Home » , , » गजलकार सुनामी कोसिसका ५ गजलहरू (5 Ghazals by Sunami Kosis) -24-04-2017

गजलकार सुनामी कोसिसका ५ गजलहरू (5 Ghazals by Sunami Kosis) -24-04-2017

NepaliTalim | 5:59:00 PM | 0 comments
१.गजल        
सपना देखेथे सपनै बनेर गयो 
रहरहरुले तँ मेरो हैन भनेर गयो

वाधाको पर्खाल सघर्षले भत्काउदा 
बारम्बार तगारोको पैह्रो म नेर गयो

सुरक्षित मौज्दातमा राख्न खोज्दा मन 
अतितका यादहरुले खनेर गयो

गुहार माग्दा मृत्युसंग बिना निर्णय 
पालो मिच्न हुन्न भन्दै गनेर गयो 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

२.गजल        
यो कदापी पनि अमर हुनै सक्दैन
भगवान हो मन पत्थर हुनै सक्दैन

जसरी सोच्यो त्यसरी कहाँ रंग फेर्छ
अरे यार गाउँ हो यो शहर हुनै सक्दैन

जमिनमा छ मान्छे जमिनकै छ औकात 
आसमानमा उस्को सफर हुनै सक्दैन

डाक्टरले मृत घोषणा गरेर भन्यो 
जुगौ पैले मर्या हो उ भर्खर हुनै सक्दैन 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

३.गजल        
सानोलाई ठूलोबाट खतरा छ अचेल 
बाबूलाई छोराबाटै हमला छ अचेल

सिहंदरबार निदाको छ संसद भवन उस्तै 
जनताको यहि विचार जहाँ छ अचेल

दुश्मन खोज्नु छ भने कमाउनु होस थोरै 
अरे मेहनतमा पनि यो कुण्ठा छ अचेल

हे भगवान यो कस्तो जमाना आउदैछ 
रासनको लाइनमा नि कोटा छ अचेल

एउटा हुदा त जनतालाई यो विधि सास्ती छ 
झन गाउँ गाउँमा सिहंदरबार चर्चा छ अचेल 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

४.गजल        
वेदलाई तुलना गरिन्छ बिज्ञानसंग
मन्दिरका पत्थर दाँजिन्छ भगवानसंग

उ महान हो ममता कि खानी यसै भनिन्छ 
तर बेचिन्छे नारी बजारका समानसंग

समावेशी देशमा भूगोल भाग गरिदैछ 
कसैलाई वास्ता छैन आफ्नो पहिचानसंग

जस्को पतन निश्चित छ थोरै समय पछि 
मात्र उहीँ शशंकित छ मतदानसंग

निरन्तर सत्तामा छन जनताकै मान्छे 
समृद्धि खुबै रछ आदरणीय महानसंग 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

५.गजल        
अखण्ड यो देश अब कस्तो हुन्छ होला 
इतिहास पुर्खाको नि सस्तो हुन्छ होला

जनतालाइ एकजुट हुन नदिएर 
आयातित राजनीति पस्तो हुन्छ होला

सोचेन कसैले यो सिङ्गो देश हो भन्ने
सार्बभौम देशको सान खस्तो हुन्छ होला

न त झुक्यो न त चुक्यो वीरहरुको शिर 
जंङे किल्ला अब चुरे पस्तो हुन्छ होला

स्वाभिमान गिरे पछि देश भक्त मान्छे 
वैराग्येर अमरसिङ जस्तो हुन्छ होला 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

Note :
Copyright Reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger