gharbatai Lok Sewa
Lok Sewa Tayari
Samanya Gyan
General Knowledge
Intelligence Test
IQ Test
Local  Level Related 15 Question and Answers
LIKE | COMMENT | SHARE | SUBSCRIBE

1.नेपालकाे संविधान २०७२ को पूर्ण बाचन (धारा १ देखी धारा १२५ सम्म) The Constitution of Nepal 2072 -Audio :- Listen

NepaliTalim | 1:41:00 PM | 0 comments

नमस्कार,

चिसापानी नेपाल एक अडियो ब्लग हो जहाँ हामी सकेसम्म साहित्यिक अडियो पुस्तक, कार्यक्रम र साहित्यिक रचनाहरु ल्याउने गछौं। आज हामी एक चर्चित च्यानल अनान्द नेपाल युट्युब च्यालले बाचन गरेको नेपालकोका भिडियोहरु ल्याएका छौं । आशा छ यो भिडियो सुनेर तपाईहरु सबैलाई नेपालको संविधानका बरेमा ज्ञान लिन सक्नुहुनेछ । यो भिडियो युट्युबमा ल्याउने अनान्द नेपाल युट्युब च्यानलका सबै टिममेम्बरहरू लाई जतिनै धन्यवाद दिँदा पनि कम हुन्छ । हामी सबैले यो च्यानल सब्सक्राईब गरौं । Audio of Constitution of Nepal 2072 has brought by Ananda Nepal Youtube channel.
Constitution of Nepal 2072-Complete Audio 
Don't Forget to Subscribe Ananda Nepal YouTube Channel
Subscribe Channel : Chick Here to Subscribe 
Don't Forget to Subscribe Chisapani Nepal YouTube Channel 
Subscribe Channel : Click Here to Subscribe 
Audio & Video Credit Goes to : Ananda Nepal

प्रस्ताबनाको बाचन (Preamble) 


1.नेपालकाे संविधान २०७२ को पूर्ण बाचन (धारा १ देखी धारा १२५ सम्म) 
Narration of The Constitution of Nepal 2072 (Section 1-125)

01 Constitution of Nepal, Part 1[01-09] Start / प्रारम्भिक


02 Constitution of Nepal, Part 2 [10-15] Citizenship/नागरिकता



03. Constitution of Nepal [16-48] Rights



04 Constitution of Nepal, Part 4 [49-55] Govt policies


05. Constitution of Nepal Part 5 [56-60] राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड


06 Constitution of Nepal, Part 6 [61-73] राष्ट्रपति र उपराष्ट्रपति


07. Constitution of Nepal, Part 7 [74-82] संघीय कार्यपालिका


08. Constitution of Nepal, Part 8 [83-108] संघीय ब्यबस्थापिका


09. Constitution of Nepal, Part 9 [108-114 ] संघीय व्यवस्थापन कार्यविधि


10. Constitution of Nepal [115 -125 ] संघीय आर्थिक कार्यप्रणाली



धन्यवाद

बाँकी श्रृंखलाहरूको बाचनका लागि यहाँ क्लिक गर्नुहोला - Click Here
For All Episodes : Click Here 

Don't Forget to Subscribe 
Nepali Talim - YouTube Channel : Training on YouTube for How to Make Money, Computer, Internet and IT.

Chisapani Nepal Blog YouTube Channel : Nepali Audio and Video Literature

Note :
Above Videos Credit Goes to Ananda Nepal Youtube Channel

9.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

NepaliTalim | 11:55:00 AM | 0 comments
गर> प्रसिद्ध काराकोरम राजमार्गले कति वटा सार्क मुलुकलाई छुन्छ?
-२ वटा(भारत र पाकिस्थान)

> नेपालका सुचना तथा सञ्चार मन्त्री को हुन्‌?
-डा.मिनेन्द्र रिजाल,ने.का

> "अर्थशास्त्रका पिता"भनेर कसलाई चिनिन्छ?
-Adam smith

> सबैभन्दा कम प्रयोग हुने अंग्रेजी अक्षर 'Q' हो भने सबैभन्दा बढि प्रयोग हुने अंग्रेजी अक्षर कुन हो?
-E

> टि-ट्वान्टी विश्व कप क्रिकेट-२०१०को उपाधी कुन टिमले लगेको थियो?
-c.इङ्ल्याण्ड(उप बिजेता-अष्ट्रेलिया)

> बैकुण्ठ झरना कुन जिल्लामा पर्छ ?
-पाल्पा

> कम्प्यूटरलाई नेपालीमा के भनिन्छ?
-सुसंख्या

> नेपालको पूर्व-पश्चिम औषत लम्बाई कति कि.मी छ?
-c.885 k.m

> नेपालको सबैभन्दा फराकिलो सडक भएको शहर कुन हो?
-ख.बिराटनगर

***बजेटसम्बन्धी केही जानकारीहरु ::--
=== सर्वप्रथम बजेटको सुरुवात सन् १७३३ मा बेलायतबाट भएको हो ।
===बेलायतमा सर्वप्रथम बजेट प्रस्तुत तत्कालीन वित्तमन्त्री सर वालपोलले गरेका थिए ।
===दुई छुट्टाछुट्टै बजेट पेश गर्ने राष्ट्र भारत हो ।
===बर्षमा दुईपटक बजेट पेश गर्ने राष्ट्र फ्रान्स हो ।
===कार्यक्रम बजेटको सुरुवाट अमेरिकाबाट भएको हो ।
===नेपालमा सर्वप्रथम बजेट वि.स. २००८ माघ २१ गते प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा प्रस्तुत गरियो ।
===नेपालमा हालसम्म सबैभन्दा धेरै पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री महेश आचार्य ७ पटक हुन् ।
===नेपालमा सरकारी बजेटलाइ आ.व. २०१३/१४ देखि साधारण र विकास बजेट गरी छुट्याइयो ।
===नेपालमा कार्यक्रम बजेटको सुरुवात वि.स. २०२६ सालदेखि भएको हो ।
===नेपालको पहिलो राष्ट्रिय बजेटको कुल अनुमानित व्यय रु ५.२५ करोड रहेको थियो ।

केही प्रश्न र तिनका उत्तरहरु::
***जनजाति विकासका लागि ल्याइएको पहिलो कार्यक्रम कुन हो?
======प्रजा बिकास कार्यक्रम
***THE LIGHT OF WORLD भनेर कसलाई चिनिन्छ?
======जेसस क्राइस्ट
***भगवान वुद्धले पहिलो उपदेश कहाँ दिएका थिए?
======सारनाथ
***नेपालको सबैभन्दा पुरानो सडक कुन हो?
======त्रिभुवन राजमार्ग
***नेपालका हिमरेखाको सरदर उचाई कति रहेको छ?
======5000 मी.
***नेपालको मौद्रिक नीति कसले निर्धारण गर्छ?
======नेपाल राष्ट्र वैँक
***कुनचाहि प्राकृतिक पोलिमरको उदाहरण हो?
क.पोलिमाइनाइल क्लोराइड
ख.रबर
ग.बेकेलाइट
घ.पोलिइथिलिन
======रबर
***माओले क्रान्तिका नायक भनेर कसलाई मान्थे?
======किसान
***एउटा कोठामा भएका कुकुर र मानिसमा कुल 10 टाउका र 32 खुट्टा छन् भने त्यहाँ कति कुकुर रहेछन्?
======6
***6 ,6 वटा जिल्ला भएका नेपालका अंचल कति छन्?
======5
***भुटान भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्री को हुन?
======सुर्य बहादुर थापा
***जलबायु परिवर्तन सम्बन्धमा माल्दिप्स सरकारको पानीमुनिको बैठक कहिले बसेको थियो?
======१९ अक्टोबर २००९
***ओलम्पिक लोगोमा सात महादेशलाई चिनाउन कतिवटा रङ्ग प्रयोग भएका हुन्छन?
======५
***बैदेशिक रोजगारीका लागि नेपालीहरु निम्न मध्ये कुन मुलुकमा बढी गएका छन?
======मलेसिया
***सार्कका कती राष्ट्र BIMSTECमा आबद्ध छैनन?
======३
***टेलिभिजनको दर्शक भनेजस्तै रेडियोको के?
======श्रोता
***उषाहरण कसको कृति हो?
======भुपतिन्द्र मल्ल
***विश्वमा सबैभन्दा दोस्रो बढी हिन्दु धर्म मान्ने मानिस कुन देशमा छन्?
======नेपाल
***गोरखाका राजा रामशाहका पिताको नाम के थियो?
======पुरन्दर शाह
***हाल UNOको बजेटमा अमेरिकाको हिस्सा कति % रहेको छ?
======22%
***तलका मध्ये भारतिय स्वतन्त्रतासँग कसको सम्बन्ध छ?
क.एन्नी बेसेन्ट
ख.गोल्डा मेयर
ग.जुलिया चाङ्ग
घ.कुरुप्स्काया
======एन्नी बेसेन्ट
***तिलिचो ताल कति उचाइमा अवस्थित छ?
======४९१९ मिटर
***क्रिकेट खेलमा पिचको लम्बाइ कति हुन्छ?
======२२ गज

वन सम्बन्धी बिविध जानकारीहरु::
-वन जङ्गलले ढाकिएको क्षेत्र नेपालको कुल क्षेत्रफलको ३९.६% छ।
-तेह्रौ योजना( आधारपत्र)को लक्ष वन क्षेत्र कुल भुभागको ४०% पुरयाउने रहेको छ।
-कुनैपनी मुलुकको बातावरण सन्तुलनका लागि ४३% वनक्षेत्र आवश्यक मानिन्छ।
-नेपालमा कुल इन्धनको ८६.१% परम्परागत उर्जाको प्रयोग हुन्छ।
-परम्परागत उर्जामध्ये पनि ७६.९१% दाउरा प्रयोग हुने अवस्था छ।
- हालसम्म २० सम्रक्षण क्षेत्र स्थापना भएका छन जसले कुल भुभागको २३.२३% ओगटेको छ।
-हाल नेपालको २.५% भुभाग सिमसार क्षेत्रले ओगटेको छ।

8.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

NepaliTalim | 10:38:00 PM | 0 comments


स्रोत : Facebook Page 
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू 

-->

जान्नै पर्ने ३० आश्चर्यजनक कुराहरु 
१. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५
वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् । २. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत
मस्तिष्कमा पम्प हुने गर्छ ।
३. मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ ।
४. सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन
महिलाभन्दा १ सय ग्राम धेरै हुने गर्छ ।
५. प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ । ६. चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ । ७. सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन निस्कने गर्छ
जसले मानिसको उचाई बढाउन मद्दत गर्छ ।
८. पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
९. बूढो मानिसमा बिर्सिने रोगलाई डिमेन्सिया भनिन्छ र ख्ष्त भ्
अनि ख्ष्त ऋ ले त्यसको रोकथाम गर्छ ।
१०. रक्तचाप र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौला फेल हुने गर्छ । ११. अल्कोहलले मस्तिष्कमा हानी पु¥याउने गर्छ जसलाई ख्ष्त भ् ले
बचाउने गर्छ ।
१२. हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ ।
१३. हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस
हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास ९एक्सरसाइज० हुने गर्छ ।
१४. हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल ९आर।बी।सी।० बन्ने गर्छ ।
१५. जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ ।
१६. एकपटक आर।बी।सी। सी।लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्ड
लाग्छ ।
१७. एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन
जति पानी पिउने गर्छ । १८. आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ
पुलमा भएको पानी बराबर थुक्ने गर्छ ।
१९. हरेक दिन संसारभर २० हजार मानिसको मृत्यू क्यान्सरका कारण हुने
गर्छ ।
२०. पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने
महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ । १४. हाम्रो नाकले सास लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र
धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो र तातो हावालाई चिसो बनाउ
मद्दत गर्छ ।
२१. एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने
गर्छ ।
२२. हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ ।
२३. मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ ।
२४. शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक
भूमिका खेल्ने गर्छ ।
२५. मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
२६. शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो । २७. मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ ।
२८. मानिसको एउटा फोक्सोमा करिब ३ सय देखि ३ सय ५० मिलियन
बखिभयष् हुने गर्छ ।
२९. कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन ।
३०. मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।




-->

केही जानकारीहरु(२): 
. डेनमार्कको राजधानी कोपेनहेगनको अर्थ के हो ?
- व्यापारीको बन्दरगाह 
२. कमैयाहरु मुक्त हुनु अघि उनिहरुले साहुबाट लिएको ऋणलाई के
भनिन्छ ?
-सौकी 
३. नेपालमा रुद्राक्ष बढि पाइने क्षेत्र कुन हो ?
-अरुण उपत्यका 
४. विश्व बैङ्क र अन्तराष्ट्रिय वित्त निगमद्वारा सार्वजनिक ‘डुइङ
विजनेश रिपोर्ट २०१४’ अनुसार -नेपाल कतिऔँ स्थानमा छ ?
-१०५ 
५. UNO ले सन् २०११लाई कुन बर्षको रुपमा मनायो ?
-अन्तराष्ट्रिय वन बर्ष 
६. MY Land MY People नामक पुस्तकको लेखक को हुन ?
-दलाइ लामा 
७. विश्ब शिक्षक दिबश कहिले मनाईन्छ ?
-५ अक्टोवर 
८. निजामति सेवा दिवस २०७० को नारा के रहेको थियो ?
-सुशासन र सदाचार निजामती सेवाको आधार 
९. हालै प्रकाशित ‘नेपाल भोट्स फर पिस’ पुस्तकका लेखक को हुन ?
-सृष्टि राणा 
१०. मनकामना केवुलकारको लम्वाई कति छ ?
-२.८ कि.मि 
११. सवैभन्दा बढि मदन पुरस्कार पाउँने व्यक्ति को हुन ?
-सत्यमोहन जोशि
१२. वि सं २०१५ सालको निर्वाचन मा कती क्षेत्र थिए ?
-१०९ 
१३. ‘अशोक लिपी ‘ पनि भनेर चिनिने लिपि कुन हो ?
-ब्राह्मी लिपि 
१४. असंलग्न देशहरुको सोह्रौँ सम्मेलन कुन देशमा भएको थियो ?
-इरानको तेहरानमा 
१५. गण्डकीवाट धौलागिरीमा सारिएको जिल्ला कुन हो?
-पर्वत 
१६. साझा पुरस्कार पाउँने पहिलो पुस्तक कुन हो ?
-घुम्ने मेचमाथि अन्धो मान्छे


-->


केही प्रश्न उत्तरहरू

१ अरनीको जन्म कहा भएको थीयो?
--पाल्पा
२, ८० जना कलाकारको नेतृत्व गरी अरनीको चीन कहीले गएका थीए?
--वी स १९१७
३चादीको मोहर प्रचलनमा ल्याउने राजा को हुन?
--महेन्द्र मल्ल ४शेष नागको अर्को नाम के हो?
--अनन्त
५भागीरथ भन्नाले के बुझीन्छ?
--परीश्रमी
६शुक्राचार्यकी पत्नीको नाम केहो?
--जयन्ती ७ हनुमान ले स्थापना गरेको शीवलीङ्गलाई के भनीन्छ?
--अनुमती
८ महा देवका तीन नेत्रले के जनाउदछ?
--अग्नी,चन्द्र,सुर्य
९ गौतम वस्ने कुटीलाई के भनीन्छ?
--गंधकुटी १० हनुमानका छोलाको नाम के हो?
--मकरध्वज
११ विध्याकी देवि सरस्वतीलाई मन पर्ने रङ कुन हो?
--सेतो
१२ नागरीक शास्त्र कसको कृती हो?
--लक्ष्मीप्रशाद देवकोटा १३नेपाली साहीत्यको प्रथम नारी महाकाव्यकार को हुन?
--वुनु लामीछाने
१४मदन पुरस्कारको स्थापना कहीले भएको हो?
--वि स २०१२
१५ जसरी तीमी ठुला साधु सन्त राजा महाजार कालागी स्तुप
वनाउछौ त्यसरी नै मेरोलागी पनी स्तुप वनाई देउ'' यो भनाई कसको हो? --गौतम वुद्ध
१६ मयुर झ्याल भक्तपुरमा छ भने सुर्यमुखी झ्याल कहा छ?
--पाटन
१७स्याउ खेती मुख्य रुपमा कुन क्षेत्रमा गरीन्छ?
--हीमाली क्षेत्रमा
१८ नेपालमा हाल कतीवटा औधोगीक क्षेत्रहरु कती रहेका छन? --एघार
१९ WTO को प्रथम मन्त्री स्तरीय सम्मेलन कहा भएको थीयो?
--सींगापुर
२० जनकपुर देखी जयनगर सम्मको रेयमार्गको लम्वाई कती छ?
--५१ कीमी

( सामान्य ज्ञान )
--------------------------------
1. नेपालको हिमाली प्रदेशमा कतिवटा हिम शृंखलाहरु रहेका छन् ?
► 28 वटा
2. हिमाली प्रदेशमा कतिवटा जिल्लाहरु छन् ? 
► 16 वटा
3. सप्तकोशी नदीका सहायक नदिहरु कुन कुन हुन् ?
► सुनकोशी,तामाकोशी,दुधकोशी,इन्द्रावती,तमोर,अरुण र लिखु
4. सप्तगण्डकी को अर्को नाम के हो ?
► नारायणी नदी
5. नेपालको सबै भन्दा उत्तर सम्म पुगेको जिल्ला कुन हो ? 
► हुम्ला
6. विधुतीय सर्वेक्षण अनुसार नेपालका नदीहरुबाट कति बिधुत उत्पादन
गर्न सकिने अनुमान गरिएको छ ?
► 8 करोड 30 लाख किलोवाट
7. झुलुंगे पुलको जिल्ला भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ ?
► बाग्लुंग 8. नेपालको कुन जिल्लाको सबैभन्दा धेरै जिल्लासँग
सिमाना जोडिएको छ ?
► मकवानपुर (10 जिल्ला )
9. नेपालको सबै भन्दा बढी गाबिस भएको जिल्ला कुन हो ?
► सप्तरी (114 वटा)
10. नेपालको सबै भन्दा गर्मी हुने ठाउ कुन हो ? 
► नेपालगन्ज
11. एउटै नामले दुइ तिर बग्ने नदिहरु कुन कुन हुन् ?
► राप्ति/सेती
12. नेपालमा कती प्रकारका लालीगुराँस पाइन्छन ?
► 32 प्रकारका
13. नेपालको कुन नदीको किनारमा शालिग्राम पाइन्छ ? 
► कालिगण्डकी नदी
14. सबै भन्दा कम उमेरमा नेपालको प्रधानमन्त्रि बन्ने
व्यक्ति को हुन् ?
► जंगबहादुर राणा (28 बर्षमा)
15. नेपालको दोश्रो गौतम बुद्ध भनेर कसलाई चिनिन्छ ?
► जय पृथ्वीबहादुर सिंह --------------------



मिति २०७० मंसिर १९ गते बुधबारको गोरखापत्रबाट , • गैरआवासीय नेपाली संघले हालसम्म कति मुलुकमा आफ्नो सञ्जाल
विस्तार गरेको छ ?

– ६५ मुलुकमा
• नेपालमा अन्तरिम संविधान २०६३ ले राज्यका हरेक
निकायमा कति प्रतिशत महिला सहभागिता गराउने उल्लेख गरेको छ ?
– ३३ प्रतिशत • २०७० साल मंसिर ४ गते
भएको दोस्रो संविधानसभाको चुनावमा सबैभन्दा बढी महिला सहभागिता नेपाल
मजदुर किसान पार्टीले गराएको थियो भने उक्त राजनीतिक दलले
कति प्रतिशत महिला सहभागिता गराएको थियो ?
– २५ प्रतिशत
• २०७० साल मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधान सभाको प्रत्यक्ष निर्वाचनमा देशभरि ६ हजार ३ सय ५२
जनाको उम्मेदवारी दर्ता हुँदा महिला उम्मेदवारको संख्या कति थियो ?
– ५५१ जना
• हालसम्म नेपालमा हस्ताक्षर वा औंलाछाप सद्दे वा किर्ते हो भनेर
छुट्याउन सक्ने एकमात्र विज्ञ को हुन ?
– पदमराज काफ्ले • काठमाडौं उपत्यकामा सवारी प्रदुषण जाँच कहिलेदेखि गर्न थालियो ?
– वि.सं २०५१ साल वैशाख १
• कति माइक्रोनभन्दा कमको प्लाष्टिक उत्पादन गर्न प्रतिबन्ध
लगाईऐका छ ?
– २० माइक्रोन
• याहु विश्वमा सबैभन्दा प्रचलित वेबसाइट हो, यसको मुख्यालय अमेरिकाको कुन राज्यमा रहेको छ ?
– क्यालिफोर्निया
• म पनि डाक्टर नामक पुस्तकका लेखक कुन मुटुरोग विशेषज्ञ हुन् ?
– डा. ओमपूर्ति अनिल
• यौनसम्बन्धी पुस्तक सृष्टिको रोमान्स नामक कृतिका लेखक कुन यौन
विशेषज्ञ हुन् ? – डा. सुबोध पोखरेल
• लोक कलाकारको छाता संगठन लोकदोहोरी प्रतिष्ठान पाँचौ अधिवेशनले
अध्यक्षमा कसलाई चयन ग¥र्यो ?
– चन्द्र शर्मा
• द्दन्दका क्रममा मारिएका पत्रकार डेकेन्द्र
थापा माथि बनेको डकुमेन्ट्री फिल्मको नाम के हो ? – अलाइभ जर्नालिस्ट बुरिड
• तराईमा कुन जातको धान विवाहको विधिका लागि नभइ नहुने जात हो ?
– लालका बास्मती
• कुन जातको धान छठ पर्वमा प्रसाद बनाउन अनिर्वाय चाहिन्छ – साठी
• टवान्टी – २० अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने बलर
को हुन् ? – ब्रेट ली
• प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कुन क्लब प्रथम
भएको थियो ?
– ए पी एफ
• जमराना, बारबरी र जमुनापारी कुन जनावरका प्रजाति हुन् ?
– बाख्रा • ध्रुवीय भालुको मुख्य आहारा के हो ?
– सिल माछा
• मकवानपुरको एकामात्र पर्यटक गाउँ कुन हो ?
– चित्लाङ
• बाँस कुन एसियाली मुलुकको राष्ट्रिय रुख हो ?
–भियतनाम • जैविक विविधताका दृष्टिले नेपाल विश्वमा २५ औ स्थानमा आउँछ भने
एसियामा कति औ स्थानमा आउँछ ?
– नवौं
• आँप कुन सार्क मुलुकको राष्ट्रिय रुख हो ?
– बंगलादेश
• संयुक्त राज्य अमेरिकाले १२७ मुलुकका कति वस्तुलाई सुविधाअन्तर्गत सामान निर्यात गर्दा शुन्य भन्सार सुविधा दिँदै आएको छ ?
– पाँच हजार
• रोजगारी अनुमति प्रणाली ( ईपियस ) मार्फत
रोजगारीका लागि कोरिया आउने प्रवासीमध्ये औद्दोगिक उत्पादन
क्षेत्रमा नेपाली कामदारको प्राथमिकता कुन स्थानमा परेको छ ?
– तेस्रो स्थान • एयर अरेबिया कुन खाडी मुलुकको सस्तो उडान गर्ने बजेट एयरलाइन्स
हो ?
– संयुक्त अरब इमिरेट्स
• दक्षिण कोरियामा नेपाली कामदार कुन क्षेत्रमा पहिलो स्थानमा छन् ?
– कृषिमा
• कुन श्रीलंकाली राष्ट्रपति कुनै समय अभिनेता थिए ? – महिन्दा राजपाक्षे
• गर्भपतनको विरोध गर्ने डिल्मा रुसेफ कुन देशकी प्रथम
महिला राष्ट्रपति हुन ?
– ब्राजिल
• कुन भारतीय उद्दोगपति सन् १९२० देखि १९४२ सम्म राष्ट्रिय
काग्रेसका कोषाध्यक्ष थिए ? – जमनलाल बजाज
• भारतमा सुप्रिम कोर्टको नयाँ फैसला अनुसार अदालतबाट दोषी ठहर
नेता संसदमा उठ्न र पदमा रहन नपाउने पहिलो नेता को हुन् ?
– लालु प्रसाद यादव
• संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
नेपालका पहिलो प्रधानमन्त्री को हुन् ? – विश्वेश्वरप्रसाद कोइराला
• सी वर्गका राणाहरुलाई उपत्यका बाहिर पठाउने श्री ३ महाराज को हुन् ?
– जुद्दशमशेर
• विश्वमा सर्वप्रथम कुन देशबाट नागरिकता वैयतिक
तथा स्वतन्त्रताको अधिकारलाई संरक्षण दिइएको हो ?
– अमेरिका • बेलायतका कुन प्रधानमन्त्रीको जन्म बाथरुममा भएको थियो ?
– विन्स्टन चर्चिल
• नेपालको पहिलो गभर्नरका रुपमा नियुक्त हुँदा हिमालयशमशेर
जबरा कति बर्षका थिए ?
– २८ बर्ष
• सन् १९८२ मा साउदी अरेवियामा को राजा बने र विश्वमा साउदी अरब सर्वाधिक तेल उत्पादक राष्ट्र बन्यो ?
– फादाह
• नेपाल र साउदी अरबको कूटनीतिक सम्बन्ध कहिले भएको हो ?
– सन् १९७७ मार्च १५
• नेपालको राजधानी काठमाडौंमा साउदी अरबले आफ्नो दूताबास कहिले
खोलेको हो ? – सन् २०१२
• स्थापना कालदेखि सर्वसम्मतबाट अध्यक्ष चयन गर्दैआएको एनआरएन
अध्यक्ष कुन सम्मेलनदेखि पहिलोपटक अध्यक्षमा निर्वाचित प्रणालीबाट
भएको हो ?
– छैटौँ सम्मेलनमा
• गैर आवासीय नेपाली संघ ( एनआरएन ) को छैटौं सम्मेलनमा अध्यक्षमा को चयन भए ?
– शेष घले

7.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

NepaliTalim | 11:26:00 PM | 0 comments
स्रोत : Facebook Page 
घरबाटै लोकसेवा तयारी "Gharbatai Loksewa" 
केहि सोधिएका प्रश्न तथा उत्तरहरू   




केहि प्रश्न तथा उत्तरहरु 
============
► अब्राहम लिङ्कन अमेरिकाको कति औ राष्ट्रपति हुन् ?-- १६ औ
► नेपालका प्रधानमन्त्रि बस्ने सरकारी आवास गृहलाई के भनिन्छ ?-- बालुवाटार
► र्सवप्रथम नोबेल पुरस्कार अस्वीकार गर्नेव्यक्ति को हुन् ?-- जर्ज बर्नाड शा
► एसियाको नोबेल पुरस्कार भनेर पनि चिनिने र्या्मोन म्यागासेसे २०१३ पुरष्कारबाट नेपालको कुन संस्था पुरस्कृत भएको छ ?-- शक्ति समूह
► नेपालको अन्तरिम संबिधान, २०६३ को मस्यौदा समितिका सभापति को थिए ?
-- लक्ष्मण प्रसाद अर्याल
► तरवार नाच कुन नेपालका कुन जातिमा प्रचलित छ ?(ख) थारु
► नेपाल राष्ट्रबैङ्कका प्रथम गभर्नर को हुन् ?-- हिमालयन शम्सेर जवरा
► प्रसिद्ध वैज्ञानिक आइन्सटाइनको मस्तिष्कलाई प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ अब भन्नुहोस् प्रिन्सटन अस्पताल कुन देशमा अवस्थित छ ?-- अमेरिका
► ५० लिटर दुधको मूल्य बजारमा रू.१०५० छ भने ३० लिटर दुधको मूल्य कति होला ?-- रू ६३०
► 'देवताका वैज्ञानिक'को हुन्‌ ?--बिश्वकर्मा
► संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ?
-- संखुवासभा
► बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?-- बेलायत
► बिश्वकप फुटबल प्रतियोगिता कति कति वर्षमा आयोजना हुन्छ ?-- ४ वर्ष
► " दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो " यो भनाइ कस्को हो ?
-- माइकल फराडे
► जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?-- इस्वी संवत
► चार सहिदमध्ये सबभन्दा कम उमेरमा सहिद हुने व्याक्ति को हुन् ?--गंगालाल श्रेष्ठ
► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
► एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरू भएको हो ?--जापान
► नेपालकै एकमात्र मानव अंग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ?-- भक्तपुर
► सार्क राष्ट्रको कान्छो राष्ट्र कुन हो ?--अफगानिस्तान
► बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?-- जा हेनरी ड्यूना
► बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ?
-- ८ वटा
► तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर यो भनाइ कसको हो ?
-- अल्वा एडिसन
► नेपालबाट भारत र चिन पछि तेस्रो नजिक पर्ने देश कुन हो ?--बंगलादेश
► What is the fullform of FIFA ?--Fédération Internationale de Football Association
• चुरे श्रृखंलाको अर्को नाम के हो ?
– शिवालिक
• नेपालको कुल क्षेत्रफल मध्यो जमिनको क्षेत्रफल कति वर्ग कि.मी रहेको छ ?
–१,४३,३५१ वर्ग कि.मी
• सबैभन्दा लामो झोलुंगेपुल ( चादनी दोधारा जोडने को ) लम्बाई कति छ ?
– १४५२.९५ मिटर
• नेपालको मरुभूमी भनेर कुन जिल्लालाई चिनिन्छ ?
– मुस्ताङ
• प्रस्तावित काठमाडौं बाहिरी चक्रपथको लम्बाई कति छ ?
– ७२ कि.मी
• प्रथम विश्वयुद्दमा भिक्टोरिया क्रसले सम्मानित हुने नेपाली सैनिक को को थिए ?
– कुलविर थापा र कर्ण बहादुर राना मगर
• मेरो संघर्ष नामक चर्चित आत्मकथा लेख्नेको थिए ?
– हिटलर
• नेपालका सबै गाविसमा कहिले दुरसञ्चार सेवा पुगेको थियो ?
– वि.सं २०६७ असार २९
• लिच्छवीवंशका प्रथम र अन्तिम राजा को को हुन् ?
– जयदेव प्रथम र अन्तिम जयकामदेव
• नेपाल एकिकरण पछिका प्रथम प्रधानमन्त्री को हुन् ?
– भिमसेन थापा
> प्रकृतिमा कति प्रकारका परमाणुहरु पाईएका छन्‌?
-९२प्रकारका
> मानव शरीरमा कति प्रकारका जोर्नीहरु हुन्छन्‌?
-तीन प्रकारका
> आ.व२०६९/७०मा सबैभन्दा बढि नाफा कमाउने बाणिज्य बैँक कुन हो?
-घ.नबिल बैँक
> Wh0 is the first actress (her0in) 0f Nepal?
-d) Bhuwan Chand (thapa)
> बुद्धको पूर्व जन्ममा आधारित कथाको संग्रह कुन हो?
-जातक कथा
> वसन्तपुरको नौतले दरबार कसले बनाएका हुन्‌?
-पृथ्वीनारायण शाह
> चर्चित कुस्ती खेलाडी 'The great Khali' को वास्तविक नाम के हो?
-दिलिपसिँह राणा
> सर्वप्रथम संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने सार्क राष्ट्र कुन हो?
-c.भारत
> अध्ययनको दृष्ट्रिकोणले साधारण यन्त्रहरु कति प्रकारका छन्‌?
-a.६ प्रकारका
> Acco0rding t0 the hindus, wh0 is
called as g0d 0f rain?
-a) Indra
> फागुनी, तिजी र यार्तुङ पर्व बिशेष गरी कुन जिल्लामा मनाईन्छ ?
-सल्यान
> पहिलो संबिधान सभाको निर्वाचनमा कति दल ले सहभागिता जनाएका थिए ?
-५४ दल
> नेपालले एसियाको कति प्रतिशत भू-भाग ओगटेको छ?
-a.०.३प्रतिशत
> सगरमाथा स्वर्ण महोत्सव कहिले मनाईयो?
-वि.सं२०६०जेठ१०-१६सम्म
> कुन भारतीय चलचित्रमा ७१ वटा गीत समावेश छन्‌?
-b.इन्द्रसभा
> आइसिसीले निकालेको एकदिवसीय क्रिकेटको उत्कृष्ट
ब्याट्सम्यान को सुचिको 1 नं मा पर्न
सफल खेलाडि को हुन??
-घ . विराट कोहली,भारत
> नेपालको पहिलो रंगिन चलचित्र कुन हो?
-कुमारी
जैन धर्मका प्रवर्तक को हुन?
--महाविर जैन
महाविर जैनको जन्मकहीले भएको थीयो?
--ईपु ५९९-मुजफ्फरपुरको वैशाली
महाविर जैनके कती सालको तपस्यापछी ज्ञान प्राप्त गरेका थीए?
--१२ सालको रुखमुनी
महाविर जैन द्वारा प्रतीपादीत तीन सिदान्त के के हुन?
--सत्ज्ञान,सत्यकर्म,सत्यविस्वास
जैन हरुको मन्दीरलाई जैन मन्दीर भनीन्छ भने धर्म ग्रन्थलाई के भनीन्छ?
--वचनामृत

-->

महाविर जैनलाई जैन धर्मका अन्तीम तीर्थकार मानीन्छ!

महाविर जैनको नीधन कहीले भषो?
--ईपु५२७ पावाग्राममा

ईसाई धरम्का प्रवर्तक को हुन?
--जीसस क्राईस्ट
जीसस क्राईस्टको जनम्कहीले र कहा भएको थीयो?
--ईपु ४ डीसेम्वर २५ जेरुसेलमाको वेथलेहम
जीसस क्राईस्टलाई कहीले राजद्रोहको आरोप लगाई क्रसमा टांगी मृत्युदण्ड दीईएको थीयो?
--सन ३०
क्रीस्चीयन जीसस क्राईस्टलाई के मान्दछन
--ईसामसीह
जीसस क्राईस्टको सम्झनामा चलाईएको संवत कुन हो?
--ईस्वी संवत
जीसस क्राईस्टलाई कुन ठाउमा मृत्यदण्ड दीईएको थीयो?
--गोलगोथा
► नेपालको अन्तरिम संविधान 2063 को भाग 6 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ?--व्यवस्थापिका संसद
► तपाइको मामाको दाइको भिनाजुको छोराको सासुको छोरीको छोरालाइ तपाइले के भन्नु पर्ला ?-- छोरा
► दोश्रो विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?--1939 sept 1- 1945 aug 14
► नेपाल विश्व ब्यापार संगठनको कती औ सदस्य राष्ट्र हो ?--क १४७
► महादेवको वाहान नन्दि हो भने कामदेवको वाहान को होला ?--
► महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला कुन - कुन हुन् ?--अर्घाखाची र मकवानपुर
► अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ?--सर्वोच्च अदालत
► नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएअनुसार नेपालमा कतिवटा संवैधानिक अङ्गहरु रहेका छन् ?
► खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ?-- जँघार

Long Question
--> नेपालको अन्तरिम संविधान २०६३ अनुसार अर्थ विधेयक भन्नाले कस्तो विषयसँग सम्बन्धित विधेयकलाई जनाउँछ यो विधेयक पारित गर्ने विधि उल्लेख गर्नुहोस् ।
----------------------------------------------------------------------
उत्तर :
अर्थ विधेयक परिचयः
----------------------
नेपालको अन्तरिम संविधानको धारा ८४ (३) मा अर्थ विधेयक भन्नाले देहायमा उल्लेखित सबै वा कुनै विषयसँग सम्बन्ध राख्ने विधेकयलाई जनाउँने छ ।
क) कर लगाउने, उठाउने, खारेज गर्ने, छुट दिने, परिवर्तन गर्ने वा कर प्रणालीलाई व्यस्थित गर्ने विषय
ख) सञ्चित कोष वा अन्य कुनै सरकारी कॊषको संरक्षण गर्ने, त्यस्तो कोषमा रकम जम्मा गर्ने वा त्यस्तो कोषवाट कुनै रकम विनियोजन वा खर्च गर्ने वा विनियोजन वा खर्च गर्न खोजिएको रकम घटाउने, बढाउने वा खारेज गर्ने विषय
ग) नेपाल सरकारले ऋण प्राप्त गर्ने वा जमानत दिने विषय व्यवस्थित गर्ने वा नेपाल सरकारले लिएको वा लिने आर्थिक दायित्व सम्बन्धी कानुन संशोधन गर्ने विषय
घ) सरकारी कोषमा प्रप्त हुने सबै प्रकारको राजस्व ऋण असुलीबाट प्राप्त रकम र अनुदानको रकम जिम्मा राख्ने, लगानी गर्ने वा नेपाल सरकारको लेखाको लेखापरीक्षण गर्ने विषय वा
ङ) खण्ड 'क' देखि खण्ड 'घ' सम्मका विषयहरुसँग प्रत्यक्ष सम्बन्ध भएका प्रासंगिक विषयहरु
तर, कुनै अनुमतिपत्र दस्तुर, निवेदन दस्तुर, नविकरण दस्तुर जस्ता शुल्क दस्तुर लगाउने वा कुनै जरिवाना वा कैद हुने व्यवस्था वा स्थानीय निकायले लगाउने कुनै कर दस्तुर वा शुल्क भएको कारणले मात्र कुनै विधेयक अर्थ विधेयक मानिने छैन ।
कुनै विधेयक अर्थ विधेयक हो वा होइन भन्ने प्रश्न उठेमा व्यवस्थापिका संसदको सभामुखको निर्णय अन्तिम हुनेछ ।
निम्न विधेयकहरु अर्थ विधेयकको रुपमा बजेटसँगै प्रस्तुत हुने गर्दछन् :
. विनियोजन विधेयक
. आर्थिक विधेयक
. ऋण तथा जमानत विधेयक
. राष्ट्र ऋण उठाउने विधेयक
. पेश्की विधेयक
पारित गर्ने विधिः
----------------
अन्य विधेयक जस्तै अर्थ विधेयक पारित गर्ने सम्बन्धमा अन्तरिम संविधान २०६३ को व्यवस्थापन विधि तथा व्यवस्थापिका संसद नियमावली, २०६३ मा विस्तृत व्यवस्था गरिएको छ ।
१) विधेयक प्रस्तुत गर्ने विधिः
. अर्थ विधेयक सरकारी विधेयकको रुपमा मात्र अर्थमन्त्रीबाट प्रस्तुत हुने
. ५ दिन अगावै विधेयक प्रस्तुतिको सूचना महासचिव वा सचिवलाई दिनुपर्ने ।
. विधेयक पेश हुने २ दिन अगावै सबै सदस्यलाई विधेयकको प्रति उपलब्ध गराउनु पर्ने
. प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।
प्रस्ताव स्वीकृत भएमा विधेयक माथि विचार गरियोस् वा जनताको प्रतिक्रियाको लागि प्रचार गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राख्नुपर्ने ।
२) विधेयकमा संशोधन र छलफल गर्ने :
. संशोधन प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र संशोधन सहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्ने
. अर्थ विधेयकमा संशोधन पेश गर्दा सभामुखको पूर्व स्वीकृति आवश्यक
. संशोधनको अवधीपछि प्रस्तुतकर्ता सदस्यले विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् वा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने कुनै एक प्रस्ताव प्रस्तुत गर्ने
. समितिमा पठाइएकोमा अर्थ समितिले दफावार छलफल गरी प्रतिवेदन दिने
. समितिको प्रतिवेदन सदस्यहरुलाई वितरण गरेको २४ घण्टापछि प्रस्तुतकर्ता देहायको कुनै प्रस्ताव प्रस्तुत गर्न सक्ने
- प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् वा
- कुनै दफा सम्बन्धमा पुनः विचरार्थ निर्देशन सहित समितिमा फिर्ता पठाइयोस्
३) विधेयक पारित गर्ने विधिः
सदनमा दफावार छलफल भएकोमा सो समाप्त भएपछि र समितिमा दफावार छलफल भएकोमा समितिको प्रतिवेदनमाथिको छलफल समाप्त भर्इ संशोधनहरुलाई सभाको निर्णयार्थ क्रमश पेश गरिसकेपछि प्रस्तुतकर्ता सदस्यले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा सदनको सामान्य बहुमतबाट स्वीकृत भएमा विधेयक पारित हुने ।
४) विधेयक प्रमाणीकरणः
सदनबाट पारित विधेयकमा पारित मिति समेत उल्लेख गरी राष्ट्रपतिले हस्ताक्षर गरेपछि ऐन बन्नेछ । यसरी अन्य विधेयकले जस्तै अर्थ विधेयकले पनि व्यवस्थापन कार्यविधिका आधारभूत चरणहरु पूरा गरी ऐनको रुप लिन पुग्छ ।

-->


Mobile Code



Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger