Sabari 'साबरी' मुक्तक विशेष (30-08-2014/2071-05-14) : Download

NepaliTalim | 2:31:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी'
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(30-08-2014/2071-05-14) 



नमस्कार मित्रहरु,

आज मिति 2070- भाद्र 30 गते तदनुसार 30-Aug-2014 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी प्राविधिक मित्र दिपेश कार्कीको साथमा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download

Muktak Madhurima (2071-05-12/28-08-2014) - Download

NepaliTalim | 4:52:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2071-05-12/28-08-2014) 


आज मिति 2071 भाद्र 12 गते तदनुसार 28-Aug 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)- 29-Aug-2014

NepaliTalim | 3:21:00 PM | 0 comments
1. मुक्तक  
सुरुमा मुसुक्क मुस्काउनु भो  
हँसाउनुभो अनि फसाउनु भो 
पूरै प्राण कब्जा गरिसकेपछी त
अनि जिन्दगीभर रुवाउनु भो 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
05-06-2014

२. मुक्तक   
बेफ्वाँकमा उस्ले शंका गरेर । 
आज गएको छ हमला गरेर । 
तबसम्म लडिरहेछु म पनि 
अतिन्जेल उम्कला दंगा गरेर । 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
25-06-2014


३. मुक्तक  
भट्टीमा बुद्ध सोच्नै सकिन्न
अब फेरि युग्द सोच्नै सकिन्न 
अत्माले शान्ती मागिरहेछन
शन्ती अबरुद्द सोचै सकिन्न
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
29-06-2014

४. मुक्तक  
प्रेम गर्न पनि सिकायो उसैले । 
बाचाहरु पनि बँधायो उसैले । 
जिन्दगी सुन्दर देखाएर अन्तत
हँसाउन सिकाई रुवायो उसैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
30-06-204

५. मुक्तक  
देउता जस्तै हुन्छन् कोहि कोहि त
मुटुमै बास चुन्छन् कोही कोही त  
मनको तार मन सँग जोडिदिएर 
सँगै हाँस्छन् रुन्छन् कोही कोहि त 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
01-07-2014

६. मुक्तक  
जब जब मनहरु मनलाई छुन्छन् ।
भावनाका बस्तिहरु मन भित्र हुन्छन् ।
आउनुस सुनाउनुस भएभरका कुरा
हेरौला सिर्जनाले कोको हाँस्छन् रुन्छन । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
15-07-2014

७. मुक्तक
यो मुटु फेरबदल गर्न सकिन्न । 
सकिन्न अन्तै पहल गर्न सकिन्न । 
घरमा छलफल गरी कुरा मिलाउँ
हाम्रो प्रेम असफल गर्न सकिन्न । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
23-07-2014
  
८. मुक्तक  
उस्लाई भुल्न सक्ने सम्भबनै छैन । 
मलाई जिन्दगीले ठग्ने सम्भबनै छैन । 
ए भाग्य सक्छौ भने खोसेर देखाउ
अब यो राम बाट बच्ने सम्भबनै छैन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
25-07-2014

९. मुक्तक  
मित्रतामा कुनै पनि स्वार्थ हुन्न बुझ्नुहोला
साथी कस्तो चाहियो आफैलाइ सोध्नुहोला
दु:खको समयमा हात दिने को को थिए भनेर
चिन्न असल साथिहरु मन भित्र खोज्नुहोला ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
03-08-2014

१०. मुक्तक  
फेरी कुनै न कुनै बाहाना खोज्नु छ । 
लालाबाला भोकैछन् खाना खोज्नु छ । 
ए सरकार यो बस्तिमा राहत पठाइदे
घरखेत बगायो पालको छाना खोज्नु छ । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
04-08-2014

११. मुक्तक  
पहिला तिमी बाट मन अलग्याइयोस 
अनि त्यो मुटु र धड्कन अलग्याइयोस
ए बाबा पैसाकै घमण्ड कति गछर्यौ मैसाप
लौ पख्यौली सम्पतिको चलन अलग्याइयोस 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
04-08-2014


१२. मुक्तक  
मलाई वारी बाट आज पारी गरिएको छ ।
बिर्सिदिनु भनि आदेश जारी गरिएको छ । 
उस्को साथीले भन्छे अब केही दिनमै उस्को
धुमधाम शुभ बिबाहको तयारि गरिएको छ । 
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
05-08-2014


१३. मुक्तक   
सुरुसुरुमा प्रेमको मिठो सर्बत पिलाउनु भो । 
त्यसपछी क्लियोपेट्रा झै हर्कत देखाउनु भो । 
म बिचरा जब पूरै प्राण सुम्पिसकेको के थिएँ
तत्काल मेरो मृत्युदण्डको जरुरत सुनाउनु भो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
06-08-2014

१४. मुक्तक  
बाटो, सपना र गन्तब्य बर्बाद बनाएँ मैलै ,
हो साथी जब पत्थर सँग दिल लगाएँ मैले ,
प्रेमले सर्बस्व सखाप पर्छ थाहा हुँदा हुँदै ,
उज्यालो मिल्लाकी भनि आफ्नै घर जलाएँ मैले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
05-08-2014

१५. मुक्तक  
यहाँ दोष तिम्रो अलिकती पनि छैन । 
मुटु दुखेको कतै ओखती पनि छैन । 
हौ तिमी नै रोग तिमीनै संजिबनी 
तर छैन बचाउने सहमती पनि छैन । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
07-08-2014

१६. मुक्तक  
गएकोथेँ पूर्व तिर पस्चिम पुगिएछ । 
कहाँ कहाँ थाहै पाइन खुबै चुकिएछ । 
फर्किआए घर पुग्दा रातै पर्यो बरै
थाहा भयो जिन्दगीको बाटो भुलिएछ । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
08-08-2014

१७. मुक्तक  
मन पराउने हजार हुन्छन् मेरा पनि थिए । 
गुलाब दिए चिठ्ठिदिए फिर्ता पठाइ दिएँ । 
जस्को पछि पछि लागेँ आज सम्म मैले 
अन्तै गईन पराई भईन एक्लै एक्लै जिएँ । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
07-08-2014

१८. मुक्तक  
गरिबको दुख देख्दा ईश्वर भागी हिड्यो । 
सरकारले के देलाखै उल्टै मागी हिड्यो ।
श्रमिकले दिनरात परिश्रम गर्छन्
पैसाजति धनिकैपो पछि लागि हिड्यो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
09-08-2017

१९. मुक्तक  
लाग्छ उत्सब मनाउन मेरो मलामी आयौ तिमीले । 
फेरी किन चिहानमा रातो गुलाब चढायौ तिमीले । 
गल्ती सिर्फ त्यति थियो तिमीलाई मायाँ गरिरहेँ 
धन्यवाद मलाई मृत्युदण्ड दिई आफु बचायौ तिमीले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
12-08-2014

२०. मुक्तक  
के कुरा गर्नु खै मायाँ भन्ने आँधीको । 
मनाउ उत्सव तिमी मेरो बर्बादीको ।
बिक्रिमा पठाइदियो मेरो मुटु कलेजो 
यस्तो हर्कत थियो मेरो प्रिय साथीको 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
16-08-2014

२१. मुक्तक  
यता धुरु धुरु रुँदा ताली थियो उता । 
मेरो हैन उस्कै माया जाली थियो उता । 
अन्तिममा हैसियतमा कुरा नमिलेको
धन भन्ने चिज शक्तिशाली थियो उता । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
19-08-2014

२२. मुक्तक  
तिमीलाई यो मुटुमा सजाई राखेको छु । 
यादहरुको ताजमहल बनाई राखेको छु । 
यो दुनियालाई थाहा नदेउ हल्ला होला
चुपचाप हाम्रो माया बचाई राखेको छु । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
20-08-2014

२३. मुक्तक   
भगवान ले भगवान पठाए जगतमा । 
त्यसैले बा र आमा बनाए जगतमा । 
त्यो भन्दा ठूलो पुण्य कहीँ पनि मिल्दैन  
आमा बा को चरण समाए गजतमा । 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
25-08-2014

२४.मुक्तक 
बेकारको सुरुवात गरिरहेछौ
मेरो समय बर्बाद गरिरहेछौ 
छैन मलाइ प्रेम गर्नु छैन 
फजुल कुराम पस्चाताप गरिरहेछौ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
24-08-2014

२५. मुक्तक   
केही न केही त प्रयोजन पक्कै होला । 
त्यो ढुङ्गामा पनि जीवन पक्कै होला । 
यो मौसमले पनि साथ दिएझैं लाग्छ
कसैको आज आगमन पक्कै होला । 
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप ।
           

Thank you 

गजल बिम्ब (2071-05-12/28-08-2014) गजलकार कमल शंघर्ष सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :   (2071-05-12/28-08-2014)
Email : gajalbimba@gmail.com

अछामका गजलकार कमल शंघर्ष सँगको अन्तवार्ता विशेष 


नमस्कार साथीहरु,

आज मिति 2071 भाद्र 12 गते तदनुसार 28-August-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2071-05-09/23-08-2014) : Download

NepaliTalim | 12:18:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2071-05-09/23-08-2014)

नमस्कार साथीहरु,
आज मिति 2071 भाद्र महिनाको 09 गते तदनुसार 09-Aug 2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
यो श्रृंखलाबा बाचन भएको मेरो गजल
नसुनेझैं गर्छ... शिंहदरवारले ।
यो वस्तिलाई विर्सेछ सर्कारले ।

आफ्नो गाउँ लाइ आफै बनाउन
जाग जनता.. भन्दैछ हतारले ।

आज पिइन्छ खुब पिइन्छ पक्कै
बषौं पछि बोलाएको छ यारले ।

गुणस्तरले भन्दा बढी प्रभाव
बिक्रीमा पर्दोरैछ उपहारले ।

गरिबको सन्तान डाक्टर भएमा
यहाँका रोगी बाँच्थे उपचारले ।

धेरै पाठ पढाएकोछ 'राम'लाई
कसैको धेकैधोका अनि प्यारले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
21-June-2013

BULBUL 260 : (27-08-2014/2071-05-11) गजलकार सुरेश सुबेदी सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 12:09:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 2टण
Date : (27-08-2014/2071-05-11)

आजको बुधवारीय बुलबुलमा गजलकार सुरेश सुबेदी सँगको अन्तर्वाता विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 भाद्र 11 गते तदनुसार -2014-August 27 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 260) लिएर उपस्थित हुनुभएको छ ।

Suresh Subedi
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
Listen at Youtube

सुमन घिमिरे (सुमन काले) का ११ गजलहरू (१२ भाद्र २०७१)

NepaliTalim | 10:57:00 AM | 0 comments
१. गजल 
तिम्लाई आफन्त बनाउन मन छ!!
नजिक अत्यन्त बनाउन मन छ!!
 
एक् चिम्टी सिन्दुर सिउँदोमा भरेर,
फोटा यी जीवन्त बनाउन मन छ !!
 
दुनिया जलुन हामीलाई देखेर,
उदारन् ज्वलन्त बनाउन मन छ!!
 
सम्हाल तिमि यो पतझर मौशम,
जिन्दगि बसन्त बनाउन मन छ!!
 
उम्किन नदिन तिमीलाई कहिल्यै,
पिंजडा यो मन्त बनाउन मन छ !!
१३/०३/२०१४ "सुमन काले"

२.गजल
हामी हामी एक कै'ले हुने होला?
दुखेको बिसेक कै'ले हुने होला?

स्वस्वार्थ भुलेर पर सेवा गर्ने,
बुद्धि र विवेक कै'ले हुने होला?

थोरै छ कमाई पेट भर्नै गाह्रो,
मनग्गे निबेक कै;ले हुने होला?

सानो मेरो देश स्वर्ग जस्तै ठाउं,
बिकाश अनेक कै'ले हुने होला?

सधैं साँध मिच्छ दुस्मन झैं गर्छ,
मित्र झैं छिमेक कै'ले हुने होला?
२८/११/२०७० "सुमन काले" 

३.गजल
अनिदा रात छन् धेरै धेरै,
दुखेका आँत छन धेरै धेरै!! 

जानी भा' जाउ फर्केर नआऊ,
साथ् दिने हात छन् धेरै धेरै!! 

झरेर फुल रित्तिदैन बाग,
रुखमा पात छन् धेरै धेरै!! 

घाइते छु उसै, नहान बचन्ले,  
बल्झेका  घात छन् धेरै धेरै! 

लैजाउ याद लैजाउ तस्विर, 
पत्रका खात छन् धेरै धेरै! 

मेटौंला धोको अर्को जुनीमा,
गुम्सेका बात छन् धेरै धेरै!!  

कोहि छ रुने कोहि रुवाउने,
मान्छेको जात छन् धेरै धेरै! 
१८/०३/२०७० "सुमन काले"

४.गजल
नजरका हमला, लगातार भएको छ,
मुस्कानले फेरी, उपचार भएको छ!!

यति साह्रै राम्री भै नहिन ओ रुपसी ,
कैयौंको बाटो ढुक्ने  रोजगार भएको छ !
 
घरि खुल्छ पर्दा, घरि बन्द हुन्छ उफ्: 
मलाइ त्यै  झ्याल संग प्यार भएको छ! 
 
नजरको बाटो गरि मुटुमै बसेपछि,
किन यो भिज्लान्ते व्यवहार भएको छ ?
 
घरबेटीले मलाइ कोठा छोड भन्यो हिजो .
तिम्रो बाउलाई खुसीको समाचार भएको छ !!
 "सुमन काले" ११/०१/२०७१ 

५.गजल
नशालु आँखामा गाजल सुहाउंछ. 
त्यै मुनि गालामा खाडल सुहाउंछ!!
 
सुरा र सुन्दरीको महफिल बाहिर.
घरमा त आमाकै आंचल सुहाउंछ!
 
न औंशी न चर्को घाम आकासमा,
जुन सुहाउंछ कि बादल  सुहाउंछ!!
 
भयो नझार गोहीका आँशु तिमि, 
रुन त म जस्तै घायल सुहाउंछ!
 
जुन जोगी आए पनि कानै चिरेका,
बरु त्यो कुर्सीमा पागल सुहाउंछ!
 १३/२/२०७१ "सुमन काले"

६.गजल
आर्बोटेको भट्टी जा'म साँझपख मामा,
टुच्च खोयाबिर्के ला'म साँझपख मामा!!

उमेरमै हो रंग रस के छ मरी लानु ?
अस्ताउंछ रातो घाम साँझपख मामा!!

जसलाई दिएँ हित्त चित्त उही साथि आज,
निक्लिदियो महा हराम साँझपख मामा!!

यसै खोल्ने आँट छैन के छ होला जवाफ?
आएको छ बन्द खाम साँझपख मामा!

न त बन्यो संबिधान बनेन खै देश पनि, 
के गरे हँ तिनले काम ? साँझपख मामा!

बोनस शेर ....
भैगो यौटा गितै गाउ निस्टूरिको नाममा,
कि त म गजल गा'म साँझपख मामा ?
८/०१/२०७१ "सुमन काले

७.गजल
तिमि मेरो धुक्धुकिको भाकामा छौ,
मुटुभित्र अन्तरको मायामा छौ !!
 
 खोज्दै कता हिनु अब तिमीलाई ,
मेरो प्राण बचाउने हावामा छौ !!
 
 बर्सिदिंदा अनायासै आँशुहरु,
लाग्छ तिमि यिनै दुइ आँखामा छौ!
 
 तिम्ल्यै गर्दा रमेको छ भवरा यो, 
फुल-पात सुवास यो सारामा छौ !
 
 म सक्दिन छोडी जान तिमि सक्छौ ?
सक्दैनौ कि ? पिरतीको वाचामा छौ !!
०७/०२/२०७१ "सुमन काले"

८.गजल
तिम्रो बिहेको, मण्डपमा, जव अग्नि, बल्न थाल्यो,
तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!

मन्त्र गुन्जीयो, पन्चै बाझा, नाच्न थाले, जन्तीहरु,
रसायो आँखा, अनि हुरी, मुटु भित्र, चल्न थाल्यो!!

फुल अक्छेता , खस्दै थियो, तिम्रो घर, बस्दै थियो, 
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!

घुम्टो ओडेउ, जग्गे घुम्यौ, डोली माथी, बस्छौ अब,
कम्पित भयो, भुमी सारा, लौन जिऊ, गल्न थाल्यो!!

अन्धकार भो', दुनियानै, जव तिम्रो, डोली उठ्यो,
तिर्मिराए, आँखा मेरा, तोरी फूल, फल्न थाल्यो!!

तिम्रै नाममा, मर्छु होला, बाँच्दिनकी, अब धेरै?
यमराजले, सपनीमा, घरी-घरी, छल्न थाल्यो!!!

तिमि बसेकै, मुटु मेरो, अनायासै, जल्न थाल्यो!!
महल मेरो, सपनाको, यताउता, ढल्न थाल्यो !!!
२५/१०/२०६८ "सुमन काले"

९.गजल 
राख्दा प्रेम प्रस्ताब हुन्न भनिनौ,
हुन्छ आयो जबाफ हुन्न भनिनौ!!
 
 डराए झैं गरि तिम्रो स्वीकारोक्ति,
मेरो हातको गुलाफ  हुन्न भनिनौ!!
 
 बत्तीमा पुतली झैं हुर्रींदै आइदियौ ,
देखाएनि रवाफ हुन्न भनिनौ!!
 
खुली गए सबै लाजका पर्दाहरु,
उतारिंदा नकाब  हुन्न भनिनौ!!
 
 होस् खुल्दा थिएँ चरम उत्कर्षमा,
पिएकोथें सराब हुन्न भनिनौ !!
 
उत्तेजना कि समर्पण के थ्यो कुन्नि?
पोखीईंदा तेजाब हुन्न भनिनौ!!
 
सन्तुस्टिमा लिन मेरै अंगालोमा,
गरेछु क्यारे निसाब  हुन्न भनिनौ!!  
 
 त्यो रुपसंग यो बैंश को मिलनमा ,
बराबर भो हिसाब हुन्न भनिनौ!!
 :)  :P ११/०१/२०७० "सुमन काले"

१०.गजल
झिनो आशामा दिनहरु बिताएको छु,
आंशुलेनै जलेको मन चिस्याएको छु!!
 
लुकामारी खेल्ने तिम्रा यादहरुलाई,
मनकै अन्तर कुन्तर लुकाएको छु !!
 
 सके भुल्ने नसके जसरि पनि भुल्ने, 
मैले पनि यौटा अभियान चलाएको छु!! 
 
दिलबाट त सकिन खिलै बनेको छ,  
मोबाइल बाट "मेरी काली" मेटाएको छु !!
 
 आजकल पिउने बहाना तिमि बनिछौ, 
मदिरालाइ धुवाँ संग मिसाएको छु!
२२/०९/२०७० "सुमन काले"

११.गजल
यो छातीमा दुश्मनको छुरा भए के  गर्छ्यौ ?
बाउ नचिन्दै लालाबाला टुहुरा  भए के  गर्छ्यौ ?
 
 देशको लागि प्राण दिन हिनेको छ तिम्रो सुहाग,
घरमा रोगि सासु अनि ससुरा भए के  गर्छ्यौ ?
 
 तिमि मेरी गन्तब्य हौ देश मेरो कर्तब्य हो,
तिमि लम्जुङ्ग म बझांग बाजुरा भए के  गर्छ्यौ ?
 
 आश गरि पर्खि बस्नु बाटो कहिले नबिराउनु,
गाउँ समाजमा जथाभावी कुरा भए के  गर्छ्यौ ?
 
 रहर गर्छौ मेरै काखमा, निदाउने र बिऊँझने,
तिम्रा मेरा सपना साच्चैं अपुरा भए के गर्छ्यौ ?
२१/०८/२०६९ "सुमन काले"

नाम : सुमन घिमिरे (सुमन काले)
ठेगाना : श्री मंज्यांग - ८ लम्जुङ्ग, हाल काठमाडौँ !
E -mail  : kalemansu@gmail.com 
फोन नं : 9851039964

सुमन घिमिरे (सुमन काले) का ५ मुक्तकहरू (१२ भाद्र २०७१)

NepaliTalim | 10:53:00 AM | 0 comments
१.मुक्तक 
तिमीले मलाइ यसरि बर्बाद बनायौ,
आफ्नो भने जीवन कामियाब बनायौ.
दिलको पिजडामा थुनेको छु भन्थ्यौ,
पखेंटा काटेर आज किन आजाद बनायौ!!
तिमीले मलाइ यसरि बर्बाद बनायौ!!!
०१/०९/२०१३ "सुमन काले

२.मुक्तक
तिम्रो मनमा उमङ्ग छ, मेरो आफ्नै ढंग छ,
 तिमि गएनी तिम्रा, यादहरु मै संग छ,
घमाइलै छन दिन, रमाइलै छन रातहरु,
फरक यति हो अहिले, मदिराको रंग छ!!
०१/०९/२०१३ "सुमन काले"

३.मुक्तक
कैले डराउँदै ब्युझीन्छु म ,कैले फहराऊँदै ब्युझीन्छु म!!
रोक्छु भन्छु आँसु रोकिन्न , घाउ चहराऊँदै ब्युझीन्छु म!!
तिम्रै मुहारमा आँखा अल्झीयो,अतृप्त याद फेरी बल्झीयो!!
औंसीको रात कस्तो सन्नाटा, "सानु" !!! कराऊँदै ब्युझीन्छु म!!
कैले डराउँदै ब्युझीन्छु म ,कैले फहराऊँदै ब्युझीन्छु म!!
१२/०५८/२०६८ "सुमन काले"

४.मुक्तक
तिम्रो आँखा बाट खस्दिन भन्छु, तिमि रोई दिन्छौ ,
तिमीबिना एक्लै बस्दिन भन्छु , टाडा होइ दिन्छौ !!
के गरूँ म, तिम्रो लागी ? मर्न तयार छु भन्दा,
असुभ नबोल भन्दै औंलाले , ओठ छोई दिन्छौ!!!!
०४/०४/२०१३ "सुमन काले

५. मुक्तक
तिम्ल्यै दे'को दर्द मिठो , दुखाऊँछौ तिमि घरी घरी,
खाई सक्यौ मेरो कलेजा मुटु अलिअलि गरीगरी !!
तिमि बिना बाँचूँला र? तिम्रो दुखमा हांसुला र?
तिमि छौ र त धानेको छु, दुखि जीवन मरी मरी !!!!!!!
०४/०४/२०१३ "सुमन काले

नाम : सुमन घिमिरे (सुमन काले)
ठेगाना : श्री मंज्यांग - ८ लम्जुङ्ग, हाल काठमाडौँ !
E -mail  : kalemansu@gmail.com
पेशा :  बिध्यार्थी

त्रिवेणी TRIBENI (26-08-2014/10-05-2071) गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति  (26-08-2014/10-05-2071)

नमस्कार साथीहरु,



आज मिति 2070 भाद्र 10 गते तदनुसार  26 August 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । विशिष्ट अतिथी भारतको मुम्वइमा बसेर नेपाली गजल लेखने भारतिय चर्चित गजलकार शेखर अस्तित्व सँगको अन्तवर्ता विशेष रहनेछ 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger