Home » » सागर भण्डारी "बिभोर"का ३ गजलहरू - (28-09-2015)

सागर भण्डारी "बिभोर"का ३ गजलहरू - (28-09-2015)

NepaliTalim | 10:32:00 AM | 3comments
सागर भण्डारी "बिभोर"
१.गजल
हमला गर्न खोज्दैछ दुश्मन सिमाना बाट
प्रहार  गरिदिन्छु  म ताकेर  निसाना बाट

मलाई  नचिन्नु तेरो  ठुलो कमजोरी  हुनेछ
सक्दैनस् लूटन केहि दिए जस्तो बहाना बाट

उस्को स्वार्थी नियत् पनि नबुझेको कहाँ हो र
छरपस्ट देखिन्छ नी  इतिहासका पाना  बाट

भो नदेखा तैले नाटक पटक पटक दयाको
देखाइदिन्छु  खनेर  हेर मेरो  खजाना बाट
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा

२. गजल
सम्हाली  नसक्नु गरी  धड्कन र  प्यास बढ्यो
गुलाबी अधरले चुम्दा तिब्र गतिमा सास बढ्यो

यौवनका   कोपिलाहरु  फक्रेर  मगमगाउदा
सुवास बोकी ल्याउने  चन्चल  बतास बढ्यो

जीवनको  मूल्य  धेरै  महसूस गर्दै छु  आज
पालुवा झैँ रहर बढे  र यहाँ  मधुमास बढ्यो

यति  सुन्दर र पवित्र  तिमीलाई  पाएर हट्यो
जगत् नै खराबको भ्रम प्रेम र बिस्वास बढ्यो
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा

३. गजल
अब आफै पतन हुन्छ म सङ्ग दुश्मनी गरेर
हार्ने छस् र चिन्ने छस् हेर न युद्ध पनि गरेर

निकाल्नेछु उर्जाहरु एक एक खजाना बाट
झुक्दीन  म नेपाली हुँ  भन्छु चेतावनी गरेर

कायरताको परिचय दिएर भागीसक्यो नाथे
पछाडि बाट प्रहार  उस्ले भन्दै  नभनी गरेर

फैलायो बिद्रोहको भाई भाई जलाउने आगो
जनमानसमा  भ्रम को खबर  सन्सनी  गरेर
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
Share this article :

3 comments:

Unknown said...

मार्मीक सुन्दर समय सन्दर्बीक गजल सागर सर

Unknown said...
This comment has been removed by the author.
Unknown said...

धन्यवाद

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger